२०१४ सालका लागि मण्डलीलाई परमप्रभुका केही आज्ञाहरु – पाष्टर रोबर्ट कार्थक

January 6, 2014 | Articles  

परमप्रभुमा विश्वास गरेर प्रशस्त आशिष पाएका अब्रामसँग बसेकोले लूतले पनि धेरै आशिष पाएका थिए । ‘अब्रामका साथमा लागेका लूतका पनि भेंडा–बाख्रा र गाई–वस्तुहरूका बथान र पालहरू थिए (उत्पत्ति १३:५) । आशिष पाएका मानिसहरूसँग बसेर नै हामी पनि आशिषित बन्न सक्ने रहेछौं । अब्राम र लूत दुवैका भेंडा–बाख्रा, गाई–वस्तुहरू धेरै भएको हुनाले तिनीहरूलाई त्यस ठाउँमा सँगै बस्न गा¥हो भयो । तिनीहरूलाई एकसाथ बस्न प्रशस्त ठाउँ पनि भएन । तिनीहरूका गोठालाहरू पनि एका अर्कासँग मिलेर बस्न सकेनन् र तिनीहरू छुट्टिए । शिष्टाचारको नाताले पनि लूतले आफ्ना वयोवृद्ध काकालाई ठाउँ छान्नलाई पहिले मौका दिनु पर्नेथ्यो तर तिनले त्यसो गरेनन् । तिनी आफैले पहिले आफ्नो लागि परमप्रभुको बगैंचा जस्तै प्रशस्त पानीले भिजेको मलिलो यर्दनको बेंसी छाने । असल भाग लूतले लगे भनेर अब्राम कति पनि दुखित भएनन् किनकि परमप्रभुका प्रशस्त आशिष तिनीसँग थियो । आशिष नै नभएको बाँझो, रूखो जग्गा पनि आशिषित बनाउन सक्ने क्षमता तिनीसँग थियो । परमेश्वरको इच्छानुसार जस्तै ठाउँमा हामीलाई जान परे पनि हामीलाई आत्तिनु पर्दैन कारण परमेश्वरका आशिष मात्र होइन तर आशिषका परमेश्वर स्वयं हामीसित हुनुहुन्छ । आशिष नभएको ठाउँलाई पनि हामी आशिषित बनाउन सक्छौं । गलाती ३:९ मा लेखिएको छ, ‘यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष पाएका छन् ।’ ख्रीष्ट येशूमा विश्वास गरेर हामी अन्यजातिहरूले पनि अब्राहामका सन्तान बन्ने अधिकार पाएका छौं । गलाती ३:२९ मा पनि हामी पढ्छौं, ‘यदि तिमीहरू ख्रीष्टका हौं भने ता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ ।’
हुन ता त्यस्तो बिरानो देशमा लूत जस्तो आफ्नो भतिजोलाई साथै राख्नु अब्रामको निम्ति धेरै राम्रो हुनेथ्यो तर तिनीहरूका गाई–वस्तु हेर्ने गोठालाहरू आपसमा झगडा गर्न लागेकोले पनि तिनीहरूलाई सँगै बस्न अलि गा¥हो बन्न गएको थियो । तिनीहरूलाई एका अर्काबाट अलग गर्नालाई पनि यो परमेश्वरको एउटा योजना हुनपर्छ । लूत साथै भएको भए अब्रामले पूरो तौरले परमेश्वरमा मात्र भरोसा राख्ने पाठ राम्ररी सिक्न पाउने थिएन होला — यो पनि एउटा अर्को कारण हुन सक्छ ।
भविष्यका निम्ति राखिएका अझ उत्तम आशिषहरूका विषयमा बताउनालाई परमेश्वरले अब्रामलाई लूतबाट छुट्याउने काम गर्नु प¥यो । हाम्रा आफ्ना लूतहरूबाट छुट्टिएपछि मात्र हामी परेमश्वर पिताका अझ उत्तम उत्तम आशिषहरूका बारेमा थाहा पाउन सक्छौं । परमेश्वरसँगको हाम्रो जीवन यात्रामा कति चोटि हाम्रा लूतहरू नै हाम्रा बाधक बन्न सक्छन् र तिनीहरू हामीबाट छुट्टिएर गएकोमा नै हाम्रो भलाइ हुन्छ ।
उत्पत्ति १३:१४–१७ मा लेखिएको छ, ‘लूत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, ‘अब तेरो आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर । किनकि तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु । म तेरो सन्तानलाई पृथ्वीको धुलो सरह बढाउनेछु । यहाँसम्म कि कसैले पृथ्वीको धुलो गन्न सक्छ भने तेरो सन्तान पनि गन्न सक्नेछ । उठ्, देशको चारैतिर जा किनकि म त्यो तँलाई दिनेछु ।’
लूत अब्रामबाट अलग भएपछि परमप्रभुले तिनलाई चारवटा आज्ञा दिनुभयो । ती चार आज्ञाहरू यिनै हुन्–
१) ‘अब तेरो आ“खा उठा,’
२) ‘उत्तर, दक्षिण, पूर्व, पश्चिमतिर हेर्,’
३) ‘उठ,’
४) ‘चारैतिर जा ।’
२०१३ साल बिताएर हामी जसै नयाँ सालमा प्रवेश गरेका छौं । परमप्रभु हामीलाई पनि यिनै आज्ञाहरू दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘तिमीहरूले मेरा यी आज्ञाहरू पालन गर्‍यौ भने म मेरा आशिषहरू तिमीहरूलाई र तिमीहरूका सन्तानहरूलाई सधैँको निम्ति दिनेछु ।’ अब्रामको लागि कनान देश प्रतिज्ञाको देश, आशिषको देश थियो, हाम्रो निम्ति त्यो देश प्रतिज्ञाको जीवन, आशिषको जीवन हो । हाम्रा निम्ति परमेश्वरले राखिदिनुभएका ती उत्तम उत्तम आशिषहरू प्राप्त गर्नालाई हामीले उहाँका यी आज्ञाहरू पालन गर्नुपर्छ ।
“अब तेरो आ“खा उठा”
कुखुरा–पोथीले फोहोर–कसिंगरमा आँखा गाडेर त्यसलाई चाहिएका खानेकुरा खोजिराखेझैँ अब हामीले संसारतिर मात्र हेरेर बसिरहने समय छैन । ऊकाव पक्षीले झैँ सूर्यतिर फर्केर माथि माथि बादल पारिको घमाइलो देशतिर आँखा उठाउने समय आएको छ । कलस्सी ३:१–२ ले भन्दछ, ‘यसकारण यदि तिमीहरू ख्रीष्टसँगै बिउँतिएका छौ भने माथिका कुराहरू खोज जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको
छ । माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन ।’
१ यूहन्ना २:१५–१७ – ‘संसारलाई प्रेम नगर न ता संसारमा भएका कुनै चीजलाई प्रेम गर । यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन । किनकि संसारमा भएका जुनसुकै कुरा पनि अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्पmको होइन तर संसारतर्फको हो । औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ तर परमेश्वरको इच्छाबमोजिम गर्नेचाहिँ सधैँभरि रहिरहन्छ ।’
“उत्तर, दक्षिण, पूर्व, पश्चिमतिर हेर्”
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु ।” तिनले देखेका सबै ठाउँ परमप्रभुले दिनुहुनेछ भन्ने प्रतिज्ञा पाएपछि अब्रामले केही ठाउँ छुट्ला कि भन्ने डरले कति सावधानीसँग आँखा उठाएर चारैतिर कति नियालेर हेरे होलान् । हामीले पनि परमप्रभुले हाम्रो निम्ति स्वर्गीय स्थानहरूमा ‘ख्रीष्टमा’ राखिदिनुभएका आशिषहरू विश्वासका आँखाले हेर्नुपर्ने हो । ती आशिषहरू हाम्रा शरीरका आँखाले देख्न सकिँदैनन् । २ कोरिन्थी ४:१८ मा लेखिएको छ, ‘हामी देखिने कुरालाई होइन तर नदेखिने कुरालाई हेर्दै रहन्छौं, किनभने देखिने कुराहरू लौकिक मात्र हुन् तर नदेखिने कुराहरूचाहिँ अनन्त हुन् । २ कोरिन्थी ५:७ ले भन्दछ, हामी दृष्टिले होइन तर विश्वासले हिँड्छौं ।’ शारीरिक आँखाले देख्न नसकिने कुरालाई हामी विश्वासको आँखाले मात्र देख्न सक्छौं । शरीरको आँखाले रोग देख्छ, विश्वासको आँखाले आरोग्यता देख्छ । शरीरको आँखाले अभाव देख्छ, विश्वासको आँखाले प्रशस्तता देख्छ । शरीरको आँखाले हार देख्छ, विश्वासको आँखाले विजय देख्छ । शरीरको आँखाले असफलता देख्छ, विश्वासको आँखाले सफलता देख्छ । शरीरको आँखाले मृत्यु देख्छ, विश्वासको आँखाले पुनरुत्थान देख्छ । शरीरका आँखाले हामी संसारमा रोग–बिमार, दुःख–कष्ट, लडाईं–झगडा, घटी–अभाव, अन्याय–अत्याचार, अशान्ति–बेचैनी मात्र देख्छौं । जुन कुराहरू हामी देख्छौं, तिनै कुराहरू हामी पाउँछौं । परमप्रभुले अब्रामलाई भन्नुभएझैं हामीले देखेका सबै कुरा परमप्रभुले हामीलाई र हाम्रा सन्तानलाई सधैँको निम्ति दिनु हुनेछ । संसारका मानिसहरूले झैँ हामी पनि शरीरका आँखाले यी कुराहरूलाई मात्र हेरेर हतास–निराश बन्न पर्दैन । ख्रीष्टमा अब हाम्रो आत्मिक अन्धोपना हटेर गएको छ । आत्मिक हिसाबले अघि हामी अन्धा थियौं भने अब देख्ने भएका छौं । अब हामीले ख्रीष्टमा भएर विश्वासका आँखाले आनन्द, शान्ति, स्वास्थ्य–तन्दुरस्ती, प्रशस्तता, स्वतन्त्रता, विजय, सफलता जस्ता आशिषका कुराहरूतर्फ हेर्ने आदत बसाल्नपर्छ कारण हामीले विश्वासका आँखाले देखेका सबै कुरा परमप्रभुले हामीलाई दिनुहुनेछ ।
“उठ्”
बितेका दिनहरूका थुप्रै काम–धन्दा, अथक परिश्रम, धेरै व्यस्तताले गर्दा तपाईं अत्यन्तै थकित भइसक्नुभएको होला । सबै किसिमका दुःख–कष्ट, चिन्ता–फिक्री, अरू समस्याहरूको कारणले तपाईं एकदमै थाकिसक्नुभएको होला । कति विघ्न बाधाहरूले, असफलताहरूले तपाईंलाई निराश बनाएको होला । ‘अब योभन्दा बढी सहन सक्तिनँ ‘भनेर तपाईं अत्यन्तै हतोत्साह बनी थचक्क बसिराख्नुभएको होला । यदि तपाईं यस्तो अवस्थामा पुगिसक्नुभएको छ भने पनि परमप्रभु तपाईंलाई भन्दै हुनुहुन्छ,’ उठ्, प्रकाशमान हो किनकि तेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ । किनभने हेर्, अँध्यारोले पृथ्वीलाई र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ । तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ र उहाँको महिमा तँमाथि प्रकट हुनेछ’ (यशैया ६०:१–२) । हाम्रो निम्ति यो समय हरेस खाएर निराश भएर बस्ने समय होइन । यसैले एफिसी ५:१४ मा पनि यस्तो भनिएको छ, “ए निदाउने, बिउँझी र मूर्दाहरूबाट उठ् र ख्रीष्टको ज्योति तँमाथि चम्कनेछ ।”
“चारैतिर जा”
अब्रामको निम्ति परमप्रभुको पछिल्लो आज्ञा थियो, ‘चारैतिर जा ।’ आँखा देख्छौं । जुन कुराहरू हामी देख्छौं, तिनै कुराहरू हामी पाउँछौं । परमप्रभुले अब्रामलाई भन्नुभएझैं हामीले देखेका सबै कुरा परमप्रभुले हामीलाई र हाम्रा सन्तानलाई सधैँको निम्ति दिनु हुनेछ । संसारका मानिसहरूले झैँ हामी पनि शरीरका आँखाले यी कुराहरूलाई मात्र हेरेर हतास–निराश बन्न पर्दैन । ख्रीष्टमा अब हाम्रो आत्मिक अन्धोपना हटेर गएको छ । आत्मिक हिसाबले अघि हामी अन्धा थियौं भने अब देख्ने भएका छौं । अब हामीले ख्रीष्टमा भएर विश्वासका आँखाले आनन्द, शान्ति, स्वास्थ्य–तन्दुरस्ती, प्रशस्तता, स्वतन्त्रता, विजय, सफलता जस्ता आशिषका कुराहरूतर्फ हेर्ने आदत बसाल्नपर्छ कारण हामीले विश्वासका आँखाले देखेका सबै कुरा परमप्रभुले हामीलाई दिनुहुनेछ ।
“उठ्”
बितेका दिनहरूका थुप्रै काम–धन्दा, अथक परिश्रम, धेरै व्यस्तताले गर्दा तपाईं अत्यन्तै थकित भइसक्नुभएको होला । सबै किसिमका दुःख–कष्ट, चिन्ता–फिक्री, अरू समस्याहरूको कारणले तपाईं एकदमै थाकिसक्नुभएको होला । कति विघ्न बाधाहरूले, असफलताहरूले तपाईंलाई निराश बनाएको होला । ‘अब योभन्दा बढी सहन सक्तिनँ ‘भनेर तपाईं अत्यन्तै हतोत्साह बनी थचक्क बसिराख्नुभएको होला । यदि तपाईं यस्तो अवस्थामा पुगिसक्नुभएको छ भने पनि परमप्रभु तपाईंलाई भन्दै हुनुहुन्छ,’ उठ्, प्रकाशमान हो किनकि तेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ । किनभने हेर्, अँध्यारोले पृथ्वीलाई र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ । तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ र उहाँको महिमा तँमाथि प्रकट हुनेछ’ (यशैया ६०:१–२) । हाम्रो निम्ति यो समय हरेस खाएर निराश भएर बस्ने समय होइन । यसैले एफिसी ५:१४ मा पनि यस्तो भनिएको छ, “ए निदाउने, बिउँझी र मूर्दाहरूबाट उठ् र ख्रीष्टको ज्योति तँमाथि चम्कनेछ ।”
“चारैतिर जा”
अब्रामको निम्ति परमप्रभुको पछिल्लो आज्ञा थियो, ‘चारैतिर जा ।’ आँखा उठाएर चारैतिर हेरेपछि अब उठेर बसिरहने मात्र होइन तर चारैतिर जाने आज्ञा पनि परमप्रभुले दिनुभयो । टाढाबाट हेरेर मात्र भएन, गएर अधिकारमा ल्याउने ठाउँ आफ्नो पैंतालाले टेक्नुपर्छ । व्यवस्था ११:२४ मा ‘तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ’ भन्ने मोशाले प्रतिज्ञाको मुलुकमा पाइलाले टेक्न पाएनन् । तिनले टाढैबाट त्यो देश हेर्न मात्र पाए । व्यवस्था ३४:४ अनुसार नबो पर्वतको पिस्गा टाकुराबाट यर्दन पारिको कनान देश देखाएर परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ तर तँ त्यहाँ जान पाउने छैनस् ।” परमप्रभुले मोशालाई त्यो देश अधिकार गर्न दिनुभएको भएता पनि तिनले त्यो देश अधिकारमा ल्याउन सकेनन् । यो तिनको लागि एकदमै दुःखमयी अनुभव थियो । पछि यहोशूलाई परमप्रभुले यहोशू १:३ मा यही कुरा यसरी भन्नुभयो, “मैले मोशालाई भनेझैँ तिमीहरूका पैंतालाले कुल्चिने सबै जग्गा मैले तिमीहरूलाई दिएको छु । हामी यहोशू २१:४३ मा पढ्छौं, “यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको सबै देश दिनुभयो । तिनीहरूले त्यो आफ्नो अधिकारमा लिएर त्यसमा बसे ।” ख्रीष्टमा हाम्रा निम्ति राखिएका स्वर्गीय आशिषहरू टाढाबाट हेरेर मात्र हामीले चित्त बुझाउनु हुँदैन । मोशाले झैँ टाढाबाट हेर्ने मात्र होइन, यहोशूले झैँ गएर आफ्ना पैंतालाले कुल्चेर अधिकारमा ल्याउने काम हामीले गर्नुपर्छ । यसको निम्ति हामी २०१४ सालमा अझ जोशिलो भएर अघि बढेर जानुपर्छ । २०१३ सालमा पाएका आशिषहरूका निम्ति हामी परमप्रभुलाई धेरै धेरै धन्यवाद चढाऔं र २०१४ सालका लागि उहाँले राखिदिनुभएका ती ठूला ठूला अझ उत्तम आशिषहरू प्राप्त गर्नालाई अगि बढौं । उहाँका आज्ञानुसार हामी आफ्ना आँखा उठाऔं — उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिर हेरौं — उठौं — र अगि बढौं । हाम्रा आँखाले नदेखेका, कानले नसुनेका, हाम्रा मनले नसोचेका उहाँका ठूला ठूला उत्तम आशिषहरू पवित्र आत्माद्वारा हामी प्राप्त गर्न सक्छौं । यसैको निम्ति हामी बोलाइएका हौं ।

डरले भरिएको संसारमा मुक्तिदाताको जन्म – डिकन सिमोन पाठक

December 17, 2013 | Articles  

संसार आज डरले भरिएको छ । डरको तरङ जताततै फैलिएको छ । धनी र विकसित राष्ट्रहरूलाई आफुभन्दा माथि अर्को राष्ट्र पुग्ने हो कि भन्ने डर छ । कम विकसित राष्ट्रहरूलाई शक्तिशाली राष्ट्रहरूले थिचोमिचो गर्ने हुन् कि भन्ने डर छ । धनी मानिसहरूलाई पैसा कहा लगानी गर्ने, बैंक डुब्ने पो हो कि, चोरी हुने हो कि भन्ने डर छ । देशको राजनीतिक अवस्था बिग्रदो छ, फेरि पनि संविधान नबन्ने हो कि भन्ने डर छ । नेपालका युवा पुस्तालाई आफ्नो भविष्यको डर छ । देशमा भएका कल कारखानाहरू बन्द हुदैछन् । नेपाल देशमा आफ्नो भविष्य सुरक्षित नदेखेको कारण आफ्नो भविष्य निर्माण गर्न विदेश पलायन हुनेहरूको संख्या बढ्दो छ, किनकि सबैलाई भविष्यको डर छ ।
आमा–बुबाहरूलाई आफ्नो हुर्कदै गरेका छोराछोरीहरू बिग्रने हुन् कि, गलत बाटोमा लाग्ने हुन् कि भन्ने डर छ भने पढ्दै गरेका विद्यार्थीहरूलाई पढाईमा राम्रो गर्न नसक्ने हुन् कि भन्ने डर छ भने कक्षामा प्रथम भइराखेकाहरूलाई अर्को साथीले मैलेभन्दा बढी नम्बर ल्याएर मलाई जित्ने हो कि भन्ने डर छ । जागिरमा भएकाहरूलाई कुनै कारण जागिरबाट निष्कासित हुने हुन् कि भन्ने डर छ भने व्यापार–व्यवसाय गरिराखेकाहरूलाई आफ्नो लगानी डुब्ने हो कि भन्ने डर छ । उमेर पाका हुदै गएकाहरूलाई बुढेसकालमा दुःख पाइने पो हो कि भन्ने डर छ । विवाहको उमेर पुगेकाहरूलाई राम्रो जीवन साथी नपाउने हुन् कि भन्ने डर छ भने विवाह भएकाहरूलाई आफ्नो घर बिग्रने हो कि भन्ने डर छ । डरको तरङ्ग संसारका सबै वर्ग, समाज र मानिसहरूमा फैलिएको छ । डरले सानो बालकदेखि वृद्ध कसैलाई पनि छोडेको छैन ।
ख्रीष्टमस डरबाट स्वतन्त्र हुने समय
डरले भरिएको संसारमा ख्रीष्टमसले दिने पहिलो सन्देश हो “नडराओ” । प्रेरित लूकाले माननीय थियोलिफसलाई सम्बोधन गरेर लेखेको पत्रमा यसरी लेखेका छन् “तब स्वर्गदूतले तिनीहरूलाई भने; “नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउ“छु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २:१०–११) । लूकाले लूकाको पत्र र प्रेरित गरेर दुईवटा पुस्तकहरू लेखेका छन् । दुवै पुस्तकमा उनले थियोफिलसलाई सम्बोधन गरेर लेखेका छन् । उनी को थिए भन्ने कुरा पक्का गरी भन्नलाई गार्‍हो छ । तर बाइबलका विद्धानहरूले बताएअनुसार थियोफिलस येशूको विषयमा चासो राख्ने, येशू ख्रीष्टको विषयमा केही ज्ञान पाएका साथै उनी नया मार्गको विषयमा जान्न चाहने व्यक्ति थिए । लूकाले माननिय थियोफिलस भनेर सम्बोधन गरेका छन्, हुनसक्छ उनी रोमी अधिकृत थिए । त्यहीकारण लूकाले ख्रीष्टियन गतिविधिको इतिहासको विषयमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले यो पत्र लेखेका थिए । उनले येशूको जन्मको खबरसगै डरबाट स्वतन्त्र हुने सन्देश पनि मानव जातिलाई दिएका छन् ।
ख्रीष्टमस आनन्दको समय
लूकाले येशूको जन्म कहिले र कहाँ भयो भन्ने ऐतिहासिक कुरा उल्लेख गरेका छन् (लूका २:१–७) । येशूको जन्मको मितिको सम्बन्धलाई लिएर प्रश्न गर्ने र ख्रीष्टमसको वास्तविकतालाई स्वीकार गर्न नसक्नेहरूको निम्ति लूकाको पत्र अध्ययन गर्नु अति महत्वपूर्ण छ । ख्रीष्टमस मनाउनु भनेर बाइबलमा कहाँ लेखिएको छ ? येशूको जन्म डिसेम्बर २५ तारिख नै भएको हो भनेर कहाँ लेखिएको छ ? आदि प्रश्नहरू तेर्साएर सोझा–साझा विश्वासीहरूलाई अल्मलाउन खोज्ने समुदायहरू पनि नेपालमा फाट्टफुट्ट भेट्टाइन थालेका छन् । येशूको जन्मको पक्का मिति थाहा नभएतापनि येशू जन्मनुभएको, क्रूसमा टाँगिनुभएको र मृत्युपछि तेस्रो दिनमा जीवित भई स्वर्ग उचालिनुभएको प्रशस्त प्रमाणहरू बाइबलमा पाउन सक्दछौं, यी तथ्यहरूले गर्दा हामी येशूको जन्ममा आनन्द मनाउन सक्छौं ।
प्रेरित लूकाले येशूको जन्म कैसर अगस्टस्ले देशको जनगणना लिनलाई उर्दी जारी गरेको समयमा भएको कुरालाई उल्लेख गरेका छन् । कैसर अगस्टस् ख्रीष्ट पूर्व ३१ देखि इ.सं. १४ सम्म रोमी साम्राज्यका सम्राट थिए । रोमी साम्राज्यको राजधानी रोम थियो । उनको राज्यकालमा सिरियाका हाकिम कुरेनियस थिए । उनको समयकालमा जनगणना भएको यो पहिलो थियो । सरकारको उर्दीअनुसार यूसुफ मरियमलाई लिएर बेथलेहेममा गए । मरियमले बालक जन्माउने समय आइपुगेको हुनाले संसारको मुक्तिदाताको जन्म बेथलेहेममा भयो । यूसुफ र मरियम गालीलको नासरतका बासिन्दा थिए । तर किन बेथलेहेममा नै येशूको जन्म भयो ? किनकि मीका अगमवक्ताले येशूको जन्म बेथलेहेममा हुनेछ भनेर उहाँ जन्मनुभन्दा करिब ७५०–६८६ ई.पू. को बीचमा अगमवाणी गरेका थिए (मीका ५:२) । मीकाले गरेको अगमवाणी पूरा हुनको निम्ति उहाँको जन्म बेथलेहेममा नै भएको थियो । येशूको जन्मको पहिलो खबर पाउने सौभाग्य गोठालाहरूलाई मिल्यो । गोठालाहरूको बालक येशूसँग भेट भएपछि डरले भरिएको ह्दय आनन्द र खुशीले भरिन पुग्दछ । येशूको जन्ममा आनन्दसँग परमेश्वरको स्तुतिका गीतहरू गाउने पहिलो साङ्गितिक झुण्ड स्वर्गदूतहरूपछि गोठालाहरू नै थिए (लूका २:१३–२० ) ।
ख्रीष्टमस आशाको समय
मानिसको ह्दय निरासले भरिएको छ । परमेश्वरले डर, अशान्ति र निरासाको सृष्टि गर्नुभएको थिएन तर मानिस यी कुराहरूको वशमा परेको छ । बेथलेहममा गोठालाहरू पनि स्वर्गदूतलाई देख्नासाथ डराएका थिए । तर मुक्तिदातास“गको भेटले उनीहरूमा भएको डर बिलाएर गयो । उनीहरूले नयाँ आशा पाएका थिए । ख्रीष्टमसचाहिँ अशान्ति र आशाविहिन भएकाहरूको निम्ति आनन्द र आशाको समय हो । आदम र हव्वाको पापले डर, चिन्ता, फिक्री, निरास, अशान्ति र मृत्युको जन्म भएको थियो तर मुक्तिदाता येशूको जन्मले शान्ति, आनन्द, मुक्ति, छुटकारा, आशा र अनन्त जीवनको जन्म भएको छ । मुक्तिदाताको जन्मसँगै मानव जीवनमा आशाको उदय भएको छ । आशा नभएकाहरूको निम्ति येशू ख्रीष्ट आशा हुनुहुन्छ । मुक्ति खोजिराखेकाहरूको निम्ति येशू ख्रीष्ट मुक्ति हुनुहुन्छ अनि आनन्द र शान्ति खोजिराखेकाहरूको निम्ति येशू ख्रीष्ट शान्ति र आनन्दको स्रोत हुनुहुन्छ । अन्धकार र डरले भरिएको संसारमा ज्योतिको उदय भएको छ । त्यो ज्योति येशू हुनुहुन्छ अनि उहाँको पछि लाग्नेहरू अन्धकारमा हिँडडुल गर्नु पर्नेछैन ।
ख्रीष्टमस मुक्तिको समय
गोठालाहरूको बालक येशूसँग भेट भएपछि सबै डरहरू हटेर गएको थियो । उनीहरूले रमाहटसँग मुक्तिदाताको जन्मको विषयमा मानिसहरूलाई बताएका थिए (लूका २:१७) । गोठालाहरूले सुनाएको सन्देश नौलो भएको कारण मानिसहरू आश्चर्यचकित भएका थिए (लूका २:१८) । ख्रीष्टमसको सन्देश नसुनेकाहरूको निम्ति पहिलो पटक सुन्दा आश्चर्यचकित हुनु स्वभाविकै हो । किनकि येशूको जन्ममा धर्म होइन मुक्ति र अनन्त जीवनको सन्देश लुकेको छ । यो सन्देश सुनेर ग्रहण गर्नेहरूको जीवन रूपान्तरण हुँदछ ।
गोठालाहरूले येशूको जन्मको सन्देश सुनेको अनुसार देखे अनि विश्वास गरेको हुनाले उनीहरूको जीवन रूपान्तरण भयो । डरले भरिएको ह्दय आनन्दले भरिन पुग्यो । यदि हामीलाई भविष्यको डर छ, व्यापार–व्यवसायको डर छ, कामको डर छ, रोग बिमारको डर छ, मृत्युको डर लगायत अन्य कुनै पनि कुराको डर छ भने ख्रीष्टमसको सन्देश छ ‘नडराओ’ मुक्तिदाताको जन्म भएको छ । हाम्रो ह्दय कुनै कुराले डराइराखेको छ भने प्रभु येशूलाई राज्य गर्न दिऔं र डरबाट स्वतन्त्र हौं । डरले भरिएका, आशा गुमाएका, अशान्तिमा जीवन जिइरहेका र मुक्ति खोजिराखेका मानिसहरूलाई ख्रीष्टमसको सन्देश सुनाउँदै दुई हजार तेह सालको ख्रीष्टमसको उत्सव मनाऔं, किनकि डरले भरिएको संसारमा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।

“परमेश्वोरमा हाम्रो समर्पण” – डिकन घनश्याम दाहाल

November 12, 2013 | Articles  

रोमीको पुस्तकको छोटो परिचयः
यो पत्र पावलले रोममा बसोबास गरी बस्ने सन्त ख्रीष्टियानहरूलाई मात्र नभई सम्पूर्ण यहूदी र अन्यजातिहरूलाई समेत कोरिन्थबाट लेखिएको पत्र हो (रोमी १:१) । यो पत्र इ.सं. ५५–५८ तिर लेखिएको थियो । यस पत्रमा फिवीको नाम पावलले सिफारिस गरेका छन् ।
रोम शहरचाहिँ चारैतिरको मुख्य व्यापारिक केन्द्र थियो । उक्त शहरमा विभिन्न मत मान्ने यहूदीहरू बसोबास गर्दथे । पावल आफै यहूदीहरूका धार्मिक गुरु थिए ।
यस पत्रको मुख्य उद्देश्य स्पेन र एन्टिओकमा परमेश्वरको सेवकाइ गर्ने पावलको व्यक्तिगत वास्ता साथै रोममा पनि विशेष वास्ता थियो भन्ने कुरा हो । एन्टिओक पावलको पुर्खौली घर थियो । मुक्ति र उद्धार भन्ने कुरा येशूमा बाहेक अरू कुनैमा पनि छैन भन्ने कुरा साथै विश्वासद्वारा धर्मी ठहरिने कुरा, मुक्तिको निश्चयता, उद्धार, मिलाप र इसाई जीवनको आचरण आदि अझ अरू धेरै कुराहरू हामी यस पत्रबाट सिक्न पाउँछौं । यस व्यक्तिगत पत्रद्वारा पावलको हृदयमा रोमीहरूप्रति विशेष वास्ता थियो भन्ने कुरा साबित हुन्छ । पावलको विशेष रोमीहरूको उद्धारको लागि चासो थियो तर पावल यरुशलेमको यात्रा गर्दा थाहा पाए कि यदि अहिले उनी रोममा गए भने उनलाई मार्ने षड्यन्त्र भैरहेको छ भन्ने कुरा थाहा पाएर उनले प्रार्थनाको लागि बिन्ती गरेका छन् (रोमी १५:३०–३१) । रोममा रहेका मण्डलीहरू, पावलको व्यक्तिगत रूपमा घनिष्टता थियो । रोममा रहेका मण्डलीहरूको जग नै अकिला र प्रिश्किला हुन् (रोमी १६:३, प्रेरित १८:२–३, रोमी १६:१३, मर्कुस १५:२१) । रोममा सुसमाचार ल्याउनेहरू सर्वसाधारण नै थिए । पावलको मुख्य लक्ष्य नै सर्व साधारणद्वारा नै परमेश्वरको राज्यको फैलावट र वृद्धि ल्याउने थियो ।
ख्रीष्टियान विश्वास यहूदीजातिबाट आएको हो । त्यसैले यहूदीहरू आदरका योग्य छन् (रोमी ११:१८) । यस अर्थ रोमचाहिँ एउटा परमेश्वरको सर्वव्यापी योजनामा पर्दछ ।
एकपटक एकजना दाई आराधना सेवामा ढिलो आउनुभयो र असरिङ्ग गर्ने (बस्ने ठाउँ मिलाउने दिदी) लाई सोध्नुभयो, “आजको आराधना सेवा सकियो ?” असरिङ्ग गर्ने दिदीले जवाफ दिनुभयो, “प्रचारचाहिँ सकियो तर सेवाचाहिँ अब शुरू हुन्छ ।”
रोमी १–११ अध्यायसम्म परमेश्वरको धार्मिकता, विश्वास, मिलाप, मुक्तिको निश्चयता, ख्रीष्टिय जीवनसम्बन्धी सैद्धान्तिक आधारभूत शिक्षाको बारेमा उल्लेख गरेको पाइन्छ । रोमी १२ अध्यायको शुरूको पहिलो वाक्य नै ‘यसकारण’ बाट शुरू भएको छ । यो वाक्यबाट नै व्यवहारिक शिक्षा शुरू हुन्छ । ‘यसकारण’ उक्त वाक्यले ११ अध्यायलाई जोड्ने काम गरेको छ । पूरै रोमी १२
अध्यायले व्यवहारिक वmुरा गर्नलाई आज्ञा गरेको छ । यो पूरै १२ अध्याय वर्तमान कालमा लेखेको छ । रोमी १२ अध्यायलाई चार भागमा बाँड्न सकिन्छः
१) परमेश्वर र मानिसको बीचको सम्बन्ध (परमेश्वरमा विश्वासीहरूको समर्पण) रोमी १२:१–२
२) पवित्र आत्माका वरदानहरूको सम्बन्धमा रोमी १२:३–८
३) विश्वासी दाजुभाइ र दिदीबहिनीहरू बीचको सम्बन्धमा रोमी १२:९–१३
४) विश्वासी र विश्वासमा नआएकाहरूको सम्बन्धमा (रोमी १२:१४–२१)
आजको पाठमा हामी परमेश्वरमा हाम्रो समर्पण र सम्बन्धको बारेमा हेर्न जान लागिरहेका छौं । रोमी १२:१–२ लाई पढ्नेछौं ।
१) परमेश्वर र मानिसको बीचको सम्बन्ध (परमेश्वरमा विश्वासीहरूको समर्पण) हिब्रू र ग्रीकहरूका अनुसार हाम्रो शरीरचाहिँ भौतिक पदार्थले मिलेर बनेको हुन्छ । परमेश्वरले बनाउनुभएको सबै कुरा असल थियो । मानिसले त्यसलाई कसरी चलाउँछ, व्यक्तिमा भर पर्दछ । उत्पत्ति १:३१ परमेश्वरमा हाम्रो सम्बन्ध स्थापित गर्नका लागि र र परमेश्वरमा समर्पण गर्न पवित्रकरणको आवश्यक पर्दछ । यो हाम्रो कोशिषले हुने कुरा होइनन, यसको लागि पवित्र आत्माको भरपूरी चाहिन्छ । पवित्र आत्माले मात्र हामीलाई पवित्र बन्दै जानका लागि सहायता गर्नुहुन्छ । पवित्रता भन्ने कुरा एच्छिक होइन, अनिवार्य हो (हिबू् १२:१४) । पवित्रताको निम्ति तीब्र इच्छा गर, संसारका खराब इच्छातिर नलाग तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ । परमेश्वर पवित्र हुनुहुन्छ, तिमीहरू पनि पवित्र होओ (१ पत्रुस १:१४–१६) ।
कलस्सी ३:५,८, १ पत्रुस १–२, याकुब १:२१ अनुसार यी खण्डहरूमा पनि ‘यसकारण’ भन्ने वाक्यबाट शुरू भएको छ । समस्त हाम्रो शरीरमा भएका स्वभावलाई मार, त्याग, छोड, नलाग, नचल आदि । यसकारण संसारिक स्वभावका कुराहरूलाई मारः व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ आदि । त्यसै गरी सबै कुरा त्यागः रिस, क्रोध, डाहा, निन्दा, मुखबाट निस्कने फोहोर बोली, झुट आदि । यसकारण सबै दुष्टता, सबै छल र कपट र इश्र्या सबै निन्दाहरूलाई त्याग । यी सबै कुरा त्याग्नका लागि आज हामी आफैले कोशिश गरिरहेका छौं, त्यसकारण हामीले हार खानु परेको छ तर हामीलाई हाम्रो शरीर र प्राणको उद्धार हुँदै र यी शरीरका स्वभावबाट छुट्कारा दिनका लागि एकजना व्यक्ति पवित्र आत्मा परमेश्वर (सल्लाहकार) येशूले हामीमा पठाइदिनुभएको छ जसद्वारा हामी पवित्र बन्दै जान सक्छौं अनि मात्र परमेश्वरलाई मनपर्ने ग्रहणयोग्य बलिदान बन्न सक्छौं । अंग्रेजी बाइबलमा प्रयोग भएको शब्द (“Transformed”) Rom12:2, लाई मूल भाषा (ग्रीक)Metamorphousthe भनिन्छ, जसको अर्थ हुन्छ एक तहबाट अर्को तहमा पूरै बदलिनु (भित्रिय र बाहिरिय) परिवर्तन । पवित्र आत्माले हामीलाई अर्कै मानिस (बदलिएको) बनाउनुहुन्छ । यसरी हामी एउटा महिमादेखि अर्को महिमामा रूपान्तरित हुँदै जान्छौं (२ कोरिन्थी ३:१८) ।
येशू ख्रीष्ट हाम्रो लागि एक नमूना हुनुहुन्छ । उहाँले आफैलाई यस संसारको दुष्ट युग र सबै दुष्टता र पापबाट हामीलाई छुट्कारा दिनलाई आफैलाई अर्पण गर्नुभयो (गलाती १:४) ।
के आज हाम्रो लागि येशूले गर्नुभएको समर्पणको खातिर हामी आफैलाई परमेश्वरमा अर्पण गर्न तयार छौं ? हाम्रो इसाई जीवनको हिँडाई पवित्र र निर्दोष छ ? उत्पत्ति ९:६, १ कोरिन्थी १:३०
हामी एका दोश्राको लागि अर्पण गर्न र संसारबाट निर्दोष राख्न तयार छौं ? याकुब १:२७
के आज हामी आत्मामा नियन्त्रित छौं रोमी ८:९
पावलको विचारअनुसार शरीर प्रभुको लागि र प्रभु शरीरको लागि हो (१ कोरिन्थी ६:१३) । हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, र हामीले हाम्रो शरीरद्वारा करले होइन रहरले ख्रीष्टको महिमा गर्नुपर्दछ । रोमी ६:१३ अनुसार हाम्रा शरीरका अंगहरूलाई पाप गर्नलाई होइन तर परमेश्वरको धार्मिकताको लागि समर्पण गरौं । अब हामी व्यवस्थाको अधीनमा छैनौं तर अनुग्रहको अधीनमा छौं (रोमी ६:१४) । हामीहरूको शरीरलाई परमेश्वरको इच्छामा अर्पण गर्नुपर्दछ । हाम्रो आँखाले असल कुराहरू देख्नुपर्दछ (मत्ती ६:२२–२३) । हाम्रो कानले पवित्र आत्माको आवाज सुन्नुपर्दछ । हाम्रो जिब्रोलाई अरूहरूका लागि आशिषको लागि मात्र प्रयोग गर्नु पर्दछ (याकुब ३:३–१२) हाम्रा हातहरू अरूहरूका लागि सहायता गर्ने र बचाउने हुनुपर्दछ र हाम्रा खुट्टाहरू धार्मिकता र मेलमिलाप गराउने काममा सरिक हुनुपर्दछ ।
रोमी १२ अध्यायको पहिलो खण्डमा पावलले विश्वासीहरूलाई परमेश्वरको सेवामा पूर्ण रूपमा अर्पण गरी दिइहाल्नको लागि विशेष रूपमा आग्रह गरेको छ । यहाँ विशेष गरी वर्तमान समयलाई जोड दिएको छ । हामी यहाँ यो पनि स्पष्ट बुझ्न सक्छौं । इसाई जीवन हाम्रो कोशिषले जिउने जीवन नभएर पवित्र आत्माको भरपूरीमा जिउने जीवन हो । यसकारण हामी दिनहुँ पवित्र आत्माले भरिरहनु जरूरी छ । यसरी भरिरहन्छौं भने हामी पोखिन थाल्छौं । त्यसपछि बग्न थाल्छौं । यसको मतलब हामी पवित्रकरण हुँदै जान्छौं । हामीहरूको जीवन ख्रीष्ट केन्द्रित हुनु जरूरी छ । हामीहरूका सम्पूर्ण जीवनका आचरणले परमेश्वरको प्रेमलाई प्रदर्शन गर्ने हुनुपर्दछ र उहाँको इच्छा पूरा गर्नु नै हाम्रो लक्ष्य हुनुपर्दछ । हामी सबैलाई पवित्र आत्माले पूर्ण समर्पित हुन शक्ति दिऊन् र हामी आज्ञाकारी बन्न सकौं ।

“आत्मिकी एकताद्वारा ख्रीष्टलाई उचालौं” – पाष्टर प्रेम श्रेष्ठ

October 4, 2013 | Articles  

परमप्रभु परमेश्वरले हामीलाई त्यो खुसी र आनन्द दिनु भएको छ जसको कुनै मापन छैन, जुन नापले हामी नाप्न सक्छौं मेरो विचारमा म संसारको सबैभन्दा खुसी र आनन्दित व्यक्ति हुँ जस्तो लाग्छ र साना–तिना, झिना–मसिना कुराहरूले मेरो खुसी आनन्द खोसेर लैजान सक्दैन । तर प्रश्न चाहिँ यो हो कि आज परमेश्वर जब हामी तिर फर्केर हेर्नुहुन्छ के हाम्रो जीवन देखेर उहाँ खुसी हुनुहुन्छ ? परमेश्वरलाई हाम्रो राम्र–राम्रा योजनाले, कार्यक्रमले, हाम्रो कडा परिश्रमले वा मण्डलीको संख्या वा भवनको सुन्दरताले आनन्द दिँदैन तर हाम्रो आत्मिकी एकताले उहाँलाई आनन्द दिन्छ । कारण येशूले यसैको निम्ति अहिले पनि हाम्रो लागि परमेश्वरसँग अन्तरविन्ती गरिराख्नुभएको छ ताकि हामी सबै उहाँको छोरा–छोरीहरूमा आत्मिकी एकता रहोस् (यूहन्ना १७:२०–२३) । साथै हामीले आशिष प्राप्त गर्न अरुलाई आपूm भन्दा श्रेष्ठ ठान्नु अति जरुरी छ । (१ पत्रुस ३:८–१०) हामी हरेकलाई येशू प्रभुले जिम्मा लगाउनु भएको कामहरू यस प्रकार छन् । जस्तैः
 अँध्यारोबाट उज्यालोमा ल्याउनु
 छरपष्टबाट ख्रीष्टमा एक बनाउनु
 श्रापबाट आशिषमा ल्याउनु
 शैतानको बन्धनबाट स्वतन्त्र गराउनु
यी काम पुरा गर्नलाई संसारका मानिसहरूलेझैँ कथित एकताको भाषणले वा सुगा रटानले मात्र हुनेवाला केही छैन र असम्भव प्रायः नै छ । आजको मण्डलीमा पनि हामी अनेकतामा एकता खोज्न विभिन्न प्रार्थनासभा, प्रवचन, नयाँ–नयाँ योजनाहरू नभएका होइनन् तर हामी प्रभुको वचन अरुको लागि प्रचार गर्दछौं तर आफ्नो लागि प्रचार गर्दा रहेनछौं र अरुले पालन गरोस् भन्छौं तर आफै चाहिँ नि ? २ कोरिन्थी २:१४–१६ मा लेखिएको छ कि हामीहरू बाँचेका र मरिरहेकाहरूका बीचमा ख्रीष्टका सुबास्नाहरू हौं र बाइबलले हामीलाई सुबास्ना, सुकर्म र अशल जीवन जिउनका लागि अभिप्रेरित गरिरहेछ । आज हामीले आफुलाई ख्रीष्टको वचनको कसिमा जाँचेर हेर्नु अति जरुरी छ । साथै हामी यी माथिका उपदेशहरू पुरा गर्नलाई हाम्रो लक्ष्य एक हुनु पर्दछ । ख्रीष्टलाई प्रेम गर्ने, आज्ञापालन गर्ने र अनुशासित जीवन जियाईको खाँचो छ ।
ख्रीष्ट येशूले हामीलाई छोडी जानु भएको महान अभियान पूरा गर्नलाई अरु श्रोत पनि चाहिन्छ तर सबैभन्दा मुख्य चाहिँ हाम्रो आत्मिकी एकता अति आवश्यक छ । झण्डै ५० वर्ष अघि संयुक्त राज्य अमेरीकाको लिङ्कन मेमोरियल (Lingcon Memorial) बाट मार्टिन लुथर किङ्ग जुनियरले (Martin Luther King Jr.) गरेको भाषण, जसलाई Dream Speech पनि भनिन्छ, उनले भनेका थिए ”I have a dream that walk together” जुन चाहिँ काला जाति र गोरा जातिको विचामा भएको दुरीलाई कम गर्दै, सँगै हिड्नु पर्छ भनेको थियो र आज ५० वर्ष पछि आएर काला वर्णका Barak Obama त्यस देशका राष्ट्रपति भएर सबैलाई समान व्यवहार गर्ने कुरामा अभिछिन्न लागि परेका छन् । यदि हामी सधैँ ख्रीष्टमा आत्मिकी एकता कायम गर्दै अघि बढ्यौं भने हाम्रो घर–घराना, टोल, गाउँ, शहरका मानिसहरूलाई प्रभु चिनाउने अभियानमा हामीलाई पवित्र आत्मा परमेश्वरले विजय दिनु हुन्छ । एकताको लागि हामीले मूल्य चुकाउनु पर्छ । फिलिप्पी २:१ मा ४ वटा कुराहरू छन् जसले हामीलाई एक भएर बस्न मद्दत पु¥याउँछ ।
१) एक अर्कालाई उत्साह दिएर (Paraklesis): १ कोरिन्थी १०:२४, ३३
यो क्षेत्रमा हामीले मुल्य चुकाउनु पर्दछ भन्ने मेरो मान्यता छ । कतिवटा कुरा मलाई मन पर्दैन होला तर मेरो झुण्डको खातिर म अरुलाई आफु भन्दा श्रेष्ठ ठानेर सहन सकुँ भनेर प्रार्थना गरीरहेछु र गर्नु पर्दछ ।
२) एक अर्का प्रतिको अगापे प्रेमलेः १ कोरिन्थी १२:१, यूहन्न १३:३४
यो हाम्रो नारा होइन तर व्यवहारमा उतार्नु जरुरी छ र यसैको निम्ति प्रभुले हामीलाई उहाँको प्रेम अलि अलि दिनु भएको मात्र होइन तर पुरा नै खन्याई दिनु भएको छ । ताकि हामी पनि अरु प्रति खन्याउन सकौं । रोमी ५:५

३) एक अर्का प्रतिको संगतिले (Koinonia):
मण्डलीले आज हामीलाई चाहिने संगति जस्तैः आराधना, पुरुष, महिला, जवान, बाल, घरेलु संगति साथै अरु खालका संगति राखी दिएको छ । जहाँबाट आत्मिकी लाभ प्राप्त गर्न सक्छौं कुनै प्रमुख व्यक्ति गएको ठाउँमा म जान्न भन्ने कुरामा मेरा सहमती छैन किनकि ख्रीष्ट एउटै हुनुहुन्छ जसको शरीरका हामी विभिन्न अङ्गहरू हौं । १ कोरिन्थी १२:१३, २७ हाम्रो विचार अलग भए पनि ख्रीष्टमा हामी एकै हुन सक्छौं र उहाँका आत्माले हामीलाई कायल पारी पगाल्नु हुन्छ र हामी जल्दो बल्दो भएर जिउन सक्छौं । जब संगतिमा रहन्छौं हामीमा उहाँले नै एउटै विचार हाली दिनुहुन्छ ।

४) एक अर्का प्रतिको दया र क्षमाले (Oikirmos):
गलाती ६:२ ख्रीष्टले हामीलाई टिठाउनु भएको कारण हामी यहाँ छौं, उहाँले क्षमा गर्नुभएको कारणले आज हामी उहाँमा छौं । यो हामीले कमाएको होइनौ, सित्तैमा पाएको यत्रो ठूलो उद्धारलाई हामी बाँड्न कति कन्जुसी गर्छौ; त्यसो नहोस्, जब हामी एक–अर्काको भार उठाउनलाई सहायता गर्छौं, दया देखाउँछौं र एकार्कालाई क्षमा गर्छौं, हामीमा एकता आउँदछ । आखिर मान्छे त हो पग्लिहाल्छ नि ! प्रभु गरुन् हामी सबै जनालाई ख्रीष्टले सुम्पनु भएको परमेश्वरको राज्य विस्तारको काम गर्न र यस महान अभियान सफल पार्न आत्मिकी एकता कायम गरी अघि बढ्न सकौं । १ कोरिन्थी १:१०, एफिसी ४:३ । आज पनि येशू प्रभु पिताको दाहिने हात पट्टि विराजमान भएर हामीलाई हेरिराख्नु भएको मात्र छैन, तर हाम्रो लागि पितासँग अन्तरविन्ती पनि गरी राख्नुभएको छ । ताकि हामी उहाँका शरीर एक भएर उहाँको काम पूरा गरी पितालाई महिमा दिन सकौं र ख्रीष्टसँगै यो प्रार्थना गर्न सकौं –यूहन्ना १७:४ ।
आमेन ¤ आमेन ¤¤ आमेन ¤¤¤

“ख्रीष्टमा – सदैवको लागि पुरा पुरा उद्धार” – पाष्टर रोबर्ट कार्थक

September 11, 2013 | Articles  

हिब्रू ७:२५ मा लेखिएको छ, ‘यसैकारण ख्रीष्टद्वारा परमेश्वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नलाई उहाँ सधँभरि रहनुहुन्छ ।’ १ थेसलोनिकी ५:२३ मा पावल लेख्तछन्, ‘शान्तिका परमेश्वर आफैले सम्पूर्णरूपले तिमीहरूलाई चोखा तुल्याऊन् र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् ।’
हिब्रू ७:२५ को सम्पूर्ण उद्धार गर्न सक्ने कुरो र १ थेसलोनिकी ५:२३ को सम्पूर्ण रूपले चोखो तुल्याउने कुरोले एउटै कुरो बुझाउँछ । ख्रीष्ट येशूले दिनुहुने मुक्ति हाम्रो आत्मा, प्राण, शरीर अर्थात् हाम्रो सम्पूर्ण व्यक्तित्वको निम्ति हो । उहाँले क्रुशमा हाम्रो निम्ति आफैलाई बलिदान दिनुभयो । उहाँले हामीलाई पापको दण्डबाट, पापको शक्तिबाट अनि पापको उपस्थितिबाट उद्धार गर्नुहुन्छ । उहाँले क्रुशमा हाम्रो समस्त पापको दण्ड हाम्रो निम्ति भोगिदिनुभयो र हाम्रो आत्माको उद्धारको काम पूरा गरिदिनुभयो । अहिले वर्तमानमा हाम्रो प्राणलाई पापको शक्तिबाट उद्धार दिँदै हुनुहुन्छ र पछि भविष्यमा हाम्रो शरीरलाई पनि पापको उपस्थितिबाट पूरापूरा उद्धार गर्नुहुनेछ ।’ फिलिप्पी १:६ मा पावल लेख्तछन्, ‘मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ । हाम्रो सम्पूर्ण व्यक्तित्वको उद्धारको काम उहाँले टुङ्गो लगाउनु नै हुनेछ, अधकल्चो छोड्नुहुने छैन । यहूदा २४ अनुसार उहाँले हामीलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ । हामीलाई पापको दण्डबाट उद्धार गर्नलाई उहाँ क्रुशमा मर्नुभयो, पापको शक्तिबाट उद्धार गर्नलाई उहाँ मरेकोबाट बिउँतनुभयो र आत्मामा हामीभित्र जिउनु हुँदैछ र पापको उपस्थितिबाट उद्धार गर्नलाई फेरि दोस्रो पल्ट प्रकट हुनुहुनेछ । रोमी ५:१८–१९ ले भन्दछ, ‘यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई इन्साफ आइलाग्यो । त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई अनुग्रहको वरदान आयो किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन् ।’ आदमको अनाज्ञाकारिताले गर्दा हामी सबै पापी भयौं । ख्रीष्टको आज्ञाकारिताले हामी उहाँमा विश्वास गर्ने सबै धर्मी ठहरिएका छौं । हामीले पाएको यो धार्मिकता हामीले व्यवस्था पालन गरेर आफैले गरेको धर्म–कर्मद्वारा कमाएको धार्मिकता होइन । तर ख्रीष्ट येशू प्रभुले हाम्रो निम्ति चढाइदिनुभएको क्रूशको महापवित्र बलिदानमा गरेको विश्वासको कारणले हो । यो धार्मिकता हाम्रो कोशिशद्वारा आफैले कमाएको इनाम होइन, यो ख्रीष्टको क्रूशको बलिदानमा विश्वासद्वारा सित्तैंमा पाएको परमेश्वरको वरदान हो ।
हाम्रो पुरानो बाइबलको हिब्रू ७:२५ मा लेखिएको ‘सम्पूर्ण उद्धार’ को सट्टामा नयाँ संस्करणमा ‘सदैवको उद्धार’ भन्ने लेखिएको छ । ख्रीष्ट येशूमा हामीले पाउने उद्धारले हाम्रो जीवनको सबै काललाई समेट्ने
हुनाले यसलाई ‘सदैवको उद्धार’ भनिएको हो । भूतकालका सबै पापको दण्डबाट ख्रीष्टको क्रूशको मृत्युद्वारा उद्धार पाइसवmेका छौं । वर्तमान कालमा पापको शक्तिबाट अहिले उहाँको बौरिउठाइको जीवनद्वारा उद्धार पाउँदै जाँदैछौं अनि भविष्यमा पापको उपस्थितिबाट पनि उद्धार पाउनेछौं ।
एफिसी २:८ को ‘किनभने अनुग्रहबाट विश्वासद्वारा उद्धार पाएका छौं’ ले हाम्रो पापको दण्डबाटको उद्धार बोध गर्छ भने कोरिन्थी १:१८ को ‘क्रूशको सन्देश हामी उद्धार पाइरहेकाहरूको निम्ति परमेश्वरको शक्ति’ ले हामीले हालै पाइरहेको पापको शक्तिबाटको उद्धार र
१ पत्रुस १:५ को ‘आखिर समयमा प्रकट हुन आँटेको मुक्ति’ ले पापको उपस्थितिबाट पनि पछि हाम्रो शरीरले पाउने उद्धारलाई संकेत गर्छ । यसर्थ हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूबाट प्राप्त भएको, प्राप्त हुँदै गरेको र प्राप्त हुन आँटेको ‘सम्पूर्ण उद्धार’ ‘सदैवको उद्धार’ भनिएको हो । पापको दण्ड, पापको शक्ति र पापको उपस्थितिबाट पाइने हाम्रो आत्मा, प्राण र शरीरको सम्पूर्ण उद्धार हाम्रो भूत, वर्तमान, भविष्यको निम्ति सदैवको उद्धार हो ।
२ कोरिन्थी ५:१७ मा पावल लेख्छन्, ‘यसरी कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ पुराना कुराहरू बितिसके, हेर, ती नयाँ भइसकेका छन् ।’ जुन दिन हामीले ख्रीष्ट येशू प्रभुलाई आफ्ना मुक्तिदाता गरी ग्रहण गर्‍यौं उहाँको अनमोल रगतले हाम्रा सबै पापहरू परमेश्वर पिताले सधैँको लागि मेटाइदिनुभयो । उहाँले हाम्रा सबै पाप–अपराधहरू क्षमा गरिदिनुभयो । उहाँले हामीलाई नयाँ बनाउनुभयो । ख्रीष्टमा हामी नयाँ सृष्टि भयौं । अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन कारण हाम्रा सबै पाप–अपराधहरूको दण्ड ख्रीष्ट येशूले हाम्रो सट्टामा भोगिदिनुभयो । उहाँले पाप गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पाप चिन्नु पनि भएको थिएन । परमेश्वर पिताले उहाँलाई हाम्रो निम्ति पाप बनाउनुभयो र उहाँमा अब हामी परमेश्वरका धार्मिकता बनेका छौं (२ कोरिन्थी ५:२१) ।
परमेश्वरले हामीलाई धर्मी ठहराउनुभएको मात्र होइन, उहाँको आफ्नै धार्मिकता बनाउनुभएको छ । ख्रीष्ट प्रभुमा हामीसँग बाँध्नुभएको नयाँ करारबारे उहाँ हिब्रू ८:८–१३ र हिबू्र १०:१६–१७ मा यसरी भन्नुहुन्छ, “तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिल्यै सम्झने छैन, तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झने छैन ।” परमेश्वर पिताले येशू प्रभुको क्रूशको बलिदानद्वारा हाम्रा सबै पाप–अपराधहरू क्षमा गर्नुभएको छ । त्यति मात्र होइन, उहाँले ती सबै पाप–अपराधहरू बिर्सिदिनुभएको छ ।
२ कोरिन्थी ५:१७ अनुसार हामी ख्रीष्टमा भएकाहरू नयाँ सृष्टि हौं । हाम्रा आत्मालाई उहाँले पूरो तवरले नयाँ बनाइसक्नुभएको छ ।
१ कोरिन्थी ६:१७ ले भन्दछ, ‘जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ ।’ एउटै किसिमको होइन तर एउटै । यसैकारण १ यूहन्ना ४:१७ अनुसार उहाँ अहिले जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं । पछि स्वर्गमा हुनेछौं होइन, यस संसारमा अहिले नै छौं किनकि आत्मामा हामी उहाँसँग एउटै भएका छौं । यी बाइबलका
कुराहरू हामी ख्रीष्ट येशूसँग आत्मामा एउटै भएका विश्वासीहरूका सम्बन्धमा नै लेखिएका हुन् ।
१ यूहन्ना २:१३–१४ – ‘तिमीहरूले दुष्टलाई जितेका छौ ।’
१ यूहन्ना ४:४ – ‘तिमीहरूचाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि
विजयी भएका छौ ।’
१ यूहन्ना २:२० – ‘तिमीहरू सबै कुरा जान्दछौ ।’
१ यूहन्ना २:२७ – ‘तिमीहरूलाई कसैले सिकाउनुपर्ने आवश्यकता
पर्दैन तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराहरूका विषयमा सिकाउनुहुनेछ ।’
यूहन्ना ३:९ ‘जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, त्यसले पाप गर्नै सक्तैन किनभने त्यो परमेश्वरबाट जन्मेको हुन्छ ।’
१ यूहन्ना ३:१४ ‘हामी जान्दछौं कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं ।’
यी सबै कुराहरू ख्रीष्टमा नयाँ सृष्टि गरिएका हाम्रा आत्माका सम्बन्धमा लेखिएका हुन् । हाम्रा प्राण र शरीरका सम्बन्धमा यी कुराहरू पूरा भइसकेका छैनन्, अधुरै छन् । अझैँ पनि हाम्रो मनले रीस गर्छ, लोभ गर्छ, लालच गर्छ, अशुद्ध कुरा सोच्छ, घमण्ड गर्छ, आरिस गर्छ । अझैँ पनि हाम्रो शरीरले झुठ बोल्छ, चोरी गर्छ, अशुद्ध बोल्छ, झगडा गर्छ, नखानुपर्ने कुरा खान्छ, नपिउनुपर्ने कुरा पिउँछ,
व्यभिचार गर्छ । तर यी सबै गर्ने हाम्रो मन र शरीर नै हुन् । हाम्रो आत्माले ती सब गर्न सक्तैन कारण त्यो परमेश्वरबाट जन्मेको छ (१ यूहन्ना ३:९) । यी पापहरू हाम्रो मन र शरीरले गरिरहन्छन् कारण यिनीहरू अझ पनि पूरो तवरले ख्रीष्टमा नयाँ भइसकेका छैनन् । हाम्रो आत्मा ख्रीष्टमा नयाँ भइसकेको छ, हाम्रो मन र शरीरचाहिँ नयाँ हुँदै जाँदैछ, नयाँ हुनेछ । आत्मामा हामी ख्रीष्टमा जो छौं, प्राण र शरीरमा पनि बन्दै जाँदैछौं ।
रोमी ८:२९ मा लेखिएझैँ हामीलाई ख्रीष्टको रूपमा बनाउने परमेश्वरको अभिप्राय एकदिन उहाँले पूरा गर्नुनै हुनेछ । संसारसित एकै चालको नभएर हाम्रो मनको परिवर्तनले हामी दिन–दिनै बदलँदै जानुपर्छ (रोमी १२:२) । मनको परिवर्तन परमेश्वरको वचन पाठ गरेर र त्यसमा ध्यान गरेर मात्र हुन सक्छ । परमेश्वरको वचन पढ्ने, मनन गर्ने, ध्यान दिने, पालन गर्ने व्यक्तिले मात्र संसारसित एकै चालको नभएर आफ्नो जीवनमा परिवर्तन देख्न पाउँछ । हामी सबै जना नढाकेको मोहडाले प्रभुको तेजलाई देखाएर त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलँदै जानुपर्छ (२ कोरिन्थी ३:१८) । यसैले प्रभुको सामने प्रार्थनामा उहाँलाई हेर्दै उहाँको अघि आराधनामा समय बिताउन हाम्रो निम्ति अति नै अनिवार्य छ । तब मात्र हामी उहाँले तयार गर्नुभएको सदैवको पूरा पूरा उद्धारको अनुभवमा प्रवेश गर्दै परमेश्वर पिताको अनन्तको योजना पूरा भएको देख्न पाउनेछौं । हामीले पूरा पूरा उद्धार पाउनेछौं । हामी पूरो तवरले ख्रीष्ट जस्तै हुनेछौं ।

“ख्रीष्टमा – हामी बिजयीहरुभन्दा पनि अझ बढी छौं ।” – पाष्टर रोबर्ट कार्थक

August 6, 2013 | Articles  

ख्रीष्टमा विश्वास गर्नेहरूको निम्ति विजय एउटा वरदान हो, इनाम होइन । १ कोरिन्थी १५:५७ ले भन्दछ, ‘परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ ।’ व्यवस्था २०:४ मा पनि लेखिएको छ, ‘किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुहरूका विरुद्धमा लडेर तिमीहरूलाई विजय दिनलाई तिमीहरूका साथसाथै जानुहुन्छ ।’ यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ ? परमेश्वर स्वयं हाम्रो पक्षमा हाम्रा शत्रुहरूका विरुद्धमा लडिदिनुहुन्छ । उहाँले नै हाम्रा शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुन्छ । त्यो विजय हामीलाई वरदानस्वरूप सिंत्तैमा दिनुहुन्छ । हामी आफैले हाम्रा शत्रुहरूलाई जितेर विजय प्राप्त गर्न पर्दैन । यसैले विजय चाहिँ हाम्रो निम्ति परमेश्वरबाट विश्वासद्वारा थाप्ने एउटा वरदान हो, आफैले शत्रुलाई जितेर पाउने इनाम होइन । २ शमूएल ८:६ र १४ मा हामी यही कुरो दुई पल्ट पढ्छौं, ‘…दाऊद जहाँ जहाँ गए त्यहाँ त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।’ परमप्रभुले आफ्ना मानिसहरू– लाई तिनीहरूका शत्रुहरूमाथि विजय दिनुभएको कुरा बाइबलमा अरू ठाउँहरूमा पनि लेखिएको हामी भेट्टाउँछौं ।
हाम्रो विजय कोशिषद्वारा कमाउने इनाम होइन, विश्वासद्वारा थाप्ने वरदान हो । १ यूहन्ना ५:४ ले भन्दछ, ‘किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।’
२ इतिहास २० अध्यायमा हामी यहूदाका राजा यहोशापातमाथि मोआबी, अम्मोनी र मिनुईहरूले आक्रमण गरेको कथा पढ्छौं । एउटा ठूलो सैन्यदल तिनको विरुद्धमा युद्ध गर्नलाई आउँदैछ भन्ने खबर पाएपछि राजा यहोशापात र तिनका सबै अफिसरहरू आत्तिए । राजा यहोशापातले देशभरिनै उपवास–प्रार्थनाको निम्ति घोषणा गरे । एकजना लेवी यहजीएलमाथि परमप्रभुको आत्मा उत्रनुभयो र तिनले अगमवाणी गरे, “परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो सैन्यदलदेखि नआत्तिऔ । किनभने लडाईं परमप्रभुको हातमा छ, तिमीहरूको हातमा होइन । …यो लडाईं तिमीहरूले लड्नेछैनौ । दृढ भएर पर्खिबस । परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ । नडराओ, नआत्तिऔ किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुन्छ ।’

(२ इतिहास २०:१५–१७ पद) यहजीएलको वचनअनुसार नै सबै कुरा हुन आयो । २ इतिहास २०:२४ पदमा लेखिएको छ, ‘जब उजाड–स्थानमा भएको पहरा राखेको धरहरामा आइपुगेर यहूदाले शत्रुको सैन्यदललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूईंमा मारिएर पडिरहेको देखे अनि उनीहरू एउटै पनि उम्केको थिएन ।’ त्यो लडाईं यहोशापात र तिनका मानिसहरूले लड्न परेन । परमप्रभु आफै तिनीहरूको पक्षमा लडिदिनुभयो अनि तिनीहरूलाई विजय दिनुभयो । यस्ता घटनाबारे बाइबलमा हामी धेरै ठाउँमा पढ्न पाउँछौं ।
येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘मैले तिमीहरूलाई यी कुराहरू यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु (यूहन्ना १६:३३) । येशू प्रभुको यो वचनमाथि विश्वास गर्ने व्यक्तिले थाहा पाउँछ — येशू प्रभुले संसारलाई जित्नुभएको छ, संसार हारिसकेको छ, र त्यसलाई फेरि हराइरहने आवश्यकता छैन । त्यसले हाम्रा विरुद्धमा ल्याउने सबै किसिमका रोग–बिमार, चिन्ता–फिक्री, घटी–अभाव, समस्याहरूका माझमा पनि हामी त्यसलाई भन्न सक्छौं, ‘हाम्रा प्रभुले तँमाथि जय पाइसक्नुभएको छ, तँ हारेको शत्रु होस् ।’ आफ्नो विश्वासमा स्थिर भएर त्यसलाई त्यति भने पुग्छ । १ यूहन्ना ५:४ को ‘संसारलाई जित्ने विजय हाम्रो विश्वास हो’ भन्ने कुरोको अर्थ यो पनि हो । फुटबलको खेल–मैदानमा हामी आफैले नखेले पनि हामीले साथ दिएको हाम्रा टीमका एघार खेलाडीहरूले त्यो म्याच जिते भने, “हामीले जित्यौं, हामीले जित्यौं” भन्दै खुशीले कराउँदै चिच्याउँदै हामी जयको नारा लगाउँछौं । ख्रीष्ट प्रभुको विजयनै हाम्रो विजय हो कारण हामी उहाँका मानिसहरू हौं ।
१ यूहन्ना ४:४ ले भन्दछ, ‘मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वका हौ, र तिनीहरूमाथि विजयी भएका छौ । किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान हुनहुन्छ ।’ १ यूहन्ना २:१३–१४ मा पनि यही कुरो दुईपल्ट दोहोर्‍याइएको छ, ‘युवकहरू, म तिमीहरूलाई लेखिरहेछु …किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ ।’ हामी विश्वासीहरू ख्रीष्टमा छौं, यसैले उहाँले पाउनुभएको उहाँको विजय नै हाम्रो विजय हो । विश्वासद्वारा यो विजय हामीले आफ्नो बनाउँदै जानुपर्छ ।
ख्रीष्ट प्रभुले संसारमाथि मात्र होइन तर शैतान, शरीर, पाप, मृत्यु, तथा अरू सबै शत्रुहरूमाथि पनि विजय पाइसक्नुभएको छ । हिब्रू २:१४ ले भन्दछ, ‘छोराछोरीहरू रगत र मासुको सहभागी भएका हुनाले, उहाँ पनि मृत्युको सामथ्र्य भएको शैतानलाई मृत्युद्वारा रद्दी पार्नालाई यिनैको सहभागी हुनुभयो । १ यूहन्ना ३:९ मा लेखिएको छ, …शैतानका कामहरू नष्ट पार्नालाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो ।’ बाइबलमा यसरी पनि लेखिएको छ, ‘उहाँले प्रधानताहरू र शक्तिहरूलाई निःशस्त्र पारी ती सबैमाथि विजय प्राप्त गर्नुभयो,र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो (कलस्सी २:१५) ।
हामीले विश्वासद्वारा प्रभुबाट वरदानस्वरुप विजय प्राप्त गर्न सक्छौं भनेको चाहिँ हामीले युद्धनै लड्नु पर्दैन भनेको होइन । युद्धनै नलडे त विजय कसरी पाउने ? हामीले जान्नपर्ने कुरोचाहिँ हाम्रो विजय निश्चित छ कारण प्रभुले हाम्रा शत्रुहरूमाथि विजय पाइसक्नुभएको छ ।
अब हामी विजयको निम्ति लड्दैनौं, हामी विजयको ठाउँबाट लड्छौं । वास्तवमा अब हामीले जय पाउनालाई शत्रुसँग लडिरहनु पर्दैन । त्यस दुष्टलाई हामी भन्न सक्छौं, ‘तँ हारेको शत्रु होस् । हाम्रा प्रभुले उहाँको क्रुशको मृत्यु र जयवन्त बौरी उठाइद्वारा तँमाथि जय पाइसक्नुभएको छ । उहाँसँगै हामी पनि तँमाथि विजयी भइसकेका छौं ।’ त्यससँग तर्क–वितर्क गरेर नै त्यसलाई हराउने कोशिष गर्न पर्दैन कारण त्यो तर्क गर्नमा साह्रै बाठो छ । त्यसको सामना गर्दा येशू प्रभुले गरेझैँ, ‘परमेश्वरको वचनमा लेखिएको’ भन्दै त्यसका झुठा कुराहरूलाई वचनको सत्यताद्वारा खण्डन गर्दै जानमा नै हाम्रो विजय रहन्छ ।
एफिसी ६:१०–१७ अनुसार हाम्रो युद्ध सांसारिक वा शारीरिक होइन । हाम्रा युद्धका सारा हात–हतियारहरू –सत्यको पटुका, धार्मिकताको छाती–पाता, सुसमाचारका जुत्ता, विश्वासको ढाल, मुक्तिको टोप सबै हाम्रो सुरक्षाको निम्ति मात्र हुन् खाली आत्माको तरवार ‘परमेश्वरको वचन’ शत्रुको विरुद्धमा चलाउने हतियार हो । हामीले यो हतियार चलाउन पर्छ । यो युद्ध मानिसहरूको विरुद्धमा होइन तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याईंका आत्मिक सेनाहरूका विरुद्धमा हो । यसैले हाम्रा युद्धका हतियार पनि शारीरिक होइनन् । (२ कोरिन्थी १०:४) परमेश्वरका सारा हात–हतियार धारण गरेर शत्रुका सामने खडा रहनलाई पावल विश्वासीहरूलाई आदेश दिन्छन् । सारा हात–हतियारले सुसज्जित भएर शत्रुको सामने खडा रहने कुरो पावल एफिसी ६:११, १३–१४ पदमा तीन पल्ट बताउँछन् कारण आत्मिक युद्धमा खडा रहने कुरो अत्यन्तै महत्वपूर्ण छ । शत्रुको विरोध गर्नु भनेको नै त्यसको विरुद्धमा खडा हुनु भनेको हो । येशू प्रभुले शैतान, संसार, शरीर, पाप, मृत्यु तथा सबै शत्रुहरूमाथि जय पाइसक्नुभएको छ भन्ने कुराको घोषणा गर्दै आफ्नो विश्वासमा खडा रहनमा नै हाम्रो विजय छ ।
रोमी ८:३७ मा पावल लेख्तछन्, ‘…हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयीहरूभन्दा पनि अझ बढी छौं ।’ ‘बढी हुनेछौं’ भन्ने भविष्यको आशा होइन, ‘बढी छौं’ भन्ने वत्र्तमानको विश्वास हो ।
‘परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डो¥याउनुहुन्छ’ (२ कोरिन्थी २:१४) ।

“विस्वासका आँखा” – पाष्टर रोबर्ट कार्थक

July 15, 2013 | Articles  

विश्वासका योद्धा मोशाको बारेमा हिबू्र ११:१७ मा लेखिएको छ, ‘…अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे ।’ अदृश्य हुनुहुनेचाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ । मोशाले अदृश्य परमेश्वरलाई कसरी हेरे होलान् ? (२ कोरिन्थी ४:१८ मा पावल लेख्तछन् – ‘हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौं किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् ।’ यहाँ पनि प्रश्न उठ्न सक्छ, नदेखिने कुरालाई कसरी हेर्ने ? २ कोरिन्थी ५:७ ले हामीलाई यो कुरो बुझ्न अलि सजिलो बनाइदिन्छ । त्यहाँ लेखिएको छ, “हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन ।” हिब्रू ११:१ ले भन्दछ, ‘अब विश्वासचाहिँ आशा राखेका कुराको निश्चयता र नेदेखेका कुराको प्रमाण हो ।’ पद ६ मा लेखिएको छ, ‘विना विश्वास उहाँलाई रिझाउन असम्भव छ । किनभने जो परमेश्वरकहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।’ परमेश्वरको वचनले यो पनि भन्दछ, ‘धर्मात्माचाहिँ विश्वासबाटै जिउनेछ ।’ यो कुरो हाम्रो धर्मशास्त्रमा चार ठाउँमा लेखिएको छ । हबकुक २:४, रोमी १:१७, गलाती ३:११ र हिबू्र १०:३८ मा हामी यो पढ्न पाउँछौं । शरीरका आँखाले हामी बाहिरका भौतिक कुराहरू मात्र देख्न सक्छौं । मनका आँखाले हामी आफ्ना र अरूहरूका आनन्द, रमाहट, दुःख–पीडा, लाज, डर, चिन्ता–फिक्री जस्ता कुराहरू थाहा गर्न सक्छौं । तर हाम्रा आत्माका आँखाले मात्र हामी अदृश्य परमेश्वर, अदृश्य येशू प्रभु, अदृश्य पवित्र आत्मा, नयाँ जन्म, स्वर्ग, आत्मिक आशिष्हरू, आत्माका फल, आत्माका वरदानहरू, अरू नदेखिने आत्मिक कुराहरू आत्मामा देख्न सक्छौं ।
येशू प्रभुले निकोदेमसलाई भन्नुभयो, ‘… कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ।’ शरीर र मनका आँखाले परमेश्वरको अदृश्य राज्य देख्न सक्दैन । आत्माका आँखाले मात्र त्यो देख्न सक्ने हुनाले हामीलाई शरीरमा जन्मेर मात्र पुग्दैन, हामी आत्मामा पनि फेरि नयाँ गरी जन्मनुपर्छ । शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा हो । “जो मानिस आत्मिक छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन । किनकि ती कुराहरू त्यसका निम्ति मूर्खता हो । त्यसले ती बुझ्न सक्तैन किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छन्” (१ कोरिन्थी २:१४) । यसैकारण संसारका बडेबडे विद्वानहरूले पनि ख्रीष्टमा पाप–क्षमा, मुक्ति, नयाँ जन्म, स्वर्ग जाने निश्चयता, परमेश्वरको राज्य, ख्रीष्टमा हाम्रो निम्ति पुत्रत्वको अधिकार जस्ता कुराहरू बुझ्न सक्तैनन् । “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले नसोचेका यी कुरा… परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ” (१ कोरिन्थी २:९–१०) । “अब हामीले संसारको आत्मा पाएका छैनौं तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौं भनेर उहाँबाट पवित्र आत्मा पाएका छौं” (१ कोरिन्थी २:१२) ।
आँखा भएका मानिसहरूले देख्न नसकेका कुरा एकजना अन्धोले देखेको वर्णन हामी मर्कुस १०:४६–५२ मा पढ्न पाउँछौं । येशू प्रभु पछिल्लो पल्ट यरीहो शहरबाट भएर यरुशलेम जाँदै हुनुहुन्थ्यो । बाटोको छेउमा भीख माग्न बसेको अन्धा बर्तिमैले नासरतको येशू जाँदै हुनुहुन्छ भनेको सुन्नासाथ ऊ चिच्याउन लाग्यो, ‘हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” धेरैले हप्काएर उसलाई चूप लगाउन खोजे तर ऊ झन् चर्को सोरले चिच्याएर कराउन लाग्यो । येशूले अन्धाको आँखा खोलिदिन सक्नुहुन्छ भन्ने कुरा सुनेको हुनाले उसको हृदयमा विश्वास जागेको थियो । मैले पनि येशूलाई भेट्न पाएँ भने उहाँले मेरो आँखा पनि खोलिदिनुहुन्छ भन्ने उसको विश्वास थियो । यदि त्यो मौका गुमेको भएदेखि सायद उसले फेरि अर्को मौका पाउने थिएन कारण त्यसपछि येशू फेरि यरीहोबाट भएर कहिल्यै जानुभएन । यो उसको लागि आखिरी मौका थियो । अरूले जत्तिकै रोक्ने कोशिस गर्दा पनि ऊ रोकिएन, बरू अझ चर्को सोरले करायो, कराइरह्यो । यशैया ५५:६ मा लेखिएको छ, “जबसम्म परमप्रभुलाई पाउन सकिन्छ उहाँलाई खोज, उहाँ नजीक हुनुहुँदा नै उहाँलाई पुकार ।” पुकार्ने काम तपाईंको हो तर तपाईं पुकार्नु नै हुन्न भने छेवैबाट जान लाग्नुभएको येशू प्रभुबाट तपाईंले केही मद्दत पाउन सक्नुहुन्न । त्यति धेरै मानिसहरूका हल्लाहरूको माझमा पनि प्रभुले त्यो अन्धा भिखारी कराएको सुन्नुभयो र उहाँ टक्क अडिनुभयो । उहाँले एक पाइलो पनि अघि सार्न सक्नुभएन । त्यो दुःखमा परेको अन्धो भिखारीको पुकार सुनेर पनि नसुनेजस्तो गर्न सक्नुभएन । तपाईं जो सुकै हुनु भएता पनि प्रभु तपाईंको पुकार सुनेर अडिनुहुन्छ । अझ तपाईं उहाँमा विश्वास गर्ने परमेश्वरको छोरो वा छोरी हुनुहुन्छ भने त झन् कति बढ्ता गरी तपाईंको लागि उहाँ पर्खनुहुन्छ ।
‘येशू प्रभुले भन्नुभयो, “त्यसलाई बोलाओ” अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाडस गर्, उठ्, उहाँले तँलाईं बोलाउँदै हुनुहुन्छ । अनि आफ्नो खास्टो फालेर त्यो जुरूक्कै उठ्यो र येशूकहाँ आयो ! (मर्कुस १०:४९–५०)
त्यस जमानामा त्यहाँ धेरै ठग्ने मानिसहरू थिए । प्राय यहुदीहरूचाहिँ कञ्जुस र ठगाहाहरू हुन्छन् भन्ने धेरैको धारणा छ । कति आँखा देख्ने मानिसहरू पनि अन्धा जस्तै भएर बाटोको छेउमा भीख मागेर बस्थे । यो कुरो रोक्नलाई भिखारीहरूलाई चाहिँ एउटा विशेष किसिमको खास्टो दिइन्थ्यो । साँचैका अन्धा हुन् वा होइनन् सो त्यही खास्टोले छुट्ट्याउन सकिन्थ्यो । त्यो खास्टो त्यस अन्धाको परिचय–पत्र जस्तै थियो । त्यो अन्धा वर्तिमै येशूकहाँ आएपछि उहाँले त्यसलाई, “म तिमीलाई के दिऊँ ?” भनी सोध्नको सट्टामा “म तिम्रो लागि के गरिदिऊँ ?” भनी सोध्नुभयो । किन ? के प्रभुले त्यसलाई एउटा भिखारी भनी चिन्नुभएन र ? भिखारीको खास्टो ओढेर गएको भए ऊ अन्धो भिखारी रहेछ भन्ने देखेर प्रभुले, “म तिमीलाई के दिऊँ, कति दिऊँ ?” भनेर सोध्नु हुन्थ्यो होला । “उठ्, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ” भनेको सुन्नासाथ उसले विचार गर्‍यो, ‘अब मलाई यो खास्टो चाहिँदैन किनकि अब उसो भिखारी रहेर मैले भीख माग्नु पर्दैन । यसैले उसले त्यो खास्टो फालिदियो र जुरूक्क उठेर येशूकहाँ आयो । यस्तो विश्वास आज तपाईं र ममा हुनुपर्ने हो । हामी धेरै चोटि गाउने गर्छौं, ‘कस्तो बदलाव ममा जब येशूकहाँ गएँ, —सधैँ खाने थोक खान छोडेँ, सधैँ पिउने थोक पिउन छोडेँ, सधैँ गर्ने काम गर्न छोडैँ, कस्तो बदलाव ममा जब येशूकहाँ गएँ ।’
येशुले मलाई बोलाउँदै हुनुहुन्छ । यदि म उहाँकहाँ गएँ भने मेरो जीवनमा परिवर्तन आउँछ, मलाई दृष्टि मिल्छ अनि मैले अन्धो रहेर भीख माग्न पर्दैन, मेरो जीवन सुध्रिन्छ र म बदलन्छु भन्ने पक्का विश्वास हामीमा हुनुपर्छ । येशू प्रभुकहाँ आएपछि हामी अन्धा भिखारी भएर बस्तैनौं । हामीपरमेश्वरका छोरा–छोरीहरू बन्नेछौं अनि परमेश्वरका छोरा–छोरीहरूले भीख माग्न पर्दैन । भजनसंग्रह ३७:२५ मा दाऊद भन्छन्, ‘… धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन मर्कुस १०:५२ मा लेखिएको छ, ‘अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” तब तुरुन्तै त्यसले दृष्टि पायो र बाटोमा येशूको पछिपछि लाग्यो ।’ जबसम्म त्यो अन्धा थियो त्यसको आफ्नो बाटो थिएन कारण अन्धाको
आफ्नो बाटो हुँदैन । अरूहरूले डोर्‍याएको अरूहरूको बाटो नै त्यसको बाटो हुन्छ । प्रभुले आँखा खोलिदिनुभएपछि भन्नुभयो, “तिम्रो बाटो लाग” । त्यसदिन त्यसले आफ्नो बाटो देख्यो । अब उसो अरूहरूको बाटो त्यसले हिँड्नु पर्दैन । त्यस दिनदेखि येशूको बाटो नै उसको बाटो भयो कारण ऊ येशूको पछि पछि लाग्यो ।
वर्तिमै अन्धोलाई दृष्टि दिने येशू प्रभु आज छेवैबाट भएर जाँदै हुनुहुन्छ । अब तपाईंको कराउने समय हो यो । रोग–बिमार, चिन्ता–फिक्री, घटी अभाव, गरिबीपना, अरू सबै समस्याहरूबाट उहाँले तपाईंलाई झट्टै छुट्कारा दिन सक्नुहुन्छ । ढाडस् गर्नुहोस्, उहाँले तपाईंलाई बोलाउँदै हुनुहुन्छ । उठ्नुहोस्, उहाँकहाँ जानुहोस् । उहाँ पर्खिराख्नुभएको छ ।’

‘ख्रीष्टमा – सबै थोक तिमीहरुकै हुन’- पाष्टर रोबर्ट कार्थक

May 31, 2013 | Articles  

अय्यूब ८:७ मा विल्दद शुहीले अय्यूबको निम्ति यसरी भविष्यवाणी गरेका थिए, “तपाईंको पहिलेको अवस्था क्षुद्र देखिएता पनि तपाईंको अन्त अति महान हुनेछ ।” यो अगमवाणी पूरा भएको कुरा अय्यूब ४२:१२ मा यसरी लेखिएको छ, ‘परमप्रभुले अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयमा भन्दा बढी आशिष् दिनुभयो । तिनका चौध–हजार भेंडा–बाख्रा, छ हजार ऊँट, हजार हल गोरू र एक हजार गधा भए ।’ अय्यूब १:३ मा बताइएका अय्यूबसँग अघि भएका गाई–वस्तु, भेंडा–बाख्राहरूको संख्याभन्दा यो दोब्बर थियो । हामी युगका अन्तिम समयमा बस्ने प्रभुका जनहरू अघि अघिका मानिसहरूभन्दा अत्यन्तै भाग्यशाली छौं कारण प्रभुले हाम्रो समय अघि अघिको समयभन्दा अझ बढी आशिषमयी बनाइदिनुभएको छ । हाग्गै २:९ मा लेखिएको छ, ‘यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ । यस ठाउँमा म शान्ति ल्याउनेछु ।’ हिब्रू ११ अध्यायमा विश्वासका वीर योद्धाहरूबारे हामी पढ्न पाउँछौं । ३९–४० मा लेखिएको छ, ‘तिनीहरू सबैले आफ्ना विश्वासको निम्ति ठूलो प्रशंसा पाए तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन् । परमेश्वरले हाम्रा लागि अझ असल योजना राख्नुभएको थियो ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्याइऊन् ।’ १३ पदले पनि भन्दछ, ‘प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे ।’ ती विश्वासका योद्धाहरूले कोशिषद्वारा पाउन नसकेका आशिष्हरू आज हामीले विश्वासद्वारा ख्रीष्टमा पाएका छौं । तिनीहरूले प्रतिज्ञा मात्र पाए, हामीलाई प्रतिज्ञाको प्रतिफल नै मिलेको छ । प्रतिज्ञाको प्रतिफलको प्रतिक्षामा तिनीहरूले आफ्ना सारा जीवन नै बिताए, हामीले ख्रीष्ट येशूलाई प्राप्त गरेर उहाँमा सबै कुरा अहिले नै पाइसकेका छौं । कानाको विवाह भोजका मुखियाले दुल्हालाई भनेझैँ प्रभुले असल दाखमद्य हामी आखिरी पुस्ताकाहरूको निम्ति अहिलेसम्म साँचिराखिदिनुभएको छ ।
यी आशिष्हरू पछि पाउनेछौं भनेर अब हामीले आशा गर्न पर्दैन, अहिले नै पाइसकेका छौं भनेर विश्वास गर्न सक्छौं । हाम्रा निम्ति भविष्यका कुराहरू परमप्रभुको निम्ति भइसकेका कुराहरू हुन् । परमेश्वर पिताले यी आशिष्हरू हामीलाई ख्रीष्टमा दिइसक्नुभएको छ । एफिसी १:३ ले भन्दछ, ‘हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस् जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ ।’ ‘दिनु हुनेछ’ भन्ने प्रतिज्ञा होइन यो, ‘दिनुभएको छ’ भन्ने तथ्य हो । यो तथ्यमा विश्वास गरेर मात्र हामी हाम्रो व्यक्तिगत अनुभवमा यसलाई सत्यको रूपमा भेटाउन सक्छौं ।
हाम्रो विश्वासले नै तथ्यलाई सत्यमा बदलन्छ, र सत्यले हामीलाई स्वतन्त्र गराउँछ । गलाती ३:९ ले पनि भन्दछ, ‘यसकारण विश्वास गर्ने, मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन् । यहाँ पनि ‘आशिष् पाउनेछन्’ भन्ने प्रतिज्ञा होइन यो ‘आशिष् पाएका छन्’ भन्ने तथ्य हो ।
परमेश्वर पिताले आशिष् दिन सक्नुहुन्छ अथवा दिनुहुन्छ भनी विश्वास गर्नु एउटा कुरो हो, परमेश्वर पिताले आशिष् दिनुभएको छ भनी विश्वास गर्नु अर्कै कुरा हो । ‘दिनु हुनेछ’ भनेर विश्वास गर्नेहरू आशिष् कहिले पाइने हो भनेर पर्खिरहन्छन्, ‘दिनुभएको छ’ भनी विश्वास गर्नेहरू हामीले पाएका छौं भन्ने जानेर धन्यवाद, प्रशंसा चढाइरहेका हुन्छन् । तपाईंचाहिँ कुन थरी ? ‘पाउनेछौं’ भनेर पर्खिरहने कि ‘पाएका छौं’ भनेर धन्यवाद चढाउने ?
प्रार्थनाको सम्बन्धमा पनि प्रभु भन्नुहुन्छ, — ‘यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ
(मर्कुस ११:२४) । पाउने छौं भन्ने आशाले जहिले पनि प्रार्थनाको उत्तरलाई हामीबाट टाडो भविष्यमा नै राख्तछ । पाएका छौं भन्ने विश्वासले प्रार्थनाको उत्तर हाम्रो नजीकै वर्तमानमा हाम्रो हातमै राखिदिएको हुन्छ । १ यूहन्ना ५:१५ ले पनि भन्दछ, ‘हामीले प्रार्थनामा जेसुकै मागेता पनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ ।’ १४ पदमा हामी पढ्छौं, ‘…उहाँको इच्छाबमोजिम जे मागेतापनि उहाँले हाम्रो सुन्नुहुन्छ ।’ प्रार्थना सुनेर प्रार्थनाको उत्तर दिनुहुने परमेश्वर पिताबाट हाम्रो प्रार्थनाको सुनुवाई भइसकेको छ भन्ने थाहा पाएपछि प्रार्थनाको उत्तर उहाँबाट आउने कुरामा हामी पूरा निश्चित बन्न सक्छौं ।
लाजरसको चिहानबाहिर राखिएको ठूलो ढुङ्गो हटाउने आदेश प्रभुबाट पाएपछि मार्थाले भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला किनकि त्यो मरेको चार दिन भइसक्यो ।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्‍यौ भने परमेश्वरको महिमा देख्नेछौ ? (यूहन्ना ११:३९–४०) । आफ्नै आँखाले देखेपछि मात्र विश्वास गर्छौं भन्ने थोमाहरूलाई प्रभु भन्नुहुन्छ, आँखाले देखेपछि विश्वास गर्ने कुरै उठ्दैन । आँखाले देखेपछि मलाई प्राप्त भइसकेछ भन्ने कुरा थाहा पाइहालिन्छ फेरि किन विश्वास चाहियो ? परमेश्वरको महिमा देख्नु हो भने हामीले उहाँमा र उहाँको सामर्थमा विश्वास गर्नुपर्छ । हामी विश्वासीहरू दृष्टिले होइन तर विश्वासले हिँड्ने प्राणीहरू हौं (२ कोरिन्थी ५:७) ।
परमेश्वर पिताले हामीलाई ख्रीष्टमा सबै आशिष्हरू दिइसक्नुभएको छ । हाम्रो आत्मा, प्राण, शरीरका लागि चाहिने सबै आशिष्हरू हामीलाई ख्रीष्टमा प्राप्त भइसकेको छ । ख्रीष्ट येशूमा हामीलाई दिइएको मुक्ति भित्रनै आत्माको लागि मुक्ति, पाप–क्षमा, स्वर्ग जाने निश्चयता, पुत्रत्वको अधिकार र अरू सबै आत्मिक आशिष्हरू राखिएका छन् । प्राणको लागि शान्ति, आनन्द, छुट्कारा, स्वतन्त्रता, शुद्धता, पवित्रता, साहस, धीरज, ज्ञान, बुद्धि र अरू मानसिक आशिष्हरू साथै शरीरको लागि भोजन–वस्त्र, धन–सम्पत्ति, स्वास्थ्य, चंगाई–आरोग्यता, बल, शक्ति, सामर्थ, उन्नति इत्यादि सबै भौतिक आशिष्हरू यही मुक्तिभित्र नै छन् । यी सबै कुराहरू हामीलाई ख्रीष्टमा प्राप्त भइसकेको छ । अब फेरि उहाँले दिइसक्नुभएका कुराहरू नै ‘दिनुहोस्’ भनेर माग्नुको सट्टामा ‘यी आशिष्हरू दिनुभएको लागि धन्यवाद पिता ! भन्दै विश्वासको हात बढाएर यी आशिष्हरू लिई उपभोग गर्दै जानु नै सफल ख्रीष्टिय जीवनको विशेषता हो ।
‘जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र ?’ (रोमी ८:३२) ।
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “सबै थोक तिमीहरूकै हुन् ।”
के तपाईं विश्वास गर्नुहुन्छ ?

आजको गहिराइले भोलिको उचाइ निर्धारित गर्दछ – पाष्टर रोबर्ट कार्थक

May 9, 2013 | Articles  

जग बलियो भयो भने घर बलियो हुन्छ । ठूला–ठूला उच्च भवनहरू गगनचुम्बी अट्टालिकाहरूको जग पनि गहिरो गएको हुनुपर्छ र मात्र ती घरहरू अग्लो जान सक्छन् । हुनलाई घरको जगचाहिँ जमीनभित्र लुकेर रहने भाग मात्र हो तर घरको निम्ति त्यो महत्त्वपूर्ण हुन्छ । बाहिरबाट कसैले नदेखे तापनि त्यसले नै घरलाई ठीक ठाउँमा थामिराखेको हुन्छ । बलियो जग नभएको घर जत्तिकै भव्य, असल, बलियो देखिए तापनि त्यो अत्यन्तै कच्चा हुन्छ र चाँडै नै भत्कन सक्छ । यसैले बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि बनायो । लूका ६:४८ मा प्रभुले घर बनाउने एकजना बुद्धिमान मानिसको बारेमा बताउनुभएको छ, जसले गहिरो खनेर चट्टानमाथि घर बसाल्यो । लूका ६:४९ पदमा उहाँले घर बनाउने अर्को मूर्ख मानिसको बारेमा पनि बताउनुभएको छ, जसले जमीनमाथि जगबिनाको घर बनायो । एकजनाले गहिरो खनेर चट्टानमाथि घर बसाल्यो, अर्कोले अलिअलि मात्र खनेर बालुवामाथि घर बनायो । पहिलो मानिसले धेरै परिश्रम गर्‍यो, धेरै पसिना बगायो, धेरै पैसा खर्च गर्‍यो, धेरै समय लगायो, उसको घर धेरै महँगो भयो । दोस्रो मानिसले थोरै परिश्रम गर्‍यो, थोरै पसिना बगायो, पैसा र समय पनि थोरै खर्च गर्‍यो, उसको घर धेरै सस्तो भयो । दोस्रो मानिसले भन्दा कम्ती समय, कम्ती खर्च, कम्ती परिश्रममा पहिलो मानिसको जस्तै देखिने असल दामी घर बनाएकोले संसारको दृष्टिमा दोस्रो घर बनाउने मानिस पहिलो मानिसभन्दा धेरै ज्ञानी, धेरै सिपालु, धेरै जान्ने ठहरियो । संसारले उसलाई पहिलो मानिसभन्दा बुद्धिमान ठहर्‍यायो । पछि पानी पर्‍यो, बाढी आयो, हुरी चल्यो । त्यसपछि मात्र वास्तवमा कुनचाहिँ मानिस बुद्धिमान रहेछ भन्ने कुरा प्रमाणित भयो । बालुवामाथिको घर भत्केर नाश भयो, चट्टानमाथि बनिएको घर मात्र अडेर बस्यो ।
सबै कुरा सजिलै, छिट्टै, प्रशस्तै खोज्ने युगमा हामी जिइरहेका छौं । इन्स्ट्यान्ट टी, इन्स्ट्यान्ट कफी, दुई मिनटको तैयारी चाऊ चाऊ, भात–तरकारी खानेकुराहरू सबै एकैक्षणमा तैयार हुने, फास्ट–फुड सेन्टरमा चाँडै खानेकुरा पाइने, माइक्रो–वेभ–ओभनमा एक दुई मिनटमै खाना तात्तिने, यो सुविधै–सुविधाको जमाना । कम्प्यूटर, इन्टरनेट, मोबाइलको युग हो यो । टाढा टाढाको खबर पनि मिनट मिनटमा प्राप्त हुने, साथै एस.एम.एस. गरेर झट्टै अरूलाई सुसमाचार पठाउन सक्ने सजिलो समयमा हामी जिइराखेका छौं । मण्डली निर्माण काममा पनि हत्तार–हत्तार सबै कुरा चाँडै–चाँडै सजिलैसँग, बिना झंझट, बिना प्रार्थना, बिना उपवास सिध्याउने विचार हाम्रो हुन सक्छ ।
एकजना कविले भनेका छन्,
‘Errors like bubbles on the surface flow,
He that searches pearls must dive below.’
‘भूल कुराहरू पानीका फोकाहरूझैँ धरातलमै तैरिरहन्छन्, मोती खोज्ने मानिसले चाहिँ तल डुबुल्की मार्नुपर्छ ।’ पानीका फोकाहरू त हावा मात्र हुन्, धरातलमै तैरिरहने । सक्कली मोतीचाहिँ समुद्रको गहिराइमा सिप्पीभित्र मात्र पाइन्छ । मोतीखोरहरूले समुद्रको फेदीसम्म गएर ती बटुलेर ल्याउँछन् । मण्डली–निर्माण तथा आफ्नै चरित्र–निर्माणको काममा पनि हत्तार गरेर काम बिगार्नको सट्टामा धैर्यसाथ प्रभुको समय तालिकाअनुसार पवित्र आत्माको निर्देशन र नियन्त्रणमा अघि बढ्दै जानु असल हुन्छ । १ कोरिन्थी ३:१०–१५ मा बताएअनुसार बसालिएको जग ख्रीष्टमाथि काठ, घाँस र परालको होइन तर सुन, चाँदी तथा बहुमूल्य पत्थरको असल पक्की घर बनाउनुपर्छ । हामीले समय लगाएर राम्ररी ध्यानपूर्वक गर्नु असल हुन्छ । परिपक्वता एकै रातमा आउँदैन । माथि माथिका हावाका फोकाहरू मात्र खोज्नेहरूले समुद्रको तहमा लुकेर रहेका बहुमूल्य मोतीहरू भेटाउन सक्तैनन् ।
किनारामा रहेर सजिलैसँग थुप्रै माछा पक्रने सपना देख्ने मछुवाहरूलाई प्रभु भन्नुहुन्छ, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्नो जाल हान” (लूका ५:४) । किनारामा सुविधा हुन्छ, सुरक्षा हुन्छ, सजिलो हुन्छ । पौडन पनि पर्दैन, पानीमा हिँडे पुग्छ । गहिरोमा गाह्रो हुन्छ, सजिलो हुँदैन, सुविस्ता हुँदैन, ज्यानको खतरा पनि हुन सक्छ । तर माछा पक्रने हो भने हामीले आँट पनि गर्नुपर्छ, मूल्य चुकाउन पनि तैयार हुनुपर्छ । किनारामा उभेर गहिरोमा जाने आँट नगर्ने मछुवाहरूले रातभरि जाल हाने तापनि ठूला–ठूला माछा पक्रन सक्तैनन् ।
एफिसी ४:९–१० मा येशू ख्रीष्ट प्रभुको बारेमा लेखिएको छ, “अब यो ‘उच्चमा चढिजानुभयो’ भनेको चाहिँ के हो ? केबल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो । उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरैमाथि चढिजानुभयो …।” उहाँ पहिले ओर्लनुभयो त्यसपछि मात्र उच्चमा चढिजानुभयो । उहाँ होच्याइनुभएको र उच्च पारिनुभएको कुरो फिलिप्पी २:६–११ मा पनि राम्ररी बताइएको छ । परमेश्वरको स्वरूपमा भएर पनि उहाँले आफैलाई होच्याउनुभयो, उहाँ मानिस बन्नुभयो, कमारो बन्नुभयो, त्यसपछि बलिदान हुनुभयो र अन्त्यमा मुर्दा पनि बन्नुभयो । उहाँले आफैलाई यस प्रकारले होच्याउनु–
भयो । “त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो ।”
याकूब ४:१० मा लेखिएको छ, “प्रभुको सामने आफैलाई विनम्र तुल्याओ (‘होचो पार’), उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ ।” यो कुरो १ पत्रुस ५:६ मा पनि लेखिएको छ । आफैलाई होच्याउने काम हाम्रो हो, हामीलाई उच्च पार्ने काम परमेश्वरको हो । लूका १८:१४ ले भन्दछ, “…किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।” प्रधानदूत लुसिफरले पनि आफैलाई परमेश्वरको सामने उच्च पार्न चाहेको थियो तर त्यो होच्याइयो (यशैया १४:१२–१५) । येशू प्रभुले आफैलाई होच्याउनुभयो अनि उहाँ उचालिनुभयो । मानिस जति तल होच्याइन्छ उति माथि उचालिन्छ ।
परमेश्वरले आफ्ना मानिसहरूको विषयमा यसरी भन्नुभयो, “यहूदाका कुलबाट बचेर रहेकाहरूले चाहिँ फेरि तलतिर जरा हाल्नेछन् अनि माथि फल फलाउनेछन्” (यशैया ३७:३१) ।
जराले रूखलाई स्थिर गरी खडा राख्ने काम मात्र गर्दैन तर त्यसलाई फलवन्त पनि बनाउँछ । रूखका जराहरू खोलाको किनारसम्म फैलिएको छ भने चर्को घाम लाग्दा पनि त्यो रूख डराउँदैन किनभने त्यसका पातहरू सधैँ हरियै रहन्छन्, खडेरी पर्दा त्यसलाई केही चिन्ता हुँदैन किनभने त्यसले फल फलाउन थाम्दैन (यर्मिया १७:८) । जुन मानिसले आफ्नो जरा पवित्र आत्माको बगिरहेको जिउँदो पानीसम्म पुर्‍याएको हुन्छ त्यसलाई पानीको अभाव कहिल्यै हुँदैन । चर्को घाम लाग्दा वा वृष्टि नभएर खडेरी पर्दा पनि त्यसका पातहरू हरियै रहन्छन् अनि त्यसले फल फलाइरहन्छ (भजनसंग्रह १:३) ।
प्रभुसँग हाम्रो संगतिको जरा जति तलतिर जान्छ, बोट उति माथितिर बढ्छ । फल जमीनमाथि बोटमा फल्छ, खनेर निकाल्नुपर्ने माटोमुनिको तरूल वा कन्दमूल जस्तो होइन । जरा बोटको लुकेको अभिन्न भाग हो, गुप्त भाग हो । यो कसैले नदेख्ने भाग हो । आत्मिक अर्थमा यो परमेश्वरको संगतिमा बिताइने प्रार्थनाको गुप्त जीवन, परमेश्वरको वचन पढ्ने र मनन गर्ने गुप्त जीवन, परमेश्वरको ध्यानमा बिताइने गुप्त जीवन हो । यो जीवन गुप्तमा रहन्छ, अरू कसैले पनि यो जीवन देख्न सक्तैन । यही जीवनले हामीलाई जस्तै अप्ठ्यारो समयमा पनि स्थिर रहनसक्ने बनाउँछ साथै फलवन्त बनाउँछ । जरा जति गहिरो गएको हुन्छ बोट उतिनै स्थिर रहन्छ र फलवन्त हुन्छ । तर गहिरो जरा नभएका रूखहरू हुरी बतासले सजिलै ढाल्न सक्छ । मत्ती १५:१३ मा प्रभुले भन्नुभएको छ, “मेरा पिताले नरोपेको हरेक चाहिँ उखेलिने छ ।”
बीउ छर्नेको उखानमा भनेझैँ थोरै मात्र माटो भएको चट्टानमाथिको जमीन त्यो मान्छे जस्तो हो जसले वचन सुनेर खुशीसित वचन ग्रहण गरे तापनि जरा नहुनाले केही समय त विश्वास गर्छ तर परीक्षाको बेलामा पछि हटिहाल्छ (लूका ८:१३) । जरा नहुने बोट वचनको खातिर आउने परीक्षाहरूमा स्थिर रहन सक्तैन । जरा नहुने रूखहरू ती ख्रीष्टमस–ट्रीहरू जस्ता हुन्छन् । जसले केही सोच्न नसक्ने साना–साना निर्बोध बाल–बालिकाहरूलाई झुक्याउनलाई राता–रात, राम्रा–राम्रा उपहारहरूका फल फलाउँछन् । ती रूखहरूले फलाएका फल सक्कली होइनन् । आमा–बाबुहरूले स–साना छोराछोरीहरूलाई भुलाउन जरै नभएका रूखहरूमा झुण्ड्याएर बाल–बालिकासरह आफ्ना भरखर प्रभुमा बढ्न लागेका भाइ–बहिनीहरूलाई हामीले धोखामा राख्नु हुँदैन । असल सक्कली फल फलाउनलाई प्रार्थना, स्तुति प्रशंसा, वचन–पाठ, संगतिका विभिन्न क्षेत्रमा गहिरो गरी जरा गाड्नुपर्छ । प्रभुसँगको गहिरो गुप्त सम्बन्धमा हामी अझ गहिरिएर जानुपर्छ । हामीले प्रभुमा तलतिर जरा हाल्नुपर्छ र मात्र हामी उहाँको निम्ति माथितिर फल फलाउन सक्नेछौं ।

उपवासको बारेमा बाइबलले के भन्छ? – पाष्टर महेश प्रसाद थान्जु

April 15, 2013 | Articles  

मैले इसाई उपवासको सम्बन्धमा कतिपय घतलाग्दा कुराहरू यहाँ साथै उपत्यका बाहिरका कतिपय मण्डलीहरूलाई बेला–बखतमा सिकाएको छु । अन्य पुस्तक–पत्रपत्रिका कम तर धर्मशास्त्रलाई नै आधार बनाएर यो लेख तयार गर्ने काम भएको छ । मेरो व्यक्तिगत धारणामा, वर्तमानको भौतिकवादले अत्यन्तै ग्रस्त पारेको हाम्रो जीवनशैली तथा उत्तरआधुनिक दर्शनद्वारा प्रभावित सोचाइ भएका हामी इसाईहरू अब विगतमा भन्दा पनि बढी समय उपवाससहितको प्रार्थनामा बिताउने बेला आइसक्यो । यो लेखले इसाई उपवासप्रतिको हाम्रो परम्परागत धारणालाई अलिकता खल्बल्याउन सक्ने सम्भावना रहेतापनि त्यसमा सकारात्मक सुधार ल्याउने अपेक्षा मैले राखेको छु ।
मण्डलीमा उपवाससहितको प्रार्थना राख्नु हाम्रो नियमित परम्परा हो । स्वेच्छाले बेला–बखतमा आफ्नो निजी उपवास राख्नु पनि हाम्रो इसाई परम्परा हो । यदाकदा इसाई समुदायबाट मण्डलीको विशेष खाँचोलाई ध्यानमा राखी वृहत सामुहिक उपवासको आह्वान पनि हुने गरेको छ । हालसालै एक मण्डली–सन्दर्भित संस्थाले चालीस दिने उपवाससहितको प्रार्थनाको निम्ति आह्वान गरेको छ । वास्तवमा इसाई उपवास के हो, कस्तो हो, र यसले हाम्रो निजी आध्यात्मिक क्रियाकलापमा कस्तो भूमिका खेलेको हुनुपर्दछ भन्ने यस लेखको आशय हो । धर्मशास्त्र अनि विभिन्न श्रोत सामग्रीको सहयोग लिएर तयार पारिएको यस लेखबाट हाम्रा दिनहुँको आध्यात्मिक अभ्यासमा हामी सबैलाई भविष्यमा अझ धेरै उत्साह र प्रेरणा मिल्न सकोस् । प्रार्थनासहित पढ्दै जाऔं ।
धर्मशास्त्रले कतै पनि हामी इसाईहरूलाई “उपवास बस” भनीकन प्रत्यक्ष रूपमा आज्ञा गरेको छैन । परमेश्वरले हाम्रो निम्ति उपवासलाई अपरिहार्य बनाउनुभएको छैन । तर हाम्रा निम्ति उपवासचाहिँ लाभदायक, हितकारी र असल छ भनी बाइबल धर्मशास्त्रले बताउँछ । प्रेरितको पुस्तकमा, कतिपय अवसरहरूमा विश्वासीहरूले उपवास गरेको उदाहरण पाइन्छ (१३:४; १४:२३) । प्रार्थना र उपवास प्रायः साथसाथै जाने कुराहरू हुन् जस्तो हामीलाई लाग्दछ (लूका २:३७; ५:३३) । उपवास भनेकै निराहार बस्नु हो भन्ने कुरामा हामी जोड दिने गर्दछौं । तर वास्तवमा यस संसारका कुराहरूबाट निवृत्त भएर आफ्नो मन र चित्त परमेश्वरमा पूर्ण रूपमा लगाउनु उपवासको अभिप्राय हो । उपवासको समय परमेश्वरसितको हाम्रो सम्बन्धमा गहिरिएर जाने समय हो । हरेक उपवासको समयमा परमेश्वरसितको हाम्रो सम्बन्धले प्राथमिकता पाउनु पर्दछ । नियमित गरिने उपवासले परमेश्वरप्रतिको हाम्रो आस्था र भरोसा अनि दृष्टिकोणमा वृद्धि ल्याउन मदत गर्दछ ।
अस्थायी रूपमा भोजन त्याग्नु उपवास हो भनीकन हामी बुझ्दछौं, तथापी उपवासको अर्थ अस्थायी परहेज पनि हुन सक्तछ । प्रार्थनाद्वारा दत्तचित्त भएर परमेश्वरमा लागिरहनका निम्ति गरिएको कुनै पनि प्रकृतिको परहेज उपवास हुन सक्तछ । हाम्रो दैनिक क्रियाकलापभित्र पर्ने कतिपय गतिविधिबाट हामी परहेज गर्न सक्तछौं । जस्तै – मोबाइल-टेलिफोनको परहेज, पत्र–पत्रिकाको परहेज, निद्राको परहेज, मनोरञ्नका साधनहरूको परहेज आदि इत्यादि (लेवी १६:२९ र ३१; २३:२७, २९, ३२) । पति–पत्नीले गर्नुपर्ने परहेजका सम्बन्धमा पनि १ कोरिन्थी ७:१–५ ले बताएको छ । उपवासको समय स्वयंलाई इन्कार गर्ने समय हो । लेवी २३ अध्यायको पदहरू २७, २९ र ३२ मा प्रयोग भएको हिब्रू शब्द “अःनाः” को अर्थ “स्वयंलाई कष्ट दिनु, होच्याउनु वा निर्बल बनाउनु” भन्ने हुन्छ । यसो हेर्दाखेरि यसबाट क्रूसको चित्र हाम्रो सामुन्ने आउँछ । त्यसो भए के हामीले उपवास र क्रूसलाई अलग्ग गर्न सकौंला त ? यसैकारण धर्मशास्त्रले यसलाई “आफैलाई इन्कार गर्ने” समय भनेर संकेत गरेको छ ।
इसाई उपवासको अभिप्राय नियमित गतिविधि र क्रियाकलापबाट परहेज गरेर एउटा निश्चित समय वा अवधिभित्र हाम्रो चित्त र मनलाई परमेश्वरमा केन्द्रित गर्नु हो । उपवासको उद्देश्य शरीरको वजन घटाउनका लागि होइन । यो पनि विचार गरौं । उपवासको समय परमेश्वरसित घनिष्ठ हुने र उहाँको अझैँ नजीक जाने समय हो । परमेश्वरसितको सधैँको नियमित र सामान्य संगतिभन्दा अझैँ गहिरो र अर्थपूर्ण संगतिको समयभित्र उहाँमा प्रवेश गर्ने समय हो । उपवासको समय छाक छोड्ने होइन । पाप छोड्ने समय हो । उपवास भनेर छाक त छोड्छौं तर पाप छोड्दैनौं कि कसो ? नयाँ करार बाइबलमा येशू प्रभुले भन्नुभएको “उपवास” शब्दको अर्थ मूलभाषामा “धार्मिक वा आध्यात्मिक अभिप्रायले भोजन त्याग्नु” भन्ने हुन्छ । कसैले भनेका छन् कि उपवासको घडीचाहिं संसारका थोकहरूबाट हाम्रो ध्यान र नजर फिराएर ख्रीष्टमा हाम्रो ध्यान र नजर केन्द्रित गर्नु हो । कतिपयले ठाने झैँ यो समय परमेश्वरलाई हाम्रो मनोकाँक्षा पूरा गरिदिन दवाब दिने अवसर होइन । उपवासको कारण हामी बद्लिन्छौं, परमेश्वर होइन । उपवासको समय मण्डलीका अन्य दाजुभाइ, दिदीबहिनीहरू भन्दा बढी आत्मिकी देखापर्ने समय पनि होइन । यो कुरा मत्ती ६:१६–१८ मा येशू प्रभुले जोड दिएर भन्नुभएको छ । आगामी दिनहरूमा, हाम्रा उपवासका समयहरू अब झनै आशिषित र अर्थपूर्ण बन्ला कि ?
यहाँ साथै विदेशमा बजारका रेष्टुरेण्टहरूमा भोजनको आनन्द लिने जीवनशैली प्रायः प्रायः अँगालेका हामी कतिपयहरूका लागि यो समयमा उपवासको चर्चा गर्नु कतिको प्रासँगीक होला ? मण्डलीका सम्पूर्ण विश्वासीहरूलाई मेरो यही आग्रह छ कि यो महिनाभरी नै हामी हाम्रा परिवारसँग मीठा–मीठा भोजन र परिकारहरूको आनन्द लिइरहेको बखत पनि परमप्रभु परमेश्वरसितको हाम्रो घनिष्ठतामा कुनै आँच नआएको होस् ।

« Previous PageNext Page »