धापसी विश्रामस्थलको पर्खाल

May 4, 2012 | Articles  

हाम्रो धर्मशास्त्र बाइबलमा दुई पुस्तकहरू एज्रा र नहेम्याह पनि छन् । यी पुस्तकहरूले आज पनि हामीलाई सन्देश दिएर आह्वान गरिरहेको छ । कतिपल्ट यस्ता पुस्तक किन र केको लागि लेखिए झै लाग्छ । मण्डलीको काम संयुक्त रूपमा गर्नलाई यी पुस्तकहरूबाट हामीलाई प्रेरणा र चुनौती मिल्दछ । कार्तिक २०६० नोभेम्बर २००३ को नेइम सूचना–पत्रमा “धापासी किन प्रिय” भनी सानो लेखद्वारा केही कुराहरू जानकारी गराउने मौका मिल्यो । आज नौ वर्षपछि फेरि एज्रा र नहेम्याहको पुस्तकले दिएको प्रेरणा र चुनौतीलाई अघि सार्दैछु । धापासी समिति, स्थानीय मण्डली निर्माण समितिहरू र निर्माण विभागबाट छलफल र तय गरिएको कामलाई मण्डलीको सह– योगको अपेक्षा गर्दै, हार्दिक निवेदन यही सूचना–पत्रद्वारा गरिरहेका छौं ।
धापासी निवासी स्व. नर बहादुर खड्का दाईको पहलमा २०३१ चैत्र-मार्च १९७४ मा श्री खड्का भद्रकाली गाउँ पञ्चायतको करीब १३ रोपनी जग्गा रू. १५,००० मा श्री पी.बी. राई, श्री जनक लाल श्रेष्ठ र वीर बहादुर खवासको नाउँमा पास गरियो । दाई नरबहादुरको घर धापासीमा भएकोले यो ठाउँलाई पनि धापासी भन्न थालेछौं । २०४४ सालमा धेरै कठिनाइको सामना गर्दै, मुद्दा खेप्न परेता पनि परमप्रभु परमेश्वरले हामीलाई विजय गराउनुभयो । २०३१ तिर यो अभेग र जंगल थियो भने अहिले घना बस्तीले भरिएको छ । हाम्रा प्रियहरूलाई राखेको ठाउँ हाम्रो लागि जति नै प्रिय भएता पनि वरिपरिका छिमेकीको लागि प्रेत रहने स्थान सरह छ । हामीलाई उहाँहरूको त्रास प्रकट गर्दै राम्रा सल्लाहहरू पनि दिइराख्नुभएको छ ।
एज्रा १:१ परमप्रभुले फारेसको राजा कोरेसको हृदयलाई उत्तेजित पार्नुभयो । १:५ परमप्रभुको मानिसहरूलाई परमेश्वरले परमप्रभुको भवन पुननिर्माण गर्नलाई उत्तेजित पार्नुभयो । मानिसहरूले आह्वानलाई स्वीकार गरेर राजीखुशीले धन सम्पत्ति र अन्य थोकहरू दिए । एज्रा ७ अध्याय पूजाहारी एज्रा र तिनको दलले यरूशलेममा परमेश्वरको भवनको पुननिर्माण गरे । ६:१५ काम गरेर सिध्याए ।
नहेम्याह १:३ यरूशलेमको पर्खाल भत्काइयो । यो समाचारले नहेम्याह रोए, बिलाप गरे, उपवास बसेर स्वर्गका परमेश्वरलाई प्रार्थना गरे । १ः५ आर्ट जारसेज राजालाई भने ‘मेरा पुर्खाहरू गाडिएको शहरलाई मैले पुननिर्माण गर्न मलाई यहूदामा पठाइ– बक्सियोस् ।’ नहेम्याह १:११ उनी राजाका मद्य टक्राउनेहरूका अधिकारी थिए । १:१३ उनले राती निस्केर भत्केको पर्खालको निरीक्षण गरे । १:१७ मानिसहरूलाई आह्वान गरे । ३ अध्याय विभिन्न ४२ परिवारले खुरन्धार आफ्ना–आफ्ना भाग मर्मत गरे । यो काम ४:२० अनुसार युद्ध सरह थियो । ६:१५ एलूल महिनाको पचासौं दिनमा काम गरेर सिध्याए । मिल्दो छ – एज्रा ६:१५, र नहेम्याह ६:१५ काम गरी पुननिर्माण सिध्याए ।
अब हामी नेइमले यी पाठहरूबाट धापासी–विश्रामस्थल कबरस्थानसम्बन्धी केही सुन्यौ ? केही देख्यौं ? उत्तेजित भयौं ? प्रेरणा पायौं । निश्चय पायौं । हाम्रो काँधमा आइपरेको यो ठूलो काम गर्नलाई हामीहरूले पुननिर्माणको अवधिभरि आसन, भाषण, रासन तथा मिटिङ्ग, सिटिङ्ग, इटिङ्गलाई नहेम्याह ६:३ मा झै अहिले मेरो हातमा ठूलो योजना, म यो काम छोडी त्यहाँ आउन सक्तिन भन्न सके प्रभुको ठूलो इनाम र आशिषबाट बञ्चित हुन पर्दैन ।
यो काम हामीले पनि छिटो सिध्याउनुपर्छ ।
यर्मिया ४८:१० परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप ।
उपदेशक ९:१० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा जहाँ तिमी जान्छौ त्यहाँ केही गर्न सक्तैनौ ।
न्यायकर्ता ५:२३ मेरोजलाई सराप किनभने तिनीहरूले परमप्रभुलाई र युद्ध गर्ने मानिसहरूलाई सघाएनन् ।
१ कोरिन्थी १५:५८ पावलको प्रार्थना छ: प्रभुको काममा बढ्दैजाओ – प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन ।
नेइम कार्यकारिणी समिति बैठकले ११ मार्च २०१२ मा पारित गरेको छ: धापासीको सिमानाको पर्खाल बनाउने । आवश्यक रकम चारैवटा मण्डलीले जुटाउने । हामीलाई प्रभुले देखाउनुभएअनुसार निम्न प्रकारले सहभागी हुन सक्छौं:
१. आफैलाई काममा उपस्थित गराएर, रकम दिएर, प्रार्थनामा साथ दिएर;
२. कतिले आफैलाई काममा उपस्थित गराएर, प्रार्थनामा साथ दिएर;
३. कतिले रकम दिएर, प्रार्थनामा साथ दिएर
४. कतिले केवल प्रार्थनामा साथ दिएर
मर्कूस १४:८ यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छ ।
कामको निम्ति योग्यता —
१ तपाईंको इच्छा,
२ तपाईंको समर्पण,
३. अह्राएको जे काम गर्नलाई पनि तयारी आत्मा र नम्रता ।
विभिन्न काम— पर्खाल निर्माण, बाँस काटछाट, उम्रेको पानी जम्मा गरी उपयोग गर्ने । काम गर्नेलाई खानेकुराले बल पु¥याउने । स्थानीय मण्डलीहरूले आफ्नो रकम र विभिन्न व्यक्तिगत सहयोग भेटीहरू ज्ञानेश्वरमा डीकन रत्नमान महर्जनलाई बुझाउन हुन अनुरोध छ । कसले जान्ने हामीले जुटेर, जुटाएर एकसाथ लागिपर्‍यौं भने प्रभुको वर्ष जुन १५ ता. २०१२ तथा १५–६–२०१२ मा काम गरेर सिध्याइवरी प्रभुलाई धन्यवादको बली चढाउन पाउनेछौं ।

संयुक्त निर्माण विभाग र धापासी समिति
– पास्टर विर बहादुर खवास

ख्रीष्टमा – मरेको र फेरी बौरी उठेको जीवन

April 17, 2012 | Articles  

रोमी ४:२५ मा ख्रीष्ट येशू प्रभुको मृत्यु र पुनरुत्थानको बारेमा यसरी लेखिएको छ, ‘उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो ।’ ख्रीष्ट येशूलाई मरेकाहरूबाट जीवित नपारेसम्म हामीलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुने थिएन र उहाँको क्रूसको मृत्यु पनि अर्थहीन बन्नेथ्यो ।
१ कोरिन्थी १५:१४ मा पावल लेख्तछन्, ‘यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ ।’ १७ पदमा त उनी अझ जोड दिएर लेख्दछन्, ‘ख्रीष्ट पुनर्जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ ।’ ख्रीष्ट मरेको मरेकै हुनुभएको भए, उहाँ मरेकाहरूबाट फेरि नबिउँताइनुभएको भए, उहाँको क्रूसको मृत्यु एउटा शहीदको मृत्यु जस्तो मात्र हुने थियो । उहाँलाई पुनर्जीवित पारेर नै परमेश्वरले उहाँको मृत्युलाई एउटा विजयी मुक्तिदाताको मृत्युमा परिवर्तन गरिदिनुभयो । उहाँको पुनरुत्थानद्वारा नै परमेश्वरले ख्रीष्टको पवित्र बलिदान ग्रहण गर्नुभएको कुरो प्रमाणित गर्नुभयो र हामीलाई धर्मी ठहराउनुभयो । यसैले ख्रीष्ट येशूको पुनरुत्थानद्वारा नै उहाँको क्रूसको मृत्यु अर्थपूर्ण बन्न गएको छ र यो कुरो हाम्रो मुक्तिको निम्ति पनि अत्यन्तै महत्वपूर्ण ठहरिएको छ ।
रोमी ५:१२ मा लेखिएको छ, ‘एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।’ यही एकजना मानिसको विषयमा त्यस अध्यायका अरू कति पदहरूले पनि यसरी भन्दछन् :—
१५ पद – ‘एक जना मानिसको अपराधले गर्दा धेरै मरे’
१७ पद – ‘एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्‍यो’,
१८ पद – ‘एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने,
१९ पद – ‘एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए ।’
त्यो एउटै मानिसचाहिँ आदम थियो । त्यही एकजनाले पाप गरेकोले सबै मानव–जातिमा नै यस्तो डरलाग्दो नराम्रो असर पर्न गयो । आदमको सबै सन्तान पापी भए, दोषी ठहरिए, श्रापित भए, मृत्यु–दण्डको योग्य गनिए । पहिलो आदमको अनाज्ञाकारिताको कारण पाप संसारमा आयो र पापबाट मृत्यु आयो, त्यसरी नै अन्तिम आदम ख्रीष्टको आज्ञाकारिताको कारण पाप–क्षमा आयो र त्यसको फलस्वरूप जीवन आयो । पहिलो आदममा हामी सबै मरेका थियौं, अन्तिम आदम ख्रीष्ट येशूमा विश्वास गरेर हामी विश्वासीहरू फेरि जीवित पारिएका छौं । येशू प्रभुलाई मुक्तिदाता र प्रभु गरी ग्रहण गरेर पाएको यो जीवन नै हाम्रो नयाँ जीवन हो ।
रोमी ५:१८–१९ ले पनि भन्दछ, “यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिस दण्डका भागिदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसलाई धर्मी ठहराउने जीवन ल्यायो । किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी ठहराइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक ठहराइनेछन् ।
ख्रीष्टिय जीवनचाहिँ मरेर फेरि बौरी उठेको जीवन हो । हामी आफ्ना अपराध र पापहरूद्वारा मरेका थियौं, परमेश्वरले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो । अब हामीहरू ख्रीष्टमा जीवित प्राणीहरू भएका छौं । हामीले उहाँमा नयाँ जीवन पाएका छौं । हामी पाप र अपराधको कारण एक समयमा मरेका भएता पनि ख्रीष्ट हाम्रो निम्ति पुनर्जीवित बन्नुभयो अनि हामी पनि उहाँसँगै पुनर्जीवित भएका छौं । (एफिसी २:१,५) धर्मशास्त्रले भन्दछ, हामीले अब आफैलाई ‘जिउँदै–मरेको’ त होइन तर ‘मरेर फेरि जिउँदै’ भएको ठान्नुपर्छ । रोमी ६:११ मा पावल भन्दछन्, “त्यसै गरी तिमीहरूले पनि आफू–आफूलाई पापको लेखि मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ ।” १ पत्रुस २:२४ मा पत्रुस पनि भन्दछन्, “हामी पापको लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले त्रूmसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ ।” येशू प्रभुको पछि आउन चाहने व्यक्तिले आफ्नो क्रूस बोकेर उहाँलाई पछ्याउनुपर्छ भनेर प्रभु आफैले भन्नुभएको छ
(मत्ती १६:२४) । पावलले पनि गलाती २:२० मा लेख्छन्, ‘म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु तैपनि म जिउँछु । त्यसो भएता पनि मता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ ।’ रोमी ६:५ अनुसार ख्रीष्टको मृत्युमा हामी उहाँसँग एउटै भएको हुनाले उहाँको पुनरुत्थानमा पनि उहाँसँग एउटै हुनेछौं भन्ने कुरो निश्चय छ । ८ पदमा पावल लेख्छन्, ‘यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं ।’
२ कोरिन्थी ५:१४ मा लेखिएको छ, “…किनभने हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे ।” ख्रीष्ट येशू हामी सबैको निम्ति, हाम्रो सट्टामा, हाम्रो बदलीमा, हाम्रो ठाउँमा हाम्रो प्रतिनिधि भई मर्नुभएको हुनाले हामी पनि उहाँसँगै मरेको बराबर
भयो । अब हामीले फेरि हाम्रो प्रतिनिधिले मरिदिएको मृत्यु मर्नु पर्दैन ।
२ कोरिन्थी ५:१५ ले भन्दछ, ‘उहाँ सबैका निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचून् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो । ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो । अब हामी उहाँमा विश्वास गरेर बाँच्नेहरू उहाँको निम्ति बाँच्नुपर्छ । २० पदले भन्दछ, ‘हामी ख्रीष्टका राजदूतहरू हौं ।’ आफ्नो राज्य छाडेर राजा स्वयं जान नसक्ने अर्को राज्यमा राजाको प्रतिनिधिको रूपमा राजाको सट्टामा गएर बस्ने व्यक्ति राजदूत कहलाइन्छ । मृत्यु–दण्ड पाएका मानिसहरूलाई बचाउनलाई तिनीहरूको प्रतिनिधि भई क्रूसमा मर्नुहुने ख्रीष्ट येशू प्रभु अब हामीलाई उहाँका राजदूतको रूपमा उहाँको प्रतिनिधित्व गर्दै उहाँको सट्टामा यस संसारमा जिउन लाउन चाहनुहुन्छ ।
उहाँले हाम्रो मृत्यु मर्नुभयो, अब हामीले उहाँको जीवन जिउनुपर्छ । जसरी राजाका राजदूत भई राजाको प्रतिनिधित्व गर्ने राजदूतले आफैलाई मनपर्ने आफ्नै इच्छानुसारको जीवन जिउन पाउँदैन, त्यसरी हामी ख्रीष्टका राजदूतहरूले पनि हामी आफैले चाहे जस्तै आफ्नै खुशी खुशी जिउन मिल्दैन । ख्रीष्ट प्रभुका राजदूत भई उहाँको नाउँमा बदनामी ल्याउने जीवन हामी जिउन पाउँदैनौं । त्यसो गरेमा हामी अयोग्य ठहरिनेछौं र राजदूतको पद हामीबाट खोसिनेछ ।
पापको लेखि मरेको तथा धार्मिकताको लेखि जिएको यो जीवन हामी आफैले आफ्नो कोशिषद्वारा जिउन सक्तैनौं । यसैले गलाती २:२० मा पावल भन्दछन्, ‘म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, तै पनि म जिउँछु । त्यसो भएता पनि म ता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ, र जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरको पुत्रको विश्वासमा जिउँछु, जसलेमलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफैलाई समर्पण गर्नुभयो ।’
पवित्र आत्माद्वारा नै ख्रीष्ट येशू हामीमा यो जीवन जिउनुहुन्छ । रोमी ८:११ मा पावल भन्दछन्, ‘यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनु हुनेछ ।
– पास्टर रोबर्ट कार्थक

ख्रीष्टमा सराप-मुक्त एवं आशिष प्राप्त जीवन

March 5, 2012 | Articles  

पुरानो करारअनुसार व्यवस्था पालन गर्नेहरूले परमेश्वरबाट आशिष् पाउँथे, नगर्नेहरूले सराप पाउँथे । सबै मानिसहरू श्रापित नै ठहर्दथे कारण कसैले पनि व्यवस्था पालन गर्न सक्तैनथ्यो । व्यवस्था पालन गर्नेले पूरा पूरा पालन गर्नु पर्दथ्यो । व्यवस्था पूरा पालन गरेर पनि खालि एउटैमा मात्र चुक्यो भने पनि ऊ पूरै व्यवस्था–उलङ्घनको दोषी ठहर्दथ्यो । मोशाले व्यवस्था ६:२५ मा भन्दछ, ‘उहाँका आदेशबमोजिम उहाँका दृष्टिअगि परमप्रभु हाम्रा परमेश्वरका यी सबै आज्ञा पालन गर्‍यौं भने त्यही नै हाम्रो धार्मिकता हुनेछ ।’ उनीहरूको धार्मिकता उनीहरूको आज्ञापालनमा निर्भर गर्दथ्यो । गलाती ३:१० मा पनि लेखिएको छ, ‘व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्त्रमा यसो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ ।’ याकूब २:१०–११ ले पनि भन्दछ, ‘किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ । किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो उहाँले ‘हत्या नगर्’ पनि भन्नुभयो । तसर्थ यदि तिमी व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाका अपराधी भएका छौ ।’ पुरानो करारमा सबै मानिसहरू परमेश्वरको सामु दोषी ठहरिएथे कारण कसैले पनि व्यवस्था पूरा पालन गर्न सकेनन् । पुरानो करारको व्यवस्थामा परमेश्वरका आज्ञाहरू “यो गर्, यो नगर्” मात्र थियो । आज्ञा पालन गर्न नसक्ने दोषी ठहराइन्थे, श्रापित हुन्थे, दण्डको योग्य गनिन्थे ।
दोषी ठहरिएका श्रापित पापीहरूको यो दयनीय अवस्था देखेर प्रेम गर्ने परमेश्वरले मानिसहरूसँग एउटा नयाँ करार बाँध्नुभयो । व्यवस्था पालन गर्न नसक्ने भएकोले हामी पनि उहाँको दृष्टिमा श्रापित बनेका थियौं । हामी पनि दण्ड–योग्य भएका थियौं । परमेश्वरले हाम्रा सबै पापको दण्ड ख्रीष्ट येशूलाई भोग्न लाउनुभयो । उहाँलाई हाम्रो निम्ति सराप बनाउनुभयो, श्रापित बनाउनुभयो (गलाती ३:१३, व्यवस्था २१:२३) । उत्पत्ति ३:१८ अनुसार आदमको पापको कारण जमीन श्रापित भयो र काँडा र सिउँडीहरू उमार्न लाग्यो । काँडाको मुकुट लगाएर ख्रीष्ट प्रभुले क्रुसमा सम्पूर्ण आदम जातिको सराप आफैमाथि बोक्नुभयो । येशूले त कहिल्यै पाप गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पापलाई चिन्नुभएको पनि थिएन । उहाँलाई नै परमेश्वरले हाम्रो निम्ति पाप बनाउनुभयो । उहाँ आफैले सराप बनी हामीलाई व्यवस्था–उलङ्घनको सरापको दण्डबाट मोल तिरेर मुक्त गरिदिनुभयो । उहाँले हाम्रो दण्ड भोगिदिनुभयो । हामीले मर्नुपर्ने मृत्यु मरिदिनुभयो, हामीले भोग्नुपर्ने दण्ड भोगिदिनुभयो । हामीले तिर्नुपर्ने ऋण तिरिदिनुभयो । अब हामीले त्यो मृत्यु मर्नु पर्दैन, त्यो दण्ड भोग्न पर्दैन, त्यो ऋण तिर्नुपर्दैन कारण येशू आफैले हाम्रो निम्ति सबै कुरा गरिदिनुभएको छ । रोमी १०:४ ले भन्दछ, ‘किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनुहुन्छ ।’ पुरानो करारअनुसार मानिसहरू व्यवस्था पालन गरेर आफ्नै धार्मिकता कमाउने कोशिष गर्थे, अब नयाँ करारअनुसार मानिसहरू ख्रीष्ट येशूको क्रुसको महा पवित्र बलिदानमा विश्वास गरेर परमेश्वरको धार्मिकता सित्तैंमा प्राप्त गर्छन् । आफ्नै धार्मिकता कमाउनलाई पुरानो करारका आज्ञाहरू अब हामीले पालन गर्नुपर्ने आवश्यकता छैन । खाली ख्रीष्ट येशूले हाम्रो निम्ति क्रुसमा गरिदिनुभएको कुरामा विश्वास गरे पुग्छ । जो कुरा ख्रीष्ट प्रभुले हाम्रो निम्ति गरिसक्नुभएको छ, त्यो हामीले फेरि दोहोर्‍याएर गर्नुपर्ने आवश्यकता छैन । अब उहाँले हाम्रो निम्ति क्रुसमा गरिदिनुभएको कुरोमा विश्वास मात्र गरे पनि पुग्छ । यूहन्ना ६:२८–२९ मा मानिसहरूले येशू प्रभुलाई सोधेथे, ‘परमेश्वरको काम गर्नलाई हामीले के गर्नुपर्छ ? प्रभुले भन्नुभएथ्यो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनुभयो, उहाँमाथि विश्वास गर ।’ रोमी ८:१–२ मा लेखिएको छ, “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन । पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनको आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ ।” हामी ख्रीष्ट येशूमा भएकाहरू अब दण्ड–मुक्त भएका छौं, सराप–मुक्त भएका छौं । कसैले अब हामीलाई दोषी ठहराउन सक्दैन । रोमी ८:३३–३४ ले भन्दछ, ‘परमेश्वरका चुनिएकाहरूका विरूद्धमा कसले अभियोग लाउने ? धर्मी ठहराउनुहुने परमेश्वर नै हुनुहुन्छ । दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।’
“जुन प्राणीले पाप गर्छ त्यो मर्छ” भन्ने न्याय परायण एकमात्र सत्य परमेश्वरले आफ्नो कुरा बदलेर पाप गर्ने पापी मानिसहरूलाई प्रेम गरी सित्तैंमा मुक्ति दिँदा परमेश्वरको सत्यवादितामा कुनै प्रकारको आँच पर्न जाँदैन र भन्ने प्रश्न उठ्न सक्छ । पाप गर्ने पापीले पापको दण्ड त पाउनैपर्ने हो । दया–माया गरेर उसलाई त्यसै छोडिदिनु कतिसम्म न्यायोचित ठहर्छ ? त्यस अवस्थामा परमेश्वरको विरूद्धमा कसैले दण्डहीनताको दोष लाउन सक्दैन र ?
यदि पापी मानिसहरूलाई माया गरेर, टिठाएर परमेश्वरले तिनीहरूलाई त्यसै क्षमा गरिदिनुभएको भए त्यो कुरा अत्यन्तै अनुचित ठहर्ने थियो तर परमेश्वरले त्यसो गर्नुभएन । उहाँले पापी मानिसहरूको पापको दण्ड उहाँको निर्दोष निष्पाप पुत्रलाई भोग्न लाउनुभयो । येशू प्रभुले त पापै गर्नुभएको थिएन, उहाँमा पाप थिएन, उहाँले पापलाई चिन्नु पनि भएको थिएन । उहाँलाई नै परमेश्वरले हाम्रो पापको सम्पूर्ण दण्ड भोग्न लाउनुभयो । उहाँ निष्पाप हुनुहुन्थ्यो, नत्रता उहाँले आफ्नै पापको दण्ड भोग्न पर्नेथ्यो, अरूहरूको पापको दण्ड भोगिदिन सक्नुहुने थिएन । हाम्रो मुक्तिदाता बन्न सक्नुहुने थिएन । यसर्थ परमेश्वरलाई कसैले दण्डहीनताको दोष लाउन पाउँदैन । उहाँले आफ्नो कुरा बद्लनु भएन । उहाँले दण्ड दिनुभयो । हामीलाई होइन, प्रभु येशूलाई । येशू प्रभुलाई हाम्रो पापको दण्ड भोग्न लाएपछि उहाँले हामीलाई फेरि हाम्रो पापको दण्ड भोग्न लाउनुहुन्न । हाम्रो मुक्ति सित्तैंको मुक्ति हो, तर सस्तो किसिमको होइन । परमेश्वर पिताले आफ्नो एकमात्र प्यारो पुत्रलाई बलिदान दिएर ठूलो मूल्य चुकाउनु पर्‍यो । येशू प्रभुले पनि आफ्ना सर्वस्व नै त्याग्नुभयो । आफ्नो प्राण नै दिनुभयो । सित्तैंमा पाइने मुक्ति सस्तो थिएन । पुरानो करारका सबै सरापहरूले अब हामी विश्वासीहरूलाई दुःख दिन पाउँदैनन् किनकि येशू प्रभुले सराप बनेर हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभएको छ । गलाती ३:१४ ले भन्दछ, “उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो
ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं । परमेश्वरले अब्राहामलाई भन्नुभएको थियो, “तँमा नै सबै जातिले आशिष् पाउनेछन् ।” अब्राहामको आशिष् पाउनलाई हामी सबै पहिले अब्राहामको
सन्तान हुनु पर्नेथ्यो । गलाती ३:७ मा लेखिएको छ, “यसकारण तिमीहरूले यो जान कि जस–जसले विश्वास गर्छन् तिनीहरू नै अब्राहामका सन्तान हुन् ।” गलाती ३:९ अनुसार विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन् । फेरि गलाती ३:२९ पदले भन्दछ, ‘यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।’ यसरी नै ख्रीष्ट येशूले हाम्रा निम्ति सराप बनेर हामीलाई व्यवस्थाका सरापबाट मोल तिरेर छुटाउनु मात्र भएन तर हामी अन्यजातिहरूलाई विश्वासद्वारा अब्राहामको सन्तान बनाई अब्राहामको आशिष्को भागिदार पनि बनाउनुभएको छ । हामीले विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा पनि प्राप्त गरेका छौं । अब हामी विश्वासीहरू ख्रीष्टमा सराप–मुक्त भएका छौं साथै आशिष–प्राप्त पनि बनेका छौं । पुरानो करारका सबै सबै सरापहरूले अब हामी ख्रीष्टमा भएकाहरूलाई छुन पनि पाउँदैन साथै हामी ख्रीष्टमा विश्वास गर्ने सबैलाई अब्राहामको आशिषहरूको भागिदार बन्ने सौभाग्य प्राप्त भएको छ । त्यति मात्र होइन, हामीले प्रतिज्ञा गरिएको पवित्र आत्माको छाप, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको अभिषेक र पवित्र आत्माको भरपूरी पनि पाएका छौं । परमप्रभु परमेश्वरलाई धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!

– पाष्टर रोबर्ट कार्थक

ख्रिष्टमा विश्रामको जिवन

February 27, 2012 | Articles  

इस्राएलीहरूले सुनको बाछो बनाएर पुजेको कारण परमप्रभु तिनीहरूसँग साह्रै नै क्रोधित हुनुभयो । उहाँले मोशालाई भन्नुभयो, “…म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु…तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका मध्यमा हिँड्ने छैन, नत्र ता बाटैमा म तिमीहरूलाई नाश पारूँला ।”…इस्राएलीहरूलाई भन, तिमीहरू हठी मानिस हौ म एकक्षणको निम्ति पनि तिमीहरूका मध्यमा आएँ भने म तिमीहरूलाई भस्म पार्ने छु (प्रस्थान ३३:२–३, ५) ।
आगो र बादलको खाँमामा भएर तिनीहरूलाई बाटो देखाउनुहुने परमेश्वर नै तिनीहरूसँग नजानुहुने भएकोले मोशाले परमेश्वरलाई भनेथे, “बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस् ।” अनि उहाँले मोशालाई भन्नुभयो, “मेरो उपस्थिति नै तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु ।” तिनले उहाँलाई भने, यदि तपाईंको उपस्थिति मसँग गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् (प्रस्थान ३३:१३–१५) ।
ती हठी इस्राएलीहरूका निम्ति परमेश्वरसँग जानुभन्दा स्वर्गदूतसँग जानु नै धेरै सजिलो हुनेथ्यो । तिनीहरूले स्वर्गदूतबाट कति कुरामा छुट पाउन सक्नेथे जो परमेश्वरबाट तिनीहरूलाई कुनै हालतमा पनि मिल्ने थिएन । मोशाले छान्नु परेको थियो–साथमा कसलाई लैजाने ? परमेश्वरलाई कि स्वर्गदूतलाई ?
परमेश्वरसँगको यात्रा अत्यन्तै अनुशासित, व्यवस्थित गाह्रो हुन सक्छ भन्ने कुरा जान्दा जान्दै पनि मोशाले परमेश्वरलाई नै रोजे । तिनले भने, “यदि तपाईंको उपस्थिति मसँग गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् (प्रस्थान ३३:१५) । परमेश्वरको उपस्थितिबिना दूध र मह बग्ने देशको प्रशस्त उत्तम आशिषभन्दा त बरु परमेश्वरसँगको उजाड–स्थानको सीमित साधारण राहतको राशन नै मोशालाई बेश लाग्ने भएको थियो । परमेश्वरसँगको हाम्रो सबैभन्दा खराब दिन परमेश्वरविनाको हाम्रो सबैभन्दा असल दिनभन्दा पनि असल हुन्छ ।
यसैले दाऊद भन्छन्, “तपाईंको मन्दिरभित्रको एकदिन अरू ठाउँका हजार दिनभन्दा उत्तम हुन्छ । दुष्टका पालमा बस्नभन्दा ता बरु परमेश्वरको भवनको ढोके हुन मलाई मनपर्छ (भजनसंग्रह ८४:१०) ।
२०१२ सालमा तपाईंसँग जानलाई तपाईंले कसलाई छान्नुभएको छ ? स्वर्गदूतलाई कि परमेश्वरलाई ? तपाईंसँग को जानुहुन्छ ? स्वर्गदूत कि परमेश्वर ?
ती अधन्यवादी गन्गनाइरहने असन्तुष्ट मानिसहरूको अनाज्ञाकारिता हठीपना, बागी–आचरणसँग परमेश्वर सन्तुष्ट हुनुहुन्नथ्यो तर पनि
उहाँले तिनीहरूलाई प्यार गर्न छाड्नुभएन, तिनीहरूलाई माया गरिरहनुभयो, तिनीहरूको वास्ता गरिरहनुभयो । फलस्वरूप तिनीहरूलाई कुनै असल कुराको अभाव भएन (व्यवस्था २:७) । यर्दन पारीको दूध र मह बग्ने देश, प्रतिज्ञाका मुलुकका प्रशस्त उत्तम आशिषहरूको सामने उजाड–स्थानका आशिषहरू अति साधारण निम्नस्तरका मात्र थिए । यसर्थ असल–असल आशिषहरूका निम्ति परमेश्वर तिनीहरूलाई यर्दनपारी प्रतिज्ञाको देशमा नै लैजान चाहनुहुन्थ्यो ।
यर्दनवारीकै उजाड–स्थानमा पाइने आशिषसँगै सन्तुष्ट भएका रूवेनी, गादी र मनस्सेका आधा कुलका मानिसहरूले प्रतिज्ञाको मुलुकमा जाने मन गरेनन् । ‘हामीलाई यहीँका आशिष भए पुग्छ; प्रतिज्ञाका मुलुकका आशिषहरू नभए पनि हुन्छ’ भन्ने ती मानिसहरूलाई परमेश्वरले यर्दन पारी जानलाई कर लाउनु भएन । उहाँले मानिसहरूको स्वतन्त्र इच्छाको कदर गर्नुहुन्छ । अहिलेसम्म ख्रीष्टमा उपभोग गरिराख्नुभएको थोरै साधारण आशिषमा नै तपाईं सन्तुष्ट हुनुहुन्छ भने ख्रीष्टमा राखिएका स्वर्गीय स्थानका प्रशस्त बहुमूल्य आशिषहरूका लागि परमेश्वरले तपाईंलाई तपाईंको इच्छाविरुद्ध घिस्याएर यर्दन पारी लैजानु हुन्न । यर्दन वारी बसेर तपाईं पारीका ती उत्तम उत्तम आशिषहरू उपभोग गर्न पाउनुहुन्न । तपाईंलाई पारी जानै पर्छ । यसर्थ स्वर्गीय स्थानका ती असल आशिषहरू प्राप्त गर्नलाई पवित्र आत्माको बप्तिस्मा लिई उजाड–स्थान छोडेर तपाईंलाई स्वर्गीय स्थानमा पुग्न नै पर्छ ।
मिश्रको दासत्वबाट मुक्त गरेर ती इस्राएलीहरूलाई विश्राम दिनलाई फेरि दासत्वको देश मिश्र मै राख्न परमेश्वरलाई उचित लागेन । तिनीहरूलाई यर्दन पारी कनान देशमा लैजाने प्रतिज्ञा उहाँले अब्राहामलाई पहिल्यै दिइसक्नुभएको थियो (उत्पत्ति १५:१३–२१) । यही प्रतिज्ञा उहाँले इसहाक र याकूबलाई पनि दिनुभएको थियो । यसैले त्यो दूध र मह बग्ने आशिषको देश ‘प्रतिज्ञाको मुलुक’ तथा ‘विश्रामको देश’ कहलाइयो । इस्राएलीहरूका निम्ति विश्रामको भौगोलिक देश हामी ख्रीष्टियानहरूका निम्ति विश्रामको आत्मिक जीवन तथा ‘स्वर्गीय स्थान’ बन्न गएको छ । मोशाको नेतृत्वमा लाल–समुद्र पार गरेर मिश्रबाट निस्कि आएका ती तीस लाख इस्राएलीहरूलाई उजाड–स्थानबाट भएर यर्दन नदी तरी प्रतिज्ञाको मुलुकमा पुग्नु पर्नेथ्यो । तिनीहरूको अविश्वास र अनाज्ञाकारिताले गर्दा तिनीहरू त्यहाँ पुग्न सकेनन् । चालीस वर्षसम्म उजाड–स्थान मै अल्मलिएर बसेपछि मोशा पुस्ताका सबै मानिसहरू त्यहीँ नाश भए । मोशा, हारुन, मरियम पनि प्रतिज्ञाको मुलुकमा जान पाएनन् । मोशा पुस्ताका कालेब र यहोशूमात्र उजाड–स्थान मै जन्मेकाहरूसँग प्रतिज्ञाको मुलुकमा पुगे ।
लाल–समुद्र र यर्दन नदीको बीचको भूभाग नै उजाड–स्थान हो । १ कोरिन्थी १० अध्यायअनुसार लाल–समुद्र तर्नु नै मोशाको बप्तिस्मा अर्थात् पानीको बप्तिस्मा लिनु हो । हिब्रू ३ र ४ अध्यायको यर्दन नदी तरेर पारी जानुचाहिँ पवित्र आत्माको बप्तिस्मा लिनु हो । हामीलाई लाल–समुद्र तरेर मात्र पुग्दैन, यर्दन पारी पनि जानु पर्छ कारण प्रतिज्ञाको मुलुकचाहिँ यर्दनको पारीपट्टि छ । मिश्रबाट निस्कि आएकाहरू सबै मुक्ति पाएका, बचाइएका मानिसहरू नै हुन् । ती सबै परमेश्वरका सन्तान हुन्, ती सबै स्वर्ग जान्छन् । तर यर्दनपारी जानेहरू मात्र स्वर्गीय स्थानमा पुग्छन् । स्वर्गीय स्थान स्वर्ग होइन । स्वर्गीय स्थान पवित्र आत्माको भरपूरी भएको त्यो उच्चस्तरको विजयी ख्रीष्टिय जीवन हो जो हामीले यही संसारमा अहिल्यै जिउन सक्छौं ।
हिबू्र ४ मा बताइएको अनुसार के तपाईं परमेश्वरको विश्राममा प्रवेश गर्नुभएको छ ? हिब्रू ४:१ ले भन्दछ, ‘कतिको लागि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै पनि प्रतिज्ञा मात्र रहेको छ, अझसम्म पनि पूरा भएको छैन ।’ हिब्रू ४:६ ले पनि भन्दछ, कुनै कुनैलाई त्यहाँ प्रवेश गर्न बाँकी नै रहेको छ । उजाड–स्थानमै नाश भएका ती इस्राएलीहरू हिब्रू ३:१९ अनुसार, ‘अविश्वासको कारणले’ र हिब्रू ४:६ अनुसार ‘अनाज्ञाकारिताको कारणले’ प्रवेश गर्न नसकेको हामी देख्छौं । हिब्रू ४:९–१० ले भन्दछ, यसकारण परमेश्वरका मानिसहरूका निम्ति विश्राम दिनको आरामी बाँकी नै छ । किनकि उहाँका विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभएझै आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ । यसैले हिब्रू ४:११ मा दिइएको सल्लाहअनुसार हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं (हतार गरौं) ।
ख्रीष्टिय जीवन परिश्रमको जीवन होइन, विश्रामको जीवन हो, कोशिषको जीवन होइन, विश्वासको जीवन हो । ख्रीष्टले मात्र ख्रीष्टको जीवन जिउन सक्नुहुन्छ, अरूहरूले सो जीवन जिउन सक्तैनन् । ख्रीष्टलाई अनुकरण गरेर जत्तिकै कोशिष गरे तापनि त्यो जीवनचाहिँ नक्कल गरिएको अधुरो नक्कली जीवन मात्र हुन्छ । ख्रीष्टको सक्कली जीवन ख्रीष्टले मात्र जिउन सक्नुहुन्छ । हाम्रो लागि खुशीको खबरचाहिँ त्यो जीवन जिउनलाई ख्रीष्ट स्वयँ हामीमा हुनुहुन्छ । जिउनलाई ख्रीष्ट स्वयँ हामीमा हुनुहुन्छ । हाम्रो सम्मतिविना, अनुमतिविना उहाँले सो गर्नुहुन्न । उहाँ हाम्रो स्वतन्त्र इच्छाको कदर गर्नुहुन्छ । हामीले उहाँलाई जिउन दियौं भने मात्र उहाँले आफ्नो जीवन हामीमा, हामीद्वारा जिउन पाउनुहुनेछ । यसैले पावल गलाती २:२० मा भन्छन्, “म ख्रीष्टसँग क्रुसमा टाँगिएको छु, तैपनि म जिउँछु । त्यसो भए तापनि म ता होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ र जुन जीवन अहिले म शरीरमा जिउँछु ‘परमेश्वरको पुत्रको विश्वासमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई समर्पण
गर्नुभयो ।” अब हिब्रू ४:८–११ पढ्नुहोस् ।
– पास्टर रोबर्ट कार्थक

कन्या गर्भवती भएर जन्मिनुभएका येशू

December 6, 2011 | Articles  

सुसमाचारका पुस्तकहरूमा उल्लेख भएअनुसार परमेश्वरको अलौकिक बन्दोबस्तद्वारा येशू मरियमको गर्भमा आउनुभएको थियो । लूका १:२६–३५ अनुसार अघिबाटै गब्रिएल स्वर्गदूत कन्ये मरियमकहाँ देखा परेर “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ ।” भनीकन बताएका थिए साथै मत्ती १:१८ ले भन्छ, “…मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ।”
मरियम गर्भवती हुँदा योसेफसँग तिनको मगनी भइसकेको थियो तर विवाह भएको थिएन । विवाहअघि नै गर्भवती भएको घटनाका कारण योसेफले मरियमलाई त्याग्ने इच्छा गरेका थिए । तथापि सपनामा परमप्रभुका दूत देखा परेर भनेका थिए, “…जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ ।” मत्ती १:२४ र २५ मा लेखिएको छ, “योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे । मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्…।”
येशू साँच्चैकै कन्या गर्भवती भएर जन्मनुभएको हो । धर्मशास्त्रको वृत्तान्तबाट यो कुरा स्पष्ट देखिन्छ । त्यसबेलाका यहूदी कन्ये–केटीहरू १२ अथवा १३ वर्ष उमेरको छँदा नै प्राय तिनीहरूको मगनी हुने गर्दथ्यो । त्यतिखेरको कानूनअनुसार मगनीचाहिँ विवाहको पहिलो खुड्किलो हुने गर्दथ्यो र अन्दाजी १ वर्ष जति बाबुआमासितै रहेपश्चात् केटीहरूको विवाह हुन्थ्यो र आफ्ना पतिसित रहनका लागि जान्थे । उक्त अवधिअघि नै यदि केटी गर्भवती भएमा तिनको निम्ति यो ठूलो सार्वजनिक बेइज्जतीको कुरा हुन्थ्यो र कानून कडाई गरेका अवस्थामा एउटी व्यभिचारिणीले पाउने मृत्युदण्ड पाउने अवस्था पनि आउन सक्थ्यो । मरियमलाई त्याग्ने योसेफको निर्णय सार्वजनिक भएको अवस्थामा यसले मरियमलाई ठूलो आपत्मा पार्न सक्दथ्यो । शायद, मरियमलाई केही समय समानबाट लुकेर बस्नुपर्ने आवश्यकता पनि भएको हुन सक्दछ किनकि लूका १:३९,४० र ५६ अनुसार आफु गर्भवती भएपश्चात् मरियमले ३ महिना जति आफ्ना नातेदार यहूदियाकी एलिशिबाकहाँ बिताएकी थिइन् ।
सन्त अगस्तस् तथा अन्य कतिपय शुरूका इसाई विद्वान र लेखकहरूकाअनुसार येशूको जन्मका समयमा मरियमलाई कुनै पनि प्रसव वेदना भएको थिएन । यिनीहरूको भनाइमा प्रसव वेदनाचाहिँ एउटा श्रापको रूप थियो जुन अदनको बगैंचामा भएको हव्वाको गलत आचरणका कारण परमेश्वरले स्त्री जातिहरूमाथि राखिदिनुभएको थियो (उत्पत्ति ३:१६) । परमेश्वरको अलौकिक उपायद्वारा येशू मरियमको गर्भमा आउनुभएको कारण मरियमचाहिँ उक्त श्रापको प्रभावबाट बाहिर परेकी थिइन् र तिनलाई कुनै प्रसव वेदना भएको थिएन । येशूको जन्म मरियमका खातिर व्यथारहित जन्म थियो ।
इसाई धर्मसित सम्बन्धित कुनै समूहले मरियम जीवनपर्यन्त नै कन्ये नै रहिन् भनीकन विश्वास गर्दछन् । तथापी मत्ती १३:५५–५६ अनि मर्कूस ६:३ जस्ता धर्मशास्त्रका अंशहरूले येशूका ४ भाइहरू कम्तिमा पनि २ बहिनीहरू थिए भनेर बताएको हामी पाउँदछौं । यिनीहरू येशूपश्चात् जन्मेका योसेफ र मरियमका प्राकृतिक सन्तानहरू हुन् भनी बहू संख्यक बाइबलका विद्वानहरू विश्वास गर्दछन् । लूका २:७ ले पनि यही संकेत गरेर भनेको छ, “तिनले आफ्नो छोरो जन्माइन् …।”
यशैया ७:१४ को भविष्यवाणी एउटी कन्ये–केटी गर्भवती भएर छोरो जन्माउने भविष्यवाणी हो । यो भविष्यवाणी येशूमा आएर पूरा भएको छ । मत्ती १:२०–२१ मा परमप्रभुका दूतद्वारा येशूको जन्मको घोषणा लगत्तै यी कुरा यशैया अगमवक्ताद्वारा गरिएको भविष्यवाणीको पूर्णता हो भन्ने कुरा जनाउन मत्तीले यशैया ७:१४ उद्धृत गरेका छन् । तिनले “इम्मानुएल” शब्द पनि दोहोर्‍याएका छन् । यशैया ७:१४ ले भनेको कन्ये–केटी अरू कोही होइन, मरियमनै हुन् । येशूको जन्मको घोषणा लिएर आएका स्वर्गदूतलाई “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ” भनीकन मरियमले जवाफ दिएकी थिइन् । स्वर्गदूतको प्रतिक्रिया थियो, “…परमेश्वरका निम्ति कुनै कुरा असम्भव छैन ।”
– पास्टर महेश थान्जु

र प्रचारक विना तिनीहरुले कसरी सुन्ने ?

November 17, 2011 | Articles  

सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँडाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन्, “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ ।” (यशैया ५२:७) सन् २०११ नेइमको निम्ति अति नै सुन्दर वर्ष हुन पुग्यो किनभने यो वर्षमा सुसमाचार प्रचारको काम निकै राम्रो प्रकारले भइरह्यो । यो वर्षको शुरूमा नै बृहत शहरी अभियान मार्फत् रेडियो, टि.भी. र पत्र–पत्रिकाद्वारा लाखौं नेपालीहरूले येशू ख्रीष्टको बारेमा सुने । त्यसपछिका महिनाहरूमा मण्डली पूरै नै सुसमाचार प्रचार र पर्चा वितरण कार्यमा लागिपर्‍यो । हरेक गल्ली र टोलहरूमा ख्रीष्टको सन्देश बाँडियो । यसै क्रमको निरन्तरता स्वरूप नेइम मिशन विभाग र युवा विभागको संयुक्त पहलमा ४६ वटा मिशन टोलीहरू नेपालभित्र रहेका विभिन्न मण्डलीहरूमा ख्रीष्टको वचन लिएर गयो । गत वर्ष झै यसपाली पनि मिशन टोलीहरू पठाउने निर्णय भए बमोजिम नाउँहरू संकलन गर्ने कार्य गरियो । गत वर्ष २०० जनाभन्दा बढी व्यक्तिहरू यही समयमा मिशन ट्रिपका लागि विभिन्न शाखा÷आबद्ध मण्डलीहरूमा जानुभएको थियो भने यस वर्ष गत वर्षभन्दा कम व्यक्तिहरूले नामावली दिनुभयो र करीब १३० जना जति यसपालिको मिशन ट्रिपमा जानुभयो ।
मिशन ट्रिपमा जानेहरूको निम्ति सहज भने पक्कै थिएन । कतिजनाले आ–आफ्नो कामहरूबाट विदा मिलाउनुपर्ने थियो भने यात्राको क्रममा हिँड्नुपर्ने विभिन्न मौसमहरूको सामना गर्नुपर्ने थियो । कतिपय समूहको निम्ति नयाँ ठाउँहरू कुनै परिचय विना नै जानुपर्ने थियो । तापनि प्रभुको आशिष अरूलाई बाँड्न र थप आशिषको अनुभव गर्न सबै जनामा एक प्रकारको उत्साह थियो । जानेहरू आ–आफ्नो गन्तव्यमा पुग्नुभयो र बसेर सेवकाई गर्नुभयो फर्कने बेलामा उहाँहरूसित थुप्रै आशिष र अनुभवहरू साथमा थियो । कतिपय मण्डलीहरूमा एकदमै ठूला–ठूला कामहरू पनि भए । यसरी यो वर्ष मण्डलीको निम्ति छर्ने वर्ष हुनपुग्यो ।
सुसमाचार प्रचार गर्नु भनेको परमेश्वरको हृदयको भाव मानिसहरूलाई व्यक्त गर्नु हो । परमेश्वरको हृदयमा संसारको निम्ति गहिरो प्रेम छ, यसैले त लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्रलाई दिनुभयो…।”
(यूहन्ना ३:१६) प्रभु येशू आफैले हामीले यो सन्देश लिएर सबै जाति, समुदाय र राष्ट्रका मानिसहरूकहाँ जानको निम्ति आज्ञा र अख्तियार दिनुभएको छ । परमेश्वरको इच्छा सबै मानिसहरूले सुसमाचार सुनून्, ख्रीष्टलाई विश्वास गरून्, जीवन पाऊन् अनि उहाँलाई नै पुकारा गरून् भन्ने हो । यसको निम्ति कसैले गएर सुसमाचार सुनाउनै पर्छ, किनकि लेखिएको छ, “तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने ? र प्रचारक विना तिनीहरूले कसरी सुन्ने ? र नपठाइकन मानिसहरूले कसरी विश्वास
गर्ने ? जस्तो लेखिएको छ, ‘सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !’” (रोमी १०:१४,१५) वास्तवमा मिशन यही नै हो कि मानिसहरू पठाइनुपर्छ, जानुपर्छ र ख्रीष्टको सन्देश सुनाउनुपर्छ ।
हाल परमेश्वरले नेपाल र नेपाली जातिको हृदयको ढोका ख्रीष्टको निम्ति खोलिदिनुभएको छ । यो समयमा हरेक नेपालबासी र नेपाली जातिकहाँ सुसमाचार पुर्‍याइनुपर्छ । परमेश्वरले खोलिदिनुभएको ढोका कहिले बन्द हुन्छ हामी जान्दैनौं तर समय छँदै हामीले हाम्रो जिम्मामा रहेको काम गर्नैपर्छ । जसरी लेखिएको छ, “परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं, कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ, किनभने उहाँ भन्नुहुन्छ, ‘ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनेँ र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें ।’ हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो ।” (२ कोरिन्थी ६:१,२)
परमेश्वरले तोकिदिनुभएको यो समयमा हामीले चारैतर्फ ख्रीष्टको सन्देश लिएर जानैपर्छ । मण्डलीबाट एक÷दुई जना मिशनेरीहरू पठाएर मात्र यो काम पूरा हुन सक्दैन । यसका निम्ति हजारौं मिशनेरीहरू (पठाइएकाहरू) तयार बनाउनुपर्छ र पठाइनुपर्छ । केन्द्रका मण्डलीहरूबाट मात्र नभई गाउँ–गाउँमा रहेका साधारण विश्वासीहरू मिशनेरीको रूपमा तयार हुनुपर्छ र पठाइनुपर्छ । मिशनेरीको अवधारणालाई हामीले विस्तृत दृष्टिकोणबाट हेर्नुपर्छ । केन्द्रबाट हामीले मिशनेरीहरू पठायौं भने त्यो अङ्कगणितिय हिसाबमा सिमित रहन्छ अर्थात एक वर्षमा कति जना हामी पठाउन सक्छौं ? वा जान सक्छौं ? तर स्थानीय मण्डलीहरूका हरेक विश्वासीहरूलाई मिशनको काम गर्ने जोश र अगुवाई हालिदिन सक्यौं भने एक वर्षमा हजारौं मिशनेरीहरू खडा हुन सक्छन् । यसर्थ काठमाडौंलाई जित्नको निम्ति काठमाडौंमा रहेका मण्डलीहरूका हरेक विश्वासीहरू मिशनेरी भएर काम गर्नुपर्छ । काठमाडौं भन्दा बाहिर रहेका हरेक मण्डलीका विश्वासीहरू त्यहाँको निम्ति मिशनेरी भएर काम गर्नुपर्छ ।
मिशनेरीहरू त्यत्तिकै जन्मदैनन् । मिशनेरी जन्माउनको निम्ति स्थानीय मण्डलीहरूले मेहनत गर्नुपर्छ । विश्वासीहरूलाई मिशन सम्बन्धी तालिम दिनुपर्छ । मिशनको निम्ति भोक हालिदिनुपर्छ । अनि हरेक विश्वासीहरू पनि परमेश्वरको हृदयको भावलाई बुझ्ने हुनुपर्छ । यसर्थ मिशनको कामको निम्ति हरेक विश्वासीहरू तालिम प्राप्त र ख्रीष्टको वचनमा जरा गाडिएका हुनैपर्छ ।
हाल नेपालभित्र विभिन्न जिल्लाहरूमा नेइमको एक सयभन्दा बढी शाखा÷आवद्ध मण्डलीहरू छन् । काठमाडौंमा रहेका मण्डलीका विश्वासीहरूले प्रशस्तै मात्रामा तालिम र शिक्षा पाइरहेका छन् तर कति यस्ता गाउँमा रहेका मण्डलीहरू छन् जहाँका अगुवाहरूले समेत राम्रो शिक्षा र तालिम पाएका छैनन् । हामीले नेपाललाई जित्नु हो भने गाउँ घरमा रहेका मण्डलीहरूलाई प्रयाप्त वास्ता पुर्‍याउनैपर्छ । हाम्रा शाखा–आवद्ध मण्डलीहरू बलियो भए र त्यहाँबाट
मिशनेरीहरू जन्मन सके भने यो देशलाई उलटपुलट गर्न केही समय लाग्ने छैन । तर त्यसका लागि प्रयाप्त शिक्षा, तालिम, भेटघाट र अनुगमनको खाँचो पर्छ । त्यहाँ गएर सिकाउने मानिसहरू खडा हुनुपर्छ । प्रयाप्त तालिम र अनुगमन तथा भेटघाटका निम्ति आवश्यक पर्ने खर्च स्वेच्छाले दिन चाहनेहरू खडा हुनुपर्छ ।
मिशनको काममा मण्डली परिवार विभिन्न प्रकारले सहभागी
हुनसक्छ । जान सक्नेहरू अब ख्रीष्टको निम्ति हिँड्नको लागि पाइला सार्नैपर्छ । जान नसक्नेहरूले प्रार्थना गरेर सहायता गर्न सक्नुहुन्छ साथै कतिपय दिन सक्नेहरूले परमेश्वरको राज्य विस्तारको काममा सहयोगी हातहरू फैलाउनैपर्छ । मिशनको काममा तीनवटै भूमिका उत्तिक्कै महŒवपूर्ण छन्: जानु, प्रार्थना गर्नु र सहयोग गर्नु । यसकारण निदाउने बेला बित्यो अब मण्डली जागौं । यस देशलाई र नेपाली जातिलाई ख्रीष्टमा ल्याउने महान अभियानमा हामी अझ जोडतोडका साथ लागिपरौं किनकि परमेश्वरले ख्रीष्टको निम्ति नेपाली जातिको हृदय खोलिदिनुभएको छ !

१. शाखा–आवद्ध मण्डली तथा आउटरीच संगतिहरूमा अगुवाहरू
तयार हुनको साथै नया“ विश्वासीहरू प्रभुमा परिपक्व हुँदै जान सकून् ।
२. आÏनै जग्गा र मण्डली भवन नभएका विभिन्न शाखा–आवद्ध
मण्डलीहरू तथा आउटरीच संगतिहरूमा जग्गा सहित भवन निर्माण हुन सकोस् र त्यसका लागि आवश्यक रूपैया“ पैसा जुट्न सकोस् ।
३. मण्डलीमा मिशनको निम्ति प्रार्थना गर्ने, आर्थिक भेटी दिने,
सुसमाचार प्रचार गर्ने र मिशनेरी भएर जाने व्यक्तिहरू अझ बढेर जान सकेको होस् ।
४. साखा तथा आबद्ध मण्डलीहरूमा बाल संगतिका शिक्षक÷शिक्षिकाको
तालिम, आराधनाको तालिम, मण्डली व्यवस्थापन, अगुवा र अन्य तालिमहरू हुन सकेको होस् ।
५. शाखा–आवद्ध मण्डलीहरू तथा आउटरीच संगतिका अगुवाहरूको
आय आर्जनमा वृद्धि हुन सकोस् त्यसका लागि आयमूलक तालिमहरू पनि हुन सकेको होस् ।
६. गाउ“घरमा पढ्न लेख्न नजानेकाहरूका निम्ति साक्षरताको
कार्यक्रमहरू हुन सकोस् र नेइमका सबै विश्वासीहरूले धर्मशास्त्र बाइबल पढ्न सक्ने हुन सकून् ।
७. नेइम मिशन विभाग र स्थानीय मिशन समितिमा रहनुभएका
हरूलाई मिशनको काम संचालन गर्न ज्ञान बुद्धि मिलेको होस् ।
८. आउने दिनहरूमा नेपाल भरिनै नेइमका शाखा–आवद्ध मण्डलीहरू
सुरू भएको होस् साथै नेइमबाट देश भित्र र देश बाहिर मिशनेरी भएर जान सकून् ।
– लेखनाथ पौडेल

जाओ, चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ

October 19, 2011 | Articles  

गत वर्ष भएको नेइम परिषद् बैठकको निर्णयअनुसार सन् २०१० साल (२०६६/६७) लाई नेइमले मिशन वर्षका रूपमा मनाउनेभएको छ। यसको अर्थ २०१० मा मात्र मिशन कार्य गर्ने नभई २०१० देखि मिशन कार्यलाई बढाउँदै लैजाने भन्ने उपयुक्त हुनेछ। यसको लागि हामीले  शब्दको अर्थ बुझ्नु आवश्यक छ। “मिशन” अङ्ग्रेजी शब्द “कमिशन” बाट आएको हो। कमिशनको अर्थ कुनै निश्चित कामप्रतिबद्धताका साथ पूरा गर्नु हो। येशू ख्रीष्टलाई राजीखुसी आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वासका साथ ग्रहण गरी इसाई भइसकेकाहरूलाई उहाँले एउटा कमिशन दिनुभएको छः

मत्ती २८:१८–२०: येशूले तिनीहरूलाई भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”

प्रभु येशूले मानिसहरूको मुक्तिको निमित्त आफ्ना परमेश्वर पिताको आज्ञा अनुरुप क्रूसको मृत्यु भोग्नुभयो
(फिलिप्पी २:८) र मुक्तिको कार्य समाप्त गरी पुनरुत्थान हुनुभयो। त्यसपछि परमेश्वरले प्रभु येशूलाई उहाँको पहिलेको अधिकार दिनुभयो। यसैकारण प्रभु येशूले “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ” भन्नुभयो।

उहाँले सुरु गर्नुभएको काम पूरा गर्न तपाईं र मलाई अर्थात् उहाँका चेलाहरूलाई वारिसनामा दिनुभएको
छ। मण्डली वा संगतिका अगुवा अथवा पढेलेखेका व्यक्तिहरू मात्र नभई यो काम गर्ने जिम्मा प्रत्येक विश्वासीलाई दिनुभएको छ। प्रभु येशूले दिनुभएको जिम्मालाई माथि उल्लेखित धर्मशास्त्रको खण्डको आधारमा चारवटा  कृयाहरू छन्ः जाओ, चेला बनाओ, बप्तिस्मा देओ र सिकाओ।

१. जाओः यो शब्दले गतिशीलता बोध गराउँछ। जाने काम परिवारदेखि मण्डली, समाज, देश र अन्य देशमा समेत हुन सक्छ। जहाँ हामी जान्छौं अथवा छौं, त्यहीँ नै यी तलका कामहरू हुनुपर्छ।

२. चेला बनाओः जुन स्थानमा छौं, त्यहाँका मानिसहरूलाई प्रभु येशू र उहाँको राज्यको विषयमा जान्ने “विद्यार्थी” बनाउनु हाम्रो अर्को काम हो। कर र बलले कसैलाई विद्यार्थी बनाउन सकिन्न। साँचो विद्यार्थी बन्न तिर्खा, उत्सुकता र जान्ने इच्छा चाहिन्छ। तिर्खा तथा उत्सुकता जगाउन र उहाँलाई पछ्याउने बनाउन तपाईं र मेरा मुखका शब्दहरू तथा जीवनको साक्षी चाहिन्छ। “जसको विषयमा सुनेकै छैनन्, उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने?” रोमी १०:१४।

३. बप्तिस्मा देओः प्रभु येशूको विषयमा सुनेर वा जानेर उहाँलाई आफ्नो मुक्तिदाता र प्रभु भनी विश्वाससाथ ग्रहण गर्ने कुनै पनि व्यक्तिले उद्धार पाउँछ। यो कार्य पूरा गर्न तथा म प्रभु येशूलाई मेरो प्रभु र मुक्तिदाता मान्छु भनी संसारलाई साक्षी दिन पानीको बप्तिस्मा लिनुपर्दछ। यो बप्तिस्मा त्रिएक परमेश्वर– “पिता र पुत्र र पवित्र आत्माको” नाउँमा लिइन्छ। मण्डली स्थापना भएपछि यो कार्य वा विधि मण्डलीका अभिषिक्त व्यक्तिले गर्दछन्। प्रभुलाई ग्रहण गर्नु भनेको परमेश्वरलाई आफ्नो बनाउनु हो भने बप्तिस्मा लिनु म येशूको हुँ भनी संसारलाई साक्षी दिनु हो।

४. सिकाओः बप्तिस्मा अन्त्य होइन। प्रभु येशूले यो जिम्मा दिनुभयो― “मैले आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ।”प्रभु येशूको सबै आज्ञा पालन गर्नुको अर्थ ख्रीष्टियान जीवन जिउनु हो। प्रभु येशूको आज्ञा सिकाउन र पालन गर्न सहयता गर्ने हाम्रो जिम्मा हो। यो काम निरन्तर गरिरहनुपर्दछ।

प्रभु येशूले यी सबै हाम्रो जिम्मामा मात्र छोड्नुभएको छैन। उहाँको प्रतिज्ञा यस्तो छ, “म युगको अन्त्यसम्म सधँै तिमीहरूका साथमा छु।” यी सबै गर्नलाई उहाँले पितासँग प्रार्थना गरी पवित्र आत्मा पठाइदिनुभएको छ। पवित्र आत्मा हामीसँग सधैँभरि रहनुहुन्छ र हामीलाई साथ दिनुहुन्छ।

प्रभु येशूले हामीलाई सुम्पनुभएको काम म एउटै अथवा हामी एकदुई जनाले मात्र होइन तर सबैले मिलेर सम्पन्न गर्नुपर्नेछ। यसैले प्रभु येशूले आफ्नो जीवनकालमा चेलाहरू छान्नुभयो। उहाँको स्वर्गारोहणपछि यो जिम्मा उहाँमाथि विश्वास गर्ने हामी प्रत्येकलाई सुम्पनुभएको छ।

यसर्थ आजैदेखि आफ्नो परिवारमा, मण्डलीमा, समाजमा, देशमा वा देशदेखि बाहिर प्रभु येशूको सुसमाचार उहाँले देखाउनुभएको तथा उहाँले दिनुभएको क्षमताअनुसार हामीले पाएका जिम्मा पूरा गर्न सुरू गरौं। यो महत्वपूर्ण जिम्मा आफ्नै कोसिसमा होइन तर पवित्र आत्माको प्रेरणामा उत्साह र जोशसित गरौं।

–पास्टर डाक्टर राजेन्द्र कुमार रोङगोङ्

मिसन यात्रा २०६८/२०११

October 10, 2011 | Articles  

परमेश्वरको इच्छा भए यो वर्षको शरद सम्मेलनमा उपत्यकास्थित नेपाली इसाई मण्डली (नेइम) बाट देशभर छरिएर रहेका नेइम आवद्ध, शाखा मण्डलीहरूमा विश्वासीहरू जाँदैछन् । यसबारे पोहोर सालदेखि नै जानकारी गराउँदै आएको छ र हालसालैदेखि सूचना प्रवाहका साथै जानेहरूका नाम संकलन पनि भइरहेको सबैलाई थाहै छ । यी सबै के का लागि गरिँदैछ ? किन जाने ? गएर के गर्ने ? र यस्ता अरू कति प्रश्नहरू छन्, स्पष्ट हुनु आवश्यक छ ।
यो कार्यक्रम सम्बन्धी परमेश्वरसँग प्रार्थना चढाइहनेछौं । प्रभुले कति कुराहरू हामीलाई देखाउनुभएको छ, ती मध्ये केहीको चर्चा गर्ने कोशिष् गरिएको छ । हाम्रा मुक्तिदाता प्रभु येशूले आफु संसारमा आउनुभएको मुख्य कारण यसरी बताउनुभयो, “…म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” (यूहन्ना १०:१०) मानिसहरूले उनीहरूको पूर्ण जीवन –आत्मा, प्राण र शरीरमा प्रशस्तता पाऊन् भन्ने उहाँको इच्छा हो । सिकर्मी परिवारमा जन्मनुभयो । परमेश्वरको इच्छा अनुसार उहाँको बोलावट बमोजिम सेवकाईमा प्रवेश नगरूञ्जेल उहाँले आफ्नो बुवा र परिवारको सहायता गर्दै रहनुभयो भनी हामी अनुमान गर्न सक्छौं । लूका २:५१ अनुसार उहाँ “तिनीहरूसँग (आमा बाबुसँग) नासरतमा जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो ।”
३० वर्षपछि आफ्नो पिता परमप्रभु परमेश्वरबाट पाउनुभएको बोलावट अनुसार सेवकाईका लागि बाहिर संसारमा निस्कनुभयो । उहाँ मानिस हुनुहुन्थ्यो र मानिसले झै पानी र पवित्र आत्माको बप्तिस्मा लिनु–भयो । पवित्र आत्माले डोर्‍याउनु भएअनुसार उहाँले आफ्नो संसारको साढेँ ३३ वर्षको जीवन बिताउनुभयो । परमेश्वरले उहाँको निम्ति ठहराउनुभएको काम गर्न निस्कने क्रममा शैतानले मानिस येशूलाई रोक्ने प्रयास गर्‍यो । तर येशूले मानिसकै रूपमा त्यसको सामना गर्नुभयो र विजयी हुनुभयो । यी सबैमा पवित्र आत्मा उहाँसँग हुनु–हुन्थ्यो । त्यसपछि, “येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो …” (लूका ४:१४) । उहाँले त्यहाँ शिक्षा दिने काम शुरू गर्नुभयो अनि त्यहाँबाट नासरतमा आउनुभयो र त्यहाँको सभा घरमा आफुले गर्ने कामको घोषणा गर्नुभयो (लूका ४:१८–१९) ।
प्रभुले दिनुहुने प्रशस्तताको जीवन हाम्रो सम्पूर्ण जीवनको निमित्त हो अर्थात् हाम्रो आत्मा, प्राण र शरीर (१ थेसलोनिकी ५:२३) को लागि हो । प्रभु येशूले घोषणा गर्नुभएको सुसमाचारद्वारा विश्वास गर्नेहरूको परमेश्वरसित नयाँ सम्बन्ध कायम मात्र हुने होइन, तर उनीहरू नयाँ र फरक मानिस बन्दछन् । यो तथ्य थेसलोनिकी मण्डलीमा पूरा भयो । थेसलोनिकी मण्डलीका विशवासीहरूको जीवनमा क्रमिक रूपान्तरण उनीहरूको जीवनको सबै पक्षमा भएको थियो । पावल आफ्नो पत्रमा यसरी लेख्छन्:
–हाम्रा परमेश्वर पिताको सामुन्ने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका विश्वासका काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौं । १ थेसलोनिकी १:३
–भाइ हो, तिनीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौं । यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एकअर्काप्रति तिमीहरूको प्रेम बढिरहेछ । २ थेसलोनिकी १:३
थेसलोनिकी मण्डलीमा झै प्रभु येशूमाथिको विश्वासले विश्वासीहरू, उनीहरूको परिवार र मण्डलीमा रूपान्तरण ल्याउँदछ । हाम्रो प्रार्थना, परमेश्वरको वचन, हाम्रो विश्वासद्वारा पवित्र आत्मा प्रभु यो रूपान्तरण हामीमा ल्याउनुहुन्छ ।
माथिका साक्षी बाँड्नु हाम्रो मिशन यात्राको प्रमुख उद्देश्य हो । हामीले भ्रमण गर्ने मण्डलीका भाइबहिनीहरूले दूरीको, शिक्षाको कमि अथवा यस्तै कति कठिनाइका कारण हामीले उपभोग गर्न पाएका आशिषहरू अनुभव गर्न नसकेको हुनसक्छ । हामी “त्यहाँ” जान्छौं प्रभुको आशिष बाँड्छौं – यो आशिष माथि भने जस्तै हाम्रो आत्मिक जीवनसित मात्र सम्बन्धित छैन । हाम्रा जीवनका शारीरिक, भौतिक, मानसिक, भावनात्मक, सामाजिक आदि पक्षसित पनि सम्बन्धित छन् । एउटा भूल नगरौं– “हामी जान्ने भएर नजान्नेहरूलाई दिन वा सिकाउन गएका होइनौ ।” हामी आशिष बाँड्न गएका हौं । हामीबाट उनीहरू सिक्छन् भने हामी पनि उनीहरूबाट सिक्न सक्छौं । पोहोर साल गएकाहरूका साक्षी यही थियो –“त्यहाँका मण्डलीको संगतिबाट हामीहरूले धेरै आशिष पायौं ।”
हालैमा राष्ट्रभरका नेपालीहरूले ‘नेपालको वर्तमान अवस्थालाई हृदयङ्गम गरी नेपाली जनताको भलाइको लागि परमेश्वरको प्रेम र प्रेरणाबाट उनीहरूले भोगेका सवालहरूलाई सामूहिक रूपमा छलफल र सहकार्यद्वारा समाधानको दिशामा अघि बढ्ने महान लक्ष्यका साथ नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिवद्धता अभियान २०६७ कार्तिकबाट सुरू भएको छ । यस कार्यक्रममा नेइम पनि संलग्न छ ।
विभिन्न मण्डलीका प्रतिनिधि तथा अगुवाहरूले विभिन्न जिल्लाहरूमा भेला भई नेपालीहरूले भोगिरहेका सवाल (मुद्दा) हरूको पहिचान गरेको छ । यस्ता सवालहरू दुई सयभन्दा बढी छन् । ती सबैलाई एकैचोटि समाधान गर्न असम्भव छ । यसैले हाललाई तीमध्ये निम्न मुद्दाहरूलाई चयन गरिएको छः बेरोजगारी, जातीय विभेद, भ्रष्टाचार, लैङ्गिक विभेद, महिला हिंसा, अशिक्षा ।
माथिका सवालको समाधान मण्डली मात्र नसक्ला यसैले परिस्थिति र समय हेरी अन्य संघसंस्था वा निकाय तथा व्यक्तिहरूसित मिलेर काम गर्नु पर्नेछ । यसको लागि पहिले त मण्डली आफू बलियो हुनुपर्‍यो । यसको लागि प्रार्थना र वचनद्वारा बलियो हुनुपर्ने आवश्यकता छ साथै माथि उल्लेखित सवालहरू त हामीले (मानिसहरूले) बनाएका वा चयन गरेका समस्या हुन् । हामीलाई सर्वज्ञानी परमेश्वरको अगुवाई खोज्नुपर्नेछ । यसैले हामीलाई ठीक मार्ग निर्देशन गर्नेछ । प्रभु गरून् मिशन यात्रा २०११ बाट नेइम (आवद्ध लगायत) सबै मण्डलीले परमेश्वरको रूपान्तरण गर्ने आशिष पाऊन् ।

जन्म दिनको शुभकामना – प्रेरित २:१-४ (भाग २)

September 15, 2011 | Articles  

तेस्रो कुरा, पवित्र आत्मा पत्रुसमाथि आउनुभयो र उनको ढुंगाको हृदयलाई ख्रीष्टको हृदयजस्तै बनाइदिनुभयो । पत्रुस र अरू चेलाहरू जहिले पनि येशूको दाहिने र देब्रेतिर को बस्नेछ भन्ने विषयमा झगडा गरिरहन्थे (मर्कुस १०:४१) । सहायताको लागि येशूकहाँ आएका मानिसहरूलाई चेलाहरूले त्यसै फर्काइदिन्थे (मर्कुस ६:३०) । आशिषका लागि येशूकहाँ आउनबाट केटाकेटीलाई रोक्थे (मर्कुस १०:१३) । वास्तवमा उनीहरू त केवल आफ्नै उद्धारको बारेमा मात्र चासो राख्थे । मर्कुस १०:२८ मा भनेझै पत्रुस आफ्नै बारेमा यति चासो राख्थे कि शायद उनी स्वर्गको राज्यमा पस्न पनि नालायक छन् । उनले येशूलाई भने “हेर्नुहोस् हामीले सबै छोड्यौं, र तपार्इंको पछि लागेका छौं ।”
तर जब पेन्तिकोसको दिनमा पवित्र आत्मा पत्रुसमाथि ओर्लनुभयो, उनको हृदय येशूको हृदयमा परिवर्तन भयो, एउटा हृदय जुन दया र अनुग्रहले भरिपूर्ण छ । प्रेरित ३:१ मा भनिएको छ कि जब पत्रुस र यूहन्ना मन्दिरको सुन्दर भन्ने ढोकामा लङ्गडो मानिसको नजिकैबाट जाँदैथिए, त्यसलाई देखेर पत्रुसको हृदय दयाले भरियो । म निश्चयका साथ भन्न सक्छु कि पेन्तिकोसको दिनभन्दा पहिले पनि उनी यस बाटो भएर धेरैपटक हिँडेका थिए तर उनले यो मानिसलाई कहिल्यै देखेका थिएनन् । तर अहिले पत्रुस पनि यो दावी गर्छन् कि त्यस मानिसलाई दिनलाई उनीसँग सुन र चाँदी त छैन तर उनले त्यस लङ्गडो मानिसलाई बल पैदा गरिदिन्छन् र उसलाई हिँड्न सक्ने बनाउँछन्, दयाले भरिएर, येशूले झै ! प्रेरित ५:१५ ले भन्छ कि मानिसहरूमाथि पत्रुसको छायाँमात्रै भएपनि परोस् र उनीहरू निको होऊन् भन्ने हेतुले मानिहरूले आफ्ना बिरामीहरूलाई यरूशलेमका सडकहरूमा ल्याउँथे । पवित्र आत्माले नै पत्रुसलाई परमेश्वरको चंगाईको शक्तिले शक्ति प्रदान गर्नुभएको थियो र पत्रुस येशूले जस्तै दयाले भरिएर आफुकहाँ ल्याएका बिरामीहरूलाई निको पार्न सक्थे ।
येशूले नासरतमा पृथ्वीमा उहाँको मिशनबारे घोषणा गर्नुभयो (लूका ४:१६–१९) जसै उहाँले यशैयाबाट पढ्नुभयो, “परमप्रभुको आत्मा ममाथि छ,” किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुट्काराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको हो ।”
जब पवित्र आत्मा पत्रुसमाथि आउनुभयो, यो कुरा पत्रुसको पनि मिशन बन्यो र पछि गएर यही कुरा मण्डलीको पनि मिशन बन्न पुग्यो । मण्डलीको २००० वर्षको इतिहासमा मण्डलीले धेरै गलत काम पनि गरेको छ जो हामी सबैलाई थाहा छ तर अर्कातिर मण्डलीले नै आजको विश्वको रूपमा विकसित गराउन विभिन्न प्रकारले योगदान पनि पुर्‍याएको छ । यी योगदानहरूबिना आजको हाम्रो विश्व फरक विश्व हुने थियो । अर्विन स्मिथले ४०० पृष्ठले भरिएको ‘हाउ क्रीष्टियानिटी चेन्ज्ड् द वल्र्ड’ (जोन्डर्भान २००४) नामक पुस्तक लेखेका छन् र उनले मण्डलीले विश्वमा पुर्‍याएको सेवकाईको परिणामस्वरूप देखिएका धेरै परिवर्तनहरूको सूची तयार गरेका छन् । तीमध्ये दुईवटा परिवर्तनहरू शिक्षा र स्वास्थ्य उपचार हुन् । पहिलो शताब्दीदेखि नै शिक्षा मण्डलीको जिम्मेवारीको एक भाग बन्दै आएको छ । तर समय बित्दै जाँदा यसमा ह्रास आयो र अक्रियाशील बन्न पुग्यो । १८ औं शताब्दीमा स्कटल्याण्डमा रोबर्ट राइक्स् भन्ने ख्रीष्टियानले शिक्षा हासिल गर्न असक्षम केटाकेटीहरूलाई शिक्षा प्रदान गर्नु आवश्यक छ भन्ने बुझेर उनीहरूलाई सण्डे स्कुलमा सिकाउने कार्यको थालनी गरे जसमध्ये कोही बालश्रममा पनि संलग्न थिए । जब यो सण्डे स्कुल स्कटल्याण्डबाट युरोपतिर फैलिँदै गयो र पछि अमेरिकासम्म नै पुग्यो तब यो आधुनिक शिक्षाको जग बन्यो ।
निश्चय नै, मण्डली १२ औं शताब्दीपछि उच्च शिक्षाको पहलकर्ता बनेको र अमेरिका र युरोपका प्रख्यात विश्वविद्यालयहरू ख्रीष्टियान कलेजहरू नै हुन्, एशियामा मिशनेरीहरू आएर स्कुल र विश्वविद्यालयहरू खोले । यी विश्वविद्यालयहरूले नयाँ पिंढीका विद्यार्थीहरूलाई शिक्षा दिने काम गरे जोहरू परिवर्तन र विकासका कारकहरू बनेका छन् । ३६० इ. सम्बतमा मण्डलीले पहिलो अस्पताल स्थापना गर्‍यो; ४०० वर्षपछि मात्रै अरबी देशहरूले अस्पतालहरू बनाउन थाले । एशियामा मिशनेरीहरूले उन्नाइसौं शताब्दीमा मात्र अस्पतालहरूको थालनी गरे । म यस्ता धेरै उदाहरणहरू दिन सक्छु । तर मैले तपाईंहरूसँग बाँड्न चाहेको विषय चाहिँ मण्डली हो, पत्रुसको दिनदेखि नै मण्डली ख्रीष्टको हृदयअनुसारको, दयाको हृदय जो चाहिँ पेन्तिकोसको दिनमा पवित्र आत्मा आउनुभएको परिणामस्वरूप स्थापना भएको थियो । संसारका मानिसहरूले ख्रीष्टको सुसमाचारको अनुभव पहिले मण्डलीले प्रदान गरेको सेवकाईद्वारा प्राप्त गरे र पछिमात्र येशू प्रभुलाई चिने ।
अस्सीका सन्तफ्रान्सिसले भनेका छन् “सुसमाचार सधैँ प्रचार गर आवश्यक परेमा मात्र शब्दको प्रयोग गर ।”
दुःख मान्दै र अभाग्यवश, पश्चिमी मुलुकमा भएको राजनैतिक कारणहरूले विगत ३ शताब्दीसम्म मण्डली बिस्तारै राज्यबाट अलग हुन पुगेको छ, छेउतिर पन्छाइएको छ र मण्डली एउटा मनोरञ्जनको केन्द्र बन्न पुगेको छ । ख्रीष्टियान हुनु व्यक्तिगत कुरा हो, यसको चर्चा कार्यक्षेत्रहरूमा, स्कुलहरूमा अब गरिनु हुँदैन भन्ने सोच पश्चिमेली मुलुकहरूमा राखिन्छ । कारणवश, हामी ख्रीष्टियानहरूले पनि यो विश्वास गर्न थालेका छौं कि मण्डलीका कुरा त मण्डलीका पर्खालभित्रमात्र सीमित राखिनुपर्छ र मण्डलीभित्रका कामहरूमात्र पवित्र छन् मण्डलीमा काम गर्ने व्यक्तिमात्रै सन्तहरू हुन् र मण्डलीबाहिरको जगत फरक विश्व हो ।
म तपाईंहरूलाई यो भन्न चाहन्छु कि यो सेक्युलर भन्ने शब्द पहिले रोमन क्याथोलिक मण्डलीहरूमा मात्र चलाइन्थ्यो पूजाहारीको अर्थ दिन जसमा पाष्टर र डीकनहरू पनि पर्थे जो गुम्बाहरूमा बस्दैनथे तर समाज सेवामा तल्लिन रहन्थे । तर पनि तिनीहरू मण्डलीको सेवकाईको एक भाग नै थिए । निश्चय नै, आज सेक्युलर भन्ने शब्दले मण्डलीको विपरीत शब्द जनाउँछ र हाम्रो विश्वाससँग यसले कुनै सरोकार राख्दैन ।
जोन वेस्ली १८ औं शताब्दीका मेथोडिष्ट चर्चका प्रचारक र संस्थापक हुन्, उनलाई सम्वाददाताले एकपटक उनको मण्डली कहाँ छ ? भनेर सोधेका थिए किनकि अरू मानिसहरूले झै मण्डलीभित्र प्रचार गर्नुको सट्टा वेस्लीले खुल्ला ठाउँहरू र सडकका कुनाहरूमा प्रचार गर्दथे । उनले संसारलाई एउटा प्रख्यात उत्तर दिए जुन आजसम्मका  बाइबल कलेजका सबै विद्यार्थीहरूलाई थाहा छ । उनले भनेका थिए, संसार नै मेरो मण्डली हो ।
जब–जब म यसबारे विचार गर्छु मलाई प्राथमिक पाठशालामा हुँदा मैले गाउने गरेको गीतको सम्झना आउँछ, “यो मेरो बुवाको संसार हो (माल्ब्राई डि. ब्याबकक, १९०१) ।
यो मेरो बुवाको संसार हो । मैले यसलाई कहिल्यै नबिर्सूं गलत कुरा यति मजबुत देखिए पनि अझै पनि परमेश्वर यसको शासक हुन् । यो मेरो बुवाको संसार होः मेरो हृदय किन अफशोस होस् ? प्रभु नै राजा हुनुहुन्छ, स्वर्गले स्वर निकालोस् ! परमेश्वर शासन गर्नुहुन्छ, पृथ्वी आनन्दित होस् ।
मेरो प्यारा दाजुभाइ, दिदीबहिनीहरू पिताको संसार कहाँ छ भनेर थाहा पाउन हामीले परमेश्वर पिता सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सारा विश्वमाथि शासन गर्नुहुन्छ भनी विश्वास गर्छौं भने यो संसार पिताको संसार हुनेछ र सबैथोक, सबै कामहरू र हाम्रा कार्यक्रमहरूका सबै पक्षहरू परमेश्वरका लागि सेवाहरू गनिनेछन् । तर मण्डली र बाह्य जगत (सेक्युलर) भन्ने कुनै कुरा नै रहँदैन । यो खालि ती मानिसहरूको विचार हो जसले मण्डलीलाई बाहिरी जगतभन्दा अलग्गै राख्न चाहन्छन् र हामीलाई महसुस गराउन कोशिश गर्छन् कि आफुलाई मण्डलीका चार पर्खालभित्र सीमित राख्नेहरू मात्र सन्त र पवित्र मानिसहरू हुन् । दोस्रो विश्व युद्धपछि बेलायतका धेरै मण्डली भवनहरू विनाश गरिए र मण्डलीले धेरै भवनहरू जीर्णोद्धार गर्ने प्रयत्न गर्‍यो । एक दिन कान्टबेरीका आर्क विशपले लण्डनमा अवस्थित सन्त पावल क्याथेड्रलको मर्मत कार्य हेर्दै थिए । उनले मण्डली भवनको माथितिर दुई जना ज्यामीले गाडामा मालसामान ओसार्दै गरेका देखे । उनी त्यतैतिर गएर एकजनालाई सोधे, ‘तपाईं के गर्दै हुनुहुन्छ ?’ त्यस मानिसले जवाफ दियो, “मैले यो गाडा धकेल्दैछु ।” त्यसपछि उनी अर्को मानिसतिर बढेर गए र त्यही प्रश्न उसलाई सोधे । त्यो मानिस रोकियो र भन्यो, “मैले परमेश्वरको भवन निर्माण गर्दैछु ताकि निर्माण कार्य सिद्धिएपछि परमेश्वरका जन यहाँ आएर उनको आराधना गर्न सकुन्, म यसका लागि अति उत्सुक छु ।”
मेरा प्यारा दाज्युभाइ दिदीबहिनीहरू हामी के गर्छौं त्यो महत्वपूर्ण छैन तर कसरी र किन गर्छौं त्यसले नै हाम्रो कामलाई पवित्र पार्छ । मण्डलीले इतिहासभरि नै सेवा गर्दै आएको छ र स्वास्थ्य उपचार, शिक्षा आदि कुराद्वारा संसारमा विकास कार्यमा योगदान पुर्‍याउँदै आएको छ । कसैले यो काम पवित्र छैन र यो जिम्मेवारी मण्डलीको होइन भन्यो भन्दैमा यसो गर्नबाट पछि हट्न हामीलाई कुनै कारण नै छैन । हाम्रो देश र समाजलाई परिवर्तन र रूपान्तरण चाहिएको छ र हामी सबैजना यस परिवर्तनको भाग हुनुपर्छ र समाजको अंगका रूपमा परमेश्वरले दिनुभएको जिम्माको काम पूरा गर्नुपर्छ । परिवर्तन होस् भनेर प्रार्थना गर्न पनि जरूरी छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा प्रार्थना गरिसकेपछि हामीले आफुलाई समाजमा परिवर्तन ल्याउने मानिसका रूपमा आफैलाई परमेश्वरमा सुम्पनु पर्छ ।

जन्म दिनको शुभकामना प्रेरित २:१-४ (कर्टिस वङले दिनुभएको प्रवचन)

August 8, 2011 | Articles  

सर्वप्रथम म तपाईंहरू सबै जनालाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु ! निश्चय, जन्म दिनको शुभकामना ! भोलि हाम्रो जन्म दिन हो भन्ने कुरा के तपाईंहरूलाई थाहा छ ? ख्रीष्टियानको हैसियतले हामी ख्रीष्टको जन्मदिन ख्रीष्टमस मनाउँछौं उसै मण्डलीको पनि अक्टोबरको अन्तिम हप्ता जन्म दिन मनाउँछौं, निश्चयनै हामी सबैको पनि आ–आफ्नै जन्म दिन छ । यस वर्ष इष्टर सण्डेका दिन हाम्रा पाष्टर डा. राजेन्द्र कुमार रोंगोंगको पनि जन्म दिन परेको थियो । हामी सबै मिलेर उहाँको जन्म दिन मनायौं तर ख्रीष्टको मण्डलीको रूपमा हामीले मण्डलीको जन्मदिन बिरलै मनाउँदछौं, शायद यो कहिले पर्छ भन्ने कुरा हामीलाई थाहा पनि छैन होला ! त्यसकारण, आज म तपाईंहरू सबैसँग मिलेर जन्मदिन मनाउन चाहन्छु साथै त्यस दिन के भयो सो सिक्न चाहन्छु र त्यसको कस्तो प्रभाव हामीमा पर्छ भन्नेपनि जान्न चाहन्छु ।
पन्तिकोस जसलाई हप्ताको चाड (प्रस्थान ३४:२२, १६:१०) पनि भनिन्छ, यहूदी चाड हो । सिनै पर्वतमा व्यवस्था दिइएको सम्झनामा यो मनाइन्छ तर हामी ख्रीष्टियानहरूका लागि पन्तिकोस मण्डलीको जन्म दिन हो । पन्तिकोस निस्तार चाडको पचासौं दिनमा पर्छ, कतिपय चलनमा यो फरक हुन सक्छ । यस वर्ष यो कि जुन ८ कि जुन १२ मा पर्नुपर्ने हो । त्यसकारण आजको दिन यो उत्सव मनाउन अझै मिल्छ ।
यो सम्झनुहोस् कि पहिलो शताब्दिभरि, प्रेरितहरूको समयमा, मण्डलीको कुनै भवन थिएन, नता कुनै संस्थानै, यो त केवल ख्रीष्टका विश्वासीहरूको झुण्ड मात्र थियो । उनीहरू मन्दिरमा परमेश्वर र येशू ख्रीष्टको आराधनाको लागि भेट्ने गर्थे । त्यसैले मैले भन्न चाहेको मण्डली एउटा भवन होइन नता सम्प्रदायनै तर यो त विश्वासीहरूको संगति हो । मण्डली भनेको हामी नै हौं र पन्तिकोस त्यो हो जब ख्रीष्टियानहरू मण्डली बने र यो आशा गर्छु कि अबदेखि उसो हामीले यो दिनको सम्झना गरौं र उत्सव पनि मनाऔं ।
त्यस ऐतिहासिक दिनमा अथवा येशूको पुनरुत्थान भएपछि पन्तिकोसको दिनमा के भयो ? प्रेरित २:१–४ ले भन्छ कि पवित्र आत्मा विश्वासीहरूमाथि आगाका ज्वालाझै आउनुभयो र सबै चेलाहरू अन्य भाषामा बोल्न लागे अनि पूर्ण बिराम ! हामीमध्ये धेरैजनाले पवित्र आत्माको अभिषेकका लागि प्रार्थना गर्‍यौं, पवित्र आत्माको भरपूरीका लागि प्रार्थना गर्‍यौं, अनि अन्यभाषमा बोल्न सक्ने भयौं, अनि पूर्ण बिराम ! मलाई यो भन्न दुःख लाग्छ तर हामीमध्ये धेरैले पन्तिकोसको बारेमा बुझेका यत्ति हो र शायद त्यसैकारण यो दिन मनाउँदैनौं ।
आज म चेलाहरूले अन्यभाषा बोलेपछि के भयो र मण्डलीको जन्म कसरी भयो भन्ने कुरा हेर्न चाहन्छु । यस घटनाको राम्रो चित्र पाउनलाई म पत्रुसमा केन्द्रित हुन चाहन्छु जो पछि गएर मण्डलीका पिता बन्दछन् । ख्रीष्टले नै उहाँको मृत्यु अघि उनलाई मत्ती १६:१८ मा नियुक्त गर्नुभयो । पत्रुसले पवित्रआत्माको अभिषेक पाएपछि उनको बारेमा मैले तीनवटा कुराहरू थाहा गरेको छु । पहिलो कुरा पत्रुस पापीबाट सन्तमा परिणत भए; दोस्रो कुरा, पत्रुस मूर्खबाट बुद्धिमान मानिसमा परिणत भए; तेस्रो कुरा, पत्रुसले आफ्नो ढुंगासरहको हृदयलाई ख्रीष्टको कोमल हृदयमा परिणत गरे ।
पन्तिकोसको दिनमा पत्रुसमा पवित्रआत्मा आउनुभयो र पत्रुस पापीबाट सन्तमा परिणत भए । लूका ५:८ को घट्ना हामीले सम्झेका छौं भने यहाँ पत्रुसले येशूलाई पहिलोपटक भेट्छन् र येशूनै मसिह, ख्रीष्ट हुनुहुन्छ भनी महसुस गर्छन् र येशूको पाउमा घोप्टो परेर भन्छन्, “हे प्रभु, मबाट जाइजानुहोस् किनकि म पापी मानिस हुँ ।” येशूलाई तीन वर्षसम्म पछ्याएपछि पनि यस पृथ्वीमा भएको येशूको मिशन बुझ्न सकेका थिएनन् । जब येशूले आफ्नो मृत्युको बारेमा जानकारी दिनुभयो, पत्रुस येशूलाई रोक्न चाहन्छन् (मर्कुस ८:३२ र ३३) पदमा येशूले पत्रुसलाई “ए शैतान मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन तर मानिसपट्टि छ” भनेर हप्काउनुहुन्छ ।
साँच्चै सबभन्दा नराम्रो कुरा अझै हुन आएको छैन ! जब येशू पक्राउ पर्नुभयो र उहाँलाई मुद्दा लगाइयो, उनी पनि येशूका चेला हुन् भन्ने विषयमा उनले तीनपल्टसम्म इन्कार गरे (मर्कुस १४:६६–७२) । शायद पत्रुसले कहिले केही चोरेका पनि थिएनन् र कसैको हत्या पनि गरेका थिएनन् तरपनि पत्रुस पापी नै थिए । चाखलाग्दो कुरा यो हो कि येशूले पत्रुसलाई एउटा विशेष कामको जिम्मा दिनुभएको थियो कि उनी पत्थर कहलाइनेछन् जसमाथि मण्डली निर्माण हुनेछ (मर्कुस १६:१८) । पेन्तिकोसको दिनमा जब पवित्रआत्मा चेलाहरूमाथि आउनुभयो, पत्रुस पापी मानिसबाट सन्तमा परिणत भए ! उनी मण्डलीको अगुवा बने र येशूले झै उनले पनि आश्चर्य कर्म र चिन्हहरू देखाए । निश्चयनै सन्त हुनु एउटा प्रक्रिया हो, यो एक दुई दिनभित्र नै सम्पन्न हुँदैन; तर पत्रुस पन्तिकोसको दिनदेखि बिस्तारै सन्त हुँदै गए जसको बारेमा आज हामीलाई थाहा छ । पत्रुसको यस पृथ्वीको सेवकाईको अन्तमा सबैले यो थाहा गरेका छन् कि उनी एक सन्त हुन् ।
हामीमा पनि पवित्रआत्मा हुनुहुन्छ, के हामी पनि पापी मानिसबाट सन्तमा परिणत भएका छौं ?
दोस्रो कुरा, पत्रुस मूर्ख मानिसबाट बुद्धिमानमा परिणत भएका छन् । जब पन्तिकोसको पछि पत्रुस र यूहन्ना मन्दिरमा पूजाहारी र शास्त्रीहरूका अगाडि थिए । उनीहरूले पत्रुसलाई शिक्षित,साधारण मानिसका रूपमा चिने (प्रेरित ४:१३) । निश्चयनै हामी सबैले जानेका छौं कि पत्रुस गालिलका माझी थिए, उनको बोली गालिलीको जस्तै धोद्रो थियो, यो आधारमा पनि धेरैले उनलाई बुद्धिमान र शिक्षित वर्गमा राख्दैनथे । वास्तवमा येशूसँग रहेको पूरा समयभरि पत्रुसले ‘येशूनै ख्रीष्ट हुनुहुन्छ’ भन्ने स्वीकार बाहेक (मर्कुस ८:२७,२९) अन्य केही कुरा पनि बुद्धिमानले झै बोलेनन् तर धेरै प्रश्नहरू उनले नै सोध्थे किनकि येशूले बोल्नुभएका कुरा उनी बुझ्दैनथे । पत्रुस पहिले मूर्ख थिए । तर पन्तिकोसको दिनमा पवित्रआत्मा उनीमाथि आउनुभएपछि पत्रुस बुद्धिमान मानिस बने र उनको बुद्धिले गर्दा उनी मण्डलीको पिता बन्न पुगे ।
प्रेरित २:१४–४१ मा उल्लेख गरिएको पत्रुसको प्रवचन आजसम्म प्रचार गरिएकोमध्ये सबैभन्दा शक्तिशाली थियो । तीन हजारभन्दा बढी मानिसले उनको प्रवचन सुनेर येशूलाई विश्वास गरे । पत्रुसले येशूको बारेमा प्रधान पूजाहारी हन्नास र अन्य पूजाहारी अघि गरेको बहस अति नै शक्तिशाली भाषण थियो । पत्रुसजस्तो माझीको कुरा सुनेर अति शिक्षित पूजाहरी र शास्त्रीहरू पनि अचम्भित भएका थिए र साहससँग प्रतिरक्षा गर्न सके । पत्रुसलाई धम्की दिइएको अवस्थामा पनि उनी दवाबमा झुकेनन् र येशूको बारेमा बोल्दै नबोल्नू भन्ने चेतावनीलाई पनि स्वीकार गरेनन् । केले पत्रुसलाई यस्तो बुद्धिमान र बलवान तुल्याएको हो ? प्रेरित ४:८ ले भन्छ कि त्यसपछि पत्रुस पवित्रआत्माले भरिएर उनीहरूलाई भन्छन्…। यो त पवित्रआत्माले नै हो पत्रुसलाई मूर्खबाट बुद्धिमान तुल्याउनुभएको, यो परमेश्वरको महिमाको लागि र मण्डलीलाई सुदृढ तुल्याउनका लागि हो ।
चिनियाँ भएको नाताले मलाई जे कुरा थाहा छ त्यसबारे मैले घमण्ड गर्न हुँदैन भन्ने कुरा सिकाइएको थियो, त्यही कारणले नम्रता देखाउनका लागि मैले जानेको कुरा पनि जानेको छैन भन्नुपर्छ । यो हामी चिनियाँहरूको स्वभाव हो । अझ बढी मैले यो स्वीकार गर्नुपर्छ कि म त्यति बुद्धिमान विद्यार्थी थिइनँ, म जवान हुँदा कहिल्यै कठोर परिश्रम गरिनँ । त्यसैले म कहिल्यै परीक्षाहरूमा प्रथम हुन सकिनँ खाली उत्तीर्णमात्र हुन्थेँ । त्यसकारण पनि मेरो लागि घमण्ड गर्ने कुनै कुरानै सर्वप्रथम म तपाईंहरू सबै जनालाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु ! निश्चय, जन्म दिनको शुभकामना ! भोलि हाम्रो जन्म दिन हो भन्ने कुरा के तपाईंहरूलाई थाहा छ ? ख्रीष्टियानको हैसियतले हामी ख्रीष्टको जन्मदिन ख्रीष्टमस मनाउँछौं उसै मण्डलीको पनि अक्टोबरको अन्तिम हप्ता जन्म दिन मनाउँछौं, निश्चयनै हामी सबैको पनि आ–आफ्नै जन्म दिन छ । यस वर्ष इष्टर सण्डेका दिन हाम्रा पाष्टर डा. राजेन्द्र कुमार रोंगोंगको पनि जन्म दिन परेको थियो । हामी सबै मिलेर उहाँको जन्म दिन मनायौं तर ख्रीष्टको मण्डलीको रूपमा हामीले मण्डलीको जन्मदिन बिरलै मनाउँदछौं, शायद यो कहिले पर्छ भन्ने कुरा हामीलाई थाहा पनि छैन होला ! त्यसकारण, आज म तपाईंहरू सबैसँग मिलेर जन्मदिन मनाउन चाहन्छु साथै त्यस दिन के भयो सो सिक्न चाहन्छु र त्यसको कस्तो प्रभाव हामीमा पर्छ भन्नेपनि जान्न चाहन्छु ।
पन्तिकोस जसलाई हप्ताको चाड (प्रस्थान ३४:२२, १६:१०) पनि भनिन्छ, यहूदी चाड हो । सिनै पर्वतमा व्यवस्था दिइएको सम्झनामा यो मनाइन्छ तर हामी ख्रीष्टियानहरूका लागि पन्तिकोस मण्डलीको जन्म दिन हो । पन्तिकोस निस्तार चाडको पचासौं दिनमा पर्छ, कतिपय चलनमा यो फरक हुन सक्छ । यस वर्ष यो कि जुन ८ कि जुन १२ मा पर्नुपर्ने हो । त्यसकारण आजको दिन यो उत्सव मनाउन अझै मिल्छ ।
यो सम्झनुहोस् कि पहिलो शताब्दिभरि, प्रेरितहरूको समयमा, मण्डलीको कुनै भवन थिएन, नता कुनै संस्थानै, यो त केवल ख्रीष्टका विश्वासीहरूको झुण्ड मात्र थियो । उनीहरू मन्दिरमा परमेश्वर र येशू ख्रीष्टको आराधनाको लागि भेट्ने गर्थे । त्यसैले मैले भन्न चाहेको मण्डली एउटा भवन होइन नता सम्प्रदायनै तर यो त विश्वासीहरूको संगति हो । मण्डली भनेको हामी नै हौं र पन्तिकोस त्यो हो जब ख्रीष्टियानहरू मण्डली बने र यो आशा गर्छु कि अबदेखि उसो हामीले यो दिनको सम्झना गरौं र उत्सव पनि मनाऔं ।
त्यस ऐतिहासिक दिनमा अथवा येशूको पुनरुत्थान भएपछि पन्तिकोसको दिनमा के भयो ? प्रेरित २:१–४ ले भन्छ कि पवित्र आत्मा विश्वासीहरूमाथि आगाका ज्वालाझै आउनुभयो र सबै चेलाहरू अन्य भाषामा बोल्न लागे अनि पूर्ण बिराम ! हामीमध्ये धेरैजनाले पवित्र आत्माको अभिषेकका लागि प्रार्थना गर्‍यौं, पवित्र आत्माको भरपूरीका लागि प्रार्थना गर्‍यौं, अनि अन्यभाषमा बोल्न सक्ने भयौं, अनि पूर्ण बिराम ! मलाई यो भन्न दुःख लाग्छ तर हामीमध्ये धेरैले पन्तिकोसको बारेमा बुझेका यत्ति हो र शायद त्यसैकारण यो दिन मनाउँदैनौं ।

आज म चेलाहरूले अन्यभाषा बोलेपछि के भयो र मण्डलीको जन्म कसरी भयो भन्ने कुरा हेर्न चाहन्छु । यस घटनाको राम्रो चित्र पाउनलाई म पत्रुसमा केन्द्रित हुन चाहन्छु जो पछि गएर मण्डलीका पिता बन्दछन् । ख्रीष्टले नै उहाँको मृत्यु अघि उनलाई मत्ती १६:१८ मा नियुक्त गर्नुभयो । पत्रुसले पवित्रआत्माको अभिषेक पाएपछि उनको बारेमा मैले तीनवटा कुराहरू थाहा गरेको छु । पहिलो कुरा पत्रुस पापीबाट सन्तमा परिणत भए; दोस्रो कुरा, पत्रुस मूर्खबाट बुद्धिमान मानिसमा परिणत भए; तेस्रो कुरा, पत्रुसले आफ्नो ढुंगासरहको हृदयलाई ख्रीष्टको कोमल हृदयमा परिणत गरे ।
पन्तिकोसको दिनमा पत्रुसमा पवित्रआत्मा आउनुभयो र पत्रुस पापीबाट सन्तमा परिणत भए । लूका ५:८ को घट्ना हामीले सम्झेका छौं भने यहाँ पत्रुसले येशूलाई पहिलोपटक भेट्छन् र येशूनै मसिह, ख्रीष्ट हुनुहुन्छ भनी महसुस गर्छन् र येशूको पाउमा घोप्टो परेर भन्छन्, “हे प्रभु, मबाट जाइजानुहोस् किनकि म पापी मानिस हुँ ।” येशूलाई तीन वर्षसम्म पछ्याएपछि पनि यस पृथ्वीमा भएको येशूको मिशन बुझ्न सकेका थिएनन् । जब येशूले आफ्नो मृत्युको बारेमा जानकारी दिनुभयो, पत्रुस येशूलाई रोक्न चाहन्छन् (मर्कुस ८:३२ र ३३) पदमा येशूले पत्रुसलाई “ए शैतान मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन तर मानिसपट्टि छ” भनेर हप्काउनुहुन्छ ।
साँच्चै सबभन्दा नराम्रो कुरा अझै हुन आएको छैन ! जब येशू पक्राउ पर्नुभयो र उहाँलाई मुद्दा लगाइयो, उनी पनि येशूका चेला हुन् भन्ने विषयमा उनले तीनपल्टसम्म इन्कार गरे (मर्कुस १४:६६–७२) । शायद पत्रुसले कहिले केही चोरेका पनि थिएनन् र कसैको हत्या पनि गरेका थिएनन् तरपनि पत्रुस पापी नै थिए । चाखलाग्दो कुरा यो हो कि येशूले पत्रुसलाई एउटा विशेष कामको जिम्मा दिनुभएको थियो कि उनी पत्थर कहलाइनेछन् जसमाथि मण्डली निर्माण हुनेछ (मर्कुस १६:१८) । पेन्तिकोसको दिनमा जब पवित्रआत्मा चेलाहरूमाथि आउनुभयो, पत्रुस पापी मानिसबाट सन्तमा परिणत भए ! उनी मण्डलीको अगुवा बने र येशूले झै उनले पनि आश्चर्य कर्म र चिन्हहरू देखाए । निश्चयनै सन्त हुनु एउटा प्रक्रिया हो, यो एक दुई दिनभित्र नै सम्पन्न हुँदैन; तर पत्रुस पन्तिकोसको दिनदेखि बिस्तारै सन्त हुँदै गए जसको बारेमा आज हामीलाई थाहा छ । पत्रुसको यस पृथ्वीको सेवकाईको अन्तमा सबैले यो थाहा गरेका छन् कि उनी एक सन्त हुन् ।
हामीमा पनि पवित्रआत्मा हुनुहुन्छ, के हामी पनि पापी मानिसबाट सन्तमा परिणत भएका छौं ?
दोस्रो कुरा, पत्रुस मूर्ख मानिसबाट बुद्धिमानमा परिणत भएका छन् । जब पन्तिकोसको पछि पत्रुस र यूहन्ना मन्दिरमा पूजाहारी र शास्त्रीहरूका अगाडि थिए । उनीहरूले पत्रुसलाई शिक्षित,साधारण मानिसका रूपमा चिने (प्रेरित ४:१३) । निश्चयनै हामी सबैले जानेका छौं कि पत्रुस गालिलका माझी थिए, उनको बोली गालिलीको जस्तै धोद्रो थियो, यो आधारमा पनि धेरैले उनलाई बुद्धिमान र शिक्षित वर्गमा राख्दैनथे । वास्तवमा येशूसँग रहेको पूरा समयभरि पत्रुसले ‘येशूनै ख्रीष्ट हुनुहुन्छ’ भन्ने स्वीकार बाहेक (मर्कुस ८:२७,२९) अन्य केही कुरा पनि बुद्धिमानले झै बोलेनन् तर धेरै प्रश्नहरू उनले नै सोध्थे किनकि येशूले बोल्नुभएका कुरा उनी बुझ्दैनथे । पत्रुस पहिले मूर्ख थिए । तर पन्तिकोसको दिनमा पवित्रआत्मा उनीमाथि आउनुभएपछि पत्रुस बुद्धिमान मानिस बने र उनको बुद्धिले गर्दा उनी मण्डलीको पिता बन्न पुगे ।
प्रेरित २:१४–४१ मा उल्लेख गरिएको पत्रुसको प्रवचन आजसम्म प्रचार गरिएकोमध्ये सबैभन्दा शक्तिशाली थियो । तीन हजारभन्दा बढी मानिसले उनको प्रवचन सुनेर येशूलाई विश्वास गरे । पत्रुसले येशूको बारेमा प्रधान पूजाहारी हन्नास र अन्य पूजाहारी अघि गरेको बहस अति नै शक्तिशाली भाषण थियो । पत्रुसजस्तो माझीको कुरा सुनेर अति शिक्षित पूजाहरी र शास्त्रीहरू पनि अचम्भित भएका थिए र साहससँग प्रतिरक्षा गर्न सके । पत्रुसलाई धम्की दिइएको अवस्थामा पनि उनी दवाबमा झुकेनन् र येशूको बारेमा बोल्दै नबोल्नू भन्ने चेतावनीलाई पनि स्वीकार गरेनन् । केले पत्रुसलाई यस्तो बुद्धिमान र बलवान तुल्याएको हो ? प्रेरित ४:८ ले भन्छ कि त्यसपछि पत्रुस पवित्रआत्माले भरिएर उनीहरूलाई भन्छन्…। यो त पवित्रआत्माले नै हो पत्रुसलाई मूर्खबाट बुद्धिमान तुल्याउनुभएको, यो परमेश्वरको महिमाको लागि र मण्डलीलाई सुदृढ तुल्याउनका लागि हो ।
चिनियाँ भएको नाताले मलाई जे कुरा थाहा छ त्यसबारे मैले घमण्ड गर्न हुँदैन भन्ने कुरा सिकाइएको थियो, त्यही कारणले नम्रता देखाउनका लागि मैले जानेको कुरा पनि जानेको छैन भन्नुपर्छ । यो हामी चिनियाँहरूको स्वभाव हो । अझ बढी मैले यो स्वीकार गर्नुपर्छ कि म त्यति बुद्धिमान विद्यार्थी थिइनँ, म जवान हुँदा कहिल्यै कठोर परिश्रम गरिनँ । त्यसैले म कहिल्यै परीक्षाहरूमा प्रथम हुन सकिनँ खाली उत्तीर्णमात्र हुन्थेँ । त्यसकारण पनि मेरो लागि घमण्ड गर्ने कुनै कुरानै थिएन । जब मैले विश्वविद्यालयको पढाइ सिध्याएँ तब मैले विचार गरें कि म फेरि अध्ययनका लागि कुनै विद्यालयमा जाने छैन तर प्रभुले म जस्तो मूर्खलाई चलाउन सक्नुभएन त्यसैले उहाँले ममा काम गर्न र मलाई परिवर्तन गर्न लागिरहनुभयो । तपाईंले विश्वास गरे पनि नगरे पनि मैले ३० वर्षअघि काम गर्न शुरू गरेको समयदखि अहिलेसम्म मैले अध्ययन गर्न छाडेको छैन । हितोपदेश १:७ ले भन्छ ‘परमप्रभुको भय नै ज्ञानको शुरू हो ।’ म अहिले बुद्धिमान छु भनी घमण्ड गर्न चाहन्नँ तर मेरो बुद्धि कहाँबाट आउँछ भन्ने कुरा मलाई थाहा छ, साथै यो परमेश्वरको महिमा र उहाँकै सेवकाईका लागि हो । बिस्तारै बिस्तारै, मेरो ख्रीष्टियान दाजुभाइ, दिदी बहिनीहरूले म अशिक्षित छु, मसँग धेरै ज्ञान छैन वा म असक्षम छु भनेको सुन्छु मलाई आश्चर्य लाग्छ । यो कुरा थाहा पाएपछि उनीहरूले यो आफ्ना नम्रता देखाउनका लागि वा परम्पराको कारणले हो यसो गरेका हुन् भन्ने कुरा स्वीकार गर्नलाई मलाई चुनौतीपूर्ण लाग्छ । यदि पवित्रआत्मा पत्रुसमाथि आएर उनलाई मूर्खबाट बुद्धिमान मानिस बनाउनुभयो भने त्यही पवित्रआत्मा हामीमा हुनुहुन्छ, परमेश्वरको मण्डलीका रूपमा, ख्रीष्टको देहका रूपमा र हामी कोही अन्य भाषामा समेत बोल्न सक्ने अवस्थामा किन हाम्रो मूर्खता बुद्धिमा परिवर्तन हुन नसकेको ? यदि मण्डलीचाहिँ मूखहरूको जमात हो भने किन अरूहरू हामीसँग मिसिन आइपुग्छन् ? हामीले जीवनका हरेक समस्याका लागि अनन्त उत्तरहरू दिन सक्नुपर्ने हो र येशूको खोजी गरिरहेकाहरूलाई येशूलाई प्राप्त गर्न सहायता पुर्‍याउनुपर्ने हो । मूर्खहरूको मण्डलीमा को आउलान् र ? यो त परमेश्वरका लागि र हाम्रा लागि पनि लाजमर्दो कुरा हो ।

यसभन्दा अझ भन्ने हो भने हामीलाई धेरैपटक भनिएको छ कि मण्डली हाम्रो देशका लागि एउटा आशा हो, हामीले यो देशलाई निर्माण गर्नुपर्छ र रूपान्तरित पनि गर्नुपर्छ तर कुनै बुद्धि नै नभएको मण्डलीले कसरी यो देशलाई रूपान्तरित गर्न सक्छ ?

मेरो प्रिय दाजुभाइ दिदीबहिनी हो, पवित्रआत्मा हामीमा बर्सून् भनेर खाली गीत गाउने र प्रार्थना गर्नेहरू मात्र हामी नबनौं तर साँचो अर्थमा आफैलाई खुल्ला पारौं र जसरी २,००० वर्ष अघि पेन्तिकोसको दिनमा पवित्र आत्माले पत्रुसलाई बदल्नुभयो त्यसरी नै उहाँले हामीलाई पनि बदली गरिदेऊन् । परमेश्वरले हामीलाई दिनुभएको बुद्धि प्रयोग गर्न सक्षम बनौं र हाम्रो समाज र देशलाई पनि रूपान्तरित गर्न सकौं र यसरी परमेश्वरलाई नै महिमा र आदर दिन सकौं । म सधैँ मलाई प्रभुमा हुर्काउनेको भनाइ सम्झन्छु जो अहिले बितिसक्नुभयो, उहाँ भन्नुहुन्थ्यो, “मलाई सबै उत्तर थाहा छैन तर मलाई थाहा छ जसले सबै उत्तर जान्नुहुन्छ ।”

« Previous PageNext Page »