हार्दिक शुभकामना

April 4, 2016 | Blogs  

नव वर्ष २०७३ सालको सुखद् अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवार तथा सम्पूर्ण विश्वासीहरू र देशवासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा हार्दिक शुभकामना व्यक्त गर्दछौंं ।

मिशनेरीहरूको लागि प्रार्थना

February 9, 2016 | Blogs  

श्री जेम्स र श्रीमती सेल्भी नेपाली परिवार (मुम्बई), पाष्टर नरेन्द्र र श्रीमती शान्ता सिंह परिवार (कोटद्वार, गढवाल), पाष्टर प्रदीप र श्रीमती फिलोमिना बज्राचार्य परिवार (पुने), पाष्टर लोक र श्रीमती परिना गुरूङ्ग परिवार (सिलगढी, भारत), पाष्टर अब्राहाम र श्रीमती केट श्रेष्ठ परिवार बेलायत,पाष्टर तिमोथी र श्रीमती शान्ता थापा परिवार(बेङ्गलोर,भारत) । उहाँहरूको परिवार, सेवकाइ र मण्डलीको लागि साथै विभिन्न देशहरूमा रहेर मण्डली तथा संगतिहरूमा सहायता पुर्‍याइ राख्नुभएकाहरूको लागि प्रार्थना गरिदिऔं ।

हार्दिक शुभकामना

January 10, 2016 | Blogs  

आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक यहीपौष २६ गते जनवरी १० तारिख आइतबार ९० वर्ष पूरा गरी ९१ औं वर्षमाप्रवेश गर्नुभएकोमा नेइमका सम्पूर्ण परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै उहाँको सम्पूर्ण आशिष्मय जीवन र सेवकाइको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाउँछौं । आगामी दिन र वर्षहरूमा पनि पPs Badaवित्र आत्माको भरपूरी र परमेश्वरबाटको अझ प्रशस्त आशिष् रहेको होस् भनी प्रार्थना गर्दछौं ।

शुभ कामना

January 1, 2016 | Blogs  

नव बर्ष २०१६ को सुखद अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा-आवध्द मण्डलीहरु, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरु साथै सम्पूर्ण देशबासीहरुमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभ कामना व्यक्त गर्दछौ ।

जानकारी

January 1, 2016 | Blogs  

नेइम जोरपाटी मण्डलीको पाष्टर महेश प्रसाद थाँजु नेपाली इसाई मण्डलीमा सन् १९८९ देखि २०१५ सम्मअर्थात् २६ वर्षसम्म पूर्णकालिन सेवामा एक योग्य साथै समर्पित सेवकको रुपमा सेवकाइगर्नुुभई २०१६ सालदेखि नेइमबाट अवकाशलिनुभएको जानकारी गराउँदछौं ।

प्रभु येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस तथा नव वर्ष २०१६ को शुभ कामना

December 14, 2015 | Blogs  

प्रभु येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस तथा नव वर्ष २०१६ को सुखद अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवार, शाखा आवद्ध मण्डलीहरु, देश विदेशमा रहनुभएका सम्पूर्ण मण्डली परिवारहरु साथै सम्पूर्ण देशबासीहरुमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभ कामना व्यक्त गर्दछौं ।

मिशनेरीहरूको लागि प्रार्थना

October 2, 2015 | Blogs  

श्री जेम्स र श्रीमती सेल्भी नेपाली परिवार (मुम्बई), पाष्टर नरेन्द्र र श्रीमतीशान्ता सिंह परिवार (कोटद्वार, गढवाल), पाष्टर प्रदीप र श्रीमती फिलोमिना बज्राचार्य परिवार (पुने), पाष्टर लोक र श्रीमती परिनागुरूङ्ग परिवार (सिलगढी, भारत), पाष्टर अब्राहाम र श्रीमती केट श्रेष्ठ परिवार बेलायत,पाष्टर तिमोथी र श्रीमती शान्ता थापा परिवार(बेङ्गलोर,भारत) । उहाँहरूको परिवार, सेवकाइ र मण्डलीको लागि साथै विभिन्न देशहरूमा रहेर मण्डली तथा संगतिहरूमा सहायता पुर्‍याइराख्नु भएकाहरूको लागि प्रार्थना गरिदिऔं ।

परमेश्वोरको प्रतिग्या

September 9, 2015 | Blogs  

शान्त होअो, र म परमेश्वोर हुँ भनी जान । जाति-जातिहरुमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु ।” सर्वशक्तिमा परमप्रभु हाम्रो साथमा हुनुहुन्छ, याकुबका परमेश्वोर हाम्रो शरणस्थान हुनुहुन्छ ।
भजनसंग्रह ४५:१०-११

हार्दिक बधाई

July 6, 2015 | Blogs  

एस.एल.सी. परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई नेपाली इसाई मण्डलीको तर्फ़बाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

स्व. पाष्टर एल.पी. न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली

June 5, 2015 | Blogs  

Lp Neupaneस्व. पाष्टर एल.पी.न्यौपाने सरल तर प्रतिभाशाली व्यक्ति हुुनुुहुन्थ्यो भन्नमा अत्युक्ति हुनेछैन । सन् १९६५ को जुन ९ ता. का दिन पाष्टर रोल्याण्ड रोंगोंगसँग पहिलो पल्ट नेपाल आउनुभयो । उहाँ दार्जिलिङको सेन्ट कोलोम्बाचर्चको मिशनरीको रूपमा आउनु भएता पनि उहाँ र पाष्टर रोल्याण्ड रोंगोंग शुरू देखि नै ज्ञानेश्वर मण्डली सित आवद्ध हुनुभयो । ज्ञानेश्वर मण्डली त्यसबेला आठ वर्षको थियो ।

स्व. न्यौपानेले शान्तिबूक स्टल, पुस्तक पसलका व्यवस्थापक देखि आई.बी.एस, ग्लोबल एक्सन नेपाल जस्ता संस्थाका निर्देशकभई काम गर्नुभयो साथै जोरपाटी स्थित नेपाल बाइबल आश्रम स्कूलको प्रिन्सिपलको जिम्मेवारी पनि सफलता पूर्वक निभाउनुभयो ।

स्व.न्यौपाने सरल मिलनसार,परिश्रमीर अति व्यवस्थित व्यक्ति हुनुहुन्थ्यो । उहाँको चर्को बोली वा बिझाउने शब्दहरू कहिल्यै सुनिएन । सबै काम चुस्त र दुरुस्त हुन्थ्यो ।

उहाँको मृत्युमा नेइमले एक कर्मठ सेवक गुमाएको छ । उहाँको जीवन र सेवकाइको निमित्त परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँदछौं ।
नेपाली इसाई मण्डली

« Previous PageNext Page »