आत्मिकी परिपक्वतातिर बढ्दै जानु – पाष्टर प्रेम श्रेष्ठ

February 1, 2013 | Articles  

परमेश्वरको वचन कहिल्यै पनि बासी र पुरानो हुदैन किनकि यो जीवित परमेश्वरको मुखबाट निस्कने तथा उहाको आत्माको प्रेरणाबाट निस्कने कुरा हो, “सब संसार टलेर जानेछ तर टल्नेछैन तपाईंको वचन ।” यी दिनहरू हामी प्रभुलाई प्रेम गर्ने ख्रीष्टियान विश्वासीहरूले अझै आपूmलाई ख्रीष्टको स्वभावमा ढाल्दै लैजानुपर्छ । त्यसकारण हामी अब हाम्रा बालक पनलाई त्यागेर परिपक्वता तर्फ बढ्दै जानुपर्छ ।
१. बचपनलाई त्यागेर परिपक्व ख्रीष्टियान बन्दै जानुपर्छः
१ कोरिन्थी १३:११, भजनसंग्रह १३१:२
बचपन भनेको के हो ?
बचपन भनेको मानिसमा भएको बालकपनको स्वभाव वा अपरिपक्व स्वभाव हो । बचपन स्वभाव भएको व्यक्ति तुरुन्तै रिसाउछ, ठीक निर्णय गर्न जान्दैन, स–साना कुरामा ठुस्किन्छ, रिसाउछ, आफुले भनेको बाहेक अरुले केही जान्दैन भनी ठान्छ र एउटै गल्ती घरीघरी दोहोर्‍याइरहन्छ । उसमा दूर दृष्टि हुदैन अनि झट्टै निर्णय गर्छ । मानिस र पशुमा रहेको भिन्नता यही हो, कि मानिसले गल्ती गर्छ तर फेरि सच्याउछ तर पशुले घरीघरी गल्ती दोहोर्‍याउछ । जुन मानिस बालक पनमा हुन्छ त्यसले आङ्खनै कुरामा मात्र जिद्दी गर्छ, अरुको सम्मान गर्दैन । ऊ कसैको अधीनतामा बस्दैन, सबैकुरा आफुखुसी गर्छ र आफुलाई नै सबैभन्दा ठूलो सम्झन्छ । त्यस्ता व्यक्तिले मण्डलीमा केही समय राम्रो काम गरे तापनि पछि गएर ऊ एक्लो पर्न सक्छ । यसकारण आज हामीलाई समूहमा बसेर काम गर्ने तथा अरुलाई सम्मान गर्ने परिपक्व विश्वासी तथा अगुवाहरूको नितान्त आवश्यकता छ । यसरी काम गर्न सकेमा गल्तीहरू घटेर जान्छ र मण्डली, परिवार तथा समाजमा आशिष पुर्‍याउन सकिन्छ अनि मण्डली परिपक्वतातर्फ बढ्दै जान सकिन्छ ।
२. समझदारीमा सुधार ल्याउनुपर्छः १ कोरिन्थी १४:२०
आत्मिकी परिपक्व हुनलाई हामीले हाम्रो समझमा सुधार ल्याउनुपर्छ । किनकि हामी ख्रीष्टमा निर्भर छौं र उहा नै हाम्रो जग हुनुहुन्छ अनि हामीले अर्को जग बसाल्न सक्दैनौं (१ कोरिन्थी ३:११) । स्थिर मन भएकाहरूको शीर ख्रीष्ट हुनुहुन्छ भन्ने समझ हामीमा हुनुपर्छ । हाम्रो काम बतासले हुत्याएको छालजस्तै मन पर्दा काम गर्ने मन नपर्दा नगर्ने किसिमको हुनुहुदैन । बरु प्रेमसित सत्य बोल्दै ख्रीष्टको उचाइसम्म पुग्न सक्ने र ख्रीष्ट झल्किने खालको स्वभाव हामीमा हुनुपर्छ (एफिसी ४:११–१६) । ख्रीष्ट हाम्रो शिक्षक हुनुहुन्छ, उहाले हामीलाई शिक्षा दिनुहुन्छ तर सधैभरि हामी आधारभूत शिक्षा जस्तैः मुक्ति, प्रेम, शान्ति, आनन्द, चंगाइ आदि कुराहरूमा मात्र उहाले शिक्षा दिनुहुन्न । तर प्रभुले हामीलाई अब खदिलो खुराक जस्तैः धार्मिकता, समस्याहरूको सामना गर्ने कुरा र समाजको भलाइ इत्यादि कुराहरूमा पनि शिक्षा दिनुहुन्छ । हाम्रो समझले ख्रीष्ट हामी प्रति कृपालु हुनुहुन्छ भन्ने कुरा पनि जान्नुपर्छ र हामीले पाएको मुक्तिमा बढ्दै जानुपर्छ (१ पत्रुस २:२,३) । हाम्रो समझलाई भलाइतिर लगाउनुपर्छ (यर्मिया ४:२२, मत्ती १०:१६) । खराबी गेर असल र शान्तिपूर्ण बाटो अपनाउनुपर्छ (रोमी १६:१९) ।
३. ख्रीष्टको आदर्शलाई पछ्याउदै जानुपर्छः एफिसी ४:१३,१४
ख्रीष्टले जस्तै त्यागको जीवन जिउने चाहना राख्न अति जरुरी छ (फिलिप्पी ४:३–८) । परमेश्वरबाटको बुद्धिलाई चलाउदै जानुपर्छ, हामी मानवीय बुद्धिमा कहिलेकाही“ ठूला–ठूला भूलहरू हुन्छन् जो बितेर जान्छ तर परमेश्वरबटको लुकेको बुद्धिलाई प्रयोग गरेर उहाको महिमा गर्नु राम्रो हुन्छ । (१ कोरिन्थी २:६–८) । ख्रीष्टलाई घोषणा गर्दै हामी जानेको बुझेको व्यक्तिले उहाको कामलाई सक्दो परिश्रम गरेर प्रचार गर्नु नै एक परिपक्व विश्वासीको चिन्ह हो । (कलस्सी १:२८,२९) । उहाको आदर्शलाई पछ्याउदै ख्रीष्टको पूर्णतातर्फ अघि बढिरहनाले हामीलाई परिपक्व बनाउन सहायता गर्छ । हामी व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौं । (यूहन्ना १:१६–१८) । हाम्रो सेवकाइ, काम उहाको अधीनमा गरिनुपर्छ ।
मण्डलीमा २ प्रकारका विश्वासीहरू हुन्छन्ः
क) प्रेम विनाको सत्यता जुनचाहि“ अति कडा हुन्छ, उसले सत्यता बुझेको हुन्छ तर त्यसमा प्रेम छैन अनि त्यो राम्रो हुदाहुदै पनि कडा हुन्छ ।
ख)सत्यता बिनाको प्रेम जसले कसैलाई दुखाउन चाहदैन र सबैसग मेल–मिलापमा बस्न खोज्छ तर त्यो पनि अति लुलो र कमजोर हुन्छ । यसकारण सत्यतालाई पे्रममा ढालेर सन्तुलन कायम गर्दै ख्रीष्टको आदर्शलाई पछ्याउदै जानु राम्रो हुन्छ । (एफिसी १:२१–२३, एफिसी ३:१९) ।
४. परीक्षालाई जित्दै जानुपर्छः
हिब्रू ५:११–१४, १ यूहन्ना २:१४
खराब र सत्य छुट्याउने एउटै मात्र उपाय परमेश्वरको वचनलाई पढेर, बुझेर र मनन गरेर मात्र हो । जुन कुराले हामीलाई बागी बन्नबाट रोक्छ त्यो चाहि प्रभुको वचन नै हो (२ तिमोथी ३:१०–१३) ।
जसरी प्रभुले शैतानलाई त्यसको परीक्षाबाट त्यसलाई हराउन परमेश्वरको वचन प्रयोग गर्नुभयो । त्यसैगरी हामीलाई उहा“को वचनको ज्ञान हुन अति जरुरी छ । त्यसकारण हामी परिपक्व हुदै जानुको अर्को विकल्प छैन किनकि ख्रीष्टियान जीवन अघि बढ्ने जीवन हो पछि हट्ने जीवन होइन जसरी मानिसले जहिले पनि काचो फलको होइन तर पाकेको फलको आशा गर्छ त्यसैगरी परमेश्वरले पनि उहाको छोरा–छोरीलाई पनि परिपक्व भएको देख्न चाहनुहुन्छ र धेरै फलफलाएको देख्ने इच्छा गर्नुहुन्छ ।
के हामी उहालाई खुसी तुल्याउन चाहन्छौं ? निश्चय नै चाहन्छौं । त्यसकारण हामी सधै ख्रीष्टको स्वरुपमा बनिदै जानलाई यी कुराहरूको हेक्का राख्नुपर्छ (२ कोरिन्थी २:१४–१७) । प्रभुले हामी सबैलाई उहाको स्वरुपमा बनाउदै लैजाऊन्, हामी वरदान चलाउने मात्र होइन तर आत्माका फल फलाउने उहा“का छोराछोरी, चेलाचेली र मित्रहरू बन्न सकौं । आमिन ।