राजारानी मिसन यात्रा धनकुटा

April 21, 2010 | Blogs  

[singlepic id=536 w=260 h=195 float=right]नेइमका अग्रज पास्टर राजेन्द्र कुमार रोङ्गोङ, पास्टर अशोक मुखिया, आर अन्जान घले, राज गुरुङ, भिमा मगर, अशिम राइ, डिकनेस अमृता कार्थक लगायत चालक राजु नगरकोटि सहितको टोली अप्रिल ५ तारिक राजारानी, बसन्तटार १, धनकुटा मिसन कार्यक्रमको लागि बिहान् ६:१५ बजे यात्रा सुरु गर्‍यौ ।

यात्रा अघी बड्ने क्रममा चितवन शौराहा चोकमा खाना खाइ बेलुकी ७ बजे धरान पुर्‍यौ । त्यहाँबाट रोमीको साथमा बेलुकी १०:३० बजे हामीलाई स्वागत गर्न बस्नुभएका परिवार माझ पुग्यौ । केही बेरको बिश्राम पस्चात खाना खइ, प्रार्थना गरी आराम गर्‍यौ । Read more

चुनौतीपूर्ण यात्रा: मिसन आसाम

April 6, 2010 | Blogs  

यूहन्ना १४:६

[singlepic id=472 w=260 h=195 float=right]उत्तर पूर्विय भारतको आसाम र अरुनाचलका विभिन्न नेपाली समुदायतर्फ मार्च ६ तारिखका दिन हामी र हाम्रा अगुवा, आदरणिय डिकन छोदेन कार्थकज्यूको नेतृत्त्वमा प्रस्थान गर्यौँ।प्रस्थानको क्रममा हामी हाम्रो टोली गन्तब्य तर्फ बढ्दै काकड्भीट्टबाट-सिल्गुरीतिर यात्रा सुरु गर्यो । जँहा हाम्रो प्रतिक्षा ने.ई.म.का मिसनेरी दाई लोक गुरुङ र जोयराम्पूर, आसामका स्थानिय अगुवा दाई मनोज भुजेलले गरिरहनुभएको थियो। हाम्रो टोलीलाई सिल्गुरीमा लोक गुरुङ दाई र मनोज भुजेल दाईले हामी जान लागेका ठाँऊको बारेमा जानकारी दिनुभयो। त्यही बेलुकी रेलमा आसामतिर यात्रा गर्यौँ। भोलिपल्ट बिहानै १:५५ बजे हामी रंगेली रेल स्टेशन पुग्यौँ र त्यँहाबाट लगभग ४ बजे बिहान अर्को रेलमा चढी आन्नदबगानतिर यात्रा सुरु गर्यौँ। हामी यसरी उत्तरी लखिम्पूर हुदैँ बेलुकीको समयमा त्यँहा पुग्यौँ र उत्साहित मुद्रामा हाम्रो प्रतिक्षा गर्दै रहेका स्थानिय पास्टर डेविड उपाध्ययज्यू लगायत त्यँहाका युवाहरुलाई भेट्यौँ। बेलुकीपख धन्यवादको प्रार्थना, खाना तथा त्यँहाका स्थानिय अगुवाहरुसँगको छोटो भेटघाटपछि हामीले आराम गर्यौँ। Read more

पुने र मुम्बईको सुसमाचारिय यात्रा

March 16, 2010 | Blogs  

[singlepic id=438 w=260 h=195 float=right]सन् २०१० को जनवरी ७ को बेलुकी भारतको पुने तथा हुन गइरहेको सुसमाचारिय कार्यक्रम प्रस्तुत गर्नका पास्टर बर्णबास श्रेष्ठ को नेतृत्वमा हामी १५ जनाको टोली सुनौली हुदै जनवरी १० को बिहान करीब ६ बजे तिर मुम्बईको कुर्ला रेल स्टेशनमा पुग्यौं जहाँ हामीलाई मिशनेरी जेम्स नेपालीले पर्खिरहनुभएको थियो । त्यहि दिन नै पुना पुग्नु पर्ने भएकोले वासीबाट पुनाका लागि दुइवटा गाडी रिजर्भ गर् यौं र करीब तीन घण्टाको यात्रापछि हामी पुना पुग्यौं । त्यहाँ हामीलाई स्वागत गर्नका लागि मिसनेरी प्रदिप/ फिलोमिना बज्राचार्य र त्यहाँ रहेका नेपालीहरु बसिरहनुभएको थियो । Read more

« Previous Page