मिशन सम्मेलन २०१०

November 3, 2010 | News and Events  

असोज २४-२६ गते तदनुसार अक्टोबर १०-१२ सम्म नेइम ज्ञानेश्वर मण्डलीमा भएको तीन दिने मिशन सम्मेलनमा नेपालदेखि बाहिर लगायत नेपालका विभिन्न भू-भाग जस्तै सुदुर पश्चिमााचल मध्यपश्चिमााचल पश्चिमाण्चल, पूर्वाण्चल, मध्यमाण्चल, स्थानिय लगायतका मण्डलीबाट ठूलो संख्यामा सहभागीहरुको उपस्थिति थियो ।

पहिलो दिन १० बजे दर्ता र ३ बजे खाजाको समय राखिएको थियो । बेलुका ४ बजे कार्यक्रम विस्तारमा नेइम ज्ञानेश्वरका पाष्टर शामुएल डन कार्थकद्धारा समर्पणता सहितको आराधनामा अगुवाइ गरियो । यस कार्यक्रमका संचालक पाष्टर वर्णबास श्रेष्ठद्धारा भएको थियो भने मिशन विभागका अध्यक्ष डा राजेन्द्र कुमार रोगोंगद्धारा उपस्थित रहेका सम्पूर्ण सहभागीहरुलाई उत्साहका साथ स्वागत गरिएको थियो । एक घण्टाको प्रवचनको सेवकाई संयुक्त राष्ट्र अमेरिकाको वासिङ्गटन डिसी मा अवस्थित मण्डलीमा सेवकाई गर्दै आउनुभएका पाष्टर चाल्स्र स्मिथ द्धारा गरियो भने अनुवादकका रुपमा पाष्टर दिल थापा हुनुहुन्थ्यो । प्रवचनमा वक्ताले मण्डलीलाई नमुना सहितको प्रेरितमा भएका निर्माण प्रक्रियाका बलिया सिद्धान्तहरु बताउनुभएको थियो । शक्तिपूर्ण भूमिका र प्रार्थनामा जोड दिँदै चुनौतीपूर्ण वचन मण्डलीको बीचमा बाँड्नुभएको थियो ।

त्यसै गरी दोस्रो दिन बिहानको चिया र खाजा लगतै आराधना पछि स्वागत प्रार्थना र सूचना पाष्टर एस सोदेम्बाद्धारा सम्पन्न भएको थियो र दोस्रो प्रवचनमा वक्ता चाल्स्र स्मिथले प्रेरित अध्यायमा आधारित रहेका मण्डली निर्माणका लागि मण्डलीले खेल्नुपर्ने अरु थप भूमिकाहरुको बारेमा स्पष्ट रुपमा बताउनुभयो । सोहि दिन तेस्रो प्रवचन पश्चात् व्यवहारिक विषयको कक्षा डा।राजेन्द्र कुमार रोगोंगले लिनुभएको थियो । चौथो प्रवचन लगतै मिसन विभागको विशेष भेटघाट राखिएको थियो । यस भेटघाटमा देशभित्र लगायत देश बाहिर रहेका विभिन्न मिशनेरीहरु साथै शाखा आबद्ध मण्डलीका अगुवाहरुले परमेश्वरको काम र आशिषहरु भेटघाटमा बाँडेका थिए ।

अन्तिम दिन चिया ,खाजा र आराधना पछि स्वागत, प्रार्थना र सूचना पाष्टर अशोक मुखियाले गर्नुभयो भने वक्ता चाल्स्र स्मिथको प्रवचन पश्चात् आखिरी सनेदश प्रभुभोज आर्शिवाद र बिदाइ मण्डलीका आदारणीय पाष्टर रोबर्ट कार्थकज्यूले गर्नुभएको थियो ।

missionconf1

missionconf2

missionconf3