“स्वास्थ शिविर”
December 12, 2011 | Blogs
मकवानपुर जिल्लामा अवस्थित नामटार गा.वि.स वडा नं.९ मा असोज ३०–कार्तिक १ गतेसम्म तदनुसार अक्टोबर १७ – १८ तारिकसम्म आयोजित “स्वास्थ शिविर” ले त्यस समुदायमा रहेका बासिन्दाहरुलाई आशिष पुर्याएको थियो ।
उक्त कार्यक्रमा मानिसहरुको संख्या ५०० भन्दा पनि बढी रहेको थियो । समयको अभावले गर्दा ५०० जना मानिसहरु मध्ये ४१५ जनाले मात्रै जाच गर्ने मौका प्राप्त गरे । ४१५ जना बाट पनि १५१ जना प्रभु येशूको बारेमा सुन्न तयार भएका थिए भने ३२ जनाले येशू प्रभुलाई आफ्नो प्रभु अनि मुक्तिदाता भनि ग्रहण पनि गरेका थिए । यसरी यस “स्वास्थ शिविर” द्धारा प्रभुलाई महिमा दिने कार्य सम्पन्न भयो ।
उक्त शिविरमा गएको १ वर्षदेखि फिमर बोनको समस्याले फ्याक्चर भएका र पिडौलाबाट हड्डी निस्किएको १३ वर्षिय ठिटोको नजिकैको “आनन्दवन अस्पताल” मा सफल शल्यक्रीया गरिएको थियो । त्यसै गरी उक्त शिविरमा कानको दुखाईबाट पिडित, अर्को १२ वर्षीय बालिकाको कान भित्र वैदेशिक यन्त्र ४ महिनादेखि रहेको र त्यसलाई निकाल्न यस शिविरले चितवनमा अवस्थित भरतपुर अस्पतालमा लगेका थिए ।
यसरी त्यहाका समुदाय लगायत त्यहाका मानिसहरुलाई परमेश्वरको आशिष र सहायता पुर्याउन यस शिविरले सक्दो मद्दत गरेको थियो । यस कामको लागि सहायताको हात बढाई मद्दत गर्नुहुने शान्ति नेपाललाई, पा.बर्णबास श्रेष्ठ र उहाका झुण्ड जसले यस शिविरमा कडा परिश्रम गर्नुभयो लगायत नेइम ज्ञानेश्वर मण्डलीको नेइम मिशन विभाग जसले प्रार्थना र सहयोगद्धारा भालटारको नेइम मण्डलीमा आयोजित यस शिविरलाई सफल रुपमा संचालन गर्न सहायता गर्नुभएकोमा ह्दय देखि धन्यवाद ज्ञापन गर्दछौ ।