चुनौतीपूर्ण यात्रा: मिसन आसाम

April 6, 2010 | Blogs  

यूहन्ना १४:६

[singlepic id=472 w=260 h=195 float=right]उत्तर पूर्विय भारतको आसाम र अरुनाचलका विभिन्न नेपाली समुदायतर्फ मार्च ६ तारिखका दिन हामी र हाम्रा अगुवा, आदरणिय डिकन छोदेन कार्थकज्यूको नेतृत्त्वमा प्रस्थान गर्यौँ।प्रस्थानको क्रममा हामी हाम्रो टोली गन्तब्य तर्फ बढ्दै काकड्भीट्टबाट-सिल्गुरीतिर यात्रा सुरु गर्यो । जँहा हाम्रो प्रतिक्षा ने.ई.म.का मिसनेरी दाई लोक गुरुङ र जोयराम्पूर, आसामका स्थानिय अगुवा दाई मनोज भुजेलले गरिरहनुभएको थियो। हाम्रो टोलीलाई सिल्गुरीमा लोक गुरुङ दाई र मनोज भुजेल दाईले हामी जान लागेका ठाँऊको बारेमा जानकारी दिनुभयो। त्यही बेलुकी रेलमा आसामतिर यात्रा गर्यौँ। भोलिपल्ट बिहानै १:५५ बजे हामी रंगेली रेल स्टेशन पुग्यौँ र त्यँहाबाट लगभग ४ बजे बिहान अर्को रेलमा चढी आन्नदबगानतिर यात्रा सुरु गर्यौँ। हामी यसरी उत्तरी लखिम्पूर हुदैँ बेलुकीको समयमा त्यँहा पुग्यौँ र उत्साहित मुद्रामा हाम्रो प्रतिक्षा गर्दै रहेका स्थानिय पास्टर डेविड उपाध्ययज्यू लगायत त्यँहाका युवाहरुलाई भेट्यौँ। बेलुकीपख धन्यवादको प्रार्थना, खाना तथा त्यँहाका स्थानिय अगुवाहरुसँगको छोटो भेटघाटपछि हामीले आराम गर्यौँ।

भोलीपल्ट बिहानको संगति पछि हाम्रो टोली त्यस ठाँऊको १०-१५ कि.मि.को क्षेत्रफल वरिपरीमा रहेका नेपालीहरुको बिचमा सुसमाचार बाड्न हिँड्यो। कतै मानिसहरुले हृदय खोलेर स्वागत गरे कतै वास्ता नै गरेन्‌न। २-२ जना गरी बाँढिएको समूह साथ-साथै त्यँहाका स्थानिय अगुवा, जवानहरु मिली केहि घरहरुमा सुसमाचारको बिऊ छर्नसक्यौँ। त्यो गाँऊ भौगोलिक रुपमा ठूलो भए तापनि थोरै परिवारलेमात्रै इसाइ रहेछन् । अर्को दिनमा आन्नदबगानदेखि १ घणटाको बस यात्रा गरी मोरिक्याम्पमा पुग्यौँ। १ घणटाको हिँडाइ पश्चात दिँउसोको १ बजे, सुसमाचारिय कार्यक्रम प्रस्तुत गर्ने खुल्ला ठाँऊमा पुग्यौँ। हिँड्नेक्रममा दाजु-भाइहरु लगायत दिदि-बहिनीहरु एकले-अर्कोको हात समाएर प्रार्थना गर्दै हिँड्यौँ। त्यस कार्यक्रममा १०० जनाभन्दा बढी मानिसहरु उपस्थित थिए र प्रशान्त सिंहले सुसमाचार सुनाउनुभयो। अन्त्यमा हामीहरुले त्यँहा आउनुभएका स्थानिय बासीहरुसँग चिना परिचय गर्दै सुसमाचारिय पर्चाहरु बाढ्यौँ। त्यही बेलुकी जगत सिंहको घरको आगनमा त्यही कार्यक्रम प्रस्तुत गर्यौँ र यस ठाँउमा जिवन खालिङ राईले सुसमाचार सुनाउनुभयो। चिनजानको क्रममा पर्चा बाढ्दा एक अर्धबैसे दिदैले सुसमाचार सुनि ग्रहण गरिन्। भोलीपल्ट बिहानै, त्यँहाका स्थानिय अगुवा जगत सिंह र हाम्रो टोलीका ३ जना सदस्यहरु ग्रहण गरेकि दिदैको घरमा जानुभयो र थप परिवारका २ सदस्यहरुले पनि ग्रहण गरे। त्यँहाका सा-साना नानीहरुलाई संगति दिएर जगत सिंहले त्यँहाका अविश्वासी परिवारहरुको बिचमा परमेश्वोरको काम गरीराख्नु भएको कुरा उहाँले बताउनु भयो ।

लगभग ११ बजे दुई घणटाको बस यात्रापछि जोयराम्पुर पुग्यौँ। मनोज दाईले हामीलाई उँहाको घरमा स्वागत गर्नुभयो। उँहाको ‘प्रिस्किला’ भन्ने विद्यालयमा खाना पछी त्यँहाका बालबालिकाहरुसँग बाल गित सिकाँउदै, रमाउँदै र संगति गर्दै समय बितायौ । दिँउसोको समयमा त्यस गाँऊ वरिपरी प्रार्थना शाहित पैदाल यात्रा गयौँ। हामीले बिहान र दिँउसोको समयमा बेग्ला-बेग्लै स्थानहरुमा सुसमाचारिय गित गाँउदै, बेलुकीको कार्यक्रम आउनलाई निम्तो दिदैँ हिडयौँ। हामीले बेलुकीको समयमा सुसमाचारिय कार्यक्रम प्रस्तुत गर्यौँ र सान्तवना न्यौपानेले सुसमाचार सुनाउनुभयो। त्यस बेलुकीको सुसमाचारिय कार्यक्रममा १५० जना भन्दा बढी मानिसहरु उपस्थित थिए। अर्को दिन हामी फेरि आन्न्दबगान फर्क्यौँ र स-साना साथीहरु तथा युवा साथीहरुसँग पुन भेट गयौँ। त्यँहाका पहिलो विशवासी चन्द्रबहादुर राईसँग बातचित गयौँ र उँहाले सँघष गर्दै कसरी हाम्रा प्रभु येशु ख्रिष्टलाई एक रेडियो कार्यक्रम मार्फत ग्रहण गर्नुभएको थाहा पायौ ।

भोलिपल्ट दिदि-बहिनीहरुले बिहान बाल-संगतिमा सहायता गर्नुभयो र त्यसपछि आराधना संगतिमा बस्यौँ अनि संगतिमा परमेश्वरको वचन डिकन छोदेन कार्थकज्यूले ल्याउनुभयो र तत्कालै बोकानाला तर्फ यात्रा गर्यौ । बेलुकी ७ बजेतिर बोकानालमा १५० जना भन्दा पनि बढ्ता मानिसहरु माझ सुसमाचारिय कार्यक्रम प्रस्तुत गर्यौँ र सविना महर्जनले सुसमाचार प्रचार गर्नुभयो। त्यहा ४८ घर नेपालीहरुमा पनि ८-१० घर विशवासीहरुको रहेको जानकारी हामीले पायौँ ।

भोलि बिहानै हामी अरुनाचलतिर यात्रा गर्यौँ। यसै क्रममा अरुनाचलमा रहेका विश्वासीहरुको बिचमा टुटे-फुटेको हिन्दी बोल्दै संगति गर्‍यौ र नेपालीहरुलाई सुसमाचार सुनाँउदै हिडयौँ। दिँउसो २ बजेतिर हामी पुन सिल्गुरीतिर फर्क्यौँ र बिहान ८ बजे लोक गुरुङ दाईको घरमा पुग्यौँ। हामीले उहाँसँग छोटो संगति गरी दिँउसो २ बजेतिर काकड्भीट्टा तर्फ यात्रा गर्यौँ।

त्यहाका धेरै नेपालीहरुले सुसमाचार पहिलो पल्ट सुनेको र धेरैले सुसमाचार सुन्न बाँकी रहेको र भाषामा काठिनाइ भएको कुरा हाम्रो निम्ती एउटा चुनौती भएको छ । ने.ई.म.को यो टोलीले आसाम, भारतको उत्तरी भाग लगायत अरुनाचलको मुख्य सहरमा सुसमाचारको बिऊ छर्न, संगति र उत्साह दिन, मार्च ६ देखि १७ तारिखसम्म मणडलीबाट बाहिर यात्रा गरेको थियो।परमेश्वरको अनुग्रहले यात्रामा हामी सुरक्षित (भजनसंग्रह ९१:११-१२; १२१:८) थियौँ । मणडलीले गरेको प्रार्थना प्रती हाम्रो टोली धन्यवादी छौ साथै त्यहाँका मानिसहरुको निम्ती निरन्तर प्राथना गरिदिनहुन अनुरोध गर्दछौ ।

टोलीको तर्फबाट,
जिवन खालिङ राई

मिसनको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।