NIM MISSION


नेपाली इसाई मण्डली मिशन विभागको

दर्शन

नेपालका सबै गाउँ, सहर र नगरका जातिजातिहरूका माझमा प्रभुको मुक्ति
र उद्धारको सन्देश पुर्याई मण्डली स्थापना गर्ने, सिकाउने, अगुवाहरू तयार
पार्ने र प्रभुको कामको लागि स्थानीय अगुवाहरूलाई परिचालन गर्ने।
पहिले नेपाली जाति र त्यसपछि संसारभरि नै सुसमाचार
प्रचार गर्ने, मिशनेरी पठाउने र मण्डली स्थापना गर्ने।

मिशन
सुसमाचार प्रचार र मण्डली स्थापनाका लागि उपयुक्त योजना र कार्यनीति तयार गर्ने।
स्थानीय मन्डली तथा संगतिहरूसँग सहकार्य गरी नयाँ ठाउँमा
सुसमाचार प्रचार गरी मण्डली स्थापना गर्ने।
हाल नेइम अन्तर्गत रहेका सम्पूर्ण शाखा–आबद्ध मण्डलीहरू र आउटरिच संगतिहरूलाई सुदृढ गर्नका लागि आवश्यक पर्ने प्रार्थना, शिक्षा, तालिम, भेटघाट, उत्साह, अनुगमन
र सरसल्लाहजस्ता कुरामा सहयोग र सहकार्य गर्ने।
नेइमका मिशनेरीहरूले गर्दै आउनुभएको सेवाको क्षेत्रलाई
वृद्धि गर्नका लागि आवश्यक सहयोग जुटाइदिने।

उद्देश्य
सुसमाचार प्रचार, मण्डली स्थापना तथा चेलापनको कार्यलाई
महत्वका साथ प्राथमिकता दिदैं सोही अनुरूप कार्य गर्ने।
सुसमाचार प्रचार तथा मण्डली स्थापनाका लागि संभाव्यताको खोजीलाई तीव्रता दिने।
नेपालमा नेइमको शाखा–आबद्ध मण्डली तथा आउटरिच संगति नभएका ठाउँहरूमा सुसमाचार प्रचार तथा मण्डली स्थापनाका लागि आवश्यक जनशक्ति र पूर्वाधार तयार गर्ने।
नेपालबाहिर रहेका प्रवासी तथा कामका लागि गएका नेपालीहरूको माझमा प्रभुको काम गर्नका लागि मिशनेरी पठाउनको लागि संभाव्यता अध्ययन गर्ने र त्यहाँ रहेका स्थानीय मण्डलीसँग सहकार्य गरी मिशनेरीहरू पठाउने।

लक्ष्य
आगामी वर्षहरूमा नेपालका चौधै अञ्चल, पचहत्तर जिल्ला तथा सबै गा.वि.स.
र नगरपालिकाहरूमा सुसमाचार पुर्याउने र मण्डली स्थापना गर्ने।
नेपालबाहिर रहेका नेपाली जातिहरूका बीचमा सुसमाचार पुर्याई
स्थानीय मण्डलीहरूसँग सहकार्य गर्ने।