पुने र मुम्बईको सुसमाचारिय यात्रा
March 16, 2010 | Blogs
[singlepic id=438 w=260 h=195 float=right]सन् २०१० को जनवरी ७ को बेलुकी भारतको पुने तथा हुन गइरहेको सुसमाचारिय कार्यक्रम प्रस्तुत गर्नका पास्टर बर्णबास श्रेष्ठ को नेतृत्वमा हामी १५ जनाको टोली सुनौली हुदै जनवरी १० को बिहान करीब ६ बजे तिर मुम्बईको कुर्ला रेल स्टेशनमा पुग्यौं जहाँ हामीलाई मिशनेरी जेम्स नेपालीले पर्खिरहनुभएको थियो । त्यहि दिन नै पुना पुग्नु पर्ने भएकोले वासीबाट पुनाका लागि दुइवटा गाडी रिजर्भ गर् यौं र करीब तीन घण्टाको यात्रापछि हामी पुना पुग्यौं । त्यहाँ हामीलाई स्वागत गर्नका लागि मिसनेरी प्रदिप/ फिलोमिना बज्राचार्य र त्यहाँ रहेका नेपालीहरु बसिरहनुभएको थियो ।
पुनामा रहेको नेपाली संगति पास्टर प्रदिप बज्राचार्य र श्रीमती फिलोमिना बज्राचार्यले अगुवाई गरिरहनुभएको रहेछ । त्यो संगति वि।टि। कवडे रोडको पुना फेथ कम्युनिटी चर्चको हलमा हरेक सोमवार विहान ८:३० बजे हुने रहेछ भने पुनाकै ऐरोडा भन्ने ठाउँ हरेक शनिवार बेलुकी ३:३० बजे हुनेरहेछ । ती दुई संगतिहरुमा गरि हालसम्म करीब ८५ जना नेपाली पि्रयहरुले पानीको बप्तिस्मा लिइसक्नुभएको रहेछ । त्यहाँका नेपाली विश्वासीहरु निकै सकृय र प्रभुको लागि जोशिलो र उत्साहित हुनुहुदोरहेछ । ११ तारिख सोमवारको दिन हामी नेपाली संगतिमा गयौं पास्टर बर्णबास श्रेष्ठले प्रेरितको पुस्तकबाट हामीहरु पृथ्वीमा प्रभुका साक्षी हौं भन्ने बारेमा बाड्नुभयो । १३ तारिख बुधवार अपरान्ह करीब ४ बजे तिर सुसमाचारिय कार्यक्रम शुरु भयो । शुरुमा सबैजना खडा भएर झण्डा उठाएर नेपालको राष्ट्रिय गान गायौं । विदेशी भुमीमा गई नेपालको राष्ट्रिय गान गाउन पाउदा निकै गर्व लाग्यो । कार्यक्रमको शुरुवातमा गायिका चन्दा देवानले एउटा गीत गाउनुभयो र त्यसपछि क्रमशः विभिन्न जातिय नृत्यहरु माइमहरु प्रस्तुत गरिएको थियो । मण्डलीको प्रार्थनाको सहयोगको कारण सम्पूर्ण कार्यक्रम निकै आशिषित भयो । कैयौ पि्रयहरुको ह्दयमा प्रभुले काम गर्नुभयो । पास्टर बर्णबास श्रेष्ठले निकै सरल र स्पष्ट गरि प्रभु येशूमा पाइने मुक्ति र अनन्त जीवनको बारेमा प्रचार गर्नुभयो । करीब सात-आठसय जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा करीब १००-१५० जनाले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाता बनाउनुभयो ।
त्यसको शुक्रवार हामीहरु पुनेको रेडलाइट एरियामा जहाँ बेचिएका चेलीबेटीहरुलाई अवैध यौन व्यवशायमा जबर्जस्ती प्रयोग गरिएको रहेछ गयौं । सुरक्षाको कारणले त्यहाँको सेवकाईको लागि वेसक्याम्पको रुपमा खडा गरिएको एउटा अफिस कोठामा गयौं । त्यहाँको झ्यालबाट हेर्दा गल्लीहरुमा सस्तो मेकअप र छोटा र पातला कपडा लगाएका युवतीहरु र अधबैशे महिलाहरु ग्राहकको प्रतिक्षामा उभिरहेका थिए । हामीले पाएको जानकारी अनुसार त्यहाँ नेपाली बगांली कर्नाटकहरु धेरै र अरु भारतका प्रान्तका चेलीबेटीहरु त्यहाँ बेचिएका रहेछन् । उनीहरुलाई उनीहरुकै नजीकका नातेदार आफन्त र साथीहरुले झुक्याएर त्यहाँ बिकि्र गरेका रहेछन् । उनीहरुको उमेर १२-१५ हुदानै त्यस ठाउँमा ल्याइएका हुदा रहेछन् । उनीहरु विकि्र गरिएको कुरा उनीहरुलाई त्यतिबेला मात्र थाह हुन्छ जतिबेला उनीहरुका अगाडि ग्राहक आइपुन्छन् । उनीहरुलाई किन्ने घरवालीले खरिद गरेको रकम असुल्नको लागि करीब ५-७ बर्षसम्म बन्दी अवस्थामा नै जबर्जस्ती यौन व्यवसायमा संग्लग्न गराउने रहेछन् । त्यसपछि भने त्यस्तो अवैध धन्दामा कमाइको आधा-आधा बाड्ने गरि काम गर्नुपर्ने रहेछ । त्यतिबेला भने उनीहरु अर्धबन्दी हुदा रहेछन् । पहिलो ५-७ बर्ष सम्म त उनीहरु आफूलाई राखिएको घर कोठी बाट बाहिर निस्कन सम्म नपाउने रहेछन् । हामीले देखेको एउटा घर जहाँ उनीहरुलाई राखिएको थियो त्यसका बार्दली र झ्यालमा फलामका बारहरु लगाएको थियो । उनीहरुले चाहेर पनि त्यस घरबाट भाग्न असम्भव रहेछ र आम मानिस त्यहाँ जान पनि नपाउने रहेछ किनकी चौबिसै घण्टा त्यहाँ पहरेदारहरु गुण्डाहरु हुने रहेछन् । जब उनीहरु अधियामा काम गर्ने समयमा आइपुग्छन् त्यही घरको र वस्तीको वरिपरि मात्र घुम्न पाउने रहेछन् तर शहर छोडिहाल्ने विचार गरेमा ज्यान खतरामा हाल्नुपर्ने रहेछ । यदि धन्दा गर्दा गर्दै एच। आइ।भी। लागेको पत्ता लाग्यो भने उनीहरु कारोबार गर्न र ग्राहक खोज्न गल्लीहरुमा उभिने गर्दा रहेछन् । घरिघरि पुलिस आएर धपाएको जस्तो गर्दोरहेछ र फेरि जस्ताको तस्तै हुने रहेछ ।
पुनेमा जस्तै मुम्बईको रेडलाइट एरियामा पनि हामीलाई जाने मौका भयो । त्यहाँ पुग्दा करीब रातको १२ बजेको थियो । महिलाहरु सडक किनारमा ग्राहकहरुको प्रतिक्षामा उभिरहेका थिए । उनीहरु मध्य कति जनालाई हामीले प्रार्थना गर्न आएको भनी बताए पछि उनीहरुले आफ्नो घुम्टोले टाउको ढाकेका थिए । जब उनीहरुको कोठीमा प्रार्थनाका लागि गयौं हामीहरुको मन साह्रै रोयो किनकी उनीहरु मात्रै त्यहाँ रहेनछन् उनीहरुका छोरा छोरीहरु पनि त्यहाँ रहेछन् । जब उनीहरुका ग्राहक आउछन् छोराछोरीहरुलाई बाहिर निकाल्ने रहेछन् । उनीहरुका छोरीहरु रहेछन् भने १२-१४ बर्षकै उमेरमा धन्दामा लगाउने गरिदो रहेछ भने छोराहरु पछि गएर गुण्डागिर्दी चोरी डकैत इत्यादि काममा पछि संग्लग्न हुने रहेछन् । धन्दा गर्ने ती महिलाहरु मध्य कतिजना पछि गएर घरवाली अर्थात धन्दा संचालन गर्ने बन्दा रहेछन् ।
जब उनीहरु स्वतन्त्र हुन पाउने समय आउछ उनीहरुमा आफ्नो घर फर्कने मन पनि नहुने रहेछ किनकी उनीहरुलाई उनीहरुकै आफन्त र नातेदारले बिक्री गरेका हुन्छन् । फर्कून त कसको मा? कतिलाई आफ्नै बाबुले कतिलाई आफ्नै लोग्नेले कतिलाई आफ्नै दाइ मामा काका फुपु दिदी साथीहरु र नजीककाले नै बेचेका हुदा रहेछन् । कतिपय नेपाली चेलीहरुलाई त नेपाल भनेपछ घृणा लाग्ने रहेछ किनकी उनीहरु यहीका मानिसहरुको हातबाट बेचिए ।
मुम्बई र पुनेमा हुनुहुने हाम्रा मिशनेरि प्रियहरुले उनीहरुलाई भेट्ने परमेश्वरको प्रेमको बारेमा बताउने प्रार्थना गरिदिने मण्डली आउन उत्साह दिने र समय र परिस्थिती हेरि उनीहरुको उद्धार गर्ने काम गरिरहनुभएको छ । उहाँहरुले गरिरहनुभएको सेवकाई निकै जटिल प्रकृति र जोखिमले भरिएको छ । कति पटक त मारिने धम्की समेत पाइसक्नुभएको छ । उहाँहरुको सेवकाईद्वारा धेरै बालबालिका र युवतीहरु र महिलाहरुले उद्धार पाइसक्नुभएको छ ।
पुने पछि हाम्रो टोली शनिवार मुम्बईको लागि गएको थियो । मुम्बई व्यस्त र भिडभाडले भरिएको शहर गर्मी पनि उत्तिकै थियो । मुम्बईको विभिन्न भागहरुमा हामीलाई सेवकाई गर्ने अवसर प्राप्त भयो । त्यहाँको यात्रा हाम्रो लागि आशिषमय भयो । मुम्बईको बदलापुर भन्ने ठाउँ जहाँ मुम्बई टिन च्यालेन्जको रिहाब र रेष्ट सेन्टर छ हामीलाई जाने मौका भयो र हामीले कार्यक्रम पनि देखाउने मौका पायौं । उक्त कार्यक्रम पछि कति जना नेपाली चेलीहरुले हाम्रो वास्ता देखेर अब नेपाल आउनेछौं पनि भन्नुभयो । का त्यहाँ एच।आई।भी। लागेका ३७ जना बालबालिकासँग केहि समय बितायौं । उनीहरुको अवस्था देखेर हाम्रो मन रोयो । तर पनि प्रभुलाई मुम्बई टीन च्यालेन्जको लागि धन्यवाद भन्यौं किनकी सो संस्थाले नै उनीहरुलाई उद्धार गरि त्यहाँ ल्याएको थियो । स्मरणीय होस् मिशनेरी जेम्स/सेल्भी नेपाली सोही संस्था अन्तर्गत रहेर मुम्बईमा सेवकाई गर्दै हुनुहुन्छ ।
अन्तमा निकै चुनौती प्रशस्त आशिष प्रभुबाटको अभिषेक र नयाँ उत्साह लिएर पुने र मुम्बईको सुसमाचारिय यात्राबाट काठमाडौं फर्कियौं ।
– लेख नाथ पौडेल