ख्रीष्टमस २०१२

December 28, 2012 | News and Events  

पौष १० गते २०६९ तदनुसार २५ तारिख २०१२ का दिन बेतलेहेम शहरमा प्रभु यशु ख्रीष्टको जन्म भएको जन्मोत्सव गत वर्षहरु भन्दा बेग्लै रुपमा मनाइयो । गएको वर्ष नेइमका सम्पूर्ण छोरी मण्डलीहरुसगै एकै स्थान गरिने यो जन्मोत्सवको सेवा यस पाली आ-आफ्नै मण्डलीहरुमा नै मनाइयो ।
कतिपय छोरी मण्डलीहरुमा सोही जन्मोत्सवकै दिन बाल संगतिका झुण्डद्वारा विभिन्न ख्रीष्टमसका नाटक, नाच र गीतहरुद्वारा प्रभुको महिमायुक्त कार्यक्रम पनि आयोजना गरेका थिए भने कुनै छोरी मण्डलीमा भने ख्रीष्टमसको सेवा पश्चात नयाँ जवानहरुको लागि विषेश सुसमाचारिय कार्यक्रम पनि राखेका थिए । यसरी नै यो वर्ष पनि नेइमका सबै मण्डलीहरुमा ख्रीष्टको जन्मोत्सवको शुभकामना आदन प्रदान गर्ने कार्य भयो ।