अक्टोबर महिनाको कार्यक्रम

October 3, 2016 | News and Events  

शरद सम्मेलन आ–आफ्नो मण्डलीमा आ–आफ्नो मितिअनुसार

कार्तिक १ गते/अक्टोबर १७ सोमबार महिला उपवास प्रार्थना आ-आफ्नो मण्डलीमा

कार्तिक १३—१६ गते/अक्टोबर २९ तारिखदेखि नोभेम्बर १ तारिख शनिबारदेखि मंगलबारसम्म नेइम संयुक्त युवा शिविर बाह्रघडी, चितवन

मण्डली निर्माण सम्बन्धि जानकारी

June 16, 2016 | News and Events  

नेइम ज्ञानेश्वर चर्चद्वारा सुरुवात भई पुर्वमा जोरपाटी, जहरसिंहपौवा, गाम्चा, सुन्दरीजल र साँखु अवस्थित पाँच स्थानमा नेइम जोरपाटी मण्डलीद्वारा प्रत्येक शनिबार आराधना सेवा भईरहेको जानकारी गराउन पाउँदा परमेश्वरको महिमा भइरहेको महसुस गरेकाछौं । नेइम जोरपाटी मण्डलीमा आत्मिक तथा भौतिक सहयोग गर्नुभएका सम्पूर्ण गुरुजन तथा विश्वासीप्रति मण्डली धन्यवाद व्यक्त गर्दछौं । पाष्टर प्रेम श्रेष्ठ लगायत स्थानिय अगुवा र गुरुजनको संयुक्त प्रार्थनाद्वारा नेइम गाम्चा मण्डली २०७२ फागुल्ण महिना र नेइम जहरसिंहपौवा मण्डली २०७३ जेष्ठ २८ गते देखि विधिवध भवन निर्माणको काम भईरहेको जानकारी गराउँदछौं । साथै उक्त निर्माण कार्यमा जिम्मालिनु भएका सम्पूर्ण अगुवा गुरुजनलाई परमेश्वरले आवश्यक ज्ञान, बुद्धि, र आर्थिक स्रोत खोलिदिनुभएको होस भनि प्रार्थनाको लागि अनुरोध गर्दछौं ।

Exif_JPEG_420 Exif_JPEG_420

 

नेइम मिशन सम्मेलन सम्बन्धी सूचनाः

October 2, 2015 | News and Events  

२०७२ सालकार्तिक १६ गते सोमबार बिहान ८ बजेदेखि कार्तिक १८ गते अपरान्ह ५ बजे सम्मअर्थात् नोभेम्बर २ देखि ४ तारिखसम्म नेइम ज्ञानेश्वर चर्चमामिशन सम्मेलनहुने जानकारी गराउँउछौं । उक्त सम्मलेनका वक्ता इम्मानुयलचर्च अमेरिकाका पास्टर श्री चाल्र्स स्मिथ हुनुहुनेछ र सम्मलेनको शिर्षक “आखिरी दिनहरुमा अन्धकार माथि एउटा ज्योति” “A LIGHT IN THE DARKNESS IN THESE LAST DAYS” सम्मलेनको दर्ता शुल्कः रू ३०० लाग्नेछ ।

वार्षिक महोत्सव

September 9, 2015 | News and Events  

भाद्र ५ गते/अगष्ट २२ तारिख शनिवार नेइम पनौती चर्चले १२ औं वार्षिक महोत्सव मनायो ।

अगुवा अभिषेक:

September 7, 2015 | News and Events  

Decon ordinationश्रावन २३ गते, अगष्ट ८ तारिक शनिवार नेइम जोरपाटी चर्चमा श्री लाक्प लामा र श्री पेशल राइलाई डिकन तथा सुश्री दिना श्रेष्ठलाई डिकनेस अभिषेक गरियो ।

मिशन अगुवा तालिम २०१३

May 23, 2013 | News and Events  

२०७०, वैशाख १५-२० तदनुसार २०१३, अप्रिल २८ – मे ३ तारिखका दिनसम्म नेइम मिशन विभाग अर्न्तगत आयोजित ६ दिने पाष्टर, अगुवा तथा मिशनेरी सम्मेलनमा नेपालका विभिन्न ठाउँहरुमा अवस्थित नेइमका मण्डलीबाट पाष्टर तथा अगुवाहरु र भारतका केही स्थानहरुमा कार्यरत रहेका मिशनेरीहरु गरेर लगभग ६४ जना सहभागिहरु थिए ।
उक्त सम्मेलनमा पाष्टर शमुएल कार्थक, पाष्टर महेश थांजु, डिकन सिमोन पाठक, श्री पिटर लिम्बु आदि प्रशिक्षकहरुद्वारा मण्डलीका विभिन्न बिषयहरुको बारेमा सिकाउनुभयो । त्यसै गरी पाष्टर अशोक मुखिया, पाष्टर प्रेम श्रेष्ठ, एल्डर सिमोन खालिङ र डिकन गोपाल शर्माद्वारा बिहानको डिभोसन सम्पन्न गरियो । उक्त डिभोसनद्वारा र मण्डली सम्बन्धी सिकाइएका बिषयहरु सम्मेलनमा सहभागिहरुले निकै आशिष पाएको र उहाँहरुको सेवकाइमा थप उर्जा थपिएको बताउनुभयो । यसको साथसाथै नेपालभरीका नेइम अर्न्तगतका मण्डलीहरु र भारतका नेइम नेइम अर्न्तगतका मण्डलीहरु हालको गतिविधी र रिपोर्टहर प्रस्तुत गरिएका थिए ।
DSC06540 DSC06543 DSC06554 DSC06584 DSC06604 DSC06628 DSC06632

ख्रीष्टमस २०१२

December 28, 2012 | News and Events  

पौष १० गते २०६९ तदनुसार २५ तारिख २०१२ का दिन बेतलेहेम शहरमा प्रभु यशु ख्रीष्टको जन्म भएको जन्मोत्सव गत वर्षहरु भन्दा बेग्लै रुपमा मनाइयो । गएको वर्ष नेइमका सम्पूर्ण छोरी मण्डलीहरुसगै एकै स्थान गरिने यो जन्मोत्सवको सेवा यस पाली आ-आफ्नै मण्डलीहरुमा नै मनाइयो ।
कतिपय छोरी मण्डलीहरुमा सोही जन्मोत्सवकै दिन बाल संगतिका झुण्डद्वारा विभिन्न ख्रीष्टमसका नाटक, नाच र गीतहरुद्वारा प्रभुको महिमायुक्त कार्यक्रम पनि आयोजना गरेका थिए भने कुनै छोरी मण्डलीमा भने ख्रीष्टमसको सेवा पश्चात नयाँ जवानहरुको लागि विषेश सुसमाचारिय कार्यक्रम पनि राखेका थिए । यसरी नै यो वर्ष पनि नेइमका सबै मण्डलीहरुमा ख्रीष्टको जन्मोत्सवको शुभकामना आदन प्रदान गर्ने कार्य भयो ।

किशोर किशोरी युवा शिविर २०१२

November 22, 2012 | News and Events  

कार्तिक २८ देखि ३० गते सम्म आयोजना गरिएको किशोर किशोरीहरु यूवा शिविर नेइमको आ–आफ्नै मण्डलीमा सम्पन्न भएको थियो । उक्त शिविरमा जीवनका शिद्धान्तहरुमा आधारित कक्षाहरु लिइएको थियो साथै किशोर किशोरीहरुको बीचमा करियर, मिडिया र सम्बन्धको विषय कार्यशाला भएको थियो । यस किशोर किशारीहरुको युवा शिविरमा धेरैको संख्यामा विभिन्न ठाउमा किशार किशोरीहरु भेला भएका थिए र धेरै आशिषमय भएको प्रतिक्रियाहरु लेखेर दिएका थिए ।

मिशन सम्मेलन २०१२

November 22, 2012 | News and Events  

२०६९ कार्तिक २४ देखि २८ गते सम्म नेइम ज्ञानेश्वोर मण्डलीमा मिशन सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा नेइम ज्ञानेश्वर मण्डली अन्तर्गतका शाखा–आबद्ध मण्डलीहरुका अगुवाहरु तथा सहायक अगुवाहरु र यसको साथसाथै चारै मण्डलीका आउटरिच सगतिका अगुवाहरु पनि सहभागी भएका थिए ।
उक्त सम्मेलनको प्रमुख विषय “एफिसी एक उच्च पर्वत यात्रा”मा आधारित रहेको थियो । यसको साथै अमेरिकी वक्ता पा. चाल्र्स स्मीटले सम्मेलनमा भएका सबै कक्षाहरुमा सोही विषयलाई स्पष्ट रुपमा प्रष्ट्याएका थिए । त्यसैगरी अन्तिम दिनको कक्षामा पाष्टर चाल्र्स स्मीटले “अन्तको दिनमा” आधारित रहेर वचन प्रचार गरेका थिए ।
यस २०१२ का मिशन सम्मेलनमा सम्पूर्ण सहभागीहरुले निकै आशिष पाएको र प्रचारिएको वचनहरुले व्यवहारिक परिवर्तन ल्याएको कुरा बताएका छन् ।

नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सव

August 9, 2012 | News and Events  

अगस्ट ४,२०१२ तदअनुसार श्रावन २०,२०६९ का दिन नेइम ज्ञानेश्वोर मण्डलीको पच्पन्नौ वार्षिक उत्सव मनाइयो । यस वार्षिक उत्सवमा मेला लगायत खाजा र लुगाफाटा बेचबिखन जस्ता कार्यक्रमहरु पनि समवेश गरीएका थिए । साथै स्वास्थ र दन्त परिक्षण पनि गरिएको थियो । उक्त शनिवारको आराधना सेवामा लगभग २५०० विश्वासीहरुको उपस्थिति थिए । सदाझैं उक्त दिन पनि मण्डलीको सेवा स्तुति आराधनाबाट शुरु भयो । त्यस लगतै १३ मिनेटको मण्डली इतिहासको सानो वृत्तचित्र पनि देखाइएको थियो । वचनको सेवकाइ पाष्टर रोर्बट कार्थक गुरुवाले गर्नुभएको थियो । उहाले मण्डलीलाई मिशनको विषयमा जोड दिनुभएको थियो ।

नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सवको फोटोहरु हेर्न यहाँ थिच्नु होला।

« Previous PageNext Page »