मिशन सम्मेलन २०७४

May 9, 2017 | Blogs  

वैशाख १२ गतेदेखि वैशाख १४ गतेसम्म आयोजना भएको मिशन सम्मेलन २०७४ नेइम गोगबूं मण्डलीमा सुसम्पन्न भयो । सदा झैँ यसपाली पनि अमेरिकाको इम्मानुएल चर्चका पाष्टर चाल्र्स स्मिथ हुनुहुन्थ्यो । उहाँले यस सम्मेलनमा आत्मिक विकासका विषयहरूमा बोल्नुभएको थियो । जसमा सतावट, प्रेम, अगुवापन आदि विषयहरू समावेश गरिएका थिए । नेइमका शाखा–आबद्ध मण्डलीका अगुवाहरू तथा मिशनेरीहरूका मण्डलीहरूका हालसालैको गतिविधिहरूको जानकारीले गर्दा सहभागीहरूमा बेग्लै जोश र उत्साह ल्याएका
थियो । उहाँहरूको सेवकाइ, परिवार, व्यवसायको लागि पनि प्रार्थना गरिएको थियो ।
उक्त सम्मेलनमा नेइमका शाखा–आबद्धबाट १२५ जना पाष्टर तथा अगुवाहरू र ७ जना मिशनेरीहरूको सहभागिता थियो भने उपत्यकाका नेइम मण्डलीबाट १५० जनाको सहभागिता थियो । यस ३ दिनको मिशन सम्मेलनमा सहभागीहरूले आत्मिक क्षेत्रमा विकास गर्ने चुनौति पाएका थिए भने अर्को तर्फ उनीहरू निकै उत्साहित र आशिषित् भएका थिए ।