पाष्टर गुरुबालाइ हार्दिक शुभ कामना

January 18, 2018 | News and Events  

आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक यही पौष २६ गते/जनवरी १० तारिख बुधबार ९२ वर्ष पूरा गरी ९३ औं वर्षमा प्रवेश गर्नु भएकोमा नेइमका सम्पूर्ण परिवारको तर्फबाट हार्दिक शुभ कामना व्यक्त गर्दछौं साथै उहाँको सम्पूर्ण आशिष्मय जीवन र सेवकाइको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाउँछौं । आगामी दिन र वर्षहरूमा

नोभेम्बर महिनाको कार्यक्रम

November 15, 2017 | News and Events  

कार्तिक २२–२४ गते/नोभेम्बर ८–१० तारिख बुधबारदेखि शुक्रबारसम्म स्कूल अफ मिनिष्ट्रीको तालिम, कार्तिक २८ गते/नोभेम्बर १४ तारिख मंगलबार असल अभिभावकत्व भन्ने विषयमा तालिम, कार्तिक २९ गते/नोभेम्बर १५ तारिख बुधबार बिहान ९ः०० बजे नेइम परिषद्को विशेष् भेटघाट नेइम गोंगबूँ मण्डलीमा ।
मंसीर १ गते/नोभेम्बर १७ तारिख शुक्रबार महिला उपवास प्रार्थना आ–आफ्नै मण्डलीमा ।

पाष्टर अभिषेक

October 9, 2017 | News and Events  

भाद्र २ गते/सेप्टेम्बर ९ तारिख शनिबार नेइम गोंगबूँ चर्चको एल्डर कर्ण बहादुर तामाङ्गलाई आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थकले पाष्टर अभिषेक गर्नुभयो ।
Pastor Ordination (1)

हार्दिक बधाई

June 30, 2017 | News and Events  

एशिया र विश्वका विभिन्न राष्ट्रहरू गरी करीव छ हजार बाबु छोरा वा बाबु छोरी दुवैजना सेवकाइमा हुनुभएकाहरूको तीन दिनको एशिया इम्पावर ट्वान्टीवान (E21) सम्मेलन सिंगापुरमा सम्पन्न भएको थियो । त्यस सम्मेलनमा एशियाका सात राष्ट्रहरू (भारत, श्रीलंका, नेपाल, दक्षिण कोरिया, हङ्गकङ्ग, इण्डोनिसिया र सिंगापुर) मा सम्पूर्ण जीवन प्रभुको सेवामा समर्पित भई लामो समयसम्म सेवकाइ गर्नुभएका पाष्टर तथा अगुवाहरूलाई सम्मान गर्ने कार्यव्रmममा आदरणीय पाष्टर रोर्बट कार्थक गुरूबा नेपालमा रहेर लामो समयसम्म सेवकाइ गर्नुभएकोमा जेष्ठ १९ गते/जुन २ तारिख शुक्रबार सिंगापुरमा सम्मानित हुुनुभएको छ । नेपाल देशदेखि बाहिर रहेका मण्डलीहरूले पनि उहाँको सेवकाइको कदर गर्दै सम्मानित हुनुभएकोमा नेइम मण्डली परिवारको तर्पmबाट हार्दिक बधाई ज्ञापन गर्दर्छौं ।
Robert Guruba

यूरोप तथा मध्यपूर्वमा हुनुभएका नेइमका विश्वासीहरुको निम्ति जानकारी

June 8, 2017 | News and Events  

नेपाली इसाई मण्डली (नेइम) काठमाडौं तथा शाखा–आबद्ध मण्डली नेपालबाट यूरोप तथा मध्यपूर्वका खाडी मुलुकहरु (साउदी, युएइ, कतार, बहराइन, यमन, ओमान, कुवेत, इराक, लिबिया, इस्राएल, सिरिया, लेबनान आदि)मा काम तथा अध्ययनको सिलसिलामा जानुभएका विश्वासीहरुले संगति तथा अन्य सरसहयोगको लागि त्यस क्षेत्रको लागि नेइमका मिशनरी पास्टर अब्राहाम श्रेष्ठसँग (हाल आयरल्याण्डमा) सम्पर्क गर्न सक्नुहुनेछ।

सम्पर्क नं. +44-2887725032

Skype ID:abram.shrestha (Shiva Shrestha)

Email ID: fourunder4@hotmail.com

Facebook ID: https://www.facebook.com/profile.php?id=100009515199240&ref=br_rs

 

Abharam Dai

 

 

हार्दिक बधाई

June 5, 2017 | News and Events  

इभान्जलिकल प्रेस्बेटेरियन थियोलोजिकल सेमिनारीमा नेइम गुरुजुधारा मण्डलीको सदस्य श्री रञ्जित मगरले २०७४ जेष्ठ ११ गते/मे २५ तारिख बी.टी.एच.मा दीक्षित हुनुभएकोमा नेइम मण्डली परिवारबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Ranjit

नेइम जहरसिंह पौवा नवनिर्मित मण्डली भवनको समुद्घाटन

May 9, 2017 | News and Events  

२०७३ चैत्र ८ गते/मार्च २१ तारिख मंगलबार बिहान ११ः०० बजे श्रद्वय पाष्टर रोबर्ट कार्थक गुरुबाको बाहुलीबाट नेइम जहरसिंह पौवा नवनिर्मित मण्डली भवनको समुद्घाटन गर्नुभयो ।

हार्दिक बधाई

February 2, 2017 | News and Events  

Chandaniनेपाल प्रहरी अस्पतालमा कार्यरत नेइम ज्ञानेश्वर चर्चकी सदस्य श्रीमती चाँदनी (राम देवी) घले २०७३/९/१३ का दिन एस.पी.बाट एस.एस.पी.मा बढुवा (Promotion) हुनु भएकोमा मण्डली परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं ।

विशेष प्रार्थनाको अनुरोध

January 9, 2017 | News and Events  

पौष २८ गतेदेखि माघ १ गते/जनवरी १२–१५ तारिखसम्म हिमालयन पेन्तिकोसटल चर्च टिस्टा भ्याली दार्जिलिङ्गको चालिसौं वर्षको सम्मेलनमा वचनको सेवकाइको लागि आदरणीय पाष्टर रोबर्ट कार्थक गुरुबा जाँदै हुनुहुन्छ । उहाँको सेवकाइको लागि प्रार्थना गरिदिऔं । उहाँको साथमा पाष्टर अशोक मुखिया पनि जाँदै हुनुहुन्छ ।

ख्रीष्टमस सेवा र प्रार्थना

December 6, 2016 | News and Events  

पौष १० गते/डिसेम्बर २५ तारिख आइतबार हुने ख्रीष्टमस सेवामा वचनको सेवकाइ गर्नुहुने, आराधना झुण्ड, संचालन गर्नुहुने साथै सो दिनको कार्यक्रममा साउण्ड सिस्टम, सुरक्षा, मौसम, टाढा नजीकबाट आउनुहुने मण्डलीका विश्वासीहरू र सबै व्यवस्था मिलाउनेहरूको लागि प्रार्थना गरिदिऔं ।

« Previous PageNext Page »