बाल संगति वृहत भेला

October 13, 2011 | News and Events  

असोज ११ गते तदअनुसार सेप्टेम्बर २८ तारिखका दिन नेइम ललितपुर मण्डलीमा आयोजना गरिएको “नेइम बाल संगति” वृहत भेलामा नेइमका चारै वटा मण्डलीका करिब ३५० बालबालिकाहरु साथै शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।
यस वृहत भेलामा नेइमका चारै वटा मण्डलीका बालबालिकाहरुद्वारा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने बालबालिकाहरुले विभिन्न सृजनात्मक कार्यहरु गर्न पाउदा निकै उत्साहित भएका थिए । यस वृहत भेलामा बालबालिकाहरुले एकअर्कासंग संगति गर्ने, खेल्ने, आशिष बाँड्ने मौका पाए ।