आजको प्रार्थना

November 9, 2015 | Daily Prayer  

व्यक्तिगत, पारिवारिक र सामूहिक रूपमा चढाइने प्रार्थना आफ्ना इच्छाअनुसार मात्र होइन तर परमेश्वरको इच्छा अनुसार प्रार्थना गर्न पवित्र आत्माको अगुवाइ मागौं ।

म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु । तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्‌, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ ।
(यशैया ५६ः७)