राजारानी मिसन यात्रा धनकुटा

April 21, 2010 | Blogs  

[singlepic id=536 w=260 h=195 float=right]नेइमका अग्रज पास्टर राजेन्द्र कुमार रोङ्गोङ, पास्टर अशोक मुखिया, आर अन्जान घले, राज गुरुङ, भिमा मगर, अशिम राइ, डिकनेस अमृता कार्थक लगायत चालक राजु नगरकोटि सहितको टोली अप्रिल ५ तारिक राजारानी, बसन्तटार १, धनकुटा मिसन कार्यक्रमको लागि बिहान् ६:१५ बजे यात्रा सुरु गर्‍यौ ।

यात्रा अघी बड्ने क्रममा चितवन शौराहा चोकमा खाना खाइ बेलुकी ७ बजे धरान पुर्‍यौ । त्यहाँबाट रोमीको साथमा बेलुकी १०:३० बजे हामीलाई स्वागत गर्न बस्नुभएका परिवार माझ पुग्यौ । केही बेरको बिश्राम पस्चात खाना खइ, प्रार्थना गरी आराम गर्‍यौ ।

भोलीपल्ट नास्ता खाएपछी नयाँ मण्डली भवन तर्फ लाग्यौ । पास्टर अशोक मुखियाको प्रार्थना पछी पास्टर राजेन्द्र कुमार रोङ्गोङले छोटो वचन पढेर नेइम बसन्तटार मण्डली भवनको उदघाटन गर्नुभयो । त्यहाँ दुवै झुन्डबाट गीत गाउँदै संगती सुरु गरीयो र रोमी मगरलाई त्यहाँको स्थानिय अगुवा अभीसेक गरीयो । त्यसपछी हामी सबै गाउँमा सुसमाचार सुनाउन हिड्यौ ।

तेस्रो दिन बप्तिस्माको कार्यक्रमको लागि हामी खोला तिर लाग्यौ । तीन जनाले बप्तिस्मा लिनुभयो र मण्डलीमा गएर प्रभु भोजमा सहभागी भयौ । हामी सबैले संगती सुरुवात सम्बन्धी साधारण ज्ञान बड्यौ र पास्टर राजेन्द्र कुमार रोङ्गोङको वचन र आशिशको प्रार्थना साथ बिदा भयौ ।

भोलीपल्ट रोमी मगरको परिवारबाट बिद भई धरान तर्फ लाग्यौ । तराइ बन्द भएकोले दुइ दिन धरान बसी बिहान् ८ बजे काठमाडौं आइपुग्यौ ।

रोमी मगर काठमाडौंको सबै सुख सुबिधा र अवसरहरुलाई त्यागी आफ्नै गाउँमा मण्डली स्थापना गरी विश्वासीहरुलाई अगाडि बढाउने चुनौती लिनुभएको छ । मण्डलीले गरेको प्रार्थना प्रती हाम्रो टोली धन्यवादी छौ साथै रोमी र त्यहाँका विश्वासीहरुको निम्ती निरन्तर प्रार्थना गरिदिनहुन अनुरोध गर्दछौ ।

– राज गुरुङ

मिसनको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।