अगुवा अभिषेक:
September 7, 2015 | News and Events
श्रावन २३ गते, अगष्ट ८ तारिक शनिवार नेइम जोरपाटी चर्चमा श्री लाक्प लामा र श्री पेशल राइलाई डिकन तथा सुश्री दिना श्रेष्ठलाई डिकनेस अभिषेक गरियो ।
मिशन अगुवा तालिम २०१३
May 23, 2013 | News and Events
२०७०, वैशाख १५-२० तदनुसार २०१३, अप्रिल २८ – मे ३ तारिखका दिनसम्म नेइम मिशन विभाग अर्न्तगत आयोजित ६ दिने पाष्टर, अगुवा तथा मिशनेरी सम्मेलनमा नेपालका विभिन्न ठाउँहरुमा अवस्थित नेइमका मण्डलीबाट पाष्टर तथा अगुवाहरु र भारतका केही स्थानहरुमा कार्यरत रहेका मिशनेरीहरु गरेर लगभग ६४ जना सहभागिहरु थिए ।
उक्त सम्मेलनमा पाष्टर शमुएल कार्थक, पाष्टर महेश थांजु, डिकन सिमोन पाठक, श्री पिटर लिम्बु आदि प्रशिक्षकहरुद्वारा मण्डलीका विभिन्न बिषयहरुको बारेमा सिकाउनुभयो । त्यसै गरी पाष्टर अशोक मुखिया, पाष्टर प्रेम श्रेष्ठ, एल्डर सिमोन खालिङ र डिकन गोपाल शर्माद्वारा बिहानको डिभोसन सम्पन्न गरियो । उक्त डिभोसनद्वारा र मण्डली सम्बन्धी सिकाइएका बिषयहरु सम्मेलनमा सहभागिहरुले निकै आशिष पाएको र उहाँहरुको सेवकाइमा थप उर्जा थपिएको बताउनुभयो । यसको साथसाथै नेपालभरीका नेइम अर्न्तगतका मण्डलीहरु र भारतका नेइम नेइम अर्न्तगतका मण्डलीहरु हालको गतिविधी र रिपोर्टहर प्रस्तुत गरिएका थिए ।

ख्रीष्टमस २०१२
December 28, 2012 | News and Events
पौष १० गते २०६९ तदनुसार २५ तारिख २०१२ का दिन बेतलेहेम शहरमा प्रभु यशु ख्रीष्टको जन्म भएको जन्मोत्सव गत वर्षहरु भन्दा बेग्लै रुपमा मनाइयो । गएको वर्ष नेइमका सम्पूर्ण छोरी मण्डलीहरुसगै एकै स्थान गरिने यो जन्मोत्सवको सेवा यस पाली आ-आफ्नै मण्डलीहरुमा नै मनाइयो ।
कतिपय छोरी मण्डलीहरुमा सोही जन्मोत्सवकै दिन बाल संगतिका झुण्डद्वारा विभिन्न ख्रीष्टमसका नाटक, नाच र गीतहरुद्वारा प्रभुको महिमायुक्त कार्यक्रम पनि आयोजना गरेका थिए भने कुनै छोरी मण्डलीमा भने ख्रीष्टमसको सेवा पश्चात नयाँ जवानहरुको लागि विषेश सुसमाचारिय कार्यक्रम पनि राखेका थिए । यसरी नै यो वर्ष पनि नेइमका सबै मण्डलीहरुमा ख्रीष्टको जन्मोत्सवको शुभकामना आदन प्रदान गर्ने कार्य भयो ।
किशोर किशोरी युवा शिविर २०१२
November 22, 2012 | News and Events
कार्तिक २८ देखि ३० गते सम्म आयोजना गरिएको किशोर किशोरीहरु यूवा शिविर नेइमको आ–आफ्नै मण्डलीमा सम्पन्न भएको थियो । उक्त शिविरमा जीवनका शिद्धान्तहरुमा आधारित कक्षाहरु लिइएको थियो साथै किशोर किशोरीहरुको बीचमा करियर, मिडिया र सम्बन्धको विषय कार्यशाला भएको थियो । यस किशोर किशारीहरुको युवा शिविरमा धेरैको संख्यामा विभिन्न ठाउमा किशार किशोरीहरु भेला भएका थिए र धेरै आशिषमय भएको प्रतिक्रियाहरु लेखेर दिएका थिए ।
मिशन सम्मेलन २०१२
November 22, 2012 | News and Events
२०६९ कार्तिक २४ देखि २८ गते सम्म नेइम ज्ञानेश्वोर मण्डलीमा मिशन सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा नेइम ज्ञानेश्वर मण्डली अन्तर्गतका शाखा–आबद्ध मण्डलीहरुका अगुवाहरु तथा सहायक अगुवाहरु र यसको साथसाथै चारै मण्डलीका आउटरिच सगतिका अगुवाहरु पनि सहभागी भएका थिए ।
उक्त सम्मेलनको प्रमुख विषय “एफिसी एक उच्च पर्वत यात्रा”मा आधारित रहेको थियो । यसको साथै अमेरिकी वक्ता पा. चाल्र्स स्मीटले सम्मेलनमा भएका सबै कक्षाहरुमा सोही विषयलाई स्पष्ट रुपमा प्रष्ट्याएका थिए । त्यसैगरी अन्तिम दिनको कक्षामा पाष्टर चाल्र्स स्मीटले “अन्तको दिनमा” आधारित रहेर वचन प्रचार गरेका थिए ।
यस २०१२ का मिशन सम्मेलनमा सम्पूर्ण सहभागीहरुले निकै आशिष पाएको र प्रचारिएको वचनहरुले व्यवहारिक परिवर्तन ल्याएको कुरा बताएका छन् ।
नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सव
August 9, 2012 | News and Events
अगस्ट ४,२०१२ तदअनुसार श्रावन २०,२०६९ का दिन नेइम ज्ञानेश्वोर मण्डलीको पच्पन्नौ वार्षिक उत्सव मनाइयो । यस वार्षिक उत्सवमा मेला लगायत खाजा र लुगाफाटा बेचबिखन जस्ता कार्यक्रमहरु पनि समवेश गरीएका थिए । साथै स्वास्थ र दन्त परिक्षण पनि गरिएको थियो । उक्त शनिवारको आराधना सेवामा लगभग २५०० विश्वासीहरुको उपस्थिति थिए । सदाझैं उक्त दिन पनि मण्डलीको सेवा स्तुति आराधनाबाट शुरु भयो । त्यस लगतै १३ मिनेटको मण्डली इतिहासको सानो वृत्तचित्र पनि देखाइएको थियो । वचनको सेवकाइ पाष्टर रोर्बट कार्थक गुरुवाले गर्नुभएको थियो । उहाले मण्डलीलाई मिशनको विषयमा जोड दिनुभएको थियो ।
नेइम ज्ञानेश्वोरको पच्पन्नौ वार्षिक उत्सवको फोटोहरु हेर्न यहाँ थिच्नु होला।
काठमाडौंको चक्रपथमा शोभा-यात्रा – २०१२
April 6, 2012 | News and Events
प्रभु येशू ख्रीष्ट यरुशलेममा अन्तिम पटक प्रवेश गरेको दिन खजूरको आइतवारको दिनको अवसर पारेर अप्रिल महिनाको १, २ र ३ तारिखका दिन काठमाडौंको चक्रपथ परिक्रमा गरी शोभा–यात्रा गरियो । उपत्यकाका मण्डलीहरूको तर्फबाट नेइम ज्ञानेश्वर चर्चको अगुवाइमा तीन दिने शोभा–यात्राको कार्यक्रम सम्पन्न गरिएको हो । भजनसंग्रह ६८:२४–२५ मा उल्लेख गरिएको नमूना बमोजिम गरिएको परमेश्वरको शोभा–यात्रामा सबैभन्दा अधिल्लो पंक्तिमा काठमाडौंका मण्डलीहरूका अगुवाहरू हुनुहुन्थ्यो भने त्यसको पछि गीत–भजन गाउनेहरू हुनुहुन्थ्यो । गीत–भजन गाउनेहरूको पछि तुरही फुक्नेहरू तथा तथा झ्याली बजाउनेहरू र तिनीहरूको पछि खैजडी बजाउनेहरू थिए । अगुवाहरू तथा बाद्यबादकहरूको पछाडि महिला तथा पुरुषहरूको लामो पक्ति परमेश्वरको बडाइँ गर्दै पदयात्रा गरेका थिए । Read more
नेइम सिनियर युथ सम्मेलेन
March 6, 2012 | News and Events
गत फाल्गुन ६-८ गते तदअनुसार फेब्रुअरी १८-२० तरिखका दिन नेइमका सिनियर युथहरुको सम्मेलेन नेइम ज्ञानेश्वोरमा राखीएको थियो । उक्त सम्मेलेनमा चारै वटा मण्डलिबाट १३९ जवानहरुको सहभागित थियो । यस सम्मेलेनको प्रमुख बिषय आत्मिक जग्रीती थियो भने यस् अन्तर्गत प्राण, आत्मा र शरीरको बिषयमा सिकाइएको थियो ।
ख्रीष्टमस २०११
December 29, 2011 | News and Events
डिसेम्बर २५ तारिख २०११
२०६८ पुष १० गते
काठमाडौं, सानो गौचरन
काठमाडौंको ज्ञानेश्वोरमा अवस्थित सानोगौचरनमा यसपाली पनि संयुक्त रुपमा नेइमका मण्डलीहरुको ख्रीष्टमस कार्यक्रम सम्पन्न भयो। यस् कार्यक्रममा करिब पाँच हजारको संख्यामा मण्डलीका सदस्यहरुको उपस्थिती रहेको थियो। सोही संयुक्त ख्रीष्टमस कार्यक्रममा पाष्टर रोबर्ट कार्थकले प्रभु येशू ख्रीष्टको जन्म र ख्रीष्टमसको महत्वलाई स्पस्ट रुपमा बताउनुभएको थियो।
सो कार्यक्रममा युवा झुण्डद्वारा नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रमको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
“मिशन सम्मेलन २०११”
December 12, 2011 | News and Events
यही कार्तिक २०–२३ गते तदनुसार नोभेम्बर ६–८ तारिखसम्म भएको मिशन सम्मेलन निकै उत्साहजनक र प्रेरणादायक रुपमा सु–सम्पन्न भएको थियो । उक्त सम्मेलनमा गत वर्षका वक्ता–“पा.चाल्र्स स्मिथ” हुनुहुन्थ्यो भने यसपालिको वचन प्रेरितीय ह्दयमा आधारित रहेको थियो ।
गत वर्ष जस्तै यस वर्ष पनि नेपालका विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुको उपस्थित रहेको थियो । उक्त सम्मेलनमा पा.अशोक मुखिया ज्यूले संचालन गर्नुभएको थियो र लगतै विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुलाई स्वागत गर्ने काम पनि सुसम्पन्न भयो ।
उक्त सम्मेलनका वक्ता पा.चाल्र्स स्मिथले प्रेरितीय ह्दयलाई पिताको ह्दयको रुपमा चित्रण गरेका थिए । ३ दिनको यस सम्मेलनमा उनले पावलका पुस्तकहरुबाट सिकाउनुभएको थियो । जब प्रत्येक अगुवाहरुमा पिताको ह्दय सृजना हुन्छ तब त्यो मण्डलीको बृद्धि हुने, नमुना लगायत त्यस मण्डलीको काम रहिरहने कुरा छर्लङ्ग्याउनुभएको थियो । त्यसै गरी दोस्रो दिनमा सबै मण्डलीका अगुवाहरुले आ–आफ्ना मण्डलीको बार्षिक प्रतिवेदन दिएका थिए । तेस्रो दिनमा “रमाइलो साझ” कार्यक्रम राखिएको थियो र सबै मण्डलीका सहभागीहरुले आ–आफ्ना भाषाका गीतहरु गाएर, नाचेर परमेश्वरलाई महिमा दिएका थिए ।
यसरी ३ दिनको मिशन सम्मेलनमा सिकेका सम्पूर्ण शिक्षाबाट निकै प्रभावित भएर नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरु आ–आफ्ना सेवकाईका क्षेत्रहरुमा पिताको ह्दय सृजना गरी मण्डलीलाई परमेश्वरमा डोर्याउने निर्णयका साथ फर्केका थिए ।




