युवा शिविर २०६७

November 8, 2010 | News and Events  

[singlepic id=562 w=250 h=188 float=right]गत वर्षजस्तै यस वर्ष पनि युवाहरुको शिविर निकै आशिषमय भयो । यस वर्षको कार्तिक १९ देखि २१ गतेसम्म भएको १५ देखि १९ वर्षसम्मका यूवाहरुको शिविर गोदावरीको निकै रमणीय प्रक्रितिको घेराउमा अवस्थित रहेको सेन्ट जेभियर स्कुलमा गरिएको थियो । यस शिविरमा करिब ३०० जना युवाहरुको उपस्थिति थियो ।

यस तीन दिने शिविरमा वक्ता डिकनेस राइनी डिविटद्वारा निकै चाखलाग्दो र परमेश्वरको वचनमा आधारित रहेको व्यवहारिक कक्षाहरु सम्बन्ध मित्रता चरित्र निर्माण जीवनका महत्वपूर्ण छनौट आदि सम्पन्न भयो । यस कक्षामा बताइएका वुराहरुले हरेक किशोर किशोरीहरु उत्साहित देखिन्थे । बिहानको बाइबल अध्धयन मत्ती ५ देखि ७ अध्यायमा आधारित थियो । दिउसोको समयमा राखिएको विभिन्न खेलहरुमा सबै गुरुजनहरुको उपस्थिति थियो भने त्यही साझपख बिजेताहरुलाई पुरस्कार दिइएको थियो । तीन दिने किशोर किशोरीहरुको शिविरमा सहभागीहरुले आफुले आशिष पाएको साथै पवित्र आत्माको अभिषेकद्वारा आएको परिवर्तन र परमेश्वरलाई भेटेका कुराहरु स्पष्ट रुपमा अगुवाहरुसंग बाडेका थिए ।

शिविरको तस्बिरहरु हेर्नको लागि यहाँ क्लिक हर्नुहोस्।