पुनरुत्थानको सुर्योदय सेवा
April 8, 2010 | News and Events
बिहानको मिर्मेरेमा सधैं झै यस बर्ष पनि पुनरुत्थानको सुर्योदय सेवा ने.इ.म. का बिभिन्न मण्डलीहरुमा गरियो। आमा दिदी बहीनीका झुण्डले अगुवाइ गरी नाटक, गीत प्रस्तुत गर्नुभएको थियो। करिब ८ बजे बिभिन्न मण्डलीहरुबाट खुलामन्च टुडीखेलमा राखिएको “उपत्यकाब्यापी इष्टर (पुनरुत्थान) महोत्सब” मा भेला हुनको लागि पदयात्रा सुरु गरियो।
हजारौंको सन्ख्यामा उपस्थित रहेका इशाईहरु निकै आनन्दित र उत्साहित देखिन्थे। ठीक साडे नौ मा उपत्यकाब्यापी इष्टर (पुनरुत्थान) महोत्सब कार्यक्रम सुरु भयो। ने.इ.म. का गायन झुण्डले स्तुती प्रशन्सामा अगुवाइ गरी केही बेर नेपाल देशको निम्ती प्रार्थानामा समय बिताइएको थियो। यस महोत्सबमा पाटन चर्चका पास्टर मंगलमान महर्जनज्युले वचन प्रचार गर्नुभएको थियो ।