बलियो वैवाहिक जीवनको नक्शा– डीकन सिमोन पाठक
July 6, 2015 | Articles
वैशाख महिनामा गएको महा भूकम्पले घर बनाउँदा घरको नक्शा माटो, घरमा प्रयोग गरिने सामाग्री र जगमा विशेष ध्यान दिनुपर्छ भन्ने शिक्षा धेरैलाई दिइएको छ । त्यसरी नै वैवाहिक सम्बन्ध स्थिर रहनको निम्ति पनि बाइबलले वैवाहिक जीवनको नक्शा वा जगमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । तपाईंको विचारमा बलियो वैवाहिक जीवन भइराख्नको निम्ति श्रीमान्–श्रीमतीले कुन–कुन कुराहरूमा ध्यान दिनु आवश्यक छ ? अर्थात् के–के कुराहरूमा ध्यान दियो भने विवाहपछि श्रीमान्–श्रीमतीको सम्बन्ध बलियो भइराख्न सक्छ ?
हामीले धेरै वटा सूचीहरू तयार पार्न सक्छौं । धर्मशास्त्र बाइबलमा बलियो वैवाहिक जीवन भइराख्नको निम्ति मुख्य गरी तीनवटा कुराहरू दिइएको छ । ती कुराहरूलाई प्रत्येक श्रीमान्–श्रीमतीले र भविष्यमा विवाह गर्न चाहनेहरूले पनि ध्यान दिनु अति नै आवश्यक छ । कसैले यसरी भनेका छन्– “करार कमजोर हुन सक्छ तर रद्द हुन सक्दैन । घर जले पनि घरको जग रहिरहन्छ ।” विवाह सम्बन्धमा खटपट भए पनि परमेश्वरको दृष्टिमा वैवाहिक करार रहिरहन्छ । त्यसकारण विवाह सम्बन्धमा जोडिनुअघि र विवाह भइसके पछि पनि विवाहको निम्ति परमेश्वरले दिनुभएको नक्शा के हो र कसरी वैवाहिक सम्बन्धलाई बलियो बनाइराख्न सकिन्छ सो जान्नु आवश्यक छ ।
उत्पत्तिको पुस्तकमा सम्पूर्ण सृष्टिको काम कसरी भयो भन्ने कुराहरूको वर्णन गरिएको हामी पाउँछौं जहाँ पुरूष र स्त्रीको विषयमा यसरी लेखिएको छ– “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टिगर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो”(उत्पत्ति१ः२७)। परिवार शुरू गर्नुहुनेचाहिँ परमेश्वर नै हुनुहुन्छ ।
विवाह सम्बन्धमा जोडिएपछि उनीहरूले ध्यान दिनुपर्ने वा गर्नुपर्ने कार्यको सम्बन्धमा धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण मानिसले आफ्ना आमा–बाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्” (उत्पत्ति २ः२४) । यही कुरा नयाँ करारमा तीन पटकसम्म दोहोर्याइएको छ (मत्ती १९ः२, मर्कूस १०ः७–८, एफिसी ५ः३१) । यसले यो कुरा देखाउँछ कि वैवाहिक सम्बन्धमा जोडिएपछि बलियो वैवाहिक जीवन हुनको निम्ति यी तीनवटा क्रियाहरू छोड्नु, मिलिरहनु र एउटै शरीर हुनु अति आवश्यक छ । योचाहिँ वैवाहिक जीवनको निम्ति परमेश्वरले दिनुभएको नक्सा (God’s Blueprint for Marriage) हो । यो नै वैवाहिक जीवनको जग पनि हो । यो जग वा नक्साभन्दा बाहिर गएर घराना बनाउन खोजेमा त्यो परिवार कमजोर हुन्छ । घर बनाउनुभन्दा अगाडि घरको नक्शा कोर्ने इन्जिनियर (Architecture) ले दिएको नक्साअनुसार घरको जग हालिएको छ भने मात्र त्यो घर बलियो हुन्छ । नक्सा एउटा छ बनाउनेले आफ्नै खुशीअनुसार जग बसाल्छ वा बनाउँछभने त्यो भवन कुरूप देखिन सक्छ र सानो–तिनो प्राकृतिक प्रकोपले पनि लड्न सक्छ ।
विवाह भइसकेपछि प्रत्येक जोडीको वैवाहिक सम्बन्ध परमेश्वरले दिनुभएको नक्शाअनुसार बनिँदै गएको हुन आवश्यक छ । परमेश्वरले दिनुभएको नक्साभन्दा बाहिर वैवाहिक सम्बन्धलाई बलियो बनाउन खोजेमा त्यो सम्बन्ध कमजोर हुँदै टुट्न पनि सक्छ । छोड्नु, मिलिरहनु र एउटै शरीर हुनुभनेको एउटा टुलका तीनवटा खुट्टाहरू जस्तै हुन् । गाउँघरमा अझै पनि चूल्होको रूपमा ओदानको प्रयोग गरिन्छ । त्यसका पनि तीनवटा खुट्टाहरू हुन्छन् । एउटा खुट्टा मात्र कमजोर भयो भने त्यो लड्न सक्छ । विवाहित जोडीले माथिका तीन कुराहरूमध्ये एउटालाई मात्र बेवास्ता गरेमा टुल वा ओदानको एउटा खुट्टाकमजोरभएजस्तैबन्नपुग्छ र कहिले लड्छ सो भन्न सकिन्न ।
आदमर हव्वाले कसलाई छोडे ? परमेश्वरले परिवारको जग बसाल्ना साथ श्रीमान्–श्रीमतीलाई आमा–बाबुलाई छोड्ने आज्ञा दिनुभयो । आमा–बाबुलाई छोड्नुभन्दा कति आमा–बाबुको मनमा चसक्क पर्न सक्छ, चित्त दुख्न सक्छ र दुखित भावना पैदा हुन सक्छ । छोड्नु भनेको आमा–बाबुलाई बिर्सनु वा त्याग्नु भनेको होइन । आमा–बुवालाई आदर गर, आज्ञापालन गर भन्ने कुरालाई धर्मशास्त्रले जोड दिएको छ । छोडनु भनेको सार्वजनिक रूपमा विवाह गर्नु र भावनात्मक रूपले आमा–बुबा,आफन्त, साथीभाइ, ईष्टमित्र सबैलाई छोड्नु हो । विवाहपछि वैवाहिक जीवन बलियो हुँदै जानको निम्ति रूने, कराउने, हाँस्ने, दुःख, सुख बाँड्ने, सफलता, असफलता बाँड्ने पहिलो ठाउँ अब आमा–बुवा वा अरू व्यक्ति नभई श्रीमान्–श्रीमती हुनु पर्दछ । परिवारमा कुनै पनि समस्या आउँदा सबै भन्दा पहिले श्रीमान्–श्रीमती बसेर एकअर्कामा बाँडचुँड गर्नु र एकले अर्कालाई उत्साह दिने, एकले अर्कोको आँसु पुछिदिने, एकले अर्कोको मनोबल बढाउने, एकअर्कामा आनन्द गर्दै वैवाहिक जीवनलाई अघि बढाउनु नै छोड्न हो । यदि श्रीमतीलाई केही पर्यो भने माइत वा आफन्तकहाँ दौड्ने वा फोन गर्ने र श्रीमान्लाई केही पर्यो भने आफ्नो आमा–बाबु वा अभिभावककहाँ दौडन थाल्यो भने त्यो परिवार कमजोर हुन सक्छ । भावनात्मक रूपमा श्रीमान्–श्रीमती दुवैले परिवारका सदस्य, आफन्त या ईष्टमित्रलाई छोडेका छैनन् भने सात समुद्र पारी गए तापनि बाबु–आमा, अभिभावक वा ईष्टमित्रको कारणले उनीहरूको सम्बन्धमा समस्या आइनैरहन्छ । त्यसकारण विवाह गर्नुअघि भावनात्मक रूपमा परिवारका सदस्यहरू वा साथीसङ्गीहरूलाई छोड्नको निम्ति दुवैजना तयारी हुनुपर्दछ । विवाह बन्धनमा जोडिन इच्छा गर्नेहरूले यो कुरा बुझ्नु अति नै आवश्यक छ ।
श्रीमान्–श्रीमतीले मात्र छोड्ने होइन तर उनीहरूका परिवारका सदस्यहरूले पनि छोडिदिनुपर्छ । कति परिवारमा विवाहपछि उनीहरूको सम्बन्धमा समस्या ल्याउने काम परिवारका सदस्यहरूबाटै हुने गरेको पाइन्छ भने त्यो भवन कुरूप देखिन सक्छ र सानो–तिनो प्राकृतिक प्रकोपले पनि लड्न सक्छ ।
विवाह भइसकेपछि प्रत्येक जोडीको वैवाहिक सम्बन्ध परमेश्वरले दिनुभएको नक्शाअनुसार बनिँदै गएको हुन आवश्यक छ । परमेश्वरले दिनुभएको नक्साभन्दा बाहिर वैवाहिक सम्बन्धलाई बलियो बनाउन खोजेमा त्यो सम्बन्ध कमजोर हुँदै टुट्न पनि सक्छ । छोड्नु, मिलिरहनु र एउटै शरीर हुनु भनेको एउटा टुलका तीनवटा खुट्टाहरू जस्तै हुन् । गाउँघरमा अझै पनि चूल्होको रूपमा ओदानको प्रयोग गरिन्छ । त्यसका पनि तीनवटा खुट्टाहरू हुन्छन् । एउटा खुट्टा मात्र कमजोर भयो भने त्यो लड्न सक्छ । विवाहित जोडीले माथिका तीन कुराहरूमध्ये एउटालाई मात्र बेवास्ता गरेमा टुल वा ओदानको एउटा खुट्टा कमजोर भए जस्तै बन्न पुग्छ र कहिले लड्छ सो भन्न सकिन्न ।
आदमर हव्वाले कसलाई छोडे ? परमेश्वरले परिवारको जग बसाल्ना साथ श्रीमान्–श्रीमतीलाई आमा–बाबुलाई छोड्ने आज्ञा दिनुभयो । आमा–बाबुलाई छोड्नु भन्दा कति आमा–बाबुको मनमा चसक्क पर्न सक्छ, चित्त दुख्न सक्छ र दुखित भावना पैदा हुन सक्छ । छोड्नु भनेको आमा–बाबुलाई बिर्सनु वा त्याग्नु भनेको होइन । आमा–बुवालाई आदर गर, आज्ञापालन गर भन्ने कुरालाई धर्मशास्त्रले जोड दिएको छ । छोडनु भनेको सार्वजनिक रूपमा विवाह गर्नु र भावनात्मक रूपले आमा–बुबा, आफन्त, साथीभाइ, ईष्टमित्र सबैलाई छोड्नु हो । विवाहपछि वैवाहिक जीवन बलियो हुँदै जानको निम्ति रूने, कराउने, हाँस्ने, दुःख, सुख बाँड्ने, सफलता, असफलता बाँड्ने पहिलो ठाउँ अब आमा–बुवा वा अरू व्यक्ति नभई श्रीमान्–श्रीमती हुनु पर्दछ । परिवारमा कुनै पनि समस्या आउँदा सबै भन्दा पहिले श्रीमान्–श्रीमती बसेर एकअर्कामा बाँडचुँड गर्नु र एकले अर्कालाई उत्साह दिने, एकले अर्कोको आँसु पुछिदिने, एकले अर्कोको मनोबल बढाउने, एकअर्कामा आनन्द गर्दै वैवाहिक जीवनलाई अघि बढाउनु नै छोड्न हो । यदि श्रीमतीलाई केही पर्यो भने माइत वा आफन्त कहाँ दौड्ने वा फोन गर्ने र श्रीमान्लाई केही पर्यो भने आफ्नो आमा–बाबु वा अभिभावककहाँ दौडन थाल्यो भने त्यो परिवार कमजोर हुन सक्छ । भावनात्मक रूपमा श्रीमान्–श्रीमती दुवैले परिवारका सदस्य, आफन्त या ईष्टमित्रलाई छोडेका छैनन् भने सात समुद्र पारी गए तापनि बाबु–आमा, अभिभावक वा ईष्टमित्रको कारणले उनीहरूको सम्बन्धमा समस्या आइनैरहन्छ । त्यसकारण विवाह गर्नुअघि भावनात्मक रूपमा परिवारका सदस्यहरू वा साथीसङ्गीहरूलाई छोड्नको निम्ति दुवैजना तयारी हुनुपर्दछ । विवाह बन्धनमा जोडिन इच्छा गर्नेहरूले यो कुरा बुझ्नु अति नै आवश्यक छ ।
श्रीमान्–श्रीमतीले मात्र छोड्ने होइन तर उनीहरूका परिवारका सदस्यहरूले पनि छोडिदिनुपर्छ । कति परिवारमा विवाहपछि उनीहरूको सम्बन्धमा समस्या ल्याउने काम परिवारका सदस्यहरूबाटै हुने गरेको पाइन्छ ।समय छैन भन्ने नै हुन्छ । त्यसरीनै श्रीमान्हरूलाई तपाईंको श्रीमती प्रतिको मुख्य गुनासो के छ भनेर प्रश्न गर्ने हो भने धेरैको जवाफ मेरो श्रीमती अनावश्यक रूपमा कचकच गरिरहन्छिन् । मलाई उनले आदर नै गर्दिनन् । मैले उनीबाट पाउनुपर्ने शारीरिक सन्तुष्टि पाएको छैन भन्ने कुराहरू नै हुन्छन् । त्यसकारण उनीहरू एकअर्काबाट पाउने प्रेम, वास्ता, आदर, सहयोग, सन्तुष्टि आदि सबै कुराहरू अरू व्यक्तिबाट नै खोजिराखेका हुन्छन् जसले गर्दा उनीहरूको वैवाहिक जीवनमा चिसोपना बढेर गइराखेको हुन्छ । यदि यसरी श्रीमान्–श्रीमती जिइराखेका छन् भने उनीहरूको पारिवारिक सम्बन्ध धमिराले भित्रभित्रै खाइराखेको रूखजस्तै भइराखेको हुन्छ किनकि उनीहरू बाइबलले भनेअनुसार एउटै शरीर हुन सकेका छैनन् । श्रीमान्–श्रीमती एउटै शरीर हुन नसक्नुमा श्रीमतीले श्रीमान्को भावना वा सन्तुष्टिलाई बुझ्न नसक्नु र श्रीमान्ले पनि श्रीमतीको भावना,प्रेमर इच्छालाई बुझ्न नसक्नु नै हो । किन यस्तो भएको ? किनकि उनीहरू एउटै शरीर हुन सकेका छैनन् । एउटै शरीर हुनको निम्ति श्रीमान्–श्रीमती बसेर भावनाहरू बाँडचुँड गर्ने, हृदयका कुराहरू बाँड्ने र सुन्ने गर्नुपर्दछ। तब मात्र एउटै शरीरले जस्तै एका अर्काको हाँसो, रोदन, चोट, पीडा, खुशी, आनन्द थाहा गर्न सक्छन् ।
विवाह भएर धेरै वर्ष सँगसँगै जीवन बिताइसक्नुभएका जोडीहरू, भर्खरै वैवाहिक सम्बन्धमा जोडिएकाहरू र भविष्यमा विवाह गर्न चाहनेहरू सबैले बलियो वैवाहिक जीवनको निम्ति सृष्टिकर्ता परमेश्वरले मानव जातिलाई दिनुभएको वैवाहिक जीवनको नक्साः छोड्नु, मिलिरहनु र एउटै शरीर हुनुलाई पक्रिराख्नु पर्दछ । वैवाहिक जीवनमा सामना गरिने आँधी–बेहरी, हुरी बतास र सबै उतार चढावहरूमा पनि मृत्युले अलग नगरेसम्म सँगसँगै परमेश्वरको सेवा र महिमा गर्नु नै परमेश्वरले वैवाहिक जीवनको लागि कोर्नुभएको नक्शाअनुसारको परिवार हुनु हो। हाम्रो वैवाहिक सम्बन्ध कस्तो छ ? शैतानले जोडिएको वैवाहिक सम्बन्धलाई तोड्न चाहन्छ तर परमेश्वरले तोडिएको सम्बन्धलाई जोड्न, कमजोर सम्बन्धलाई बलियो बनाउन र उहाँको महिमा गर्ने परिवार बनाउन चाहनुहुन्छ । “परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ” (भजनसंग्रह १२७ः१) । घराना बनाउने परमेश्वर नै हुनुहुन्छ । उहाँलाई हाम्रो परिवारमा पाहुना होइन प्रभुको स्थानमा राखौं ।