मिसन यात्रा २०११

October 13, 2011 | News and Events  

गत वर्ष जस्तै यस वर्ष पनि नेइमका शाखा–आबद्ध मण्डलीहरुमा नेइमको मिशन विभागले विभिन्न संगतीका अगुवाहरु लगायत १९ वर्ष माथिका जवानहरुको झुण्डहरु बनाइ पठाउने कार्य सम्पन्न गरियो ।
यस वर्षको मिशन यात्रामा करिब १३० जना सहभागीहरु थिए भने ती सहभागीहरुका झुण्डहरुद्वारा करिब ३६ स्थानहरुमा सेवा संगति लगायत घर–दैलो संगति गरिएको र कतिपय स्थानहरुमा पवित्र आत्माको प्रशंसनीय कार्य भएको र सबै कुरामा नै परमेश्वरको उपस्थिति रहेको झुण्डका अगुवाहरुले वताएका थिए ।
परमेश्वरलाई महिमा साथै होस् साथै यहाँहरुको प्रार्थना र सहयोगको लागि नेइम मिशन विभाग हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं ।