“खोलीएको ढोका र अग्रसर पाइलाहरु”- श्री लेख नाथ पौडेल
February 10, 2014 | Articles
पच्पन्नौ“ वर्ष पार गरेको नेपाली इसाई मण्डलीको इतिहास छोटो भएता पनि नेपाल र नेपाली जगतको बीचमा ख्रीष्टको सुसन्देश पुर्याउने कार्यमा यसको अग्रणी भूमिका रहेको छ । यो कार्यमा परमेश्वरको भय मान्ने र भक्तिपूर्ण जीवन बिताउन मन पराउने नेतृत्वको कर्म, परिश्रम र योगदान पनि उत्तिकै मननयोग्य छ । “ख्रीष्ट जस्तै बनाउन ख्रीष्ट जस्तै बनौं” भन्ने मूल अभियानका साथ नेपाली इसाई मण्डली परमेश्वरको राज्य विस्तारको काममा अघि बढिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा यसको आकार तथा विस्तार बढ्दो स्तरमा छ । परमेश्वरले नेपाली जातिलाई औधी प्रेम गर्नुहुन्छ भन्ने कुरा मण्डलीले बुझेको छ । हुन पनि यो समय नेपाल तथा नेपाली जातिको निम्ति परमेश्वरको कृपाको ऋतु (समय) बनेको छ । केही वर्ष तथा दशक अघिसम्म देशको चारकुनाभित्र गरीबी, अभाव, बन्धन, कुरीतिमा जगडिएका नेपालीहरू अहिले विश्वका प्रायः सबै मुलुकहरूमा पुगिसकेका छन् । परमेश्वरले नेपाली र नेपाली जातिलाई इज्जत प्रदान गर्दै हुनुहुन्छ । यो सबै हुनुको पछाडि उहाको मण्डली यो राष्ट्रमा भएकै कारणले हो ।
“धार्मिकताले राष्ट्रलाई उचाल्छ ।” हो, धार्मिकताले राष्ट्रको उन्नति गराउ“छ । यो देशको अझ उन्नति अझ धेरै धार्मिकताले ल्याउ“छ । अनि यो धार्मिकता ख्रीष्ट येशूद्वारा मात्र आउ“छ । तसर्थ मानिसहरूले ख्रीष्टलाई चिन्नु यो राष्ट्र तथा जातिकै निम्ति पनि अपरिहार्य छ । कतिपयले ख्रीष्ट चिनाउने कार्यलाई धर्म प्रचार गरेको भनी आरोप लगाउने गर्छन् । तर ख्रीष्टबिनाको मानिसको अन्तिम अवस्था (यस पृथ्वीको जीवन र मृत्युपछिको जीवन) दयनीय हुन्छ भन्ने हामी मण्डलीलाई थाहा छ । यसैकारण जसले जे भने तापनि वा गरे तापनि मण्डलीले ख्रीष्टको प्रचार गर्न कहिल्यै छोडेन र छोड्दैन पनि †
परमेश्वरले अहिले नेपाल र नेपाली जातिले ख्रीष्टलाई चिनून् भनी विशेष रूपमा ढोका खोलिदिनुभएको छ । अहिले हरेक गाउ–गाउमा सुसमाचार पुगिरहेको छ । शहरहरूमा सुसमाचार गइरहेको छ अनि नेपालभन्दा बाहिर अर्थात् विदेशमा पनि सुसमाचार पुगिरहेको छ । यो परमेश्वरको अनुग्रह हो र उहाले नै नेपाली जातिको निम्ति यो ढोका खोलिदिनुभएको हो ।
परमेश्वरले गर्नुभएको कामको शैली देख्दा हामीलाई उदेक लाग्छ । कटनीको समयमा बाली पाकेर लटरम्म भएजस्तै ख्रीष्टमा आउन मानिसहरू तयार छन् । नेपालका विभिन्न गाउ–गाउमा, शहर–शहरमा र विदेशी शहरहरूमा नेपालीहरूले सुसमाचार सुनिरहेका छन् अनि तीमध्ये धेरैले विश्वास गरी ख्रीष्टलाई ग्रहण गरिरहेका छन् तर पनि अझैँ धेरै त्यस्ता ठाउहरू छन् जहा अहिलेसम्म पनि सुसमाचार पुग्न सकेको छैन । परमेश्वरको अनुग्रहको समयको कारण नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपालीहरूमा ख्रीष्टको निम्ति तिर्खा छ । यो तिर्खा सुसमाचारद्वारा मात्रै पूरा गर्न सकिन्छ तर मूल कुराचाहिँ सुसमाचार लिएर को जाने ?
“किनकि प्रभुको नाउ“ पुकार्ने हरेकले उद्धार पाउनेछ । तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरुले कसरी पुकार्ने ? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने ?” (रोमी १०:१३–१४) ।
हाल नेपालका ३२ वटा भन्दा बढी जिल्लाहरूमा नेइमका शाखा–आबद्ध मण्डलीहरू तथा संगतिहरू रहेका छन् । अझ धेरै जिल्ला, गाउँ तथा शहरहरूमा नेइम पुग्न बाँकी छ । कतिपय गाउँहरूमा त अझैँसम्म सुसमाचार पुगेकै छैन । सुसमाचार नपुगेका गाउँ–बस्तीहरूमा सुसमाचार
पुर्याउने हामी विश्वासीहरूको प्रमुख कर्तव्य र दायित्व हो । जुन दायित्व प्रभुले हामीलाई सुम्पनुभएको छ । उहाँले भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दाषी ठहरिनेछ ।” (मकुस १६:१५–१६) ।
तर एउटा मुख्य प्रश्नः कसरी यो दायित्व हामीले पूरा गर्न सक्छौँ ? यसको सरल उत्तरः हामी सबैजना कुनै न कुनै किसिमले परमेश्वरको मिशनको काममा सहभागी भएर प्रभुले हामीलाई सुम्पनुभएको यो जिम्मेवारी बहन गर्न सक्छौं ।
मिशनको काम भन्ने बित्तिकै सबैभन्दा पहिले हाम्रो मनमा कतै पहाड चढ्नुपर्छ वा कतै टाढा जानुपर्छ भन्ने आउँछ तर वास्तवमा त्यसो होइन । प्रभुले आङ्खनो स्वर्गारोहण हुनु अघि चेलाहरूलाई भन्नुभयो, “… र तिमीहरू यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” (प्रेरित १:८) । यहाँ हामीले देख्न सक्छौं कि सुसमाचार भनेको नै ख्रीष्टले आङ्खनो जीवनमा गर्नुभएको कामको सम्बन्धमा साक्षी दिनु हो । यहाँ उल्लेख गरिएको यरुशलेम आङ्खनै घर, नातागोता हो । यहूदिया टोल वरपर अनि शहर वरपर हो । सामरिया अर्को जाति वा सहर हो भने पृथ्वीको पल्लो छेउ भनेको संसारभरि हो । सुसमाचारको निम्ति जाने कुरा पनि महत्वपूर्ण छ । जबसम्म हामी मानिसहरूकहाँ जाँदैनौं तिनीहरूले प्रभुको बारेमा सुन्न सक्दैनन् । मिशनमा ‘जाने कार्य’ एकदमै जरूरी हुन्छ । नगएसम्म हामी मानिसहरूलाई भेट्न सक्दैनौं । त्यसो भए कहाँ जानु त ? हामी टाढा नै जानुपर्छ भन्ने होइन । जाने कुराले दूरीलाई जनाउँदैन तर मानिसहरूसितको सम्पर्कलाई जनाउँछ । यसर्थ प्रभु नपाएका मानिसहरूसित सम्पर्क स्थापित गरी प्रभुको बारेमा बताउनु नै ‘जानु’ हो ।
हाम्रो लागि अवसरको ठूलो ढोका खुल्ला छ । परमेश्वरले हामीलाई मौका दिनुभएको छ । अनुग्रहको यो समयमा सुसमाचारको काम गर्ने वातावरण अत्यन्तै राम्रो छ । तर यसका निम्ति अग्रसर पाइलाहरूको खाँचो छ । सुसमाचारिय दृष्टिकोणले पछाडि परेका मुगु, हुम्ला, बझाङ्ग, दार्चुला, ताप्लेजुङ्ग जस्ता बिकट पहाडी जिल्लाहरूमा आन्तरिक मिशनेरी पठाउनका लागि मण्डलीले प्रार्थना गर्दैछ । तराईका जिल्लाहरूमा पनि मिशनेरीहरू पठाउन प्रार्थना गर्दैछ । देशभित्र मात्र नभएर देश बाहिर भारत, मलेसिया तथा खाडी मुलुकहरूमा पनि अरू थप मिशनेरीहरू पठाउन तयारी गर्दैछ ।
शाखा–आबद्ध मण्डलीहरूलाई आधार क्षेत्र बनाएर त्यस वरपरका भेगहरूमा सुसमाचार बिस्तार र मण्डली स्थापनाको कार्य भइरहेको छ । सुसमाचार पुगेका गाउँहरूको सामाजिक रूपमा मुहार फेर्ने तथा स्थानीय शाखा–आबद्ध मण्डलीहरूलाई एउटा नमूना मण्डली तथा त्यहाँको गाउँबस्तीलाई नमूना गाउँबस्ती बनाउन सामाजिक स्तरमा उठाउने काममा पनि नेपाली इसाई मण्डली सकृय छ । तालिमलाई ध्यान दिएर क्षेत्र वर्गीकरण गरी क्षेत्रीय अगुवा तालिमका कार्यक्रमहरू सम्पन्न भइरहेका छन् । विभिन्न शाखा–आबद्ध मण्डलीहरूमा जाने, तालिम दिने तथा संगति गर्ने थुपै्र तालिमदाता तथा शिक्षकहरूको खाँचो छ । अन्तर जिल्ला मिशनेरीहरू पठाउन मण्डली सकरात्मक भएर अघि बढिरहेकाले त्यस्ता मिशनेरीहरूको पनि खाँचो छ ।
विभिन्न चुनौतिहरूका वावजूद पनि मिशनको काम व्यापक भएर गएको छ र हुनु पनि पर्छ । तर यो काम मण्डलीको मिशन विभाग वा मिशन समितिले मात्र गर्न सक्दैन र गर्दैन पनि तर यो काममा सबै मण्डलीको सहभागिता चाहिन्छ । अग्रसर पाइलाहरू चाहिन्छ । जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर” (रोमी १०:१५) । तसर्थ हामी सबै मिलेर यो महान जिम्मेवारी पूरा गरौं ।