विशेष् प्रार्थना

September 13, 2017 | Blogs  

आश्विन/कार्तिक (सेप्टेम्बर/अक्टोबर) महिनामा देशका विभिन्न मण्डलीहरूमा हुने सेवा संगति, सम्मेलन, युवाशिविर, अधुरो घर घरानाको लागि साथै सो समयमा यात्रा गर्नेहरूको लागि प्रार्थना गरिदिऔं ।

जानकारी

June 30, 2017 | Blogs  

जेष्ठ २७ गते/जुन १० तारिख शनिबार नेइम सिर्जनानगर मण्डली अन्तर्गतको छोरी संगति, साँगा खाल्चोकको अगुवा श्री भूपाल लामालाई डीकन अभिषेक गरियो ।

जेष्ठ २७ गते/जुन १० तारिख शनिबार नेइम गोंगबूँ मण्डलीअन्तर्गतको छोरी संगति लिखु संगतिको अगुवा श्री कुमार तामाङ्गलाई अगुवा अभिषेक गरियो ।

आषाढ ३ गते/जुन १७ तारिख शनिबार नेइम गोंगबूँ मण्डलीमा ७ जना विश्वासीहरूको समर्पण भयो ।

मिशन सम्मेलन २०७४

May 9, 2017 | Blogs  

वैशाख १२ गतेदेखि वैशाख १४ गतेसम्म आयोजना भएको मिशन सम्मेलन २०७४ नेइम गोगबूं मण्डलीमा सुसम्पन्न भयो । सदा झैँ यसपाली पनि अमेरिकाको इम्मानुएल चर्चका पाष्टर चाल्र्स स्मिथ हुनुहुन्थ्यो । उहाँले यस सम्मेलनमा आत्मिक विकासका विषयहरूमा बोल्नुभएको थियो । जसमा सतावट, प्रेम, अगुवापन आदि विषयहरू समावेश गरिएका थिए । नेइमका शाखा–आबद्ध मण्डलीका अगुवाहरू तथा मिशनेरीहरूका मण्डलीहरूका हालसालैको गतिविधिहरूको जानकारीले गर्दा सहभागीहरूमा बेग्लै जोश र उत्साह ल्याएका
थियो । उहाँहरूको सेवकाइ, परिवार, व्यवसायको लागि पनि प्रार्थना गरिएको थियो ।
उक्त सम्मेलनमा नेइमका शाखा–आबद्धबाट १२५ जना पाष्टर तथा अगुवाहरू र ७ जना मिशनेरीहरूको सहभागिता थियो भने उपत्यकाका नेइम मण्डलीबाट १५० जनाको सहभागिता थियो । यस ३ दिनको मिशन सम्मेलनमा सहभागीहरूले आत्मिक क्षेत्रमा विकास गर्ने चुनौति पाएका थिए भने अर्को तर्फ उनीहरू निकै उत्साहित र आशिषित् भएका थिए ।

हार्दिक शुभकामना

April 3, 2017 | Blogs  

सारा संसारका मानवजातिको उद्धारको निम्ति ख्रीष्ट येशू प्रभु क्रूशमा बलिहुनुभई तेस्रो दिनमा पुनरुत्थान हुनुभएको साथै नववर्ष २०७४ सालको सुखद अवसरमा देश भित्र र देश बाहिर हुनुभएका सम्पूर्ण मण्डली परिवारलाई हार्दिक शुभकामन व्यक्त गर्दछौं ।

हार्दिक शुभ कामना

January 9, 2017 | Blogs  

आदरणीय पाष्टर गुरुबा रोबर्ट कार्थक यही पौष २६ गते/जनवरी १० तारिख आइतबार ९१ वर्ष पूरा गरी ९२ औं वर्षमा प्रवेश गर्नु भएकोमा नेइमका सम्पूर्ण परिवारको तर्फबाट हार्दिक शुभ कामना व्यक्त गर्दछौं साथै उहाँको सम्पूर्ण आशिष्मय जीवन र सेवकाइको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाउँछौं । आगामी दिन र वर्षहरूमा पनि पवित्र आत्माको भरपूरी र परमेश्वरबाटको अझ प्रशस्त आशिष् रहेको होस् भनी प्रार्थना गर्दछौं ।

ख्रीष्ट जन्मोत्सवको शुभकामना

December 6, 2016 | Blogs  

प्रभु येशू ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस) तथा नव वर्ष सन् २०१७ को सुखद् अवसरमा नेइम अन्तर्गतका सम्पूर्ण मण्डली परिवारहरू, शाखा तथा आवद्ध मण्डलीहरू, देश विदेशमा हुनुभएका सम्पूर्ण मण्डली परिवारहरू साथै सम्पूर्ण देशवासीहरूमा प्रेम, मेलमिलाप, एकता र शान्तिको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्दछौं ।

जानकारी

October 3, 2016 | Blogs  

भाद्र २५ गते/सेप्टेम्बर १० तारिख शनिबार नेइम गोंगबूँ मण्डलीमा ३ जना विश्वासीहरूको समर्पण भयो ।

आश्विन ८ गते/सेप्टेम्बर २४ तारिख शनिबार परमप्रभु परमेश्वरको अनुग्रह र नेइमका पाष्टर, एल्डर, डीकन लागयत मण्डलीको उपस्थितिमा नेइम गाम्छा मण्डली भवन अर्पण गरियो । यस मण्डली भवन निर्माणको लागि आवश्यक जमीन उपलब्ध गराउनुहुने, निर्माण सामाग्री, आर्थिक सहयोग, जनशक्ति, सरसल्लाह र प्रार्थनासहित प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पूर्ण प्रियजनहरूलाई यस “नेपाली इसाई मण्डली सूचनापत्र” मार्फत् धन्यवाद व्यक्त गर्दछौं ।

बधाई

July 1, 2016 | Blogs  

एस.एल.सी. परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूको आउँदा दिनका सबै पढाइ, तालिम, उच्च शिक्षा हासिल गर्दै जानको लागि परमेश्वरबाटको आशिष्को लागि प्रार्थनाको साथै मण्डली परिवारबाट हार्दिक बधाइ ज्ञापन गर्दछौं ।

एल्डर, डीकन अभिषेक र समर्पण

June 6, 2016 | Blogs  

जेष्ठ १ गते/मे १४ तारिख शनिबार नेइम गोंगबूँ मण्डलीमा एल्डरहरू र डीकनहरूको अभिषेक भयो ।
एल्डर — डीकन बेन्जामीन तामाङ्ग र श्री पिटर लिम्बू ।
डीकन — श्री गोपी लाल तामाङ्ग र श्री होम बहादुर तामाङ्ग ।

जेष्ठ ८ गते/मे २१ तारिख शनिबार नेइम जोरपाटी मण्डलीमा ५ जनाको समर्पण भयो ।

एल्डर, डीकन, डीकनेस्हरूको अभिषेक

May 6, 2016 | Blogs  

चैत्र २७ गते/अप्रिल ९ तारिख शनिबार नेइम ज्ञानेश्वर मण्डलीमा एल्डर, डीकन, डीकनेस्हरूको अभिषेक भयो ।

एल्डर — डीकन रूबेन प्रधान, डीकन वीर बहादुर के.सी.,
डीकन उत्तम राजकर्णिकार, डीकन रत्नमान महर्जन,
डीकन सिमोन पाठक, डीकन अर्जुन ढकाल र
डीकन सुरेश पुरकोटी
डीकनेस् अनु राई, डीकनेस् राइनी डीविट, डीकनेस् शुङ्गग कार्थक र डीकनेस् चन्दा मुखिया
डीकन — श्री हरि थापा
डीकनेस् — श्रीमती मेनुका क्षेत्री, श्रीमती सलोमी के.सी.,
श्रीमती नानी छोरी शाही र श्रीमती सावित्री राई ।

वैशाख ११ गते/अप्रिल २३ तारिख शनिबार नेइम नगरकोट मण्डलीमा एल्डर, डीकन, डीकनेस्हरूको अभिषेक भयो ।
एल्डर     — डीकन मान बहादुर मगर
डीकन     —  श्री कान्छा श्रेष्ठ
डीकनेस् — श्रीमती रश्मिला तामाङ्ग

« Previous PageNext Page »