धापसी विश्रामस्थल पर्खाल र एबेनएजेरको चौतारी

July 6, 2012 | Articles  

धापासी समिति र निर्माण विभागको पहिलो संयुक्त बैठक २०६९–१–३ (१५ अप्रिल) ज्ञानेश्वरमा, दोस्रो बैठक २०६९–१–६ (१८ अप्रिल) धापासीमा बस्यो । २०६९–१–१३ (२५ अप्रिल) बाट पर्खालको काम शुरू गरी २०६९–२–२८ (११ जुन) मा पहिलो चरणको काम सिधियो । ५ मे को सूचना पत्रमा व्यक्त गरिएझैँ १२ जुनमा मण्डलीको पाष्टर रोबर्ट कार्थक गुरुबाले सबै कुराको निम्ति महान् परमेश्वरको महिमा गर्नु हुँदै सबै स्वयं सेवक सेविकाहरूलाई धन्यवाद दिनुभयो । यो ईश्वरको दानस्वरूप नेइमलाई जुटाइदिनुभएको ठूलो सम्पत्ति हो, यो साझा सम्पत्तिको मर्मत, संभार निरन्तर रूपमा गरिनुपर्छ । यसको निम्ति सम्पूर्ण नेइम मण्डली परिवारले आफ्नो–आफ्नो जिम्मा पूरा गर्नुपर्छ भनी पाष्टर गुरुबाले आह्वान गर्नुहुँदै, प्रशस्त हौसला थपिदिनुभयो । पाष्टर गुरुबा, पाष्टर डा. राजेन्द्र रोंगोंग गुरुबा र पी.बी. राई दाज्यू तीनै जना ८० वर्ष नाघेकाहरूले जोशसँग ६०० फिट लामो अप्ठ्यारो बाटो हिँडी ६० फिट ठाडो भर्‍याङ्ग (याकूबको सिँडी) उक्लन सफल हुनुभयो । स्वयं सेवक भई सघाउने १०० जनाले उहाँहरूलाई पछ्याए । नेइमका निम्न मण्डलीका स्वयं सेवक–सेविकाहरूलाई गुरुबाले हृदयबाट धन्यवाद दिनुभयो । आफ्ना–आफ्ना स्वयं सेवक–सेविकालाई आफैहरूले खाजा चिया खुवाउनुभयो । स्वयं सेवक–सेविकाबाट बल, जोश, रहर, सीप सबै पायौं । अति रमाइलोका साथ सँगै काम गरियो । परिचय बटुल्ने काम बिर्सन सकिन्दैन नै । गुरुबा अतिरिक्त सम्पूर्ण सहयोग जुटाइदिनुहुनेहरूलाई संयोजकको तर्फबाट पनि हामी कृतज्ञताकासाथ धन्यवाद चढाउँदछौं ।
स्वयं सेवकहरूको जन बल यस प्रकार छ :—
८ मे २६ वैशाख जोरपाटी मण्डलीबाट ९+४ जम्मा १३ जना
१४ मे १ जेठ ज्ञानेश्वर मण्डली पूर्वी क्षेत्रबाट १५+२ जम्मा १७ जना
१५ मे २ जेठ ज्ञानेश्वर मण्डली मध्य क्षेत्रबाट १८ जम्मा १८ जना
१६ मे ३ जेठ ज्ञानेश्वर मण्डली पश्चिम क्षेत्रबाट १६+३ जम्मा १९ जना
४ जुन २२ जेठ गोंगबूँ मण्डलीबाट १३+३ जम्मा १६ जना
२५ अप्रिल देखि ११ जुन १ वैशाखदेखि २८ जेठ ललितपुर मण्डलीबाट
जम्मा ६ पटक ६२+१२ जम्मा ७४ जना
जम्मा स्वयं सेवक–सेविका १५७ जना
हालसम्म गरिएका कामहरूः
— नौवटा बाँसको झ्याङमध्ये ६ वटा गोडेर सिध्याइयो । ३ वटाको आधा सकियो ।
— १४ वटा साँधमा ढल्किएका रूख काँटी, गिडेर, एक ठाउँमा जम्मा गरियो ।
— ४०१ फिट लामो नयाँ र पुरानो पर्खाल बनाइयो ।
— २५० फिट पर्खालमा पोल राखी जस्ता फिट गरियो, रंग लगाइयो ।
— ६०० फिट साँधमा ३ फिटदेखि ८ फिटसम्मको गोरेटो बाटो बनाइयो ।
— भवनको करेसा सफा गरी पानी–नालीको निकासा खोलेको
— भवन अघि माटोसम्म पारी –चाक्लो पारेको
— एबेनएजेरको बाँसको चौतारी बनाइयो (२५ जुन २०१२ मा) १ शमूएल ७:१२
गरिनुपर्ने कामहरूः
— असार–साउनमा बोट विरूवा रोप्ने । एल्डर दानिएल सापकोटाले जिम्मा लिनुभएको छ । असारे फुल, सिरिसे फुल र अन्य । पाष्टर डा. आर रोंगोंगले JAPANESE CHEERYको विरूवा उपलब्ध गराउनुहुनेछ । यससम्बन्धी इच्छुक व्यक्तिले एल्डर दानिएल सापकोटासँग सम्पर्क गर्नुहोला ।
— निगालोको बोट रोप्ने जिम्मा भाइ भिमसेन दुलालले लिनुभएको छ ।
इच्छुक व्यक्तिहरूले उहाँसँग सम्पर्क राख्नुहोला ।
— तीन बाँसका झ्याङको गोडमेलको जिम्मा पाष्टर रोल्याण्ड रोंगोंगको छ । स्वयं सेवकहरूले उहाँसँग सम्पर्क राख्नुहोला ।
— अहिले नयाँ पर्खालभित्र १०२ वटा लाश राख्न सकिन्छ तर जमीन खनेर मिलाउनुपर्छ । यसको निम्ति डीकन जनकलालसँग सम्पर्क गर्नुहोला ।
— साविक अनियन्त्रित जग्गाहरू व्यवस्थित गर्ने रहर र जिम्मा पाष्टर बर्णबास श्रेष्ठले लिनुभएको छ । उहाँसँग यसबारे सम्पर्क राख्नुहोला ।
यसबाहेक धेरै धेरै काम जति हेर्‍यो त्यतिनै देखिन्छ । सल्लाहहरू पनि प्रशस्तै आउँदैछ । यो गर, त्यो गर होइन म, हामी गर्छौं भनौं, अघि सरौं । कामै नगरी हुँदैन भन्ने बानी छोडौं –काम गरौं बरू भएन भने भएन भन्न सिकौं । सबै सल्लाह, दान, पाष्टर एल.पी.न्यौपाने (धापासी समिति उपाध्यक्ष) लाई दिनुहुन अनुरोध गर्दछौं ।
— नयाँ र पुरानो पर्खाल सिध्याइएको ४०१ फिट
— पुरानो पर्खाल गेटदेखि खोल्चाको मुखसम्म २१० फिट
— तारको र हाल बनाइएको बाँसको बार २५६ फिट
— खोल्चा, कुलो, गोरेटो सबै खुल्ला सिमाना ५५८ फिट
— विश्रामस्थलको मोटामोटी परिधीको नाप १४२५ फिट
१२ जुन (२८ जेठ) सम्मको
आम्दानी खर्च
१. ज्ञानेश्वर मण्डलीबाट २,००,००० १. ईंटा र ढुङ्गा १,०८,२००
२. ललितपुर मण्डलीबाट १,००,००० २. सिमेन्ट ६३,०४०
३. गोंगबूँ मण्डलीबाट ५०,००० ३. जस्ता, पाइप २४,४४६
४. जोरपाटी मण्डलीबाट ५०,००० ४. सप्लाइज विभिन्न ७,५२५ जम्मा ४,००,००० ५. डकर्मी, ज्यामी ज्याला १,२१,४६५
आउदा कार्यक्रमलाई आयश्रोतः ६. यातायात (टान्सपोर्ट) ५,८८०
१. काटेका रूखका मुडा, बाँस बिक्रीबाट जम्मा खर्च रू. ३,३०,५५६
२. इच्छुक मण्डली सदस्यहरूबाट स्वेच्छा भेटी हातमा रहेको रू. ६९,४४४
३. मण्डलीहरूबाट हाललाई सहयोग नमाग्ने । जम्मा रू. ४,००,०००
सहकर्मी प्रियहरूले गरेका सबै काममा प्रभुले आशिष दिनुभयो । हामी सफल भएर रमायौं — प्रभु भन्नुहुन्छ, सफलताभन्दा बढी हाम्रो नाउँ स्वर्गमा लेखिएको छ भनेर रमाऊ (लूका १०:२०) ।

– पाष्टर वीर बहादुर खवास