नेपाली इसाइ मण्डलीमा एल्डर अभिषेक

April 5, 2010 | News and Events  

elder-ordination-2चैत्र २१ गते/अप्रिल ३ तारिख शनिबारको संयुक्त आराधना सेवाको दिन नेइम ज्ञानेश्वरमा तीन जना नयाँ एल्डरहरुको अभिषेक भयो । एल्डर अभिषेक गरिनेहरुमा डीकन सामुएल क्षेत्री, डीकन पूर्ण सुनुवार र डीकन दिनेश न्यौपाने हुनुहुन्छ । नेइम ज्ञानेश्वर, नगरकोट र सिर्जनानगरको संयुक्त आराधना सेवाको समयमा गरिएको सो अभिषेक कार्यक्रममा मण्डलीका पाष्टर गुरुबा रोबर्ट कार्थकले प्रार्थना गरिदिनु भएको थियो ।