२०१० को बडादिन

December 31, 2010 | News and Events  

सदाझै यस वर्ष पनि २०१० को बडादिन नेइमका सबै मण्डलीहरुद्वारा ज्ञानेश्वर अवस्थित सानो गौचरणमा संयुक्त रुपमा सम्पन्न भयो । यस संयुक्त बडादिनको सेवामा नेइमका चारैवटा मण्डलीहरुबाट लगभग ६००० को हाराहारीमा विश्वासीहरुको उपस्थिति थियो । त्यहाँ उपस्थित रहेका समपूर्ण विश्वासीहरुमा ख्रीष्ट येशूको जन्मोत्सवको अपार खुशी र आनन्द छल्कीरहेको स्पष्ट रुपमा देखिएको थियो । उहाँको मुक्तिको आनन्दमा रम्दै र धन्यवादी भई सम्पूर्ण उपस्थित विश्वासीहरु स्तुति प्रशंसामा मग्न भएका थिए ।

यस लगतै वचनको सेवकाई आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थकज्यूद्वारा गरिएको थियो । जस्मा उहाँले येशू प्रभु आउनुभएको मुक्ति दिनमात्र नभएर सबै क्षेत्रमा आशिष दिनलाई हो र हामी सबै त्यो आशिषमा जीउनुपर्ने कुरामा जोड दिनुभएको थियो । यस पश्चात लगतै नियमित्र रुपमा गरिआएको शुभकामना सहितको ब्यानर झुण्ड्याइएको र सुसमाचार पर्चा बानेका बलुनहरु उडाउने कार्य गरिएको थियो । अन्त्यमा बालसंगतिका नानीहरुद्वारा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरियो । यस कार्यक्रम नेइमको वेबसाईट www.nim.org.np/live मार्फत प्रतक्ष्य प्रसारण गरिएको थियो ।

Christmas at Gaucharan

ख्रीष्ट जन्मोत्सव कार्यक्रममा सहभागीहरु

कार्यक्रमको थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।