“मिशन सम्मेलन २०११”

December 12, 2011 | News and Events  

यही कार्तिक २०–२३ गते तदनुसार नोभेम्बर ६–८ तारिखसम्म भएको मिशन सम्मेलन निकै उत्साहजनक र प्रेरणादायक रुपमा सु–सम्पन्न भएको थियो । उक्त सम्मेलनमा गत वर्षका वक्ता–“पा.चाल्र्स स्मिथ” हुनुहुन्थ्यो भने यसपालिको वचन प्रेरितीय ह्दयमा आधारित रहेको थियो ।
गत वर्ष जस्तै यस वर्ष पनि नेपालका विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुको उपस्थित रहेको थियो । उक्त सम्मेलनमा पा.अशोक मुखिया ज्यूले संचालन गर्नुभएको थियो र लगतै विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुलाई स्वागत गर्ने काम पनि सुसम्पन्न भयो ।
उक्त सम्मेलनका वक्ता पा.चाल्र्स स्मिथले प्रेरितीय ह्दयलाई पिताको ह्दयको रुपमा चित्रण गरेका थिए । ३ दिनको यस सम्मेलनमा उनले पावलका पुस्तकहरुबाट सिकाउनुभएको थियो । जब प्रत्येक अगुवाहरुमा पिताको ह्दय सृजना हुन्छ तब त्यो मण्डलीको बृद्धि हुने, नमुना लगायत त्यस मण्डलीको काम रहिरहने कुरा छर्लङ्ग्याउनुभएको थियो । त्यसै गरी दोस्रो दिनमा सबै मण्डलीका अगुवाहरुले आ–आफ्ना मण्डलीको बार्षिक प्रतिवेदन दिएका थिए । तेस्रो दिनमा “रमाइलो साझ” कार्यक्रम राखिएको थियो र सबै मण्डलीका सहभागीहरुले आ–आफ्ना भाषाका गीतहरु गाएर, नाचेर परमेश्वरलाई महिमा दिएका थिए ।
यसरी ३ दिनको मिशन सम्मेलनमा सिकेका सम्पूर्ण शिक्षाबाट निकै प्रभावित भएर नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरु आ–आफ्ना सेवकाईका क्षेत्रहरुमा पिताको ह्दय सृजना गरी मण्डलीलाई परमेश्वरमा डोर्‍याउने निर्णयका साथ फर्केका थिए ।