मिशन सम्मेलन २०१२

November 22, 2012 | News and Events  

२०६९ कार्तिक २४ देखि २८ गते सम्म नेइम ज्ञानेश्वोर मण्डलीमा मिशन सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा नेइम ज्ञानेश्वर मण्डली अन्तर्गतका शाखा–आबद्ध मण्डलीहरुका अगुवाहरु तथा सहायक अगुवाहरु र यसको साथसाथै चारै मण्डलीका आउटरिच सगतिका अगुवाहरु पनि सहभागी भएका थिए ।
उक्त सम्मेलनको प्रमुख विषय “एफिसी एक उच्च पर्वत यात्रा”मा आधारित रहेको थियो । यसको साथै अमेरिकी वक्ता पा. चाल्र्स स्मीटले सम्मेलनमा भएका सबै कक्षाहरुमा सोही विषयलाई स्पष्ट रुपमा प्रष्ट्याएका थिए । त्यसैगरी अन्तिम दिनको कक्षामा पाष्टर चाल्र्स स्मीटले “अन्तको दिनमा” आधारित रहेर वचन प्रचार गरेका थिए ।
यस २०१२ का मिशन सम्मेलनमा सम्पूर्ण सहभागीहरुले निकै आशिष पाएको र प्रचारिएको वचनहरुले व्यवहारिक परिवर्तन ल्याएको कुरा बताएका छन् ।