जवानहरुको संयुक्त आराधना सेवा
July 6, 2009 | News and Events
[singlepic id=70 w=320 h=240 float=right]नेपाली इसाई मण्डलीमा गएको विगत ६ महिना देखि संयुक्त रुपमा जवानहरुको आराधना सेवा हुँदै आईरहेको छ । यहोवा यिरे जवान झुण्डको यो संयुक्त आराधना सेवा प्रत्येक अँग्रेजी महिनाको तेस्रो शनिबार हुने गर्दछ । प्रत्येक कार्यक्रम सन्चालन गर्ने जिम्मा मण्डलीको बिभिन्न क्षेत्रको जवानहरुलाई पालै पालो गरी दिईएको छ । हरेक महिनाको यो संयुक्त सेवामा युवाहरुको निम्ती उत्साह पूर्ण वचन बाँडिन्छ साथै बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिन्छ । यसको साथ साथै एक अर्कालाई चिन्न बिभिन्न परिचयात्मक खेलहरु खेलाइन्छ ।
गएको मे महिनामा नेइम जोरपाटी द्वारा बिभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो भने जुन महिनाको जवान संगती चलाउने पालो नेइम ज्ञानेश्वोर, पुर्बी झुण्डको थियो । शनिबार, जुन २०, २००९ को दिन भएको सो संयुक्त जवान संगतीमा पुर्बी झुण्डको जवान बहिनीहरुले रमाइलो नाच प्रस्तुत गरेका थिए साथै कार्यक्रममा ‘पुर्बेली युवा हामी, उच्च स्वरले गाउँ’ भन्दै जोशिलो गीत पनि गाइएको थियो । त्यस्तै गरी ‘हिजोको कुराकानी’ नामक नाटकले उपस्थित सबैलाई केहीबेर मनोरन्जन प्रदान गरेको थियो । जवान अगुवा हेमन्त राईले स्तुती प्रशंसाद्वारा सबैजनालाई परमेश्वोरको नजिक जानलाई अगुवाइ गर्नु भएको थियो । वचनको भागमा आफ्नो विगतको अनुभब सुनाएर कर्मु लामा महतले जवानहरुलाई उत्साह दिनु भयो । कार्यक्रमको अन्तमा युवा पाष्टर समुएल डन कार्थकज्युले जवानहरुलाई समुहमा राखेर पाएको आशिषहरु बाँड्न लगाउनु भएको थियो । त्यसपछि अन्तिम प्रार्थना गरेर सो दिनको कार्यक्रम सकिएको थियो ।