आजको प्रार्थना

October 30, 2015 | Daily Prayer  

मण्डलीका विश्वासीहरू वचन सुन्ने मात्र होइन तर वचन पालन गर्नेहरू हुन सकून् ।

 

 

परमप्रभुको व्‍यवस्‍था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्‍वसनीय छन्‌, निर्बोधलाई बुद्धिमान्‌ तुल्‍याउने।
(भजनसंग्रह १९:७)

आजको प्रार्थना

October 29, 2015 | Daily Prayer  

मण्डलीका पाको उमेरका सबै वृद्ध-वृद्धाहरूको लागि प्रार्थना गरिदिऔं ।

 

तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यहीँ हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।
(यशैया ४६:४)

आजको प्रार्थना

October 28, 2015 | Daily Prayer  

प्रत्येक विश्वासीहरू आफ्नो टोल, छिमेक, नातेदार, साथीहरू र घरानाहरूको बीचमा प्रभुको साँचो साक्षी भएर जिउन सकून् ।

 

“तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।
(मत्ती ५:१३)

आजको प्रार्थना

October 27, 2015 | Daily Prayer  

मण्डलीका विश्वासीहरू चारैतिर घटिरहेका अशान्ति, निरासका कुरातिर मात्र ध्यान दिई विचलित हुने होइन तर प्रभुको वचनमा रही स्थिर रहन सकून् ।

 
“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
(मत्ती २४:४२)

आजको प्रार्थना

October 26, 2015 | Daily Prayer  

परमेश्वरको प्रेम चाखेर फेरि संसारमा फर्केर गएकाहरू साथै विभिन्न कारणले सेवा संगतिहरूमा आउन छोडेकाहरू परमेश्वरको प्रेम सम्झेर फर्की आउन सकून् ।

 
मैले त्‍यसका चालहरू देखें, तर त्‍यसलाई म निको पार्नेछु। म त्‍यसलाई डोर्‍याउनेछु, र फेरि सान्‍त्‍वना दिनेछु,
(यशैया ५७:१८)

आजको प्रार्थना

October 19, 2015 | Daily Prayer  

मण्डलीका सबै सेवक–सेविकाहरू आफ्ना सेवकाइको क्षेत्रमा समर्पित र उदाहरण भएर मण्डलीको हेरचाह गर्न सकून् ।

 

तिमीहरूको देखरेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर।

(१ पत्रुस ५:२–३)

आजको प्रार्थना

October 16, 2015 | Daily Prayer  

देशभरि हुने आराधना सेवाहरूमा चढाएको स्तुति प्रशंसाद्वारा उहाँको महिमाले यस देशलाई ढाकेको होस् ।

 

तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्‍याइदिनुभयो, र उनीहरू परास्‍त भए।
(२ इतिहास २०:२२)

आजको प्रार्थना

October 15, 2015 | Daily Prayer  

नेपालमा रहेका सबै विश्वासीहरू प्रभुमा जरा गाडिएका, निर्माण भएका र विश्वासमा दह्रिला भएकाहरू हुन सकून् ।
यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।
(कलस्सी २:६–७)

आजको प्रार्थना

October 14, 2015 | Daily Prayer  

चाड पर्वको समयमा अधुरो घर परिवारमा हुनुभएकाहरू स्थिर रहन सकून् भनी प्रार्थना गरिदिऔं।

 

यसैकारण हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्‍तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वरको सेवामा उहाँ कृपालु र विश्‍वस्‍त प्रधान पूजाहारी बन्‍नुभयो। किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ।
(हिब्रु २:१७–१८)

आजको प्रार्थना

October 12, 2015 | Daily Prayer  

मण्डलीका सबै विश्वासीहरू हर समय साथै सबै परिस्थितिहरू परमप्रभु परमेश्वरलाई आदर गर्नेहरू भई र उहाँलाई प्रेम गर्नेहरू हुन सकून् ।

 

शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्‌, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।
(१ थेसलोनिकी ५:२३)

« Previous PageNext Page »