मिशन अगुवा तालिम २०१३

May 23, 2013 | News and Events  

२०७०, वैशाख १५-२० तदनुसार २०१३, अप्रिल २८ – मे ३ तारिखका दिनसम्म नेइम मिशन विभाग अर्न्तगत आयोजित ६ दिने पाष्टर, अगुवा तथा मिशनेरी सम्मेलनमा नेपालका विभिन्न ठाउँहरुमा अवस्थित नेइमका मण्डलीबाट पाष्टर तथा अगुवाहरु र भारतका केही स्थानहरुमा कार्यरत रहेका मिशनेरीहरु गरेर लगभग ६४ जना सहभागिहरु थिए ।
उक्त सम्मेलनमा पाष्टर शमुएल कार्थक, पाष्टर महेश थांजु, डिकन सिमोन पाठक, श्री पिटर लिम्बु आदि प्रशिक्षकहरुद्वारा मण्डलीका विभिन्न बिषयहरुको बारेमा सिकाउनुभयो । त्यसै गरी पाष्टर अशोक मुखिया, पाष्टर प्रेम श्रेष्ठ, एल्डर सिमोन खालिङ र डिकन गोपाल शर्माद्वारा बिहानको डिभोसन सम्पन्न गरियो । उक्त डिभोसनद्वारा र मण्डली सम्बन्धी सिकाइएका बिषयहरु सम्मेलनमा सहभागिहरुले निकै आशिष पाएको र उहाँहरुको सेवकाइमा थप उर्जा थपिएको बताउनुभयो । यसको साथसाथै नेपालभरीका नेइम अर्न्तगतका मण्डलीहरु र भारतका नेइम नेइम अर्न्तगतका मण्डलीहरु हालको गतिविधी र रिपोर्टहर प्रस्तुत गरिएका थिए ।
DSC06540 DSC06543 DSC06554 DSC06584 DSC06604 DSC06628 DSC06632