स्व. पाष्टर एल.पी. न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली

June 5, 2015 | Blogs  

Lp Neupaneस्व. पाष्टर एल.पी.न्यौपाने सरल तर प्रतिभाशाली व्यक्ति हुुनुुहुन्थ्यो भन्नमा अत्युक्ति हुनेछैन । सन् १९६५ को जुन ९ ता. का दिन पाष्टर रोल्याण्ड रोंगोंगसँग पहिलो पल्ट नेपाल आउनुभयो । उहाँ दार्जिलिङको सेन्ट कोलोम्बाचर्चको मिशनरीको रूपमा आउनु भएता पनि उहाँ र पाष्टर रोल्याण्ड रोंगोंग शुरू देखि नै ज्ञानेश्वर मण्डली सित आवद्ध हुनुभयो । ज्ञानेश्वर मण्डली त्यसबेला आठ वर्षको थियो ।

स्व. न्यौपानेले शान्तिबूक स्टल, पुस्तक पसलका व्यवस्थापक देखि आई.बी.एस, ग्लोबल एक्सन नेपाल जस्ता संस्थाका निर्देशकभई काम गर्नुभयो साथै जोरपाटी स्थित नेपाल बाइबल आश्रम स्कूलको प्रिन्सिपलको जिम्मेवारी पनि सफलता पूर्वक निभाउनुभयो ।

स्व.न्यौपाने सरल मिलनसार,परिश्रमीर अति व्यवस्थित व्यक्ति हुनुहुन्थ्यो । उहाँको चर्को बोली वा बिझाउने शब्दहरू कहिल्यै सुनिएन । सबै काम चुस्त र दुरुस्त हुन्थ्यो ।

उहाँको मृत्युमा नेइमले एक कर्मठ सेवक गुमाएको छ । उहाँको जीवन र सेवकाइको निमित्त परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँदछौं ।
नेपाली इसाई मण्डली