६० औं वर्ष पुग्यौं, एबेनेजरको ढुङ्गा गाडौं र अघि बढौं – पाष्टर राजेन्द्र रोंगोंग

November 15, 2017 | Articles  

६० वर्ष अघि डिल्ली बजार स्थित डेरामा डिल्ली बजार मण्डली, पछि ज्ञानेश्वर र हाल नेपाली इसाई मण्डली स्थापना भयो । आदरणीय पाष्टर रोबर्ट गुरुबाको अगुवाइमा १५-१६ जना विश्वासीहरूसहित पहिलो सेवा शुरू भयो । त्यसपछि प्रायः सात विभिन्न ठाउँमा डेरा सर्नुपर्ने भएअनुसार मण्डली पनि सँग सँगै सर्दै गयो । अन्त्यमा ज्ञानेश्वरमा आफ्नै भवन बनेपछि एउटै स्थानमा स्थायी रूपमा आराधना सेवा गर्दै आएका छौं ।
वि.सं. २०१७ पुष १ देखि देशमा पञ्चायत शासन शुरू भयो । यो शासन निकै कष्टकर थियो तर त्यसै बेलादेखि मण्डली वृद्धि हुन थाल्यो । परमप्रभु परमेश्वरको अनुग्रह र अगुवाइमा नेइमको स्थिति यस प्रकारका छन्: हाल नेइमका २५ जिल्लामा १२७ वटा शाखा आबद्ध मण्डलीहरू रहेका छन् । त्यसैगरी स्थानीय मण्डलीका आउटरीच संगतिहरू २० वटा रहेका छन् । हाल उपत्यका र आसपासमा गरी १६ वटा मण्डलीहरू रहेका छन् । यसरी नेपालभरि जम्मा नेइमका मण्डलीहरूको संख्या १६३ रहेको छ । त्यसैगरी नेइमका मिशनेरीहरूले नेपालभन्दा बाहिर शुरू गरेका मण्डली तथा संगतिहरू भारतको पूर्वोत्तरमा ६, गढवालमा २, मुम्बईमा १, पूनेमा ३, बैंगलोरमा ४ गरी जम्मा १६ वटा रहेका छन् । हाल भारतमा ५ परिवार मिशनेरीको रूपमा हुनुहुन्छ भने यूरोपमा १ परिवार मिशनेरी कार्यरत हुनुहुन्छ । नेइमका मिशनेरीहरूको जम्मा संख्या ६ परिवार रहेको छ । यसरी हेर्दा नेइम नेपालभरि ३३ वटा जिल्लामा पुगेको छ र हाल रहेको ७ वटै प्रदेशमा नेइम पुगेको छ । उपत्यका भित्र र बाहिर गरी नेइमका जम्मा विश्वासीहरूको संख्या नेपालमा करिब २० हजार जति रहेको अनुमान छ ।
मिशनको क्षेत्रमा हाल नेइमले मण्डली स्थापना गर्ने, अगुवाहरू तयार गर्ने, अगुवाहरूलाई तयार गर्ने, अगुवाहरूलाई सबल बनाउने, आवश्यक शिक्षा तथा तालिम उपलब्ध गराउने, स्थापना भएका मण्डलीहरूलाई विविध प्रकारले सहयोग गर्ने, मिशनेरीहरू पठाउने, विभिन्न मण्डलीहरूसँग मिशन सम्बन्धी काममा सहकार्य गर्ने स्थानीय मण्डलीका वरपरको समुदायलाई हित हुने सामाजिक कार्यमा सहयोग पु¥याउने आदि कार्यहरू गरिरहेको छ ।
अब के गर्ने ?
सबैभन्दा पहिले त गत समयहरूमा परमप्रभु परमेश्वरले हामीलाई अगुवाइ, सुरक्षा र सहायता गर्नुभएकोमा एबेनेजेरको ढुङ्गारूपी स्मारक खडा गर्ने (१ शमूएल ७ः१२) अनि लक्ष्यतिर अघि बढ्नेः “मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको लागि म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो । भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिनँ, तर एउटा काम म गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर अगाडितिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाउने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु (फिलिप्पी ३ः१२–१४) ।
नेइमलाई अब अझ अघि बढ्नुपर्नेछ । धर्मशास्त्रअनुसार हामी प्रत्येक विश्वासीलाई व्यक्तिगत रूपमा र विश्वासीको समूहलाई ख्रीष्टले पक्रनुभएको छ । अर्को सरल भाषामा भन्ने हो भने उहाँले हामीलाई दिनुभएको काम हामीले उहाँले इच्छा गर्नुभएजस्तै गर्दै जानुपर्नेछ ।
हामीलाई परमेश्वरले नयाँ कुराहरू देखाउनुभएको छ । अघि मण्डलीले वचनको सुसमाचारमा मात्र प्रायः केन्द्रित थियौं भने अहिले पूर्ण सुसमाचार वा पूर्ण जीवन सुसमाचार (Whole – Life Gospel) बारे बताउँदै आएका छौं । १ थेसलोनिकी ५ः२३ मा लेखिएअनुसार, “शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा बनाऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।” यसअनुसार मानिस शरीर मात्र नभई आत्मा, प्राण (मन अथवा विचार, इच्छा र संवेदन) पनि हो । कसैले भनेका छन्–‘म आत्मा हुँ, मेरो प्राण छ र म शरीरमा बस्दछु ।’
यसैकारण हामीलाई दिनुभएको सुसमाचार आत्माको लागि मात्र नभएर सम्पूर्ण व्यक्तिको लागि हो भनी बुझाउनलाई पूर्ण जीवन सुसमाचार भनिएको हो । यस कुरालाई ध्यानमा राखी अब नेइम अघि बढ्नुपर्नेछ । पूर्ण–जीवन सुसमाचारले परमेश्वरको कामको अर्थलाई फराकिलो पार्छ । यो अर्थअनुसार मण्डली (चर्च) को काम जस्तै पाष्टर, प्रचारक, पूर्णकालिन सेवा तथा मण्डलीसित सम्बन्धित काम मात्र परमेश्वरको काम हो र अन्य विभिन्न कार्यालयका कामहरू, शिक्षा, कृषि, व्यापार, स्वास्थ्य, सरकारी कार्यालयहरू तथा अरूहरूकहाँ गर्ने नोकरी, सफाइ गर्ने आदि सबै काम पनि परमेश्वरले दिनुभएका कामहरू हुन् । यी विभिन्न काम गर्ने परमेश्वरका छोरा/छोरीहरूले उहाँलाई खुशी पार्ने इच्छाले काम गर्नुपर्दछ । जहाँ परमेश्वरका छोरा/छोरी छन् त्यहीँ नै परमेश्वरको उपस्थिति पनि हुन्छ अनि उहाँका प्रत्येक छोरा/छोरीसित परमेश्वरको आत्मा हुनुहुन्छ । उहाँले उनीहरूका काममा अगुवाइ गर्नुहुन्छ । यो प्रभुको काम हो सांसारिकको अर्थ छैन । जुन काम उहाँले हामीलाई दिनुभएको छ सो स्थानमा रहेर उहाँलाई खुशी पार्ने हिसाबले काम गर्दै गयौं भने आफ्ना मण्डली र समाजलाई पनि सेवा पुर्‍याउन सक्छौं ।
प्रभु येशूले सिकाउनुभएको प्रार्थना “… तपाईंको राज्य आओस्” यही आज्ञा पालन अर्थात् उहाँले सिकाउनु र चाहनुभए अनुसार काम गरेर पूरा हुनेछ ।
मण्डली ठूलो हुँदै गयो । सबै काम सँगै एकै ठाउँमा गर्नुपर्छ भन्ने कुरा सम्भव छैन । यसकारण नेइमको आधारभूत विश्वासमा एकत्व हुनुपर्छ । मिशन, धापासी, मिडिया, मेरी गुरुआमा प्रतिष्ठान, कानून सम्बन्धी कुराहरूमा सबैको पूर्ण सहभागिता आवश्यक छ भने अर्कातिर परिस्थिति अनुसार स्थानीय मण्डलीहरूले नै काम गर्नुपर्नेछ । मण्डलीको निमित्त अर्को तड्कारो आवश्यक्ता अनुसार ईश्वर विज्ञान अध्ययन गरेका यस सम्बन्धी तालिम पाएका परमेश्वरको बोलावट पाएका र विभिन्न ठाउँहरूमा सेवकाइ पुर्‍याउन सक्ने सेवकहरूको आवश्यक्ता छ । आवश्यक्ता यतिमा मात्र सीमित छैनन् ।
यसर्थ परमेश्वरसित प्रार्थना गरौं, अगुवाइ मागौं, सुनौंं र त्यसअनुसार काम गर्दै अघि बढौं ।

परमेश्वरमा विश्राम – पाष्टर राजेन्द्र रोंगोंग

October 9, 2017 | Articles  

आदम पछिका मानिसहरूले पनि दुष्टता त्यागेनन् । “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका विचारको जुनसुकै पनि भावना खराबै मात्र भएको परमेश्वरले देख्नुभयो …”

मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ साह्रै दुखित हुनुभयो । त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिन्छु … तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो (उत्पत्ति ६ः५–८) ।” नोआ “आफ्नो पुस्तामा धार्मिक मानिस थिए । तिनी परमेश्वरको साथै हिँड्ने गर्थे (उत्पत्ति ६ः९) ।” नोआकै कारण परमेश्वरले सबै मानिसलाई नाश गर्न चाहनुभएन । नोआका परिवार साथै सबै जीवित प्राणीमध्ये हरेक जातका पशुपंक्षी र जमीनमा घस्रने सबै थरीका दुई–दुईवटा (भाले र पोथी) “अटाउने जहाज बनाउन परमेश्वरले नोआलाई अह्राउनुभयो । परमेश्वरले जहाजको नक्शा पनि दिनुभयो ।” नोआले साना तिना काठका कामहरू गरे होलान् तर यस्तो विशाल निर्माण कार्य उनको निमित्त कठिन मात्र होइन असम्भव नै थियो । सायद उनले सो कुरा आफ्नो परिवारमा बताए । शुरूमा उनीहरूले विश्वासै गर्न सकेनन् तर आफ्ना श्रीमान्, बुवा तथा ससुराको विश्वास देखे । सुखा मरुभूमिमा जहाज बनाउन अति नै अनौठो कुरा थियो तर परिवार सबै काममा लागे । टाढा नजीकका छिमेकहरू आएर प्रश्न गरे होलान् र ठट्टामा उडाए होलान् तर उनीहरूले आफ्ना श्रीमान्, बुवालाई सघाइरहे । उत्पत्ति ६ः२२ अनुसार “परमेश्वरले नोआलाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे ।” उत्पत्ति ७ः५ मा यो कुरा दोहोरिएको छ, “तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे ।” एउटै कुरा दोहोर्‍याउनुको अर्थ परमेश्वरले आज्ञा गर्नुभएको काम पूरा भयो ।

यसै सन्दर्भमा गएको वर्षतिर नोआको जहाजको भग्नावशेष यूरोपीय राष्ट्र टर्कीमा फेला परेको समाचार प्रकाशन भएको थियो ।

नोआ आफूले यो काम गर्न सकेका होइनन्, उनी आफ्ना पुस्तामा “धर्मी र निर्दोष मानिस थिए र परमेश्वरमाथि भरोसा गर्थे” अर्थात् उनी ठूला काम देखेर आत्तिएनन् तर उनले परमेश्वरमा विश्राम गरे । उनले परमेश्वरमाथि विश्राम गरे अनि परमेश्वरले उनलाई काम गर्ने ज्ञान र शक्ति दिनुभयो ।

परमेश्वरमाथि विश्राम गर्ने अरू केहीमध्ये योसेफ याकूबका एघारौं छोरो थिए । बुढेसकालको छोरो भएकोले याकूब उनलाई अरू छोराहरूभन्दा बढी प्रेम गर्थे । त्यसैले उनका दाजुहरूले उनलाई मन पराउँदैनन् थिए । उनले दुईवटा सपना देखे (हेर्नुहोस् उत्पत्ति ३७ अध्याय) जसका कारण उनका दाजुहरू असाध्यै चिढिए । तिनको दोश्रो सपनामा बाबुआमासमेतले उनलाई ढोगेका कुरा थियो । यसका कारण उनका दाजुहरू अति नै रिसाए तर उनका बाबु याकूबले “… यी कुरा मनैमा राखे (उत्पत्ति ३७ः११) ।”

एक पल्ट योसेफका दाजुहरू बगालचराउन शकेममा गएका थिए । याकूबले योसेफलाई दाजुहरूकहाँ पठाए । उनका दाजुहरूले उनलाई मन पराउँदैनन् भन्ने थाहा थियो । तर पनि उनका बाबुले तिनलाई बोलाउनु भई आफ्नो दाजुहरूकहाँ पठाउँदा नाइनास्ति गरेनन् । तर उनले भने “म तयार छु” र “उनी गए” । जब दाजुहरूले उनलाई देखे तिनीहरूले उनलाई पहिले मार्ने विचार गरे तर जेठो दाजु रूबेनको कारण त्यसो गरेनन् र खाडलमा हाले । उनीहरूले खाजा खाइरहेको बेलामा त्यही बाटो भएर मिद्यानी व्यापारीहरू जाँदै गरेका देखेर भाइ योसेफको विनय क्रन्दनको वास्तै नगरी बीस सिक्कामा तिनलाई कमारोको रूपमा बेचिदिए । मिद्यानीहरूले उनलाई मिश्री राजाका अंगरक्षक पोतिफर कहाँ बेचे ।

उत्पत्ति ३९ः२ मा लेखिए अनुसार “परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो … ।” अर्थात् उनले परमेश्वरमाथि विश्वास गर्थे र उहाँमाथि पूर्ण विश्राम गर्थे । यही विश्रामको कारण परमेश्वरले उनको हरेक काममा आशिष् दिनुभयो । उनका मालिकले योसेफलाई आफ्नो घरको मुख्य कारिन्दा बनाए । उनी सुन्दर थिए । उनकी मालिकनीको कुदृष्टि उनीमाथि थियो । उनलाई परीक्षा गर्दा उनको उत्तर यो थियो, “… कसरी यस्तो घोर दुष्ट काम गरेर मैले परमेश्वरको विरुद्धमा पाप गर्नु ? (उत्पत्ति ३९ः९)” एक दिन मालिकनीले मौका छोपी, उनलाई परीक्षा गर्न खोजिन् । उनी आफ्नो खाष्टो मालिकनीले समातेर राखेको अवस्थामा त्यतिकै छोडेर भागे । उनले आफ्नो पतिलाई योसेफको विरुद्ध उजुर गरिन् । पोतिफोरले कारणै नबुझी योसेफलाई झ्यालखानामा हालिदिए । योसेफलाई झ्यालखानामा राखियो । उनले बिना प्रतिवाद झ्यालखानाको सजाय भोग्न तयार भए । तर त्यहाँ पनि परमेश्वरको निगाह उनीमाथि थियो । “तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, उहाँले उनीमाथि टिठाउनुभयो अनि झ्यालखानाका हाकिमको निगाह पात्र बनाउनुभयो (उत्पत्ति ३९ः२१) ।” यसको रहस्य थियो योसेफले परमेश्वरमाथि विश्राम लिन जानेका थिए र निरन्तर विश्राम लिन्थे ।
झ्यालखानामा पनि बिना गनगन सबैको सेवा गर्थे यहाँसम्म कि झ्यालखानाका हाकिमले सबै बन्दीहरूलाई उनको जिम्मामा दिए । यही क्रममा एकपल्ट राजाका मुख्य पियाउने र मुख्य पकाउने पनि झ्यालखानामा बन्दीको रूपमा आए । उनीहरूले विभिन्न अर्थ भएको सपना देखे । योसेफले सो सपनाको अर्थ बताइदिए । त्यसपछिको घटनाक्रम त्यसै अनुसार भयो । मुख्य पियाउनेले आफ्नो जागिर पुनः पाए, र पकाउने नोकरलाई झुण्ड्याइयो । दुई वर्षपछि मिश्रका राजा फारोले पनि सपना देखे । सपनाको अर्थ भेटिएन तर मुख्य पियाउनेले योसेफलाई सम्झे र फारोलाई उनको सिफारिस गरे । योसेफ फारोको अघि पुगे र जब फारोले “सपनाको अर्थ तैंले खोल्न सक्छस् रे” भनेकोमा योसेफले भने, “यस्तो ज्ञान त ममा छैन तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ (उत्पत्ति ४१ः१६) ।” योसेफ परमेश्वरमाथि पूर्ण रूपले विश्वास गर्थे अर्थात पूर्ण रूपमा उनी परमेश्वरमा विश्राम गर्थे । यसैको आधारमा नै योसेफले फारोको सपनाको अर्थ खोले । योसेफको जीवनमा ठूलो परिवर्तन आयो । योसेफको विषयमा फारोको यस्तो साक्षी थियो, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनु भएको छ र तिमी जस्तो चतुर र बुद्धिमान मानिस अरू छैन । यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्ने छ, केवल सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा माथि हुनेछु(उत्पति ४१ः३९–४०) ।”

नोआ तथा योसेफ आफूमा साधारण मानिस थिए तर उनीहरू परमेश्वरमा विश्वास गर्थे र उहाँमा विश्राम गर्थे । यसैकारण ती दुवै साधारण मानिसबाट असाधारण काम भयो ।

बाइबलका ठूला अगमवक्ता यशैया पनि यस तथ्यलाई जोड दिन्छन्, “परमप्रभु परमेश्वर इस्राएलका परमेश्वर चाहनुहुन्छ, पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ । मौन धारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्दछ (यशैया ३०ः१५) ।” यशैयाले पनि राष्ट्रलाई धक्का पर्ने किसिमका विशाल आश्चर्य काम गरेका थिए किनकि उनी परमेश्वरमाथि विश्वास गर्थे ।

हामी प्रभु येशूको रगतले किनिएका प्रत्येकको निमित्त प्रतिज्ञा र शक्ति प्राप्त भएको छ । शैतान, जो यस संसारका देव हो, त्यसले हाम्रो विचार, इच्छा, अनुभव अथवा हाम्रा मनमा निरन्तर आक्रमण गरिरहन्छ । अनेकौं चिन्ता, फिक्री, अविश्वास, शङ्का, डर, किसिम किसिमका तर्क वितर्कहरू हाम्रो मनमा हालिदिन्छ र परमेश्वरमाथि विश्वास गर्नमा बाधा पुर्‍याउँछ । धेरै अवस्थामा हामीले परमेश्वरमा विश्राम नलिएको कारण जीवनमा खलबल र गोलमाल पुर्‍याइरहेका हुन्छौं । हामीहरू आफ्नै कुरामा यति व्यस्त छौं कि हामीलाई प्रभु के भन्दै हुनुहुन्छ सो सुन्ने फुर्सद पनि हामीसँग हुँदैन ।

अहिले, यसै समय यो लेख, पढ्दै गर्दा पनि प्रभु येशू भन्नुहुन्छ, “हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिन्छु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि आफ्ना आत्मामा तिमीहरूले विश्राम पाउनेछौं । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ (मत्ती ११ः२८) ।”

परमेश्वरमा राखिएको भरोसाले दोब्बर आशिष्मा डोर्‍याउँछ – एल्डर गोपी राई

September 13, 2017 | Articles  

अय्युब १, २ र ४२ अध्यायः ऊज देशमा अय्युब नाउँ भएका एक जना मानिस बस्दथे । तिनी निर्दोष र सोझो जीवन बिताउँथे । तिनी परमेश्वरसग डराउँथे र दुष्टताबाट अलग बस्थे । तिनका सात छोरा र तीन छोरी थिए । तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हलगोरु र पाँच सय गधाहरू बाहेक धेरै कमारा कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्युब सबै भन्दा महान थिए ।
तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे । भोज दिने काम सिद्धिएपछि अय्युबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे । तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा एउटा होम बलि चढाउँथे, “सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई सरापे होलान् ।” अय्युबले सधैं यसै गर्थे (अय्युब १ः१–५) ।

अय्युब त्यस जमानाका धनाढ्य व्यक्ति थिए साथै उनी परमेश्वरको डर मान्ने व्यक्ति थिए । निर्दोष र सोझो जीवन बिताउँथे । केही अभाव थिएन । त्यति हुँदहुँदै पनि अय्युबको कमजोरी पनि थियो । उनको कमजोरी चाहिँ छोराछोरीहरूलाई परमेश्वरको डरमा हुर्कन सिकाएनन् । उनले छोराछोरीलाई परमेश्वरको डरमा हुर्कन सिकाएको भए उनीहरूले बुझ्ने थिए, परमेश्वरलाई सराप्नुहुँदैन । उनीहरूमा परमेश्वरको डर नभएको हामी थाहा पाउँछौं । त्यसैले उनीआफै भएपनि छोराछोरीहरूको लागि होम बलि चढाउँथे । छोराछोरीहरू चाहिँ सांसारिक थिए । आफ्ना बाबुमा जस्तो परमेश्वरप्रतिको भक्ति उनीहरूमा थिएन । उनीहरू भोज खाएर मोज मस्तीमा समय बिताउँथे । उनका छोराहरूले आफ्ना दिदी बहिनीहरूका लागि पालै पालो भोज लगाउँथे । जब सातै भाइको पालो सकिन्छ, तब बाबु स्वयम्ले उनीहरूको लागि होम बलि चढाइदिनु पर्थ्यो । आ–आफ्नै घरमा भोज भनेपछि सबै उमेर पुगेका थिए । बाइबलमा लेखिएको छैन कि ती छोराछोरीहरूले बलिदान चढाउँथे । यसको अर्थ आफ्नो छोराछोरीमा परमेश्वरको भक्ति छैन भन्ने अय्युबलाई थाहा थियो । त्यसैले आफैले उनीहरूको लागि होम बलि चढाउँथे किनकि बाबु आमाले आफ्नो सन्तानको भलाई नै चाहन्छन् । यसको कारण अय्युबले आफ्ना छोराछोरीलाई परमेश्वरको भक्तिमा हुर्काउन नसक्नु थियो । शैतान सधैं नै पृथ्वीमा घुमफिर गरिरहन्छ । अनि मानिसको उन्नति देखेर जल्छ । परमेश्वरका दूतको साथमा पनि हिंड्छ । परमेश्वरकै काम गर्दा पनि बडो होसियारसँग गर्नुपर्छ ।

यी सबै भइरहेको समयमा स्वर्गदूतको साथमा शैतान पनि देखापर्‍यो।जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आइस भनी सोध्नुभयो । शैतानले पृथ्वीमा घुमफिर गर्दै आएको बताउँछ । परमेश्वरले अय्युबको प्रशंसा गर्दै के तैंले मेरा दास अय्युबलाई याद गरिस् । परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन (अय्युब १ः८) । परमेश्वरको प्रशंसा सुनेर शैतानले एकै सासमा उत्तर दिन्छ, त्यसै अय्युबले परमेश्वरको डर मानेका हुन् र ? तपाईंले अय्युबलाई, तिनका सबै काम तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नु भएको छैन ? तपाईंले तिनका सबै काममा आशिष् दिनुभएको छ, त्यसैले तिनको गाई वस्तु देशभरि अनगन्ती बढेका छन् । तपाईंले आफ्नो हात पसारेर तिनको सबै चीजमाथि प्रहार गर्नुहोस्, तिनले तपाईंका मुखकै सामुु तपाईंलाई सराप्नेछन् । तब परमेश्वरले अय्युबको ज्यानबाहेक सबै कुरा शैतानको अधिकारमादिनुभयो (अय्युब १ः६(१२) ।

शैतानले अय्युबको प्रशंसा परमेश्वरबाट सुनेर उसलाई डाह भयो र परमेश्वरलाई विरुद्धमा उक्सायो । अधिकार पाए पछि उसले सबै क्षेत्रमा प्रहार गर्‍यो । एक दिन अय्युबका जेठा छोराको घरमा भोज भइरहेको थियो । सबै जना भोजको मोज मस्ती गरिरहेका थिए । एक जना समाचार बाहक आएर भन्छ, गोरुहरू जोतिरहेको र गधाहरू तिनीहरूका नजीकै चरिरहेका बेलाशब्बीहरू आएर गोठालाहरूलाई आक्रमण गरी मारे र सबै लगे । समाचार दिन म मात्रउम्कें । त्यो बोल्दाबोल्दै अर्को एकजनाआएर परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरू भष्म पार्‍यो र समाचार दिन म मात्र उम्कें । ऊ बोल्दाबोल्दै तेस्रो आएर भन्छ, “कल्दीहरूले छापा मार्ने तीन दल बनाएर तपाईंका ऊँटहरू आक्रमण गरेर लगे । तिनीहरूले नोकरहरूलाई मारे र समाचार दिन म मात्र उम्कें ।” ऊ बोल्दाबोल्दै चौथो आएर भन्छ, “तपाईंका छोराछोरीहरू आफ्ना जेठा दाईको घरमा खानपान गर्दैथिए । त्यसै बेला मरुभूमिबाट अचानक आँधीबेरी आएर घरको चारै कुनामा हान्यो र ती जवान मानिसहरूमाथि ढलेर तिनीहरूसबैलाई थिचेर मार्‍यो । समाचारदिन म मात्र उम्कें ।” यो सुनेर अय्युब उठेर आफ्नो लुगाच्याते । आफ्नो कपाल खौरे र घोप्टो परी दण्डवत गरेर भने, “म आफ्नी आमाको गर्भबाट नांगै आएँ, अनि नांगै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो ।उहाँको नाउँ धन्यको होस् ।” अय्युबले परमेश्वरलाई दोष् लगाएर पाप गरेनन् ।

त्यसपछि अर्को दिन स्वर्गदूतहरू परमप्रभुको सामू उपस्थितहुँदा फेरि शैतान पनि उपस्थित हुन्छ । परमेश्वरले तँ कहाँबाट आइस् भनेर सोध्नुहुँदा शैतानले भन्छ, “पृथ्वीको चारैतिर घुमफिर गर्दै आएको हुँ । फेरि पनि परमेश्वरले अय्युबको प्रशंसा गर्नुहुन्छ र भन्नुहुन्छ, विनाकारण त्यसलाई नास गर्नलाई तैंले मलाई उस्काइस् । तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन (अय्युब२ः१(३) । शैतानले उत्तर दिन्छ, चामको साटो चाम । आफ्नो ज्यान बचाउन मानिसले सबै कुरा दिंँदैन र ? आफ्नो हात पसारेर त्यसको शरीरमाचोट पुर्‍याउनुहोस् अनितिनले तपाईंकै मुखेन्जी सराप्नेछन् । परमप्रभुले भन्नुभयो, “त्यसो भए त्यो तेरो हातमा छ तर त्यसको ज्यान चाहिँ छोडिदे ।” शैतान त्यहाँबाट निस्केर गयो र अय्युबको शरीरमा पैतालादेखि शिरसम्म कष्टप्रद खटिरा उब्जाइदियो । खरानीमा बसेर शरीर कन्याउनलाई माटोको भाँडोको टुक्रा लिए । तिनकी पत्नीले भनिन्, “यति भैसक्दा पनि के को परमेश्वरको निष्ठामा अडि नै रहनुहुन्छ ? परमेश्वरलाई सरापेर मर्नुहोस् ।” अय्युब भन्छन्, “तिमीमूर्ख आइमाई जस्तै कुरा गछ्र्यौ । परमेश्वरबाट सुखचाहिँ ग्रहण गर्ने तर दुःखचाहिँ ग्रहण नगर्ने?” अय्युबले बोलेर फेरि पनि पाप गरेनन् ।

अय्युबको जीवनमा ठूलो विपत्ति आएको बेला उनकी पत्नीले समेत साथ नदिएको देख्न सक्छौं । पाप गर्नको लागि नजीककै मानिसले उक्साउँछ । अय्युब माथि आएको विपत्ति सुनेर उनका मित्रहरू एलिपज तेमानी, विल्ददशुही र सोपर नमाती भेट गर्नलाई आए । तिनीहरूले टाढैबाट अय्युबलाई देख्छन् तर चिन्दैनन् । उनीहरू आफ्ना लुगा च्यातेर रून्छन् र सात दिन सम्म उनीहरूको मुखबाट एक शब्द पनि निस्कँदैन । तर त्यसपछि सान्त्वना दिनको सट्टामा उनीहरूले अय्युबलाई विभिन्न दोषहरू लगाउँछन् । अय्युब सफाई दिन्छन् । म निर्दोष छु भनेर प्रमाणित गर्न खोज्छन् ।

तर अय्युब ४२ अध्यायमा अय्युबसँग परमेश्वर बोल्नुहुन्छ । परमेश्वरको अघि अय्युब पश्चात्ताप गर्छन् र भन्छन्, “तपाईंले भन्नुभयो, “अबध्यानसित सुन् र म तँसँग बोल्नेछु, म तँलाई प्रश्न गर्छु र तैंले मलाई उत्तर दिनेछस् । मेरा कानहरूले तपाईंका बारेमा सुनेको मात्रथिएँ, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्दछु । यसैकारण म आफूलाई तुच्छ ठान्छु, अनि धुलो र खरानीमा बसेर म पश्चात्ताप गर्दछु ।’ त्यसपछि परमेश्वरले एलिपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु किनभने मेरा दास अय्युबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ । यसैले सात वटा साँढे र सातवटा भेडा लिएर मेरो दास अय्युब कहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढाउनेछ । म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खता अनुसार तिमीहरू सित व्यवहार गर्नेछैन, किनभने अय्युबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ ।” तब एलिपज तेमानी, विल्ददशुही र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रहरूका निम्ति अय्युबले अन्तरर्बिन्ती गरिदिँदा परमप्रभुले अय्युबको प्रार्थना ग्रहण गर्नुभयो । यसरी अय्युबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्युबको सुदिन फर्काइ दिनुभयो । र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दादुई गुणा बढाइ दिनुभयो । त्यसपछि अय्युबका दाजुभाइ, दिदीबहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनका घरमा भोज गरे, र तिनी माथि ल्याउनुभएका दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई सान्त्वना प्रकट गरे । अनि हरेकले तिनलाई एकएक टुक्राचाँदी र एउटा एउटा सुनका औंठी दिए । त्यसबाहेक परमप्रभुले अय्युबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढी आशिष् दिनुभयो । तिनका चौधहजार भेडाबाख्रा, छ हजार ऊँट, हजार हलगोरु र एक हजार गधाथिए । तिनका सात छोरा र तीन छोरी भए (अय्युब ४२ः४,१३) । अय्युबले पाप गरेको कारणले उसले दण्ड पाएको होइन । मानिसहरूको दृष्टिमा पापको कारण गरीबी, पापको कारणले बिरामी हुन्छ भन्ने गलत विचार छ । तर अय्युब त्यो कारणले बिरामी परेका होइनन् । तर जब परमेश्वर अय्युबसँग बोल्नुभयो । अय्युब परमेश्वरको अघि पश्चात्ताप गर्छन् । उनी भन्छन्, “मैले सुनेको मात्रथिएँ । अब मैले परमेश्वरलाई आफ्नै आँखाले देखेको छु ।” जब सान्त्वना चाहिएको थियो, त्यसबेला उनले साथीहरूबाट साथ पाएनन् । आफन्तबाट साथ पाएनन् । त्यसैले एउटा नेपाली उखान नै चलेको छ, ‘सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही छैन दाजुभाइ ।’ हामीहरू पनि सान्त्वना र ढाडस चाहिएका बेलामा सल्लाहको नाममा, परामर्शको नाममा घनले ठोक्ने काम गर्छाैं । जब अय्युबका तीनजना साथीहरूले परमेश्वरले आज्ञा गर्नुभए बमोजिम गरेपछि अय्युबले उनीहरूको लागि प्रार्थना गरिदिए । उनीहरूको गल्तीको लागि क्षमा मागिदिए । परमेश्वरले ती सबैलाई आशिष् दिनुभयो । परमेश्वरले तीतीन साथीहरूले गरेको मूर्खता बमोजिम व्यवहार गर्नुभएन । अय्युबले दोब्बर आशिष् पाए । परमेश्वरले उनको धन सम्पत्ति दोब्बर बढाइदिनुभयो ।

परमेश्वरको उद्देश्य दण्ड दिनुहोइन, तर दुःखमा पनि साथ दिनु हो । तर मानिसको कामचाहिँ परमेश्वरलाई दोष् नदिनु र स्थिर रहनु हो ।

हामीले परमेश्वरको सामर्थ र भलाइमा भरोसा राख्यौं भने विजय त्यसैमा छ । अय्युबले राखेको भरोसाले नै उसलाई दोब्बर आशिष्को हकदार बनायो ।

आफ्ना तोडाहरूलाई नगाड् तर चलाऊ– पाष्टर रोबर्ट कार्थक

August 31, 2017 | Articles  

नेइमको सबै भन्दा बहुुमूल्य ठाउँ धापासीहो कारण हामीले धेरै प्रभुका दास–दासीहरूलाई त्यहाँ गाडेका छौं । हामीले उहाँहरूलाई मात्र होइन तर उहाँहरूले नचलाएका तोडाहरू, उहाँहरूका सिप र अनुभवहरूलाई पनि त्यहाँगाडिदिएका छौं । यदि ती तोडाहरू चलाइएको भए नेपालमा ठूलो जागृति आउन सक्ने थियो । एक दिन समय आउँछ हामी र हामीसँग भएका नचलाइएका तोडाहरू पनि त्यहाँ गाडिनेछन् ।

हाम्रा तोडाहरू चलाएर परमेश्वरको काम दिन छँदै गर्नुपर्छ यसको लागि हामीले आफैलाई जिउँदो बलिदानको रूपमा अर्पण गर्नुपर्छ । “मलाई पठाउनुहुनेको कामहरू हामीले दिन छँदै गर्नुपर्छ । रात आउँछ, जब कसैले काम गर्न सक्दैन” यूहन्ना ९ः४ । “बलिदानको पशुलाई वेदीको सीङमा डोरीले तन्काएर बाँध” भजनसंग्रह ११८ः२७ “ख” पुरानो संस्करणबाट । बलिको पशुलाई किन बाध्नुपर्छ ? रोमी १२ः१ मा लेखिएको छ “…कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ–आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्यहुने जिउँदो बलिको रूपमा अर्पण गर।” जिउँदो पशुलाई बलिवेदीमा राख्दा बाँध्नु पर्छ । प्रस्थान २२ः९ “परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा तहलगाएर राखे । त्यसपछि तिनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरा माथि राखे ।” १० पदमा …तब अब्राहामले आफ्नो छोरालाई बलिगर्न छुरी उठाए । पद १२ मा …उनले भने “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही
नगर् । अब मैले थाहा पाएँ तैंले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो,तेरो एक मात्र छोरालाई पनि म बाट तैंले रोकेर राखिनस् । जब अब्राहामले आफ्नो छोरो इसहाकलाई बाँध्न लागेको थियो, त्यस बेला इसहाकले आफ्नो बुढो बाबुलाई धकेलेर भाग्न सक्थ्यो । तर ऊ भागेन, उसलाई कुन कुराले बाँधेर राखेको थियो होला । डोरीले ? होइन, उसको बुवाप्रतिको समर्पणताले हो । उसको बुवाले परमेश्वरप्रति गरेको समर्पण पूरा गर्ने कुराले उसलाई बाँधेको थियो ।

मण्डलीमा हामी अरूको समर्पणताको आशा गर्छौं तर हामी आफैमा त्यो पूर्ण समर्पणता छैन । हाम्रो समर्पणता देखावटी भएको छ । हामीले परमेश्वरमा गरेको समर्पणतालाई पूरा गरेका छैनौं । हामीले गरेको समर्पणताको डोरीले हामी बाँधिएको हुनुपर्ने तर हामी बाँधिएका छैनौं । हामी मानिस मात्र हौं भनी बहाना गर्छौं तर २ कोरिन्थी ५ः१७ अनुसार हामी ख्रीष्टमा नयाँ सृष्टि हौं । जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ तब उहाँले हामीलाई नयाँ मानिस देख्नुहुन्छ । हामी नयाँ मानिस भएर जिउनुपर्छ, हामीमा भएको पुरानो कुराहरू कठोरता, ईष्र्या रिसलाई बाध्न सक्नुपर्छ र नयाँ मानिस भएर जिउने प्रतिबद्धता लिनुपर्छ । हाम्रो समर्पणतामा हल्कापन आएको छ । हामी कसरी सजिलैसँग, कामनै नगरी पैसा कमाउन सकिन्छ भनी बाटो खोजिरहेका छौं । कतिले चिट्ठा हालिराखेका छन् कतिले भ्रष्टचार गरिराखेका छन् । “बेईमानीसँग कमाइएको धन घट्दै जान्छ, तर अलि–अलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ” हितोपदेश १३ः११ । हामी होशियार हुनुपर्छ । धन कमाउनुपर्छ तर बेईमानसँग कमाउनु हुँदैन । हामीले कमाएकोबाट दिनसिक्नुपर्छ । आज कतिले यस्तो विचारगर्छन मण्डलीले हामीलाई के दिएको छ ? तर हाम्रो समर्पणताले हामीलाई यस्तो विचार गर्न तुल्याउँछ कि हामीले मण्डलीको लागि के दिएका छौं ।

अभावमा जिउनेहरूले अरूलाई सहायतागर्न सक्दैनन् । आफूलाई पुग्दो हुनेहरूले पनि अरूलाई दिन सक्तैनन् । तर प्रशस्त हुनेहरूले मात्र अरूलाई दिन सक्छन् । के हामीले पाएको प्रशस्त आशिष्बाट अरूलाई दिने काम गरिराखेका छौं ?आशिष्चाहिँ अरूसँग बाँड्नको लागि हो । जब हामी आशिष् थुपारेर राख्छौं त्यो बासी हुन्छ, त्यसमा किरा पर्छ । हामी गरीबीमा जिएको परमेश्वर चाहनुहुन्न, उहाँले हामीलाई यथेष्टमात्र होइन तर प्रशस्तदिन चाहनुहुन्छ, ताकि हामीले अरूहरूसँग ती आशिष् बाँड्न सकौं ।
यदि हामी समर्पित भएर परमेश्वरले दिनुभएका तोडाहरू चलाउनु हो भने येशूलाई प्रभुको स्थानमा राख्न सिक्नुपर्छ । आज मण्डलीले पूरा सुसामाचार सुनाएका छैन खाली आधा सुसामाचार मात्र सुनाएको छ । आज हामीले येशूलाई मुक्तिदाता भनेर चिनायौं तर उहाँलाई प्रभु भनेर चिनाएनौं । बाइबलमा येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नुपर्छ भनी बताएको छैन । “किनकियदितिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्‍यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनीआफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनिउसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ” रोमी १०ः९–१० । “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” प्रेरित २ः३६ । “चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं । यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्” रोमी १४ः९ । आज हामीले येशूलाई मुक्तिदाता मात्र होइन तर प्रभु भनेर
स्वीकार गर्नुप र्छ । उहाँ हामीमा प्रभु भएर जिउन चाहनुहुन्छ। हामी ख्रीष्ट जस्तै बन्नु हो भने ख्रीष्टलाई हामीमा जिउन दिनुपर्छ । “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछ, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रे मगर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २ः२० । हामीले आफैलाई डोरीले बाँध्ने होइन तर उहाँलाई हामीमा जिउन दिनुपर्छ । यसको लागि समर्पणता चाहिन्छ ।

यदि हामीले परमेश्वरले दिनुभएको तोडा चलाएर परमेश्वरको सेवा गर्नु हो भने हामी परमेश्वरले दिनुहुने आशिष्मा जिउन सिक्नुपर्छ । “आफ्नो महिमा र श्रेष्ठताद्वारा बोलाउनु हुनेलाई हामीले चिनेको हुनाले परमेश्वरको दिव्यशक्तिद्वारा जीवन र भक्तिको निम्ति चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ” २ पत्रुस १ः३ । “हाम्राप्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हमीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ” एफिसी १ः३ । परमेश्वर पिताले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ । पुरानो अंग्रेजी बाइबलमा स्वर्गीय स्थानहरू भनिएको छैन । त्यहाँ स्वार्गीय ९ज्भ्ब्ख्भ्ल्ीक्ष्भ्क्०भनिएको छ । यसलाई हामी स्वर्गीय वातावरण
भनी बुझ्दछौं । परमेश्वरले दिनुभएका आशिष्हरू उपभोग गर्नु हो भने हामी स्वर्गीय वातावरणमा बस्न सिक्नुपर्छ । परमेश्वरले आशिष् दिनुभएको छ तर हामीले त्यो अनुभवगर्न सकिराखेका छैनौं, कारण हामी बुवाको घरमा होइन तर सुँगुरको खोरमा नै छौं । हामी सेवा संगतिको समयमा संसारकै साथीहरूसँग बस्न रूचाउँछौं, साथीहरूसँग घुम्न जान्छौं, पिकनिक जान्छौं । संसारसँग एउटै चालमा चलिराखेका छौं, अनि मेरो पिताको घरमा यस्ता आशिष्हरू छन भनेर भनिराखेका छौं । हामीसँग बाइबल पढने, प्रार्थना गर्ने, संगतिमा जाने समय छैन । हामी स्वर्गीय स्थानमा बसेका छैनौं, सुँगुरको खोरमा नै बसिराखेका छौं । अब हामी उठेर बुवाको घरमा आउनुपर्छ । कुनै पनि छोरा बाबुको कमारा बन्न सक्दैन। एक चोटि छोरा भए जन्मिएपछि जीवन भरीनै छोरा हुन्छ । आफू सँगभएको पैसा तास जुवा खेलेर वा वेश्याहरूसँग उडाएता पनि, सुँगुरको चारोले पेट भर्न चाहे तापनि त्यो बुवाको छोरा नै हुन्छ । छोरा घर फर्केर आउँदा बुवाले त्यसलाई कमारा बनाउन सक्तैन । तर छोरा भएर बुवाको घरमा बस्न सक्छ तर यसको लागि समर्पणता चाहिन्छ । आज परमेश्वर हामीबाट त्यो समर्पणता खोज्दै हुनुहुन्छ । अब हामी बाबुको घरमा बसेर जिम्मेवारी उठाउनेहरू बन्न परेको छ । यसैकारण हामी स्वर्गीय वातावरणमा बस्ने, येशु प्रभुलाई प्रभु मान्ने र पिताको इच्छा पूरा गर्न हाम्रा तोडाहरू यो जीवन छँदै प्रयोग गर्नेहरू हुन सकौं ।

मृत्यु संस्कार, दाह संस्कार वा समाधि (दफन): जलाउने कि गाड्ने ? – पाष्टर बर्णबास श्रेष्ठ

June 30, 2017 | Articles  

सबै मानिसको जीवनको गर्नैपर्ने संस्कारमा मृत्यु संस्कार पनि एक हो । यो अत्यन्तै संवेदनशील विषय भएकोले सबैले यस विषयको सम्बन्धमा राम्रोसँग जान्न र समयमै विचार गर्नु आवश्यक छ । समयमै यस सम्बन्धमा जानकारी नभएको खण्डमा मृत्यु हुँदाको समयमा धेरै असमझदारीको संभावना हुन सक्ने कुरालाई ध्यानमा राखी यो छलफलको विषयलाई अगाडि बढाएका छौं ।

१. मृत्यु निश्चित छः भजनसंग्रह ४८ः९, भजनसंग्रह ८९ः४९, भजनसंग्रह १०९ः२९

क. मृत्यु संस्कारको सम्बन्धमा बाइबलले के भन्दछ ?

बाइबलमा हामीले मृत्यु संस्कार यसरी नै गर्नुपर्छ भनेर आज्ञा वा नियमको रूपमा स्पष्टसँग बताएको वा लेखिएको पाउँदैनौं । त्यस समयमा यहूदी परम्पराअनुसार मृत शरीरलाई गाड्ने चलन थियो ।
पुरानो नियममा शुरूदेखि हेर्ने हो भने उत्पति २३ः२९, १ इतिहास १६ः२४ मा बताएअनुसार जमीनमाथि खोपेर बनाएको चिहानमा (ओडारमा) मृत्यु भएकै दिन दफन गर्ने चलन थियो । सुगन्धित मसलाहरू लगाएर शवलाई ओडारमा राख्ने चलन पनि थियो । नसक्नेहरूले जमीनमुनि गाडेको (दफन गरीएको) उदाहरणहरू धेरै पढ्न पाउँछौं, पछि नयाँ नियममा येशू ख्रीष्टको शरीरलाई पनि पहरामा खोपेर बनाएको चिहानमा राखिएको पढ्न पाउँछौं (मत्ती २७ः६०–६६) ।

पुरानो नियममा जलाएको उदाहरण पनि छ । शाउल र उसको छोराहरू जोहरूलाई पलिस्तीहरूले मारेर छाडेका वीर योध्दाहरूले भेट्टाए, उनीहरूले ती लासहरूलाई जलाए (१ शमूएल ३१ः१२) ।
पुरानो नियममा लासहरू जलाएको चाहिँ या त यातना दिइएको वा मारिएको व्यक्तिको सम्वन्धमा छ अर्थात् जलाउने कुरा नकारात्मक अर्थमा लिइएको छ । तर नयाँ नियममा भने पावलले कोरिन्थीमा भएको मण्डलीलाई लेख्दा उनी भन्दछन्, “मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३ः३), यहाँ शरीर जलाउन दिने कुरालाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् ।

हामीले मृत्युपछिको जीवनको सम्बन्धमा राम्रोसँग बुझ्न सक्यौं भने जलाउने वा दफन गर्ने भन्ने कुरा त्यति ठूलो विषय बन्दैन ।

ख. मृत्युपछिको जीवनको सम्बन्धमा बाइबलले के भन्दछ त ?

परमेश्वरले मानिसलाई श्राप दिनुहुँदा भन्नुभयो, “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस् । किनकि माटैबाट तँ निकालिएको थिइस् । तँ माटै होस् र माटैमा फर्किजानेछस्” उत्पति ३ः१९, धुलोबाट आएको धुलोमा नै फर्कि जानुपर्छ (उपदेशक ३ः२०, १२ः७, भजनसँग्रह १०४ः२९) ।

पावलले कोरिन्थीमा भएका मण्डलीलाई लेख्दा पनि जोड दिएर स्पष्टसँग लेखेका छन् कि माटोको विनाशी शरीर छ भने आत्मिक अविनाशी शरीर पनि छ ।

जे रोप्दछौं, त्योचाहिँ पछि हुने शरीर होइन (१ कोरिन्थी १५ः३७) अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन् (१ कोरिन्थी १५ः४०) प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ (१ कोरिन्थी १५ः४४) ।

त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं (१ कोरिन्थी १५ः४९) पावल यो पनि भन्दछन् कि मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन (१ कोरिन्थी १५ः५०), पुनरुत्थान हुँदाको शरीर बेग्लै हुन्छ । हाम्रो अहिले भएको शरीर त केवल पाल जस्तै अर्थात् अस्थायी हो (२ कोरिन्थी ५ः१) । अंग्रेजी सबै अनुवादमा पार्थिव शरीरलाई Tent वा Tabernacle भनिएको छ र जसको अर्थ पाल नै हो । पाल भन्नु नै अस्थायी हो ।

हाम्रो शरीर पुनरुत्थान हुँदा हामीले आत्मिक, अविनाशी, स्वर्गीय, महिमित शरीर (फिलिप्पी ३ः२१) प्राप्त गर्छौैं र जुन शरीरमा कष्ट, रोग, अभाव, दुर्बलता, सीमितपना, असक्षमता भन्ने हुँदैन । चाहे त्यो गाडेपछि कुहिएर माटो भएको होस् वा जलाएपछि खरानी भएर पछि माटो बनेको होस् वा समुद्रमा डुबेर माटो भएको होस् वा आगलागीमा परेर खरानी भई माटोमा मिलेको होस् सबैलाई एकैक्षणमा परमेश्वरले बिउताउँनुहुन्छ र सबैलाई एक एक नयाँ आत्मिक शरीर अर्थात् अविनाशी शरीर दिनुहुन्छ
(१ कोरिन्थी १५ः५२–५३) ।

हामीले ख्याल राख्नुपर्ने कुरा के हो भने, मृत्यु पछि हाम्रो शरीरको त्यति ठूलो स्थान नभए तापनि मृत शरीरलाई ससम्मान अन्त्येष्टि गरिनु आवश्यक छ कारण जीवित हुँदा यो पवित्रआत्माको मन्दिरको एउटा भाग हो (१ कोरिन्थी ३ः१६) ।

मृत शरीर भन्दा पनि उनका नजीककाहरूको भावना र अवस्थालाई सबैले बुझिदिनु र सम्मान गर्नु अति जरुरी छ साथै मर्ने व्यक्तिले मर्नु अगावै (जीवित छँदा नै) आफ्नो लासको मृत्यु संस्कारलाई यसरी गरिदिनु भनेर इच्छा व्यक्त गर्नुभएको छ भने र व्यक्त गरिएको इच्छा सम्भव र सान्दर्भिक छ भने सोहीअनुसार गरिदिनु असल हुन्छ । कतिपय अवस्थामा विभिन्न कारणले गर्दा हामीले चाहेजस्तो प्रकारले मृत्यु संस्कार गर्न सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा परिवारका सदस्यहरूले अवस्था बुझी परिस्थितिअनुसार मृत शरीरलाई सदगत गर्न तयार रहन पर्छ र असहजतालाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउनुपर्छ।

मृत्यु सबैको लागि निश्चित भएको हुँदा सबैले यस विषयलाई समयमै सोचेर ठीक निर्णय लिएमा पछिबाट अनावश्यक वादविवाद र समस्यालाई धेरै कम गर्न मद्दत पुग्छ ।

मृत्यु संस्कार गर्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरूः

बाइबलमा हामीलाई यसरी नै मृत्यु संस्कार गर्नुपर्छ भनेर आज्ञाको रूपमा वा विधिको रूपमा नलेखिदिएको अवस्थामा मृतकको परिवारको भावनालाई सम्मान गर्नुपर्छ । दफननै गर्नुपर्छ वा जलाउनैपर्छ भनेर दबाब दिन ठीक हुँदैन ।
देश वा सामाजिक अवस्थालाई विचार गर्नुपर्ने हुन्छ । जहाँ जलाउन सम्भव नै हुँदैन त्यहाँ जलाउनु नै पर्छ वा त जहाँ दफन गर्ने जमीन नै छैन वा अन्य विभिन्न कारणले दफन गर्न सम्भव छैन भने, त्यहाँ दफन नै गर्नुपर्छ भनेर हठी गर्दा नसोचेको परिणाम भोग्न पर्ने अवस्था आउनसक्छ ।

आफ्नो वा आफ्नो परिवारको विचारलाई मात्र सोच्नु भन्दा व्यावहारिकतालाई पनि सोच्न सक्नु परिपक्वता हुन्छ । बदलिँदो परिस्थितिका साथै तीब्र शहरीकरणले गर्दा दफन गर्ने ठाउँको अभाव बढ्दै गएको कारण अब मृत शरीरलाई जलाउने तर्फ विचार गर्न बुध्दिमानी हुन्छ । आर्थिक भारलाई विचार गरेर ठीक निर्णय लिन पनि जरुरी छ । यदि हामीले समय छँदै जोहो गरेका वा रकम छुट्याएर राख्न सक्यौं भने आफ्ना परिवार वा आफन्तलाई कठिन समयमा आर्थिक भारको पीरलाई धेरै कम गर्न मद्दत पुग्छ ।

मृत्यु पछि के गर्ने गाड्ने वा जलाउने भन्ने कुरा महत्वपूर्ण कुरा होइन सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी जीवित छँदै उहाँको लागि जिउन, खोजी गर्न र उहाँको सेवा गर्ने कुरा महत्वपूर्ण हो ।

परमेश्वोर विस्वासयोग्य हुनुहुन्छ – नेइम जोरपाटी चर्च

June 5, 2017 | Articles  

“आँखाले नदेखेका र कानले नसुनेका र मानिसको मनमा नसोचेका यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१ कोरिन्थी २ः९) ।
विश्वासको आँखा उठाएर हेर्नु हामीहरूको निम्ति अति उच्च आवश्यक आधार स्थल हो । हरेक काम सम्पन्न गर्न वा निरन्तर लागिपर्न जगको खाँचो पर्दछ । हाम्रो विश्वासको जग कस्तो जगमा बसाएका छौं ? हाम्रो विश्वास बालुवामाथि घर बनाएजस्तो छ कि चट्टानमाथि बनाएको घरजस्तो छ ? प्रभु येशू आफैले भन्नुभयो, उहाँको वचन सुनेर पालन गर्ने व्यक्ति बुद्धिमान मानिस हो (मत्ती ७ः२४) ।
जब येशू संसारमा आउनुभो सारा संसारको प्रभु भई जन्मनुभयो । असल खबरको जन्म भयो र हरेक आँखा, कान र हात असल कुराले भरियो । सुन्नेहरूको ह्दय कोमल भए, देख्नेहरू आश्चर्य चकित भए र छुनेहरूले उद्धार पाए । जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जो सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ (रोमी १०ः१७) । विश्वास एउटा तुँवालो भित्रको सुन्दर बस्तीको चित्र हो अर्थात् तुँवालो लाग्दैमा त्यहाँ शुन्यता छ भन्ने हुँदैन किनकि तुँवालो पछाडि पनि परमेश्वरको सृष्टि छ भनी विश्वास गर्नु हो ।
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ किनकि जो परमेश्वरको नजीक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ (हिब्रू ११ः६) । विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो (हिब्रू ११ः१) । विश्वास कुनै व्यक्ति वा वस्तुमा निर्भर र भरोसा गर्नु हो । सायद हामीले त्यो विश्वासको कुना देखेका छैनौं र अड्कल गर्न सकेका छैनौं । हामीमा भएको त्यो विश्वासको अमूर्त कुनालाई परिचालन गर्नु आवश्यक छ ।
नेइम जोरपाटी मण्डली परमेश्वरको आराधनामा मग्न भएको मण्डली हो । आराधना भन्नाले आफ्नो शक्ति भन्दा बाहिर वा बहुशक्ति भएको व्यक्तिको गुणगान गाउनु, नारा लगाउनु, कृतज्ञता व्यक्त गर्नु साथै उहाँमा एकाग्रह भई धन्यवादी हुनु हो । हृदयद्वारा आउने आदर हो । को धन्यवादी हुनसक्छ ? जसको इच्छाहरू पूरा भएका छन् र जो रमाउन सकेका छन् (भजनसंग्रह ३७ः४) । परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ । परमेश्वर मानिसप्रति ऋणी हुनुहुन्न । उहाँले हामीलाई आवश्यक सबै भौतिक र आत्मिक आशिष् दिइसक्नुभएको छ ।
जोरपाटी मण्डलीको लागि विक्रम संवत २०६०–२०७२ सम्म Transit Period परिवर्तनको छलाङ्ग लिने अवधि भयो । यस समयमा मण्डलीमा धेरै प्रकारको उतावचढाव भयो । मण्डलीका गोठालाहरू बीच मनमुटाव भयो, अनुशासनमा रहनुपर्‍यो । मण्डली माउविनाको चल्ला भए । मण्डली ऋणमा रहनुपर्‍यो । चौतर्फी मण्डलीबाट चिन्ताको विषय भए, कतै पूर्वमा रहेको मण्डली मरेर जान्छ भन्ने अड्कल आलोचकज्यूले बजारमा मूल्याङ्कन नगरेता पनि मनमा पक्वै प्रार्थनाको विषय बनाउनुभयो भन्ने मेरो व्यक्तिगत अनुमान छ । मण्डलीमा नयाँ पाहुनाका हातहरू देखिन छाडेका थिए । यति मात्र कहाँ हुनु मण्डलीबाट केही गुरुजन तथा विश्वासीहरू जोरपाटी मण्डलीदेखि पर सर्नुभयो । स्वचालित मण्डली भएकै कारण जोरपाटी मण्डलीमा आर्थिक चुनौतिका रेखाहरू कोरिए साथै धर्म परिवर्तन गर्ने स्थान भनी झूटा आरोपमा मण्डलीका पाष्टर, एल्डर र डीकनहरूलाई चौकीमा सफाइ दिन लगियो । सोझासिधा जनतालाई छक्याई, फकाई फुस्ल्याई धर्म परिवर्तन गराए, अन्य धर्म विरुद्ध दखल पुर्‍याउने कार्य गर्‍यो, नाबालकलाई भ्रममा राखेर पानीमा चोपे भन्ने मिथ्या आरोप जोरपाटी मण्डलीको इतिहासमा भए । यी सबै मिथ्या आरोप हुन् भनी महानगरीय वृत्त बौद्धबाट बाइज्जत मण्डलीका गुरुजनलाई रिहा गरिदिए ।
मण्डलीको घटनालाई अध्ययन गर्दा अयूबको जीवनसँग तुलना गर्न मलाई सार्थक लाग्यो । वmे अøयूब साँच्चिवैm अधर्मी थिए ? जसको कारण ती सबै दुःख र विपत्तिहरू उनको जीवनमा भएका थिए ? कि हामीले आराधना गरेको परमेश्वर सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान हुनुहुन्थ्यो ? कि अøयूबको भविष्यको जीवन थाहा पाउनु भएन ? एकछिन विचार गरौं । अøयूबको जीवनमा जस्तोसुवैm उतावचढाव आएता पनि अøयूबको पक्षमा परमेश्वर आपैm साक्षी दिनुहुन्छ । “परमेश्वरको डर राख्ने, र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन”
(अय्युब १ः८) । परमेश्वरमा निरन्तर भरोसाको कारण परमेश्वरले अय्युबको सुदिन फर्काइ दिनुभयो, र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढाइदिनुभयो (अय्युब ४२ः१०) ।
मण्डली विश्वासमा निरन्तर स्थिर रहेको कारण जोरपाटी मण्डलीको सुदिन फर्काइदिनुभयो । जमीन खरिद गर्दा ऋण पर्‍यो, आराधनाको निम्ति भवन निर्माण गर्न लाग्दा छिमेकबाट विरोध आयो । नेइम पाष्टर झुण्डको प्रार्थना र परामर्श पश्चात् मण्डलीको निम्ति परमेश्वरद्वारा त्यस जमीनको क्षेत्रफल थोरै लाग्यो र उहाँको अनुग्रहमा त्यहाँबाट फैलिने दर्शन सहित १ रोपनी जमीन बिक्रीमा राखियो । केही समय पश्चात् जोरपाटीदेखि मात्र ५ किलोमिटरको दूरी डाँछीमा ३ रोपनी जमीनको प्रस्ताव आयो । हामीसँग भएको पुँजीको अलावा ३० देखि ३५ लाख रकमको चुनौति भयो । परमेश्वर यस विषमा जोरपाटी मण्डलीप्रति विश्वासयोग्य हुनुभयो साथै आर्थिक रकम जुटाइदिनुभयो । “मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याउनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याउनेछु” (भजनसंग्रह २ः८) । हाम्रो प्रार्थनामा परमेश्वरद्वारा सहमति भई २०७३/७४ सालमा जोरपाटी मण्डलीले ३ रोपनी जमीन किन्न सक्यो । विधवाको पोल्टो कहिल्यै नरित्याउनुभएझैँ हरेक विश्वासीको ढुकुटी रित्तिन दिनुभएन । मण्डली परिवारले जमीन खरिदमा ह्दय खोलेर धन सम्पत्ति दिनुभयो । धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । धन्य धार्मिकताको निम्ति भोकाउने र निर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन् (मत्ती ५ः६–७) ।
मण्डलीको सुदिन फर्काइदिनुभयो पहिले भन्दा दुई गुणा धन सम्पत्ति बढाइदिनुभयो । मण्डली विश्वासमा जिउन सक्यो । पुनःस्थापनाको वर्ष जोरपाटीको निम्ति सावित भयो । सबै सलहले खाएको दिनहरू फकाइदिनुभयो । जोरपाटीको मण्डली भवनको लागि जमीन १ बाट बढेर ३ रोपनी भयो । जहरसिंहपौवा भवन पुनः निर्माण जस्ता पाताबाट पक्की दुई तल्ले भवनमा स्थानतरण भयो । गाम्छा मण्डलीको निम्ति स्थानीय विश्वासीद्वारा जमीन उपलब्ध भयो र उपत्यकाको नेइम मण्डली, व्यक्तिहरू र संस्थाबाट आर्थिक सहयोगमा दुई तल्ले आराधना भवन निर्माण सम्पन भयो । सुन्दरीजलमा भौतिक संरचनाको साथै सुन्दरीजल माथिका गाउँहरू मुलखर्क, चिलाउने, ओख्रेनी, गागलफेदी, नुवाकोटसम्म आउटरीच कार्यक्रम बढाइदिनुभयो । २०७४ वैशाख १ गते मण्डली परिवार पुरुष झुण्डको संयोजकत्वमा उपरोक्त गाउँहरूमा प्रार्थना पदयात्रा र सुसमाचार प्रचार कार्यक्रम सम्पन्न भयो । साँखुमा मण्डली भवन निर्माण कार्य सम्पन्न भयो । १० वर्षको लागि स्थानीय विश्वासीको जमीन उपलब्ध भयो । उक्त भवन निर्माणमापरिवार लगायत विभिन्न संस्था र व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भयो । आराधना सेवामा जोरपाटी, जहरसिंहपौवा, गाम्छा, सुन्दरीजल र साँखुमा गरेर हरेक शनिबार न्यूनतम कुल सहभागी संख्या ७०० देखि ८०० विश्वासीसँग भइरहेको छ भने गत वर्ष बडादिन अर्थात् ख्रीष्ट जत्मोत्सव प्रेम भोज कार्यक्रममा १३०० देखि १५०० जनालाई सहभागी गराउन मण्डली सफल भयो ।
नेइम जोरपाटी मण्डलीको पालको डोरी फैलिँदै गएको छ । सुरक्षित क्षेत्रको रेखा तोडिँदै मण्डलीदेखि बाहिर गएर काम गर्ने मौका प्रभुले हामीलाई दिनुभएको छ । मण्डली घर हो । घरमा सबै सदस्यहरू सुरक्षित महसुस गर्दछन् । एवम् रीतमा मण्डली सुरक्षित घर भएको छ । मण्डली प्रभुमा उद्धार पाएकाहरूको निम्ति ख्रीष्टमा गर्व गर्ने घर भएको छ । अगुवाले विश्वासीको वास्ता पुर्‍याएको छ र विश्वासीहरू आदर र भयमा रहनुभएको छ । करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर अगि बढ्दै बाइबलीय नमूना मण्डली आजको दिनसम्म आइपुग्न उहाँको अनुग्रह मिलिरहेको छ (१ पत्रुस ५ः२–४) ।
अन्त्यमा, जोरपाटी मण्डलीलाई दोष मुक्त, ऋण मुक्त र लाज मुक्त भई जिउन सर्वशक्तिमान परमेश्वरको अनुग्रह मिलेको छ । परमेश्वरका सन्तगणप्रति भौतिक, आर्थिक र आत्मिक तवरमा सहायता पुर्‍याउनुभएका व्यक्ति, संस्था, शुभचिन्तक, प्रार्थनाका योद्धा, साथै गुरुजन र परमेश्वरमा सधैँसधैँ धन्यवादी भएका छौं अनि भइरहनेछौं । साक्षी बनौं जीवन बाँडौं । परमेश्वरले हामी सबैलाई यस्तो कार्यमा अनुग्रह गरून् । धन्यवाद ।

मण्डलीमा मिलापको भूमिका – पाष्टर राजेन्द्र रोंगोंग

May 9, 2017 | Articles  

इसाई मण्डली मानिसहरूले आपसी सरसल्लाहद्वारा स्थापना गरेका होइनन् । प्रभु येशू ख्रीष्टको मृत्यु, पुनरुत्थान र पेन्तिकोसको दिन उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माका साक्षातरुपमा उहाँका चेलाहरूमाथि आउनुभएपछि इसाई मण्डलीको स्थापना भयो । येशूले आफ्नो परिचयसम्बन्धी अन्य मानिसहरू र चेलाहरूलाई सोध्नुभएको उत्तरमा पत्रुसले यसरी जवाफ दिएका थिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र ।”

त्यसबेला येशूले पत्रुसलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन् (मत्ती १६ः१५–१८) ।” येशूको भनाइमा पत्रुसको अर्थ चट्टान भएकोले त्यसैमाथि म मेरो मण्डली स्थापना गर्छु भन्ने बुझिन्छ । वास्तवमा येशूले यस चट्टानमाथि भन्नुहुँदा ठूलो चट्टानको जग (मत्ती ७ः२४–२५) लाई संकेत गर्नुभएको थियो जब कि “पत्रुस वा पेत्रा” को अर्थ सानो ढुङ्गा मात्र हो । पत्रुस स्वयंले पनि आफ्नो पत्रमा येशूलाई “कुने ढुङ्गो “Foundation Stone” भनेका छन् । तर यो सही हो कि मण्डलीको स्थापनामा पत्रुसले दह्रो भूमिका खेलेका छन् (एफिसी २ः२०) ।

पत्रुसले परमेश्वरको घर वा मण्डलीको सम्बन्धमा यसरी भन्छन्, “तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दै जाओ (१ पत्रुस २ः५) ।” परमेश्वरले आफ्ना एक मात्र प्रिय पुत्रलाई क्रूसमा बलिदान चढाउनुभयो यसको एउटै कारण थियो मानिसहरू परिवर्तन होऊन् र परिवर्तन भएपछि आफ्नै लागि होइन तर परमेश्वरको निम्ति जिऊन् ।
“उहाँ सबैका निम्ति (ख्रीष्ट) मर्नुभयो ताकि बाँच्नेहरू आफ्नै निम्ति होइन तर उहाँको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो (२ कोरन्थी ५ः१५) ।” परमेश्वरको घर वा इसाई मण्डली येशू ख्रीष्टद्वारा परिवर्तन गरिएका मानिसहरूको समूह हो । मण्डली अन्य सामाजिक समूह जस्ता मात्र नभई बाइबलमा व्याख्या गरिएझैँ यो एउटा शरीर हो जसको शिर ख्रीष्ट येशू हुनुहुन्छ ।

परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको घर पनि पवित्र नै हुनुपर्छ, यसैले उहाँले यो कामको निम्ति आफ्ना पुत्र येशू ख्रीष्टलाई बलिदान चढाउनुभयो । यो बलीद्वारा पापी मानिसलाई पवित्र बनाउनुभयो र आफूसंग मिलाउनुभयो अथवा मिलाप गराउनुभयो । यस्तो काम मानिसलाई परमेश्वरसंग मिलाउने काम खालि परमेश्वरले मात्र गर्नसक्नुहुन्छ र उहाँले यो गर्नु पनि भयो । वास्तवमा परमेश्वर संसारलाई (सम्पूर्ण मानिसलाई) नै मिलाप गराउन चाहनुहुन्छ ।

हामी ख्रीष्ट येशूमा विश्वास गर्नेहरू नयाँ सृष्टिहरू हौं र परमेश्वरसंग हाम्रो मिलाप भएको छ । परमेश्वरले हामीलाई आफूसित मिलाप गराउनुको साथै यो मिलापको सेवकाइ हामीलाई सुम्पिनुभएको छ । “यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्ट येशूद्वारा आफूसंग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो (२ कोरन्थी ५ः१८) ।”

अब परमेश्वरले हामीलाई मिलापको सेवकाइ दिनुभएको छ अर्थात् यो मिलापको सुसमाचार अरूहरूलाई सुनाउनुपर्छ । यो मिलापको सुसमाचारको महत्व बाहिर संसारको लागि जति महत्वपूर्ण छ उतिकै घरभित्र अर्थात् मण्डलीभित्र पनि छ । मण्डलीमा नै मिलाप छैन भने हामीले बाहिर मिलापको सुसमाचार सत्यतापूर्वक दिन सत्तैनौं । प्रभु येशू ख्रीष्ट संसारमा हुनुहुँदा चेलाहरूलाई आपसी प्रेमबारे धेरै कुरा सिकाउनुभयो । प्रेम नै मिलापको आधार हो । प्रभु येशू ख्रीष्टले आखिरी हप्ता आफ्ना चेलाहरूसंग बिताउनुभयो र प्रेममा रहने कुरामा विशेष् जोड दिनुभयो । उहाँले नयाँ आज्ञाको रूपमा “एक अर्कालाई” प्रेम गर्न आह्वान गर्नुभयो ।

हिजो आज हामी मण्डलीसम्बन्धी धेरै कुरा सुन्छौं तर अफसोस मण्डलीको चर्चामा त्यहाँ रहेको झगडा, गुटबन्दी, बाझाबाझ वा झेलले प्रमुख स्थान लिएको छ । मण्डली प्रभुको सुन्दरता तथा उहाँको प्रेमको साक्षी बन्नुपर्ने तर उल्टो काम पो भइरहेछ । लडाई, झगडाले कसैलाई ठीक र बेठीक देखाउँदैन । मण्डलीमा रहेका यस्ता कुराले संसारलाई मिलाउन चाहनुहुने परमेश्वरको महिमा हुँदैन । हामीले गरेको “मिलापको सुसमाचार” पनि अरूहरूले राम्ररी सुन्न सत्तैनन् । लडाई, झगडाको गोलमालले मिलापको सुसमाचारलाई पछिल्तिर ढकेलिदिन्छ । तर यी सबै भएता पनि हामीलाई सधैं प्रेम गर्नुहुने परमेश्वरका सन्तान भएका हुनाले हाम्रो आशा जीवितै छ । सबै नराम्रा कुरालाई छोडी हामीले गर्नुपर्ने काम अथवा हामीलाई सुम्पिएको मिलापको सेवकाइ गर्न सक्छौं ।

“यसकारण साहससंग अनुग्रहको सिंहासन नजीक जाऔं र  खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं (हिबू्र ४ः१६) ।”

गूड फ्राइडे र ईस्टरको वास्तविकता– एल्डर सिमोन पाठक

April 3, 2017 | Articles  

एकाइसौं शताब्दी अघि इस्राएलको बेथलेहेममा एकजना यस्तो व्यक्तिको जन्म भएको थियो, जो आज पनि जीवित हुनुहुन्छ–प्रभु येशू ख्रीष्ट । विश्वका इसाईहरूले येशू जन्मनु भएको दिनलाई ख्रीष्टमस, मृत्युको दिनलाई गूड फ्राइडे र मृत्युबाट जीवितभई उठनुभएको दिनलाई ईस्टरको रूपमा उत्सव मनाउँछन् । कुनै पनि व्यक्तिको जन्मेको दिनलाई खुशीयालीको रूपमा मनाउनु त स्वाभाविकै हो, तर मृत्युको दिन कहिल्यै पनि खुशीको दिन हुन सक्दैन । येशू ख्रीष्टको मृत्युको दिनभने सारा मानवको लागि असल शुक्रबार अर्थात् गूड फ्राइडे बन्न पुगेको छ ।

असल शुक्रबार अर्थात् गूड फ्राइडे

येशू ख्रीष्टको मृत्युको दिनलाई गूड फ्राइडेको रूपमा मनाइन्छ किनकि उहाँ क्रूसमा टाँगिनुभएर आफ्नो शरीरबाट जुन रगत बगाउनुभयो, त्योचाहिँ संसारका सबै मानिसको पाप धुनको निम्ति पूर्ण बलिदान थियो । मानिसहरूको अन्तर चेतनामा पाप मोचनको लागि रगतको आवश्यकता पर्छ भन्ने कुराको गहिरो छाप लागेको छ । तर रगत बगाउने त्यो थुमा खोई त ? मानिसको पाप धुनलाई रगत बगाइनुपर्छ भन्ने कुरालाई बाइबल धर्मशास्त्रमा स्पष्टसँग बताइएको छ–“रगत नबगाइकन पाप मोचन हुँदैन”(हिबू्र९ः२२)।“तर साँढेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ” (हिबू्र १०ः४) ।

रगत नबगाइकन पाप मोचन हुन नसक्ने हुनाले रगतको आवश्यकता पर्‍यो । तर पशुपंक्षीको रगत पनि होइन, त्यसो भए कसको रगत बगाउने ? मानिस सबै पापी छन् । एउटा पापी मानिसले अर्को पापी मानिसको सट्टामा रगत बगाएर बचाउन सक्दैन । संसारका मानिसको पाप धुनलाई निष्कलंक पवित्र थुमाको आवश्यकता थियो। तर त्यो थुमा यस संसारमा नभएको कारणले एक्काइसौं शताब्दी अघि परमेश्वर पिताले पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाइदिने प्रतिज्ञा हजारौं वर्ष अघिदेखि अगमवक्ताहरूद्वारा गर्नुभयो र समयको पूर्णतामा एक्काइसौं शताब्दी अघि येशू यस संसारमा कन्ये मरियमको कोखमा पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो र बालकको रूपमा यस संसारमा जन्मनुभयो ।

येशूको जन्म जसरी र जहाँ हुन्छ भनिएको थियो त्यसरीनै र त्यही ठाउँमा भएको थियो । उहाँ साधारण मानिस जस्तै नै हुर्कनुभयो र तीस वर्षको उमेर पुगेपछि उहाँ जुन उद्देश्यको लागि पृथ्वीमा मानिस बनेर आउनुभएको थियो, त्यही अनुसारनै उहाँले परमेश्वरको राज्यको प्रचार गर्न शुरू गर्नुभयो । दृष्टिविहीनहरूलाई देख्न सक्ने, हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने, बहिराहरूलाई सुन्न सक्ने, भूतलागेकाहरूलाई छुट्कारा, रोगले थलिएकाहरूलाई चंगाई र मरेकाहरूलाई जीवितपार्ने कामगर्नुका साथै परमेश्वरको राज्यको विषयमा मानिसहरूलाई शिक्षा, उपदेश दिने काम गर्नुभयो ।

उहाँको उपदेश र उहाँले गर्नुभएका आश्चर्यकर्मका कामहरू देखेर हजारौं मानिसहरू उहाँको पछि लागेका देख्दा त्यस देशका यहूदीधर्मगुरुहरू भयभीत हुनपुगे र उहाँलाई मार्नलाई रणनीतिहरू रच्नथाले । उहाँलाई राजद्रोहको आरोप लगाएर अदालतमा सुम्पियो । तर अदालतका बडा हाकिम पिलातसले उहाँमा कुनै पनि दोष भेट्टाउन सकेनन् (यूहन्ना १८ः३८,१९ः६) । तर मानिसहरूको डरको कारण पिलातसले येशूलाई भीडको हातमा नै सुम्पिदिए (यूहन्ना १९ः१६) । उहाँलाई मानिसहरूले अनेक किसिमको यातना दिँदै अन्तमा काठको क्रूसमा हात र खुट्टाहरूमा काँटी ठोकेर झुण्ड्याए । उहाँको शरीरबाट रगतका धाराहरू बग्यो जुन चाहिँ बाइबल धर्मशास्त्रमा गरिएको भविष्यवाणी अनुरूप हुनुनै पर्ने थियो । मानवको पाप धुनलाई रगतको आवश्यकता थियो, त्यो रगत येशू ख्रीष्टले कलवरी डाँडाको क्रूसमा बगाइदिनुभयो । हामीले पाउनुपर्ने दण्ड उहाँले भोगिदिनुभएको कारणले गर्दा नै येशूको मृत्युको दिन चाहिँ सारा मानव जातिको लागि असलशुक्रबार अर्थात् गूड फ्राइडे बन्नपुगेको हो ।

येशू मर्नुभएको तेस्रो दिनमा जीवित भई उठ्नुभयोः

येशू क्रूसमा मर्नु अगाडि धर्मगुरुहरूलाई जवाफ दिने क्रममा भन्नुभएको थियो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” (यूहन्ना २ः१९) । येशूले आफ्नै शरीरको विषयमा कुरा गरिराख्नुभएको थियो । उहाँलाई मानिसहरूले मार्नेछन् तर तेस्रो दिनमा फेरि बौरी उठ्नुहुनेछ भन्ने कुरा येशूलाई पहिला नै थाहा थियो । बाइबल धर्मशास्त्रको पुरानो करार र नयाँ करार दुवै खण्डमा येशू मर्नुहुनेछ र फेरि जीवित हुनुहुनेछ भन्ने कुरा उल्लेख गरिएको पाउँदछौं । उहाँले भन्नुभएझैं तेस्रो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभयो । येशू, मरियम मग्दलिनी, सिमोन पत्रुस र बाह्रै चेलाहरू कहाँ पटक पटक गरेर देखा पर्नुभयो (यूहन्ना २०ः१–२९, मत्ती २८ः९–१०, मर्कुस १६ः९–१८, लूका २४ः३६–४९) । मृत्युबाट जीवितभई उठ्नुभएको चालीस दिनसम्म चेलाहरूको बीचमा साथै मानिसहरूको बीचमा उहाँ देखा पर्नुभयो र स्वर्ग राज्यको शिक्षा मानिसहरूलाई दिनुभयो र चालीसौं दिनमा यरूशलेमको नजीकैको जैतूनभन्ने डाँडामा मानिसहरूको भीडलाई उपदेश दिँदादिँदै येशू स्वर्गमा उचालिनुभयो । येशू स्वर्गतर्फ जानुभएको दृष्यलाई ट्वाल्ल परेर हेरिरहने गालीलका मानिसहरू कहाँ दुई स्वर्गदूतहरू देखा परेर भन्नलागे, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” उहाँमा विश्वास गर्नेहरूलाई लिन आउनुहुने दिन संसारको अन्त्य हुनेछ । बाइबलमा गरिएको यो भविष्यवाणी एकदिन पूरा हुनेनै छ तर त्यो दिन आउनु अघि संसारका सबै मानिसले येशू ख्रीष्टले मानव जातिको लागि गर्नुभएको महान बलिदानको शुभखबर सबै मानिसहरूले सुनेको हुनुपर्दछ । त्यही कारणनै संसार भरिका ख्रीष्टियानहरूले येशूको जन्म, मृत्यु र उहाँ जीवित हुनुभएको सन्देश “सित्तैंमा पायौ र सित्तैंमा देऊ”भन्ने येशूको आज्ञा अनुसार गरिराखेका छन् । यो धर्म प्रचार नभएर जीवन प्रचार हो ।

येशू ख्रीष्टको पुनरुत्थानको विषयलाई लिएर कतिमानिसहरू तर्क वितर्क गर्र्ने गर्दछन् । तर बाइबलमा येशूको मृत्यु र जीवितभई उठ्नभएको सम्बन्धमा प्रशस्त प्रमाणहरू छन्– सिपाहीहरूले येशूको कोखामा भालाले घोचे र तुरून्तै रगत र पानी निस्क्यो र उनीहरूले उहाँको मृत्यु अघिनै भइसकेकोे प्रमाणित गरे(यूहन्नो १९ः३३–३७) । चेलाहरूले येशूको चिहानमा सूती कपडाहरू पडिरहेको भेट्टाए (यूहन्ना २०ः५–७) । येशू जीवितभई उठ्नुभएपछि चेलाहरूले आफ्नो हातले नै उहाँको शरीरलाई छोएका थिए (यूहन्ना २०ः२०,लूका २४ः२९) । येशू जीवितभई उठ्नुभएको आफ्नै आँखाले देखेको कारणनै चेलाहरू साहसका साथ येशूको नाउँ प्रचार गर्न निस्केका थिए (प्रेरित ४ः१०) । विशेष् गरी तीनवटा कुराहरूले येशूको जीवितभई उठ्नुभएको कुरालाई प्रमाणित गर्दछ ः
क. आँखाको साक्षीः मर्कुस १६ः९, १२–१३, यूहन्ना २०ः११–१८, लूका २४ः३०–३५)
ख. रित्तो चिहानः मर्कुस १५ः४०–१६, १८, लूका २४ अध्याय र यूहन्ना १९, २१ अध्यायहरू
ग. मण्डलीको जन्मः प्रेरित २ः३७–४७, १७ः६ ।

सबै कुराहरूको निचोड चाहिँ यही नै हो, येशूले मृत्यु माथि विजय प्राप्त गर्नुभएको छ । येशू क्रूसमा मारिनुभएको तेस्रो दिन मरेको बाट फेरि जीवित हुनुभएको स्मरण गर्दै विश्वभरिका ख्रीष्टियानहरूले मनाउने महान् पर्व नै ईस्टर हो । ईस्टरले मानव जातिलाई दिने संदेश पनि मृत्यु माथि विजय प्राप्त गरेर प्रत्येक मानिसले येशू ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्न सक्छन् भन्ने नै हो । येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ” (यूहन्ना ११ः२५) । येशूको जन्म, मृत्यु र बौरी उठाइको सम्बन्धमा हजारौं वर्ष अघि देखि गरिएको भविष्यवाणी आज भन्दा दुई हजार वर्ष अगाडि एउटा पनि बिन्दु तल माथि नभई सबै कुरा येशूमा पूरा भए जस्तै येशू फेरि एक दिन उहाँमा विश्वास गर्नेहरूलाई बादलको सवारीमा लिन आउनुहुनेछ भन्ने भविष्यवाणी पनि सत् प्रतिशत पूरा हुनेछ । येशूको दोस्रो आगमन र संसारको अन्त्य हुनेछ भन्ने बाइबलको भविष्यवाणीलाई प्रश्न गर्ने कुनै ठाउँ नै छैन तर आज प्रश्न चाहिँ यो छ, के हामी मृत्युबाट जीवित भई उठ्नुभएको प्रभु येशूसँगै मृत्युपछि स्वर्ग जानलाई तयार छौं ? गूड फ्राइडे र ईस्टरले ल्याएको रमाहटमा हामी रमाउन सकेका छौं ? उहाँ आउनुहुँदा हाम्रा आँखाबाट उहाँलाई स्वागतगर्दै हर्षका आँसु बग्नेछन् या त विछोडमा परेर बिलौनाका आँसु खस्नेछन् ? सोच्ने र निर्णय गर्ने समय अहिले नै हो । भोलि ढिलो हुन सक्छ !

मिशनका क्षेत्रमा बढ्दै नेइम – लेखनाथ पौडेल

March 9, 2017 | Articles  

स्थापना कालदेखिनै प्रभु येशूले दिनुभएको महान् जिम्मेवारीपूर्ण अभिभारा “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्कूस १६ः१५) नेइमले गम्भीर रूपमा लिएर कार्य गर्दै आइरहेको छ । सुरुका वर्षहरूमा नेपालमा प्रचार गर्ने र मानिसहरूलाई येशू चिनाउने कार्य त्यति सहज थिएन तर पाष्टर गुरुबा तथा उहाँका सहकर्मीहरूले चुनौतिहरूको सामना गर्दै यो महान् अभिभारा बहन गर्दै जानुभयो । फलस्वरूप काठमाडौं लगायत नेपालभरि थुप्रै मण्डलीहरू स्थापना भए अनि हजारौंले सुसमाचार सुने । सुसमाचार प्रचारका लागि नेपालका विभिन्न विकट स्थानहरूमा समेत उहाँहरूले यात्रा गर्नुभयो । त्यसको परिणाम नै हो आज देशका विभिन्न सुगम र विकट ठाउँमा मण्डलीहरू स्थापना भएका छन् र मानिसहरूले ख्रीष्ट येशूमा उद्धार पाइरहेका छन् । सुरुका तीन दशकसम्म सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा विभिन्न चुनौतिहरूको सामना गर्नुपरेको थियो तापनि नेपाली इसाई मण्डलीले आफ्नो जिम्मेवारी पूरा गरिनै रह्यो । ९० को दशकमा नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि देशमा मिशनको काम गर्न केही सहजता आयो । सो अवसरलाई सदुपयोग गर्दै नेइमका विश्वासीहरू पूर्वदेखि पश्चिमसम्म फैलिएर गए र ठाउँ ठाउँमा सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम भयो । सन् २००० को पहिलो दशकमा गुरुबाले ‘मण्डली अब कुवा होइन कुलो बन्नुपर्छ, पालको डोरी तन्काउनुपर्छ’ भन्नुभएको कुरालाई यथार्थमा परिणत गर्दै भारत लगायत अन्य देशहरूमा पनि मिशनेरीहरू पठाउने कार्य भयो । सन् २०१० मा एकदशकपछि फेरि मिशन वर्षको घोषणा भयो र सुसमाचार प्रचारको काम अझ तीब्र भएर गयो । त्यसपछिका वर्षहरूमा स्थानीय शाखा–आबद्ध मण्डलीलाई परिचालन गरी विभिन्न ठाउँमा मण्डली स्थापना गर्ने, मिशनेरी पठाउने कार्य भइरह्यो । त्यतिमात्रै नभइकन नेइमका काठमाडौंमा रहेका मूल मण्डलीहरूबाट समेत उपत्यकाबाहिर मण्डली स्थापनाको कार्य जारी भइरहेको छ । फलस्वरूप नेइमका नेपालभरिका ७ प्रदेशका ३२ वटा जिल्लाहरूमा १४० वटा भन्दा बढी शाखा–आबद्ध मण्डली तथा संगतिहरू हाल संचालनमा छन् अनि ती मण्डलीहरूले पनि अरू मण्डलीहरू स्थापना गर्ने अभियानमा लागेका छन् । नेइमको मिशन सम्बन्धी कार्यभार हेर्ने नेइम मिशन विभाग, हाल रहेका शाखा–आबद्ध मण्डलीहरूलाई बलियो बनाउँदै तिनीहरूलाई आधार इलाका बनाएर सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काम गर्ने कार्यनीति लिएको छ । जसअनुरूप गहन तालिम कार्यक्रमहरू केन्द्रिय स्तर, क्षेत्रीय स्तर तथा स्थानीय स्तरमा गरिरहेको छ । यस्ता तालिम कार्यक्रमहरूले मण्डलीहरूमा रहेको अगुवापनको अभावलाई पूर्ति गर्ने, नयाँ मण्डलीहरू स्थापना गर्न अगुवाहरू तयार गर्ने र स्वस्थ मण्डली बनाउने गर्छ । धेरैले भन्ने गरेझैँ ‘नेइमको (ज्ञानेश्वरको) शिक्षा राम्रो छ’, नेइमको मूल जग नै यसको बाइबल आधारित शिक्षा हो र त्यो सबै ठाउँमा पुर्‍याउनु नै मिशनको लक्ष्य हो । जहाँ शिक्षा बलियो हुन्छ, त्यहाँ भाँडभैलो तथा शिथिलता भन्ने हुँदैन । मण्डली बलियो हुनको लागि शिक्षा (बाइलमा आधारित शिक्षा) अत्यन्तै आवश्यक कुरा हो । शिक्षाको अलावा नियमित संगति, सम्मेलन, भैपरि आउँदा गरिने सहायता, र कतिपय अगुवाहरूलाई गरिने सहायताले समेत शाखा–आबद्ध मण्डलीहरूलाई प्रोत्साहित गरिरहेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पले १५ वटा जिल्लामा रहेका करीब ५० वटा मण्डलीहरू तथा त्यहाँका विश्वासीहरूलाई गम्भीर असर पा¥यो उक्त समयमा पनि नेइमले भातृप्रेम प्रदर्शन गर्दै त्यहाँका विश्वासीहरू मात्रै होइन छरछिमेकसमेतमा सहायता पुर्‍यायो । छिटपुट बाहेक नेइमका सबै भूकम्पपीडित विश्वासीले केही न केही राहत पाए । भूकम्मले गम्भीर रूपमा क्षति पुर्‍याएका मण्डली भवनहरूको पुनर्निर्माणको काम समेत लगभग समापन भइसकेको छ । मण्डली भवन पुनर्निर्माणको क्षेत्रमा सबैभन्दा तीब्ररूपमा काम सम्पन्न भएको छ । भत्केको भवनमा संगति गर्ने अवस्थाबाट शाखा–आबद्ध मण्डलीहरूलाई उन्मुक्ति मिलेको छ । यसको लागि विभिन्न मण्डलीहरू तथा विश्वाससँग मेलखाने संघसंस्था र मित्रहरूको योगदान अभूतपूर्व रहेको छ । बेलाबेलामा शाखा–आबद्ध मण्डलीहरूमा आइपर्ने समस्याहरूलाई पनि यथासक्य समाधान गर्ने प्रयास भइरहेको छ । नेइमका देशभित्र र बाहिर रहेका मिशनेरीहरूलाई समय–समय उहाँहरूकै कार्यस्थलमा गई हौसला तथा संगति दिने कार्य भइरहेको छ । हाल उत्तर तर्फ तिब्बतमा रहेकाहरूलाई सुसमाचार प्रचार गर्ने र त्यहाँ मण्डली स्थापना गर्ने लक्ष्यका साथ डोल्पाको स्थानीय मण्डलीको सहकार्यमा उपल्लो डोल्पामा विगत तीन वर्षदेखि श्री नरसिंह थापा मिशनेरीको रूपमा कार्यरत हुनुहुन्छ । यूरोपमा छरिएर रहेका स–साना नेपालीभाषी संगति तथा मण्डलीहरूलाई सहायता पुर्‍याउनको लागि तालिम तथा प्रोत्साहन र संगति दिन विगत १० वर्षभन्दा बढी समयदेखि पाष्टर अब्राहाम श्रेष्ठ परिवार मिशनरीको रूपमा आयरल्याण्डमा हुनुहुन्छ । बेचिएका नेपाली चेलीहरू तथा तिनीहरूकालाई यौन व्यवसायको भयानक दलदलदेखि उद्धार गर्ने हेतुले सुसमाचार प्रचार, उद्धार तथा पुनस्र्थापना गराउने कार्यमा विगत १७ वर्षदेखि श्री जेम्स नेपाली परिवार मुम्बइमा मिशनरीको रूपमा कार्यरतहुनुहुन्छ । उहाँहरूको सेवकाइमार्फत् मुम्बइका देह व्यापार–गृहका हजारौं चेलीहरू तथा मानिसहरूले प्रभु येशूको बारेमा सुन्न पाए भने कैयौ प्रभुमा आए र सयौं भन्दा बढी चेलीबेटी तथा बाल बालिकाहरूको उद्धार भइ पुनस्र्थापना भएको छ । तीमध्ये धेरैजना अहिले विभिन्न देशमा सेवकाइमा सक्रिय छन् । त्यस्तै सेवकाइमा सहायता पुर्‍याउन र थुप्रै नेपालीहरू होटेल तथा रेस्टुरेन्ट मजदुरको रूपमा काम गरिरहेकाहरूको माझमा सुसमाचार प्रचार तथा मण्डली स्थापना गर्न विगत एक दशक देखि पाष्टर प्रदीप बज्राचार्य परिवार भारतको पुनेमा कार्यरत हुनुहुन्छ । उहाँहरूले हाल रेडलाइट एरियाको भित्र त्यहाँका बालबालिकाहरूको निम्ति डे केयर सेन्टर संचालन गरिरहनुभएको छ । उहाँहरूले हेरिरहनुभएको पुनाको नेपाली संगतिबाट सयौंले पानीको बप्तिस्मा लिइसक्नुभएको छ भने कतिजना विभिन्न स्थानमा सेवकाइमा सक्रिय हुनुहुन्छ । हाल त्यहाँ ३०० भन्दा बढी सदस्यहरू संगति गरिरहनुभएको छ । भारतको धर्मको गढ मानिने गढवालको कोटद्वारमा विगत डेढ दशकदेखि पास्टर नरेन्द्र सिंह परिवार कार्यरत हुनुहन्छ । त्यहाँ मण्डली स्थापना भएको छ र त्यहाँबाट फैलिएर अर्को पहाडी भेगमा समेत नयाँ मण्डली स्थापना भएको छ । पूर्वोत्तर भारतका विभिन्न प्रान्तहरू, विहार तथा विशेष् गरी नेपालीभाषीहरू रहेका आसामका मानिसहरूलाई सुसमाचार प्रचार तथा मण्डली स्थापनाको काममा पाष्टर लोक गुरूङ्ग परिवार मिशनेरीको रूपमा त्यहाँ कार्यरत हुनुहुन्छ । यस वर्षको सुरुमा ती क्षेत्रका मण्डलीहरूका अगुवाहरूको निम्ति १ महिने विशेष् तालिम पनि सम्पन्न भयो । पूर्वोत्तर भारत, भूटान तथा नेपालबाट अध्ययन र रोजगारीको सिलसिलामा गएका नेपालीहरूको बीचमा सुसमाचार प्रचार, तालिम र संगति दिने कार्य जारी राख्दै पाष्टर तिमोथी थापा परिवार हाल बैंगलोरमा कार्यरत हुनुहुन्छ । केही समय अघिसम्म मलेशियामा समेत मिशनेरीको रूपमा कतिजना अगुवाहरू कार्यरत हुनुहुन्थ्यो । आधिकारिक रूपमा मिशनेरी बनी सेवकाइ गरिरहनुभएका बाहेक हाल विदेशमा अध्ययन तथा रोजगारीका लागि जानुभएकाहरू पनि मिशनको काममा सक्रिय हुनुहुन्छ र यसको मूल कारण नेइम मिशनेरी मण्डली भएकै कारणले हो । नेपालभित्र रहेका शाखा–आबद्ध मण्डलीहरूलाई अझ बलियो आधार इलाका बनाउन स्थानीय स्तरमा क्षेत्रीय सुपरभाइजरको रूपमा विभिन्न पाष्टर तथा अगुवाहरू कार्यरत हुनुहुन्छ अनि क्षेत्रीयस्तरमा मण्डलीहरूको नियमित भेटघाट, सरसल्लाह तथा सामूहिक प्रचार र मण्डली स्थापनाका कामहरू भइरहेका छन् । उत्तरमा डोल्पा, जुम्ला, सोलूखुम्बु, धादिङ्गदेखि दक्षिणमा सर्लाही, रौतहट, महोत्तरीसम्म, त्यसैगरी पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरसम्म नेइमका शाखा–आबद्ध मण्डलीहरू जीवित र क्रियाशील रूपमा फैलँदैछन् । ‘स्थानीय मण्डली रहेको क्षेत्रमा स्थानीय मानिसहरूको जीवनस्तर पनि सुध्रिनुपर्छ’ भन्ने मान्यताअनुरूप मिसन विभागले नेइमको सामाजिक क्षेत्र हेर्ने निकाय मेरी गुरुआमा प्रतिष्ठान तथा अन्य संघसंस्थासँग मिलेर विभिन्न आयआर्जनका तालिमहरू समेत विभिन्न क्षेत्रमा उपलब्ध गराउँदै आएको छ । प्रशस्त मात्रामा गाँजाखेती हुने मकवानपुरको नामटार गा.वि.सं.मा गरिएको कृषि तालिमद्वारा हाल त्यहाँ गाँजाखेती बन्द हुनपुगेको छ साथै त्यहाँका स्थानीयहरूले अहिले कृषिबाट राम्रो आमदानी गर्न थालेका छन् । त्यस्तै काम अन्य जिल्लाहरूमा पनि भइरहेका छन् । हाल मिशनको क्षेत्रमा सुसमाचार प्रचारको काम स्वस्फूर्त रूपमा भइरहेको छ । मुख्य चुनौतिचाहिँ तालिम प्राप्त अगुवापन निर्माण हो । जति धेरै तालिम प्राप्त सुसज्जित अगुवाहरू निर्माण गर्न सकियो त्यतिनै मण्डली स्थापना र निर्माणको काम सबल हुँदै जान्छ । अझ पनि नेपालका कतिपय जिल्लाहरूमा मण्डलीको संख्या न्यून छ । कतिपय जाति समूहमा सुसमाचार प्रचार र मण्डली स्थापनाको काम खड्केको छ । विशेष गरी पूर्व र पश्चिमका उत्तरी हिमाली भेगका जिल्लाहरू र दक्षिणमा मध्य तराई चुनौतिपूर्ण क्षेत्रको रूपमा रहेका छन् । मध्य तराईका जिल्लाहरूमा परमेश्वरको राज्य विस्तार हुन सकेमा त्यहाँबाट भारतको विहार, उत्तर प्रदेश, उत्तराखण्ड, झारखण्ड, छत्तीसगढसम्म सुसमाचार पुर्‍याउन सकिने सम्भावना प्रचुर मात्रामा छ । धेरै जनसंख्या रहेको यी क्षेत्रमा पुग्ने सबभन्दा सजिलो ढोका नेपालको मध्य तराई नै हो । उत्तरतर्फ नेपालमात्र एउटा त्यस्तो देश हो जहाँका नागरिकलाई तिब्बतमा जानको लागि भिषा चाहिँदैन (तिब्बतसँग सिमाना जोडिएका नागरिकहरूको हकमा मात्र) । तिब्बत अझै पनि बन्द गरिएको ढोकाजस्तै छ । तर नेपालका उत्तरी हिमाली जिल्लाहरूमा मण्डलीको बलियो उपस्थिति भएमा सुसमाचार प्रचारको निम्ति तिब्बतको लागि यो नै सबैभन्दा सहज मार्ग हुनेछ । तर ती क्षेत्रमा मण्डलीको उपस्थिति कसरी पुर्‍याउने भन्ने चुनौति छँदैछ । यसका विकल्पहरूमा पहिलो हिमाली भेगमा तथा मध्य तराई भेगमा रहेका स्थानीय मण्डलीलाई आधार इलाका बनाएर त्यहीका विश्वासीहरूलाई तयार गरी मिशनरीको रूपमा परिचालन गर्ने, दोस्रोमा, नेइम मण्डलीहरू (शाखा–आबद्धसमेत) बाट मिशनेरीहरू तयार गरी पठाउने, तेस्रोमा काम तथा व्यवसाय गर्ने हेतुले ती ठाउँहरूमा विश्वासीहरू जाने र मिशनेरीको रूपमा काम गर्ने हुनसक्छ । तर यी विकल्पहरूमा पहिलो विकल्प अझ बढी सहज देखिन्छ । दोस्रो विकल्पको लागत अलि बढी देखिन्छ तर पहिलो विकल्पले काम नगरेमा यो अपनाउनु नै पर्ने हुन्छ । प्रभुले भन्नुभयो ‘फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्’ (मत्ती ९ः३७) । अब यो बढ्दो कामको लागि खेतालाहरू (मिशनेरीहरू) को खाँचो छ । मिशन येशू ख्रीष्ट प्रभुको हो । नेइमको मिशन पनि येशू ख्रीष्टको नै हो । यो काममा हामी उहाँका सहकर्मीहरूमात्र हौं, कारिन्दाहरू मात्र हौं । प्रभुको मिशन अघि बढ्दैछ । परमेश्वरको राज्य फैलँदैछ । यसमा अझ धेरै हातहरूको खाँचो छ । अझ धेरै बुद्धि र विवेकको खाँचो छ । अझ धेरै प्रार्थनाको खाँचो छ । प्रश्नचाहिँ परमेश्वरले गरिरहनुभएको यो महान काममा हामी कसरी सहभागी हुनसक्छौं ? हो हामी विभिन्न तरिकाले सहभागी हुनसक्छौं । प्रार्थना गरौं प्रभुले देखाउनुभएबमोजिम हामी सरिक हौं ।

भावी पुस्तालाई तयार पार्नु – भुवन देवकोटा

February 2, 2017 | Articles  

हाम्रो परमेश्वरले सबै जातिका मानिसलाई आफ्नो स्वरूपमा बनाउनुभयो भनेर उत्पत्ति १ः२७ अनुसार हामीले पढ्न पाउँछौं । परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । “मैले तँलाई गर्भमा रच्नुअघि नै तँलाई चिनिसकेका थिएँ…” (यर्मिया १ः५)।  परमेश्वरले यसरी मानव जीवनलाई सुरु गर्नुहुन्छ । मानव जीवनलाई नाश गर्ने कामचाहिँ शैतानले गर्छ । यूहन्ना १०ः१० मा येशूले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न आउँछ ।” अनि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको सुन्दर र सर्वाेत्तम सृष्टिलाई नाश पार्ने कामचाहिँ शैतानको हो ।

“तर मचाहिँ तिमीहरूले जीवन पाओ, प्रशस्त जीवन पाओ भन्ने हेतुले आएँ” भनेर प्रभु येशूले भन्नुभयो । गर्भपतनबाट मात्रै संसारभरि वार्षिक चार करोड बीस लाख भू्रण हत्या गरिन्छ । पोलपोट वा हिटलरले गरेको नरसंहार अथवा नेपालमा १८ हजारभन्दा बढी मानिस मर्ने गरी भएको जनयुद्धभन्दा पनि यो सङ्ख्या धेरै हो । लागु औषधि, गरीबी, युद्धमा, बाल विवाहद्वारा धेरै बालबालिकाको जीवन नाश पारिएको छ । यी सबै समस्याको जड मानिसको हृदयमा भएको पाप हो । त्यो पापको समाधानचाहिँ येशू ख्रीष्टको क्रूस मात्रै हो ।

नेपालको मण्डलीको इतिहास झण्डै ६० वर्षको छ । सतावटमा खारिएर आएको गौरवशाली इतिहास मण्डलीको छ । तर अहिले मण्डलीमा ख्रीष्टियान धर्म मान्ने मानिसहरूको सङ्ख्या बढ्दै छ । येशूसँग जम्काभेट भएर परमेश्वरसँग हिँड्ने मानिसहरूको सङ्ख्या चाहिँ घट्दैछ ।

उत्पत्ति ४ः९ मा परमेश्वरले कयिनलाई एउटा प्रश्न सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ ?”  तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठाला हुँ र ?” यही प्रश्न परमेश्वरले आज मण्डलीलाई सोध्दै हुनुहुन्छ, मण्डलीका छोराछोरीहरू कहाँ छन् ? उनीहरू भवनभित्र त छन् होला, तर के उनीहरू जीवित परमेश्वरको शरीर, जीवित मण्डलीभित्र छन् ? मण्डलीको भविष्य कता के गर्दै छ ?

मण्डलीका कति सदस्यहरूले आफ्नो बच्चाको स्कूलको मासिक शुल्क एक लाखभन्दा बढी तिर्नुहुन्छ । त्यो गलत होइन । तर तपाईंका छोराछोरीलाई परमेश्वरको बारेमा सिकाउनको लागि के लगानी गर्दै हुनुहुन्छ त ?

बालबालिकाहरू बिहान उठ्ने बित्तिक्कै के गर्छन् ? फटाफट गृहकार्य सिध्याउने अथवा स्कूलको अभ्यास गर्ने । स्कूल जाने, फर्केर आउने एक छिन ब्रेक टाइम, त्यसपछि फेरि गृहकार्य सुरु गर्ने अनि सुत्ने, सिध्दियो । हो, उनीहरू आफ्नो पढाइको कारण संसारका उत्कृष्ट मानिसहरू बन्लान्, ठूला मानिस होलान्, पैसा कमाउलान् तर उनीहरूको जीवनमा परमेश्वरको वचनचाहिँ कहाँ छ ? परमेश्वरले आज तपाईंलाई सोध्दै हुनुहुन्छ, तपाईंका छोराछोरी आत्मिक रूपमा कहाँ छन् ?

हरेक हप्ता बालसंगतिका शिक्षकले पढाउनुहुन्छ अनि बाल बालिकाहरूलाई गृहकार्य दिनुहुन्छ । पद कण्ठ गर्ने काम पनि दिनुहुन्छ । अनि धेरै पल्ट बच्चाहरूले शनिबारको दिन बाटोमा आउँदा त्यो पद पढ्दै आउँछन् । उनीहरूले शिक्षकको अगाडि त्यो पद एक पल्ट भन्नको निम्ति कण्ठ गर्छन् । शनिबारको बालसंगति सिध्दिएपछि त्यो पद पनि सिध्दिन्छ अर्थात् बिर्सन्छन् । के तपाईंले कहिल्यै तपाईंका छोराछोरी बाल संगतिबाट घरमा फर्केर गएपछि आज मण्डलीमा के सिक्यौ ? आज मण्डलीमा तिम्रो बाल संगतिको शिक्षकले के सिकाउनुभयो ? कुनै पद कण्ठ गर्नुपर्ने छ कि ? भनेर सोध्नुहुन्छ त ?

तपाईंले कण्ठ गर्नुपर्ने पदलाई कागजमा लेखेर उनीहरू पढ्ने टेबुलमाथि राखिदिनुभयो भने दिनमा दुई पल्ट, तीन पल्ट हप्तैभरि उनीहरूले अभ्यास गरे भने त्यो एकछिन बाल संगतिको निम्ति मात्रै होइन, उनीहरूको हृदयभित्र बस्छ ।

बाइबलमा लेखिएको छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र जीवनकालभरि उसले त्यो कुरा बिर्सिंदैन । तपाईंले आफ्नो बालबालिकाको शैक्षिक भविष्यका लागि समय, पैसा लगानी गर्नुभएको छ तर परमेश्वरको वचनमा उनीहरूलाई हुर्काउनलाई अनि सानै उमेरदेखि नै उनीहरूको हृदयभित्र उनीहरूको हृदयमा परमेश्वरको वचन राख्न के गर्नुभएको छ ? यदि त्यसो गर्नुभएन भने संसार र शैतान उनीहरूलाई आफ्नो चेला बनाउन एकदमै तम्तयार भएर बसेको छ ।

इस्राएलको सुनौलो र गौरवशाली इतिहास छ । परमप्रभु परमेश्वर आफैले इस्राएलीहरूलाई अगुवाइ गर्नुभयो । संसारको अरू कुनै जातिलाई परमप्रभुले राति आगोको खाँबो र दिउँसो बादलको खाँबो भएर अगुवाइ गर्नुभएन । व्यवस्था ३४ अध्यायमा लेखिएको छ, मोशाजस्तो अगुवा संसारमा अहिले कोही पनि छैन, जोसँग परमेश्वर आमनेसामने भएर कुरा गर्नुभयो, त्यस्तो व्यक्तिले अगुवाइ गरेर ल्याएको जाति । त्यति मात्रै होइन, परमेश्वरका ठूला–ठूला आश्चर्यकर्महरू उनीहरूले मिश्र छोड्नुभन्दा अगाडि नै देखेका थिए । त्यस्तो जातिमा के भयो ?

जब यहोशूले बाह्र कुललाई जितेको भूभाग भागबण्डा गरे, प्रतिज्ञाको मुलुकमा बसाए, त्यसपछि यहोशू बिते । यहोशू बितेपछि के भयो भनेर न्यायकर्ता २ः८–१० मा हामीले हेर्न सक्छौं । “नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षको उमेरमा मरे … त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पितापुर्खाहरूसँग मिले ।
पछि एउटा अर्काे पुस्ता आयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो ।” यहोशू यस संसारबाट बिदा भएपछि इस्राएलमा एउटा नयाँ पुस्ता आयो । गौरवशाली इतिहास भएको जाति, परमेश्वरले छान्नुभएको जाति, तर जब यहोशू यस संसारबाट बिदा भए, त्यसपछि के आयो ? एउटा पुस्ता इस्राएलमा खडा भयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो र उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथ्यो । इस्राएली त हो, यहूदी नै हो, परमेश्वरले चुन्नुभएको जातिभित्रकै मानिस हो तर परमप्रभुलाई पनि चिनेको थिएन, उहाँले के गर्नुहुन्छ भनेर थाहा पनि थिएन ।

नेपालको मण्डलीको गौरवशाली इतिहास छ । सतावट, दुःख अनि त्यो आगोबाट खारिएर आएको मण्डली हो, नेपालको मण्डली । तर अब यसपछि के ? अबको दश वर्षपछि के ? अबको बीस वर्षपछि के ? हाम्रा छोराछोरीहरू, बालसंगतिका भाइबहिनीहरू अब बिस्तारै युवा हुन्छन् । उनीहरूले परिवार सुरु गर्छन् । नयाँ परिवार सुरु हुन्छ, नयाँ शाखा मण्डलीहरू बढ्छन् । अब यसपछि के ? उनीहरूलाई ख्रीष्टियान धर्म मान्ने व्यक्ति कि साँच्चै परमेश्वरसँग हिँड्ने व्यक्तिहरूको रूपमा मण्डलीले र परिवारले तयार पार्दैछौं ? हामीले जसरी प्रभुलाई विश्वास गर्‍यौं, के हामीले आफ्नो गवाही आफ्ना छोराछोरीलाई दिएका छौं ?

हामी त परमेश्वरसँग हिँड्ने जातिहरू हौं । हामीले परमेश्वरलाई व्यक्तिगत रूपमा मेरो मुक्तिदाता भनेर चिनेका छौं । उहाँलाई मैले चिनेको छु, उहाँको अनुग्रह मलाई थाहा छ । उहाँले पाप क्षमा दिने कुरा मलाई थाहा छ । उहाँको प्रेम मैले अनुभव गरेको छु । के हामीले आफ्ना छोराछोरीहरूलाई त्यही कुरा सिकाइरहेका छौं ?

हामीले विचार गर्छौं, हाम्रा छोराछोरीहरूलाई मैले बालसंगति पठाइदिएको छु, बालसंगतिका शिक्षकहरूले पढाउँछन्, भइ त गो नि, पुगी गो नि । अहिलेको युगमा त्यो लगानीले पुग्दैन किनभने हाम्रा छोराछोरीहरू लडाइँमा छन् । हाम्रा छोराछोरीको चारैतिर संसारले, शैतानले, दुष्टले मोर्चाबन्दी गरेको छ । हाम्रा छोराछोरीलाई कसरी नाश पारौं भनेर शैतानले विभिन्न योजना, युग सुहाउँदो रणनीतिहरू ल्याएको छ ।

तपाईंका बालबालिकालाई परमेश्वरबिना अरू शिक्षाले मात्रै पेल्नुभयो भने उनीहरू बाठा होलान्, धेरै कमाउलान्, प्रसिद्ध होलान्, ठूलो मानिस बन्लान्, सबैको जयजयकार पाउलान् । तर जब तपाईं एक दिन येशूको अघि खडा हुनुहुनेछ, त्यो बेलामा येशूले तपार्इंलाई सोध्नुहुन्छ, तेरा छोराछोरी कहाँ छन् ? तैंले के गरिस् ? तैंले आफ्नो छोराछोरीलाई परमेश्वरको वचन सिकाइस् कि सिकाइनस् ? मकहाँ ल्याइस् कि ल्याइनस् ? उनीहरूले मलाई चिने कि चिनेनन् ? अहिले परमेश्वरले धाँदोमा उभिने व्यक्ति खोज्दै हुनुहुन्छ । मण्डलीमा हाम्रा बालबालिकाहरूको पक्षमा परमेश्वरसँग अन्तरबिन्ती गर्ने र हाम्रा बालबालिकाहरूलाई परमेश्वरको वचन सिकाउने, उहाँकहाँ ल्याउने व्यक्ति परमेश्वरले खोज्दै हुनुहुन्छ ।
गलातीको मण्डलीको निम्ति पावलको के चाहना रहेछ भनेर यसरी लेखिएको छ, “मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु” (गलाती ४ः१९) । प्रसवपीडा भनेको बच्चा जन्माउँदा एउटी आमालाई हुने असह्य पीडा हो । तिमीहरूको जीवनमा ख्रीष्टको पूर्णता, ख्रीष्टको महिमा पूरा नभएसम्म अझ भनौं तिमीहरू ख्रीष्टको ज्ञानमा पूर्ण नभएसम्म, तिमीहरूले ख्रीष्टलाई पक्का गरी नचिनुञ्जेल मलाई त्यस्तै पीडा भएको छ, म कसरी तिमीहरूलाई ख्रीष्टको नजीकै लैजान सकुँ भनेर पावलले भन्दैछन् । आज मण्डलीले, हामी बुबाआमाले आफ्ना छोराछोरीको निम्ति यही प्रार्थना गर्नुपर्ने हो । कसरी हुन सक्छ, मेरो छोराछोरीमा ख्रीष्टको स्वरूप आओस्, कसरी हुन्छ, मेरो छोराछोरी परमेश्वरलाई चिन्ने र उहाँको वचनमा जिउने छोराछोरी बन्न सकून् । “मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ ?” (३ यूहन्ना ४) । सायद हामीलाई योभन्दा ठूलो कुरा सुन्ने रहर लाग्दैन होला । येशू बाटो, सत्य र जीवन हुनुहुन्छ । मेरा छोराछोरीले उहाँको अनुसरण गर्छन् भनेर अरू मानिसबाट सुन्न पाउनुभन्दा ठूलो आनन्द हाम्रो लागि के हुन सक्छ र ?

पैसा लगानी गरेर, मेहेनेत गरेर, प्रार्थना गरेर, सिकाएर, कसरी हुन्छ, मण्डलीमा ख्रीष्ट बनिनुभएको होस् भनेर पावलले प्रयास गरेका थिए । हाम्रो मण्डली, समाज, समुदायको भविष्य हाम्रा बालबालिकाहरू हुन् । तिनीहरूमा ख्रीष्टको जीवन पूर्णरूपले बनिनको लागि प्रार्थना गर्ने, उनीहरूलाई सिकाउने, उनीहरूलाई बाटो देखाउने कामचाहिँ सम्पूर्ण मण्डलीको हो । हामीले परमेश्वरको बारेमा अनुभव गरेका, सिकेका ती विरासत आगामी पुस्तालाई हस्तान्तरण नगर्ने हो भने हामीले हाम्रा पुस्तालाई परमेश्वरको ज्ञानबाट बञ्चित गरिरहेका हुनेछौं ।

Next Page »