नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सव

August 9, 2012 | News and Events  

अगस्ट ४,२०१२ तदअनुसार श्रावन २०,२०६९ का दिन नेइम ज्ञानेश्वोर मण्डलीको पच्पन्नौ वार्षिक उत्सव मनाइयो । यस वार्षिक उत्सवमा मेला लगायत खाजा र लुगाफाटा बेचबिखन जस्ता कार्यक्रमहरु पनि समवेश गरीएका थिए । साथै स्वास्थ र दन्त परिक्षण पनि गरिएको थियो । उक्त शनिवारको आराधना सेवामा लगभग २५०० विश्वासीहरुको उपस्थिति थिए । सदाझैं उक्त दिन पनि मण्डलीको सेवा स्तुति आराधनाबाट शुरु भयो । त्यस लगतै १३ मिनेटको मण्डली इतिहासको सानो वृत्तचित्र पनि देखाइएको थियो । वचनको सेवकाइ पाष्टर रोर्बट कार्थक गुरुवाले गर्नुभएको थियो । उहाले मण्डलीलाई मिशनको विषयमा जोड दिनुभएको थियो ।

नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सवको फोटोहरु हेर्न यहाँ थिच्नु होला।