आजको प्रार्थना

November 23, 2015 | Daily Prayer  

प्रत्येक विश्वासीहरूले मानिसहरूलाई सुसमाचार सुनाएर प्रभुको राज्यमा डोर्‍याउने बोझ र दर्शन अझ बढेर गएको होस् ।

तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।
(रोमी १०:८)

आजको प्रार्थना

November 20, 2015 | Daily Prayer  

मण्डलीका विश्वासीहरूले पवित्र आत्माको बप्तिस्मा ग्रहण गरी आत्माको भरपूरीमा जिउनेहरू हुन सकून् ।

जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।”
(यूहन्ना ७:३८)

आजको प्रार्थना

November 19, 2015 | Daily Prayer  

सबै भूल र झूटा शिक्षाहरूमा बहकिएर जानबाट पवित्र आत्मा परमेश्वरले नै सबै विश्वासीहरूलाई जोगाऊन् ।

झूटलाई म घृणा गर्छु, र तुच्‍छ ठान्‍छु, तर तपाईंको व्‍यवस्‍था म प्रेम गर्दछु।
(भजनसंग्रह ११९:१६३)

आजको प्रार्थना

November 18, 2015 | Daily Prayer  

परमेश्वरको इच्छाअनुसार हामी दिन प्रतिदिन प्रभुमा बढ्दै जान सकौं ।

हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।
(२ कोरिन्थी ३:१८)

आजको प्रार्थना

November 16, 2015 | Daily Prayer  

सबै जवानहरू परिवार, मण्डली, समाज र देशको निम्ति सधैँ साक्षी भएर जिउन सकून् ।

किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।
(भजनसंग्रह ३७:९)

आजको प्रार्थना

November 13, 2015 | Daily Prayer  

चाड पर्वको समयमा अधुरो घर परिवारमा हुनुभएकाहरु स्थिर रहन सकुन भनी प्रार्थना गरिदिऔं ।
यशैया ४१:८-१०

आजको प्रार्थना

November 10, 2015 | Daily Prayer  

परमेश्वोर प्रतिको प्रेममा धन्यवादी भइ आफ्नो कमाइको दशांश साथै अन्य भेटिहरु चडाउने काममा सधै इमान्दारी भइरहन सकौं ।
मलकी ३:६-१२

आजको प्रार्थना

November 9, 2015 | Daily Prayer  

व्यक्तिगत, पारिवारिक र सामूहिक रूपमा चढाइने प्रार्थना आफ्ना इच्छाअनुसार मात्र होइन तर परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्न पवित्र आत्माको अगुवाइ मागौं ।

म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु । तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्‌, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ ।
(यशैया ५६ः७)

आजको प्रार्थना

November 6, 2015 | Daily Prayer  

आराधना सेवामा आउने हामी परमेश्वरका छोराछोरीहरू सधैँ आत्माको तयारीमा आउन सकौं ।

 

तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ।
(यूहन्ना ४:२३)

आजको प्रार्थना

November 5, 2015 | Daily Prayer  

सबै जवानहरूले आफ्नो सारा भरोसा परमेश्वरमा राखेर जिउन सकून् ।

 

म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।
(भजनसंग्रह ३२:८–९)

Next Page »