हार्दिक श्रध्दान्जली

May 17, 2018 | Blogs  

नेपाली इसार्इ मण्डलीका आदरणीय पास्टर डा. प्रोफेसर राजेन्द्र कुमार रोंगोंगलार्इ परमेश्वरले २०१८, मे १६ तारिख आफ्नो अनन्तको घरमा लैजानुभयो । उहाँलार्इ परमेश्वरले सन् १९५६ मा नेपाल ल्याएर नेपाली इसार्इ मण्डलीको स्थापनार्थ प्रयोग गर्नुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रमा धेरै ठूलो योगदान दिनुभएको छ । उहाँ नेपाली मण्डलीको लागि उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । परमेश्वरले दिनुभएको समयलार्इ पूरा सदुपयोग गरेर उहाँले नेपालको मण्डली र नेपाली समाजलार्इ धेरै आशिष् पुर्याउनुभएको कुरालार्इ स्मरण गर्दै गुरुबालार्इ श्रध्दान्जली व्यक्त गर्दछौं ।