काठमाडौंको चक्रपथमा शोभा-यात्रा – २०१२

April 6, 2012 | News and Events  

[singlepic id=775 w=320 h=240 float=left]प्रभु येशू ख्रीष्ट यरुशलेममा अन्तिम पटक प्रवेश गरेको दिन खजूरको आइतवारको दिनको अवसर पारेर अप्रिल महिनाको १, २ र ३ तारिखका दिन काठमाडौंको चक्रपथ परिक्रमा गरी शोभा–यात्रा गरियो । उपत्यकाका मण्डलीहरूको तर्फबाट नेइम ज्ञानेश्वर चर्चको अगुवाइमा तीन दिने शोभा–यात्राको कार्यक्रम सम्पन्न गरिएको हो । भजनसंग्रह ६८:२४–२५ मा उल्लेख गरिएको नमूना बमोजिम गरिएको परमेश्वरको शोभा–यात्रामा सबैभन्दा अधिल्लो पंक्तिमा काठमाडौंका मण्डलीहरूका अगुवाहरू हुनुहुन्थ्यो भने त्यसको पछि गीत–भजन गाउनेहरू हुनुहुन्थ्यो । गीत–भजन गाउनेहरूको पछि तुरही फुक्नेहरू तथा तथा झ्याली बजाउनेहरू र तिनीहरूको पछि खैजडी बजाउनेहरू थिए । अगुवाहरू तथा बाद्यबादकहरूको पछाडि महिला तथा पुरुषहरूको लामो पक्ति परमेश्वरको बडाइँ गर्दै पदयात्रा गरेका थिए । Read more

नेइम सिनियर युथ सम्मेलेन

March 6, 2012 | News and Events  

गत फाल्गुन ६-८ गते तदअनुसार फेब्रुअरी १८-२० तरिखका दिन नेइमका सिनियर युथहरुको सम्मेलेन नेइम ज्ञानेश्वोरमा राखीएको थियो । उक्त सम्मेलेनमा चारै वटा मण्डलिबाट १३९ जवानहरुको सहभागित थियो । यस सम्मेलेनको प्रमुख बिषय आत्मिक जग्रीती थियो भने यस् अन्तर्गत प्राण, आत्मा र शरीरको बिषयमा सिकाइएको थियो ।

ख्रीष्टमस २०११

December 29, 2011 | News and Events  

[singlepic id=732 w=320 h=240 float=right]डिसेम्बर २५ तारिख २०११
२०६८ पुष १० गते
काठमाडौं, सानो गौचरन

काठमाडौंको ज्ञानेश्वोरमा अवस्थित सानोगौचरनमा यसपाली पनि संयुक्त रुपमा नेइमका मण्डलीहरुको ख्रीष्टमस कार्यक्रम सम्पन्न भयो। यस् कार्यक्रममा करिब पाँच हजारको संख्यामा मण्डलीका सदस्यहरुको उपस्थिती रहेको थियो। सोही संयुक्त ख्रीष्टमस कार्यक्रममा पाष्टर रोबर्ट कार्थकले प्रभु येशू ख्रीष्टको जन्म र ख्रीष्टमसको महत्वलाई स्पस्ट रुपमा बताउनुभएको थियो।
सो कार्यक्रममा युवा झुण्डद्वारा नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

“मिशन सम्मेलन २०११”

December 12, 2011 | News and Events  

यही कार्तिक २०–२३ गते तदनुसार नोभेम्बर ६–८ तारिखसम्म भएको मिशन सम्मेलन निकै उत्साहजनक र प्रेरणादायक रुपमा सु–सम्पन्न भएको थियो । उक्त सम्मेलनमा गत वर्षका वक्ता–“पा.चाल्र्स स्मिथ” हुनुहुन्थ्यो भने यसपालिको वचन प्रेरितीय ह्दयमा आधारित रहेको थियो ।
गत वर्ष जस्तै यस वर्ष पनि नेपालका विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुको उपस्थित रहेको थियो । उक्त सम्मेलनमा पा.अशोक मुखिया ज्यूले संचालन गर्नुभएको थियो र लगतै विभिन्न भू–भागमा अवस्थित नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरुलाई स्वागत गर्ने काम पनि सुसम्पन्न भयो ।
उक्त सम्मेलनका वक्ता पा.चाल्र्स स्मिथले प्रेरितीय ह्दयलाई पिताको ह्दयको रुपमा चित्रण गरेका थिए । ३ दिनको यस सम्मेलनमा उनले पावलका पुस्तकहरुबाट सिकाउनुभएको थियो । जब प्रत्येक अगुवाहरुमा पिताको ह्दय सृजना हुन्छ तब त्यो मण्डलीको बृद्धि हुने, नमुना लगायत त्यस मण्डलीको काम रहिरहने कुरा छर्लङ्ग्याउनुभएको थियो । त्यसै गरी दोस्रो दिनमा सबै मण्डलीका अगुवाहरुले आ–आफ्ना मण्डलीको बार्षिक प्रतिवेदन दिएका थिए । तेस्रो दिनमा “रमाइलो साझ” कार्यक्रम राखिएको थियो र सबै मण्डलीका सहभागीहरुले आ–आफ्ना भाषाका गीतहरु गाएर, नाचेर परमेश्वरलाई महिमा दिएका थिए ।
यसरी ३ दिनको मिशन सम्मेलनमा सिकेका सम्पूर्ण शिक्षाबाट निकै प्रभावित भएर नेइमका शाखा तथा आबद्ध मण्डली, आउटरिच संगति लगायत मित्र राष्ट्रमा मिशनेरी बनेर नेपालीहरुको बिचमा सेवकाई गरिरहनुभएका अगुवाहरु आ–आफ्ना सेवकाईका क्षेत्रहरुमा पिताको ह्दय सृजना गरी मण्डलीलाई परमेश्वरमा डोर्‍याउने निर्णयका साथ फर्केका थिए ।

बाल संगति वृहत भेला

October 13, 2011 | News and Events  

असोज ११ गते तदअनुसार सेप्टेम्बर २८ तारिखका दिन नेइम ललितपुर मण्डलीमा आयोजना गरिएको “नेइम बाल संगति” वृहत भेलामा नेइमका चारै वटा मण्डलीका करिब ३५० बालबालिकाहरु साथै शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।
यस वृहत भेलामा नेइमका चारै वटा मण्डलीका बालबालिकाहरुद्वारा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने बालबालिकाहरुले विभिन्न सृजनात्मक कार्यहरु गर्न पाउदा निकै उत्साहित भएका थिए । यस वृहत भेलामा बालबालिकाहरुले एकअर्कासंग संगति गर्ने, खेल्ने, आशिष बाँड्ने मौका पाए ।

मिसन यात्रा २०११

October 13, 2011 | News and Events  

गत वर्ष जस्तै यस वर्ष पनि नेइमका शाखा–आबद्ध मण्डलीहरुमा नेइमको मिशन विभागले विभिन्न संगतीका अगुवाहरु लगायत १९ वर्ष माथिका जवानहरुको झुण्डहरु बनाइ पठाउने कार्य सम्पन्न गरियो ।
यस वर्षको मिशन यात्रामा करिब १३० जना सहभागीहरु थिए भने ती सहभागीहरुका झुण्डहरुद्वारा करिब ३६ स्थानहरुमा सेवा संगति लगायत घर–दैलो संगति गरिएको र कतिपय स्थानहरुमा पवित्र आत्माको प्रशंसनीय कार्य भएको र सबै कुरामा नै परमेश्वरको उपस्थिति रहेको झुण्डका अगुवाहरुले वताएका थिए ।
परमेश्वरलाई महिमा साथै होस् साथै यहाँहरुको प्रार्थना र सहयोगको लागि नेइम मिशन विभाग हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं ।

२०१० को बडादिन

December 31, 2010 | News and Events  

सदाझै यस वर्ष पनि २०१० को बडादिन नेइमका सबै मण्डलीहरुद्वारा ज्ञानेश्वर अवस्थित सानो गौचरणमा संयुक्त रुपमा सम्पन्न भयो । यस संयुक्त बडादिनको सेवामा नेइमका चारैवटा मण्डलीहरुबाट लगभग ६००० को हाराहारीमा विश्वासीहरुको उपस्थिति थियो । त्यहाँ उपस्थित रहेका समपूर्ण विश्वासीहरुमा ख्रीष्ट येशूको जन्मोत्सवको अपार खुशी र आनन्द छल्कीरहेको स्पष्ट रुपमा देखिएको थियो । उहाँको मुक्तिको आनन्दमा रम्दै र धन्यवादी भई सम्पूर्ण उपस्थित विश्वासीहरु स्तुति प्रशंसामा मग्न भएका थिए ।

यस लगतै वचनको सेवकाई आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थकज्यूद्वारा गरिएको थियो । जस्मा उहाँले येशू प्रभु आउनुभएको मुक्ति दिनमात्र नभएर सबै क्षेत्रमा आशिष दिनलाई हो र हामी सबै त्यो आशिषमा जीउनुपर्ने कुरामा जोड दिनुभएको थियो । यस पश्चात लगतै नियमित्र रुपमा गरिआएको शुभकामना सहितको ब्यानर झुण्ड्याइएको र सुसमाचार पर्चा बानेका बलुनहरु उडाउने कार्य गरिएको थियो । अन्त्यमा बालसंगतिका नानीहरुद्वारा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरियो । यस कार्यक्रम नेइमको वेबसाईट www.nim.org.np/live मार्फत प्रतक्ष्य प्रसारण गरिएको थियो ।

Christmas at Gaucharan

ख्रीष्ट जन्मोत्सव कार्यक्रममा सहभागीहरु

कार्यक्रमको थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

युवा शिविर २०६७

November 8, 2010 | News and Events  

[singlepic id=562 w=250 h=188 float=right]गत वर्षजस्तै यस वर्ष पनि युवाहरुको शिविर निकै आशिषमय भयो । यस वर्षको कार्तिक १९ देखि २१ गतेसम्म भएको १५ देखि १९ वर्षसम्मका यूवाहरुको शिविर गोदावरीको निकै रमणीय प्रक्रितिको घेराउमा अवस्थित रहेको सेन्ट जेभियर स्कुलमा गरिएको थियो । यस शिविरमा करिब ३०० जना युवाहरुको उपस्थिति थियो । Read more

मिशन सम्मेलन २०१०

November 3, 2010 | News and Events  

असोज २४-२६ गते तदनुसार अक्टोबर १०-१२ सम्म नेइम ज्ञानेश्वर मण्डलीमा भएको तीन दिने मिशन सम्मेलनमा नेपालदेखि बाहिर लगायत नेपालका विभिन्न भू-भाग जस्तै सुदुर पश्चिमााचल मध्यपश्चिमााचल पश्चिमाण्चल, पूर्वाण्चल, मध्यमाण्चल, स्थानिय लगायतका मण्डलीबाट ठूलो संख्यामा सहभागीहरुको उपस्थिति थियो । Read more

अब बाहिरतिर पनि जाने हो कि?

October 5, 2010 | News and Events  

जसरी यो वर्षलाई नेइम मण्डलीले परमेश्वरको निर्देशन अनुसार जाने वर्ष भनि घोषणा गरेको छ त्यसरी नै नेइम मण्डलीबाट मेचीदेखि महाकालीसम्मका करिब १०० ठाउँमा २०० भन्दा बढी नेइमका सदस्यहरु यहि आउँदो असोज २७ गतेबाट ती विभिन्न स्थानहरुमा प्रस्थान गदै हुनुहुन्छ ।

जाने सम्पूर्ण सदस्यहरुले यहि गएको असोज १९ गते मंगलबार जाने विषयमा तयारी कक्षाहरु पनि लिएका थिए । उक्त दिन डा। राजेन्द्र कुमार रोङ्गोङद्धारा कक्षाहरु सम्पन्न भएको थियो । यस मिसन यात्रामा नेइम मण्डली परिवारले आर्थिक एवंम साँङ्गले प्रार्थना सहितको सहयोग पुर् याई आफ्नो सकि्रयता स्पस्ट रुपमा जनाएका छन् ।

nimmission

« Previous PageNext Page »