धर्मशास्त्रमा वर्णन गरिएको धार्र्मिकता – डिकन सिमोन पाठक

October 2, 2015 | Articles  

नेपाल देशले जनताले चुनेको प्रतिनिधिहरूद्वारा बनाएको नयाँ संविधान भरखरै प्राप्त गरेको छ । नेपालीहरूमा अब त देशमा विकास र उन्नतिका ढोकाहरू खुल्नेछन् भन्ने आशाका किरणहरू पलाएका छन् तर राष्ट्रको उन्नतिहुन संविधानमात्र राम्रो बनेर पुग्दैन, धार्मिकताको पनि आवश्यकता पर्दछ । “धार्मिकताले देशलाई उचाल्छ” (हितोपदेश १४ः३४) । धार्मिकता के हो ? नयाँ करार र पुरानो करारमा धार्मिकतालाई कसरी व्याख्या गरिएको छ ? परमेश्वरको धार्मिकता र मानविय धार्मिकता के हो ? हामीमा धार्मिकताको शुरूवात कसरी हुन्छ ? आदि कुराहरूलाई जानेर त्यसअनुसार जीवन बितायौं भने मात्र व्यक्ति तथा राष्ट्रको उन्नति हुन्छ ।

पुरानो करारमा धार्मिकता र न्याय शब्दलाई धर्मी अथवा न्यायी भनी बढी मात्रामा प्रयोग गरिएको पाइन्छ । यसको अर्थ सीधै, ठाडै, सत्य, ठीक भन्ने हुन्छ । धार्मिकता र न्याय शब्दलाई  नयाँ करारमा इन्साफगर्नु, न्यायगर्नु, प्रमाणित गर्नु अथवा सफाई दिनु भन्ने अर्थमा प्रयोग गरिएको छ । शब्दको अर्थलाई केलाउँदा यो कुरा प्रष्ट हुन्छ कि परमेश्वरको धार्मिकता र न्यायमा ‘हो’ चाहिँ ‘हो’ र ‘होइन’ चाहिँ ‘होइन’ हुन्छ । यो संसारमा पैसा दिएर कालोलाई सेतो र सेतोलाई कालो बनाउन सकिन्छ । दोषीलाई निर्दोष र निर्दोषलाई दोषी ठहराउन सकिन्छ तर परमेश्वरको न्यायको दिनमा यो गर्न असम्भव छ । “धार्मिकता र न्याय परमेश्वरकोे सिंहासनको जगहुन्” परमेश्वरले गर्नुहुने न्याय सत्यतामा र विना भेदभाव हुन्छ (भजनसंग्रह ८९ः१४; ९७ः२) ।

पुरानो करारमा धार्मिकतालाई कसरी व्याख्या गरिएको छ ?
परमेश्वरको धार्मिकतालाई विशेष गरी दुई किसिमले प्रकाशपारिएको छः

१.परमेश्वरले दुष्ट र अनाज्ञाकारीहरूलाई दण्ड दिनुहुन्छ । परमेश्वर धर्मी हुनुभएको हुनाले दुष्ट र अनाज्ञाकारी जीवन जिउनेहरूले पुरानो करारको समयमा दण्ड पाउने गर्दथिए । (भजनसंग्रह ७ः९–१७, नहेम्याह ९ः३३, दानिएल ९ः१४) ।

२.परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूको शत्रुहरू र थिचोमिचोबाट छुट्कारा दिनुहुन्छ । पुरानो करारको समयमा परमेश्वरको धार्मिकताले दुष्टहरूलाई दण्ड दिने कुरालाई भन्दा पनि अझ बढी जोड दिएको कुरा चाहिँ आफ्ना मानिसहरूलाई शत्रुहरूको हातबाट र थिचोमिचोबाट छुट्कारा दिनुहुन्छ भन्ने कुरासँग सम्बन्धित छ । यसरी पुरानो करारको समयमा परमेश्वरको धार्मिकताले दुष्टहरूलाई दण्ड र धर्मीहरूलाई छुटकारा, सुरक्षा, कृपा, प्रेम प्रकट गरिएको कुरालाई दर्शाउँथ्यो ।

नयाँ करारमा परमेश्वरको धार्मिकतालाई कसरी प्रकाशपारिएको छ ?
नयाँ करारको समयमा अर्थात येशू ख्रीष्ट मानव बनेर यस धर्तीमा आउनुभए पछिको समयमा परमेश्वरको धार्मिकताले विशेष गरी तीनवटा कुराहरूलाई बुझाउँछः

१. परमेश्वरको राज्यलाई बुझाउँछः “तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्” (मत्ती ६ः३३) । “किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता,शान्ति र आनन्द हो”(रोमी१४ः१७) ।

२. परमेश्वरको सित्तैको वरदान येशू ख्रीष्टलाई बुझाउँछः “परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्” (रोमी ३ः२४) । “येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ । किनभने केही भेद छैन” (रोमी ३ः२२) ।

३. येशू ख्रीष्टमा गरिएको विश्वासले मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा धर्मी ठहरिएकाहरूले धार्मिकताको खोजीगर्नु पर्दछ, परमेश्वरको अनुग्रहद्वारा धार्मिकतामा बढ्दै जानुपर्छ भन्ने कुरालाई बुझाउँदछ (रोमी६ः१२–१८,एफिसी४ः२४, ५ः९, फिलिप्पी १ः११)

पुरानो र नयाँ करार दुवैमा परमेश्वरको धार्मिकताले पापको पश्चात्ताप नगर्नेहरू माथि क्रोध र दण्ड पर्नेछ भन्ने कुरालाई प्रष्ट पारेको छ । पापको पश्चात्ताप गर्ने र परमेश्वरका पुत्र येशू माथि विश्वास गर्नेहरू धर्मी ठहरिएका हुन्छन् र ख्रीष्टमा गरिएका सबै प्रतिज्ञाहरू तिनीहरूको जीवनमा पूरा हुनेछन् भनी बताउँछ ।

परमेश्वरको धार्मिकता के हो ? धार्मिकता परमेश्वरको एउटा विशेष् गुण हो । परमेश्वरको धार्मिकताले अनन्तताको निम्ति सिद्ध मापनवा स्थानलाई जनाउँछ । परमेश्वरको धार्मिकता पवित्रताद्वारा झल्किराखेको हुन्छ । परमेश्वर धर्मी हुनुहुन्छ । जब उहाँ न्याय आसनमा बस्नुहुन्छ उहाँले संसारको न्याय निष्पक्षसँग गर्नुहुन्छ । संसारमा भएको सबैभन्दा धनी मानिसले पनि आफ्नो धन र शक्ति प्रयोग गरेर परमेश्वरको न्यायलाई बदल्न सक्दैन (भजनसंग्रह ७ः११) ।
परमेश्वरको धार्मिकतालाई निम्न कुराहरूद्वारा अझ प्रष्ट पार्न सकिन्छ अर्थात् परमेश्वरको धार्मिकता र न्यायले दिने खास सन्देश चाहिँ होः परमेश्वर धर्मी हुनुभएको हुनाले दुष्टहरूलाई दण्ड दिनुहुन्छ (प्रकाश १६ः५–७), आफ्नो मानिसहरूलाई दुष्ट्याईं गर्न देखि जोगाउनुहुन्छ (भजनसंग्रह १२९ः१–८), पापीहरूलाई क्षमा दिनुहुन्छ (१ यूहन्ना १ः९), आफ्ना मानिसहरूलाई दिनुभएका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ (नहेम्याह ९ अध्याय), विश्वास योग्य हुनेहरूलाई इनाम दिनुहुन्छ (हिब्रू ६ः१०) ।

मानविय धार्मिकता के हो ? सैद्धान्तिक रूपमा मानव धार्मिकतालाई विश्लेषण गर्दा चारवटा कुराहरू पाउन सक्छौं

१. वास्तविक धार्मिकता (उत्पत्ति १ः३१, उपदेशक ७ः२९) । परमेश्वरले मानिसलाई पापरहित, निर्दोष, सोझो बनाउनुभएको थियो ।

२. ख्रीष्टको धार्मिकता (हिब्रू ४ः१५, १ पत्रुस २ः२२) । शुरूका मानव आदम पापमा फस्यो । येशू पाप रहित मानव बन्नु–भयो ।

३. धर्मी बनाइएको धार्मिकता (रोमी ५ः१)। यसलाई धर्मीकरण पनि भनिन्छ । परमेश्वरले मानिसलाई धर्मी भनी घोषणा गर्नुभएको धार्मिकता । यो मुक्तिको मार्गमा हिँड्ने पहिलो कदम पनि हो ।

४. नविकरण गरिएको धार्मिकता । यसलाई पवित्रकरण पनि भनिन्छ । परमेश्वरले एकपटक धर्मी ठहराइसक्नु भएकाहरू ख्रीष्टको स्वरूपमा वा परमेश्वरको प्रतिरूपमा दिनदिनै बनिँदै जाने धार्मिकता हो ।

हामीमा धार्मिकताको शुरूवात कसरी हुन्छ ?

धार्मिकताको शुरूवात नयाँ हृदयबाट हुन्छ। “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु । तिमीहरूबाट ढुंगाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु । अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियार साथ मान्ने तुल्याउनेछु” (इजकिएल ३६ः२६–२७) । किन परमेश्वरले नयाँ हृदय दिनेछु भन्नुभयो ? किनकि मानिसको हृदयमा अशुद्धताले बास गरेको छ । अशुद्धताले भरिएको हृदय सधैँ छली हुन्छ । अरूलाई छल्ने, झुट बोल्ने, बेइमान गर्ने, असत्यतालाई रूचाउने, भ्रष्टाचार गर्ने, दुष्ट विचारहरूले भरिएको हुन्छ । अशुद्धताले भरिएको हृदय ढुंगा जस्तो कडा हुन्छ । कठोर हुन्छ । त्यस्तो हृदयभएको मानिसले जहिले पनि अरूलाई चोट पुर्‍याइराखेको हुन्छ । ढुंगाको जस्तो कठोर हृदय भएका मानिसहरूले आफ्नो सम्पर्कमा भएका मानिसहरूलाई चोट पुर्‍याउने काम गरिराखेका हुन्छन् ।

हाम्रो हृदयमा परमेश्वरको धार्मिकताले बास हुनको निम्ति हामी नयाँ सृष्टि हुनु आवश्यक छ । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँआएको छ” (२ कोरिन्थी ५ः१७) । कुनै पनि रूखमा नयाँ पातहरू पलाउनको निम्ति पुराना पातहरू झर्नुपर्दछ । पुराना पातहरू बोटबाट झरेनन्भने त्यो रूखमा नयाँ पाउलाहरू आउन सक्दैनन् । हाम्रो जीवनमा नयाँ पाउलाहरू आउनको निम्ति, अर्थात नयाँ सृष्टि हुनको निम्ति परमेश्वरको धार्मिकतालाई ग्रहण गर्नुपर्दछ । त्यो धार्मिकता परमेश्वरले येशू ख्रीष्टद्वारा दिनुभएको छ । हामीले जब उहाँलाई साँचो हृदयले ग्रहण गर्छौं तब परमेश्वरको धार्मिकताले हामीमाबास गर्दछ । हामी नयाँ सृष्टि हुन्छौं अनि नयाँ हृदय पनि पाउँछौं । परमेश्वरको आत्मा हाम्रो आत्मामा बास गर्नुहुन्छ । हाम्रो हृदय ईश्वरीय शान्तिले भरिन्छ किनकि परमेश्वरको धार्मिकता र शान्तिले एकले अर्कालाई मन पराउछन् (भजनसंग्रह ८५ः१०) । जब नेपालका मानिसहरूले परमेश्वरमा पाइने धार्मिकतालाई ग्रहण गर्छन् तब देशमा शान्ति, उन्नति र प्रगति हुन्छ । हाम्रो हृदय कस्तो छ ? परमेश्वरको धार्मिकताको गुणले भरिएको मानिस धार्मिकताको सिद्धान्त अनुसार जीवन जिउँदछ । के हामी परमेश्वरको धार्मिकताको सिद्धान्त अनुसार जीवन जिउँदैछौं ?

आँफैलाई मस्काउने ठाउँहरु देख्नु – डिकन सिमोन पाठक

September 7, 2015 | Articles  

संसारमा गर्नलाई सबैभन्दा सजिलो काम के हो? हामीलाई अरूको कमजोरीहरूलाई औंल्याउनु, दोष देखाइदिनु, कुरा काट्नु सजिलो लाग्छ तर आफ्नै कमी कमजोरीहरू थाहा गरेर परिवर्तन हुनलाई गाह्रो लाग्छ। हाम्रो जीवनबाट परमेश्वरको महिमा हुनका निम्ति हामीले आफैंलाई मस्काउने ठाउँहरू देख्न आवश्यक छ। पितलको भाँडोलाई जति मस्कायो उति टल्किन्छ। मैला भाँडोलाई राम्रोसँग मस्काएर पखालेपछि त्यसमा भएको चमक देखिन्छ। हाम्रो जीवन टल्कन, एक तेजबाट अर्को तेजमा जान, एउटा महिमाबाट अर्को महिमामा जान, दोषरहित हुन, खोटरहित हुन, फलदायक हुनको निम्ति आफूमा भएको अपवित्रतालाई मस्काउनु र परमेश्वरको पवित्रतालाई धारण गर्नु अति आवश्यक छ।

परमेश्वरको पवित्रताले विशेष गरी दुईवटा कुराहरूलाई समावेश गर्दछ। पहिलोः परमेश्वर सृष्टिका सबैथोकहरूभन्दा माथि सम्पूर्ण रूपले अलग र प्रशंसाको योग्य हुनुहुन्छ। यो कुराले परमेश्वरको पवित्रताको सम्बन्धमा उहाँको सिद्धता वर्णन गरिएको भन्दा माथि छ भनेर निर्दिष्ट गर्दछ।

दोस्रोः परमेश्वर सबै पाप र दुष्टताबाट अलग हुनुहुन्छ। पवित्रताले परमेश्वर र उहाँको इच्छा अनन्तसम्म रहिरहन्छ भन्ने कुराको निश्चयता दिँदछ।

बाइबलमा पवित्र शब्दलाई क्रिया, विशेषण र नामको रूपमा प्रयोग गरिएको पाउँदछौं। क्रियाको रूपमा हेर्दा पवित्र शब्दको अर्थः पवित्र हुनु, पवित्र बनाउनु, समर्पण गर्नु, अर्पण गर्नु, अलग हुनु, उचाल्नु भन्ने हुन्छ। विशेषणको रूपमा हेर्दा पवित्र शब्दको अर्थ हुन्छः एकमात्र पवित्र, अलग गरिएको, पवित्र भन्ने हुन्छ। नाउँको रूपमा हेर्दा पवित्र शब्दलाई पवित्रता, पवित्रकरण भनी उल्लेख गरिएको छ। धर्मशास्त्रमा पवित्र भन्ने शब्द सबैभन्दा पहिला प्रस्थान ३ः५ मा उल्लेख भएको पाइन्छ। मोशालाई परमेश्वरले आफ्नो कामको निम्ति बोलाउनुहुँदा मोशाको जीवनमा पवित्रताको माग गर्नुभयो। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको सेवा गर्नको निम्ति, उहाँ सँगसँगै हिँड्नको निम्ति, उहाँको इच्छा, योजनाहरू हाम्रो जीवनमा पूरा हुनको निम्ति पवित्रता नभई नहुने कुरा हो।

परमेश्वरको पवित्रताले पाप र दुष्टताबाट अलग हुनु र उहाँको महिमा देख्नको निम्ति भक्ति चढाउनु भन्ने कुरालाई पुरानो करारका धेरैवटा खण्डहरूले प्रष्ट पार्दछ। मोशालाई परमेश्वरले पवित्र वासस्थान बनाउनको निम्ति आज्ञा दिनुभएको थियो। उनले परमेश्वरको आज्ञाअनुसार पवित्र वासस्थान बनाएका थिए। पवित्र वासस्थानलाई पवित्रस्थान र महा–पवित्रस्थान गरेर पर्दाले दुई भाग गरिएको थियो (प्रस्थान २६ः३३)। महा–पवित्रस्थानलाई भित्री पवित्रस्थान पनि भनिन्छ (१ राजा ६ः१६)।

पवित्र वासस्थान संसारको पाप र दुष्टताबाट अलग गरिएको स्थान थियो। यो स्थान परमेश्वरको सेवाको निम्ति समर्पण गरिएको थियो तर महा–पवित्रस्थानमा बाचाको सन्दूक राखिएको थियो। यो स्थान संसारको पाप र दुष्टताबाट अलग गरिएको मात्र होइन एकदमै अलग गरिएको र परमेश्वरको सेवाको निम्ति पूरै तवरले भक्ति चढाउने काम गरिन्थ्यो। यो स्थानमा वर्षमा एकपटक प्रधान पूजाहारी मात्र परमेश्वरलाई भक्ति चढाउन जान पाउँथ्यो। उसले मनमा अलिकता मात्र खराब सोच राखेको, संसारका कु–अभिलाषा मनमा लिएको पाइयो भने उसको त्यहीँ मृत्यु हुने गर्दथ्यो। महा–पवित्रस्थानले परमेश्वर कति पवित्र हुनुहुन्छ भन्ने कुराहरू चित्रण गरेको छ। परमेश्वर यति पवित्र हुनुहुन्छ कि संसारको कुनै पनि मानिस उहाँको उपस्थितिमा खडा हुन नै सक्दैन। परमेश्वरलाई धन्यवाद होस्, उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई मानव जातिको पापको प्रायश्चित गर्नलाई संसारमा पठाउनुभयो। उहाँको त्रू्कसको बलिदानको कारण संसारका सबै मानिस परमेश्वरको महा–पवित्रस्थानमा येशू ख्रीष्टद्वारा जान सक्छन्। मन, वचन र कर्मले घरि–घरि पाप गरिराख्ने मानिसहरू पुरानो करारको समयमा जस्तै भस्म भएका छैनन् किनकि परमेश्वरले सारा मानिस जातिलाई येशू ख्रीष्टद्वारा हेर्नुहुन्छ। पापमा डुबेको मानिसलाई पापबाट फर्किएर येशू ख्रीष्टद्वारा उहाँसँग सम्बन्ध स्थापित गरेको उहाँ चाहनुहुन्छ।

यशैयाले दर्शनमा परमेश्वरको पवित्रतालाई देखिसकेपछि आफ्नो पापलाई थाहा गरेका थिए। “सर्वशक्तिमान परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ” (यशैया ६ः३–४)। हामी जति परमेश्वरको पवित्रतालाई बुझ्दै जान्छौं, उति नै हामील आफैलाई मस्काउने ठाउँहरू देख्न सक्छौं। यशैयाले परमेश्वरको पवित्रतालाई देखेपछि उनी भन्छन्, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु” (यशैया ६ः५)। यशैयाले आफैलाई पवित्र सम्झन्थे किनकि उनी परमेश्वरका अगमवक्ता थिए तर जब उनले परमेश्वरको पवित्रतालाई देखे तब मात्र उनले आफ्नो कमजोरीहरू, पापहरू थाहा गर्न सकेका थिए। उनले पापको पश्चात्ताप गरिकेपछि मात्र परमेश्वरको आवाज सुन्न सकेका थिए (यशैया ६ः८)।

परमेश्वरको उपस्थितिमा को जानसक्छ? “परमप्रभुको डाँडामा को उक्लन सक्ला? र उहाँको पवित्रस्थानमा को खडा हुन सक्छ? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरामाथि शपथ खाँदैन” (भजनसंग्रह २४ः३–४)। पवित्रता बिना कोही पनि परमेश्वरको उपस्थितिमा जान सक्दैन। त्यहीकारण परमेश्वरले पवित्रताको माग गर्नुभयो। “तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु” (१ पत्रुस १ः१५–१६)। यो कुरा परमेश्वरले इस्राएलीहरूलाई भन्नुभएको थियो (लेवी ११ः४४–४५, १९ः२)। पवित्र परमेश्वर र मानिसहरूको बीचमा सम्बन्ध हुनको निम्ति पवित्रतालाई उच्च किसिमले व्याख्या गरिएको छ।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट तीनवटा कुराहरू सिक्नु अति आवश्यक छ : पहिलो, पापको कारण मानिस परमेश्वरबाट अलग भएको छ (रोमी ३ः२३)। “तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन” (यशैया ५९ः२)। प्ाापले मानिसलाई परमेश्वरबाट अलग गराउँदछ। सृष्टिको शुरूका मानिस आदम र हव्वाको परमेश्वरसँग घनिष्ठ संगति थियो। तर जब उनीहरूले परमेश्वरको आज्ञा उल्लङग्न गरे तब संसारमा पापको प्रवेश भयो। पापको कारण उनीहरू परमेश्वरबाट टाढो भए। उनीहरूले पाप गरिसकेपछि परमेश्वरको मुहार उनीहरूले देख्न सकेनन्। पापको कारण पवित्र परमेश्वरसँग संगति टुट्यो तर मानिस यस्तो प्राणी हो परमेश्वर बिना जिउन सक्दैन। त्यसकारण मानिसले परिकल्पना गरेर परमेश्वरलाई विभिन्न रूप आकृतिहरू बनाएर पूजा गर्न थाले।

किन मानिस परमेश्वरबाट अलग भएको छ? एउटै कारण होः पाप। परमेश्वर पवित्र हुनुहुन्छ। मानिसहरू पापी छन्। पापले मानिसहरू परमेश्वरबाट अलग भएका छन्।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट सिक्नुपर्ने दोस्रो कुरा हो : येशू ख्रीष्टद्वारा पापी मानिसलाई परमेश्वरकहा जाने बाटो खुलेको छ। “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसग हाम्रो मिलाप भएको छ। उहाद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खडा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउछौ” (रोमी ५ः१–२)। येशू ख्रीष्टद्वारा पापी मानिसको परमेश्वर पितासग मिलाप हुनसक्दछ। येशू ख्रीष्ट यस संसारमा धर्म (Religion)शुरू गर्नलाई होइन तर सम्बन्ध (Relationship) शुरू गराउनलाई आउनुभयो।

यदि तपाईंको जीवनमा पाप, अधर्म, नराम्रा कामहरूको कारणले परमेश्वरसग संगति गर्न सकिराख्नुभएको छैन, प्रार्थनाको जीवन सेलाएर गइराखेको छ, परमेश्वरको वचन पढ्न मन लाग्दैन, तपाईंको हृदयमा शान्ति छैन, तपाईं रातमा निदाउन सकिराख्नुभएको छैन भने तपाईं निराश भएर नबस्नुहोस्, तपाईंको लागि आशा छ। येशू ख्रीष्ट कहाँ गएर पाप क्षमा माग्नुहोस्। उहाँद्वारा परमेश्वर पितासँग सम्बन्ध ठीक गर्नुहोस्। जब तपाईंको परमेश्वरसग ठीक सम्बन्ध हुन्छ। तब तपाईंको हृदयमा ईश्वरीय शान्तिले बास गर्दछ। तपाईंको प्रार्थनाको जीवन प्रभावशाली हुँदछ। परमेश्वरको वचनको प्रकाश तपाईंले पाउन थाल्नुहुनेछ। तपाईंको जीवनमा रूपान्तरण आउनेछ। “यसकारण भाइ हो, येशूको रगतद्वारा महा–पवित्रस्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात् उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौं ” (हिब्रू १०ः१९–२०)। परमेश्वरको पवित्रताले येशूको मानिसलाई परमेश्वरकहाँ जाने बाटो खुलेको छ। र मृत्युपछि पनि परमेश्वरको घर स्वर्गमा जानसक्छौं।

परमेश्वर पवित्र हुनुहुन्छ भन्ने तथ्यबाट सिक्नुपर्ने तेस्रो कुरा होः

मानिसको परमेश्वरप्रति भक्ति र भयको अवधारणा छ। परमेश्वर पवित्र हुनुहुन्छ। त्यहीकारण हामी उहाँलाई भक्ति चढाउछौं। उहाँको उपासना गर्छाै। उहाँको भय मान्छौं। यो कुरा मानिसको भित्री चेतनामा छ। जुन मानिसले परमेश्वरको डर राख्न छोड्छ, त्यसको जीवनमा दुष्टताले बास गर्छ, त्यो मानिसले भ्रष्ट कामहरू गर्न थाल्छ, अरूहरूलाई ठग्ने, लुट्ने कामहरू गर्न थाल्दछ। आफ्नै दाजु, भाइ, ईष्टमित्रहरू, आफन्तहरूको खुट्टा तान्न थाल्छ। अरूलाई छिर्के लगाएर लडाउने विचार मात्र उसमा हुन्छ।

हामीले परमेश्वरलाई भक्ति गर्नु, उपासना गर्नु, उहाको श्रद्धा गर्नु, भय मान्नु हो भने उहाको पवित्रतामा जिउनु आवश्यक छ। के हामी पवित्र परमेश्वरलाई पवित्रतामा उहाँको आराधना गरिराखेका छौं? “धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।”

मण्डलीमा मेरो समर्पणता – पाष्टर अशोक मुखिया

July 29, 2015 | Articles  

नेइम ज्ञानेश्वर, ललितपुर, जोरपाटी, गोंगबूँ साथै छोरी मण्डलीका हामी सबै आफुलाई पायक पर्ने मण्डलीमा समर्पित भएका छौं । समर्पणको समयमा यो मेरो मण्डली हो, परमेश्वरले मलाई यस मण्डलीमा राख्नुभएको हो भन्ने जानेर म स्वीकार गर्दछु, “म यस मण्डलीको हुँ साथै यो मण्डली मेरो हो । यसर्थ प्रभु येशूको अनुग्रहद्वारा मण्डलीको सदस्यको नाताले निम्न लिखित बुँदाहरू यथासक्य पालन गर्ने प्रतिज्ञा गर्दछु भनी प्रभुको उपस्थिति र मण्डलीको अघि प्रण गरका छौं ।

१.  मण्डलीका सबै सेवा, सगतिहरूमा यथासक्य सक्रिय भाग लिनेछु (हिब्रू १०ः२५) ।
२.   मण्डलीमा आफ्नो दशांश साथै अन्य भेटीहरू नियमित ढंगले बुझाउनेछु (मलाकी ३ः१०) ।
३.   मण्डलीमा परमेश्वरले अधिकारका स्थानमा राख्नुभएका पाष्टर, एल्डर, डीकन, डीकनेस्हरूलाई हर प्रकारले चाहिँदो सहायता दिँदै उहाँहरूको अधीन र अनुशासनमा रहनेछु (हिब्रू १३ः१७) ।
४.  प्रभु येशू ख्रीष्टको महिमाको निम्ति मण्डलीको वृद्धि, निर्माण, र परिपक्वताको खातिर एउटा योग्य र समर्पित सदस्यको कर्तव्य निभाउनेछु (एफिसी ४ः१६, रोमी १२ः४–६) ।

हामी नयाँ पुराना सबैले स्व इच्छाले नै परमेश्वरको महिमाको लागि मण्डलीमा समर्पण गरेकाहौं (व्यवस्था २३ः२३) । जुन मण्डलीमा तपाईं र म नियमित सेवामा जान्छौं त्यो मण्डली तपार्इं मेरो परिवार हो । मण्डली ख्रीष्ट येशूमाबसालिएको छ (मत्ती १६ः१८) । मण्डलीको जग, कुने ढुंगा ख्रीष्ट स्वयं हुनुहुन्छ (१ कोरिन्थी ३ः११, एफिसी २ः२०) । यसैले हामी एकैसाथ ठीकसँग जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जानु पर्छ (एफिसी २ः१९–२२) ।

यसैले प्रभु भन्नुहुन्छ,“उहाँ कहाँ जाओ,जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ ।… जीवित पत्थरहरू झैँ आत्मिक घर बन्दै जाऔ” (१ पत्रुस २ः४–५) । यसरी आफै पनि बनिँदै अरूलाई पनि बनाउँदै जानुपर्छ
(१ थेसोलोनिकी ५ः११, हिब्रू १०ः२४–२५) । प्रभु मण्डलीको
शिर पनि हुनुहुन्छ । मण्डलीमा रहेर शिरको आदर गर्नुपर्छ साथै प्रभुले राख्नुभएका गुरुजनहरूको अधीनमा पनि बस्नुपर्छ।

हामी जतिले मण्डलीको विभिन्न सेवकाइ घरेलु संगति, पुरुष, महिला, जवान, बाल, आराधना झुण्डमा गाउने–बजाउने, क्यामेरा, साउण्ड सिस्टम आदि सेवकाइमा सेवागर्न आफैलाई समर्पण गरेकाहरू पनि मण्डलीमा पूर्ण समर्पित हुनुपर्छ ।

हामीले गरेको समर्पणमा कहीँकतै चुकेकापो छौं कि? कहाँ कहाँ चुकेका छौं सो विचार गर्नुपर्छ किनकि हामी सबै जीवित परमेश्वर प्रति जवाफदेही छौं । वचनमा पढ्छौं, “भाकल गरेर पनि पूरा नर्गनु भन्दा भाकलनै नर्गनु अझ असल हो आफ्नै बोलीले पापगर्न नलाओस्” (उपदेशक ५ः४–६, भजन ५०ः१४) । के म मेरो समर्पणमा इमानदारी र विश्वासयोग्य छु ? आज हाम्रो समर्पणता परमेश्वरको महिमाको लागि भन्दा पनि हाम्रो आफ्नै फाइदा र सुविधाको लागि मात्र भएको छ कि? कतै हाम्रो समर्पणतामा स्वार्थ लुकेको त छैन् ? हामी मध्ये कति जना माथिको बुँदाहरू केहीमा मात्र आज्ञाकारी छौं होला र कतिलाई त मण्डलीको वास्थापनि छैन होला । कहिलेकाहीँ, मन लागेमा, भ्याएमा, गाह्रो समय, समस्यादुःख परेको समयमामात्र मण्डली सम्झने गर्छौं ।

प्रभुको अनुग्रह र पवित्रआत्माको सहायतामा जतिजना विश्वासयोग्य र समर्पित छौं परमेश्वरलाई धन्यवाद र महिमाहोस् । अझ समर्पित हुँदै जान  सकौं साथै एकअर्कालाई पनि उत्साहितगर्दै जाऔं ।

हाम्रो समर्पणतामा हामीले गरेका सबै प्रणहरूमा यशासक्य विश्वासयोग्य हुनुपर्ने हो । प्रभुबाटको सबै आशिषहरूको अपेक्षागर्ने तर दिने र मूल्यचुकाउने काममा पछि हटने एक समर्पित सदस्यको साँचो समर्पणता होइन । सधैँ सम्भवहुँदैन होला आ–आफ्नै परिस्थिति समस्याहरू पनि छन् कति कुरामा चुक्छौं पनि तर यो भन्दैमा फितलो पनि हुनुहुँदैन । सकभर इमानदारी हुनुपर्छ किनकि हामीले यथासक्य पालन गर्नेछु भनी वचन दिएका छौं । मानिसबाट प्रशंसा पाउनलाई साथै बाध्यता र करमा पनि होइन तर मण्डली परिवारको एक सदस्यको नाताले, प्रभुप्रतिको प्रेममा, राजीखुशीले परमेश्वरको महिमाको लागि रहरले हुनुपर्छ ।

यसैले हाम्रो समर्पणता लिने कुरामा भन्दा पनि दिने कुरामा हुनुपर्छ । किनकि “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो” (१ यहून्ना ४ः१९) ।

हामी मण्डलीको ठूलो परिवारमा छौं परिवार ठूलो भएको कारण कति कुराहरूमा तलमाथि हुन्छ, सोचे जस्तो हुँदैन तरै पनिहामी परिवारका सदस्यको नाताले बुझिदिनुपर्छ । हाम्रो आफ्नै परिवारमा त सधैँ एकनास हुँदैन भने ठूलो परिवारमा गाह्रो हुन्छ । यसैले यस्ता कति कुराको कारण हाम्रो समर्पणमा आँच आउनदिनु हुँदैन । चित्त दुखाएर सेवा संगति नजाने, मण्डली छाडेर अन्य मण्डली जाने, मण्डलीका गुरुजनहरूको विरोध गर्ने, काम गर्नु हुँदैन (कलस्सी ३ः१२–१५, १ थेसलोनिकी ५ः१२–२४) जुन कुराले परमेश्वरको महिमा हुँदैन । हुन सके प्राथना गरिदिनुपर्छ । मण्डलीलाई हामी सबैको साथ, सहयोग, प्रेम, साहस, उत्साह चाहिन्छ किनकि हामी सबैलाई एकअर्काको खाँचो छ साथै यो कामको लागि प्रभुले हामीलाई योग्य पनि बनाउनुभएको छ र एउटै परिवारमा राख्नुभएको छ ।

यसैले हाम्रो समर्पणता केवल रोग बिमार, दुःख, समस्या, मृत्यु,विवाह,आदि जस्ता कुराहरूको लागि मात्र हुनु हुँदैन । मण्डली मेरो लागि मात्र होइन म पनि मण्डलीको हुँ भनी सम्झनुपर्छ। मण्डली निर्माणमा मेरो पनि आवश्यकता छ भनी बुझ्नुपर्छ । केवल वर्षमा एक वा दुई पल्ट मण्डलीमा राखिएको समर्पणको समयमा मात्र यी कुराहरू सम्झने होइन ।

जुन कुराको कारण हाम्रो समर्पणमा अनुशासन, अधीनता, पवित्रता, एक आपसमा प्रेम, मेल मिलाप, सहयोग, वास्था सेलाएर जानदिनु हुँदैन । विरोध, गनगन, अहम्, अधन्यवादिता, मन तातोपन, संसारिकतालाई ठाउँ दिनु हुँदैन । यसैले प्रभुको उपस्थिति र मण्डलीको अघि गरिएका प्रणहरूमा आज्ञाकारी हुन प्रयत्न गरौं साथै प्रभुसँग अनुग्रह पनि मागौं ।

बलियो वैवाहिक जीवनको नक्शा– डीकन सिमोन पाठक

July 6, 2015 | Articles  

वैशाख महिनामा गएको महा भूकम्पले घर बनाउँदा घरको नक्शा माटो, घरमा प्रयोग गरिने सामाग्री र जगमा विशेष ध्यान दिनुपर्छ भन्ने शिक्षा धेरैलाई दिइएको छ । त्यसरी नै वैवाहिक सम्बन्ध स्थिर रहनको निम्ति पनि बाइबलले वैवाहिक जीवनको नक्शा वा जगमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । तपाईंको विचारमा बलियो वैवाहिक जीवन भइराख्नको निम्ति श्रीमान्–श्रीमतीले कुन–कुन कुराहरूमा ध्यान दिनु आवश्यक छ ? अर्थात् के–के कुराहरूमा ध्यान दियो भने विवाहपछि श्रीमान्–श्रीमतीको सम्बन्ध बलियो भइराख्न सक्छ ?
हामीले धेरै वटा सूचीहरू तयार पार्न सक्छौं । धर्मशास्त्र बाइबलमा बलियो वैवाहिक जीवन भइराख्नको निम्ति मुख्य गरी तीनवटा कुराहरू दिइएको छ । ती कुराहरूलाई प्रत्येक श्रीमान्–श्रीमतीले र भविष्यमा विवाह गर्न चाहनेहरूले पनि ध्यान दिनु अति नै आवश्यक छ । कसैले यसरी भनेका छन्– “करार कमजोर हुन सक्छ तर रद्द हुन सक्दैन । घर जले पनि घरको जग रहिरहन्छ ।” विवाह सम्बन्धमा खटपट भए पनि परमेश्वरको दृष्टिमा वैवाहिक करार रहिरहन्छ । त्यसकारण विवाह सम्बन्धमा जोडिनुअघि र विवाह भइसके पछि पनि विवाहको निम्ति परमेश्वरले दिनुभएको नक्शा के हो र कसरी वैवाहिक सम्बन्धलाई बलियो बनाइराख्न सकिन्छ सो जान्नु आवश्यक छ ।
उत्पत्तिको पुस्तकमा सम्पूर्ण सृष्टिको काम कसरी भयो भन्ने कुराहरूको वर्णन गरिएको हामी पाउँछौं जहाँ पुरूष र स्त्रीको विषयमा यसरी लेखिएको छ– “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टिगर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो”(उत्पत्ति१ः२७)। परिवार शुरू गर्नुहुनेचाहिँ परमेश्वर नै हुनुहुन्छ ।
विवाह सम्बन्धमा जोडिएपछि उनीहरूले ध्यान दिनुपर्ने वा गर्नुपर्ने कार्यको सम्बन्धमा धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण मानिसले आफ्ना आमा–बाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्” (उत्पत्ति २ः२४) । यही कुरा नयाँ करारमा तीन पटकसम्म दोहोर्‍याइएको छ (मत्ती १९ः२, मर्कूस १०ः७–८, एफिसी ५ः३१) । यसले यो कुरा देखाउँछ कि वैवाहिक सम्बन्धमा जोडिएपछि बलियो वैवाहिक जीवन हुनको निम्ति यी तीनवटा क्रियाहरू छोड्नु, मिलिरहनु र एउटै शरीर हुनु अति आवश्यक छ । योचाहिँ वैवाहिक जीवनको निम्ति परमेश्वरले दिनुभएको नक्सा (God’s Blueprint for Marriage) हो । यो नै वैवाहिक जीवनको जग पनि हो । यो जग वा नक्साभन्दा बाहिर गएर घराना बनाउन खोजेमा त्यो परिवार कमजोर हुन्छ । घर बनाउनुभन्दा अगाडि घरको नक्शा कोर्ने इन्जिनियर (Architecture) ले दिएको नक्साअनुसार घरको जग हालिएको छ भने मात्र त्यो घर बलियो हुन्छ । नक्सा एउटा छ बनाउनेले आफ्नै खुशीअनुसार जग बसाल्छ वा बनाउँछभने त्यो भवन कुरूप देखिन सक्छ र सानो–तिनो प्राकृतिक प्रकोपले पनि लड्न सक्छ ।
विवाह भइसकेपछि प्रत्येक जोडीको वैवाहिक सम्बन्ध परमेश्वरले दिनुभएको नक्शाअनुसार बनिँदै गएको हुन आवश्यक छ । परमेश्वरले दिनुभएको नक्साभन्दा बाहिर वैवाहिक सम्बन्धलाई बलियो बनाउन खोजेमा त्यो सम्बन्ध कमजोर हुँदै टुट्न पनि सक्छ । छोड्नु, मिलिरहनु र एउटै शरीर हुनुभनेको एउटा टुलका तीनवटा खुट्टाहरू जस्तै हुन् । गाउँघरमा अझै पनि चूल्होको रूपमा ओदानको प्रयोग गरिन्छ । त्यसका पनि तीनवटा खुट्टाहरू हुन्छन् । एउटा खुट्टा मात्र कमजोर भयो भने त्यो लड्न सक्छ । विवाहित जोडीले माथिका तीन कुराहरूमध्ये एउटालाई मात्र बेवास्ता गरेमा टुल वा ओदानको एउटा खुट्टाकमजोरभएजस्तैबन्नपुग्छ र कहिले लड्छ सो भन्न सकिन्न ।
आदमर हव्वाले कसलाई छोडे ? परमेश्वरले परिवारको जग बसाल्ना साथ श्रीमान्–श्रीमतीलाई आमा–बाबुलाई छोड्ने आज्ञा दिनुभयो । आमा–बाबुलाई छोड्नुभन्दा कति आमा–बाबुको मनमा चसक्क पर्न सक्छ, चित्त दुख्न सक्छ र दुखित भावना पैदा हुन सक्छ । छोड्नु भनेको आमा–बाबुलाई बिर्सनु वा त्याग्नु भनेको होइन । आमा–बुवालाई आदर गर, आज्ञापालन गर भन्ने कुरालाई धर्मशास्त्रले जोड दिएको छ । छोडनु भनेको सार्वजनिक रूपमा विवाह गर्नु र भावनात्मक रूपले आमा–बुबा,आफन्त, साथीभाइ, ईष्टमित्र सबैलाई छोड्नु हो । विवाहपछि वैवाहिक जीवन बलियो हुँदै जानको निम्ति रूने, कराउने, हाँस्ने, दुःख, सुख बाँड्ने, सफलता, असफलता बाँड्ने पहिलो ठाउँ अब आमा–बुवा वा अरू व्यक्ति नभई श्रीमान्–श्रीमती हुनु पर्दछ । परिवारमा कुनै पनि समस्या आउँदा सबै भन्दा पहिले श्रीमान्–श्रीमती बसेर एकअर्कामा बाँडचुँड गर्नु र एकले अर्कालाई उत्साह दिने, एकले अर्कोको आँसु पुछिदिने, एकले अर्कोको मनोबल बढाउने, एकअर्कामा आनन्द गर्दै वैवाहिक जीवनलाई अघि बढाउनु नै छोड्न हो । यदि श्रीमतीलाई केही पर्‍यो भने माइत वा आफन्तकहाँ दौड्ने वा फोन गर्ने र श्रीमान्लाई केही पर्‍यो भने आफ्नो आमा–बाबु वा अभिभावककहाँ दौडन थाल्यो भने त्यो परिवार कमजोर हुन सक्छ । भावनात्मक रूपमा श्रीमान्–श्रीमती दुवैले परिवारका सदस्य, आफन्त या ईष्टमित्रलाई छोडेका छैनन् भने सात समुद्र पारी गए तापनि बाबु–आमा, अभिभावक वा ईष्टमित्रको कारणले उनीहरूको सम्बन्धमा समस्या आइनैरहन्छ । त्यसकारण विवाह गर्नुअघि भावनात्मक रूपमा परिवारका सदस्यहरू वा साथीसङ्गीहरूलाई छोड्नको निम्ति दुवैजना तयारी हुनुपर्दछ । विवाह बन्धनमा जोडिन इच्छा गर्नेहरूले यो कुरा बुझ्नु अति नै आवश्यक छ ।
श्रीमान्–श्रीमतीले मात्र छोड्ने होइन तर उनीहरूका परिवारका सदस्यहरूले पनि छोडिदिनुपर्छ । कति परिवारमा विवाहपछि उनीहरूको सम्बन्धमा समस्या ल्याउने काम परिवारका सदस्यहरूबाटै हुने गरेको पाइन्छ भने त्यो भवन कुरूप देखिन सक्छ र सानो–तिनो प्राकृतिक प्रकोपले पनि लड्न सक्छ ।
विवाह भइसकेपछि प्रत्येक जोडीको वैवाहिक सम्बन्ध परमेश्वरले  दिनुभएको नक्शाअनुसार बनिँदै गएको हुन आवश्यक छ । परमेश्वरले दिनुभएको नक्साभन्दा बाहिर वैवाहिक सम्बन्धलाई बलियो बनाउन खोजेमा त्यो सम्बन्ध कमजोर हुँदै टुट्न पनि सक्छ । छोड्नु, मिलिरहनु र एउटै शरीर हुनु भनेको एउटा टुलका तीनवटा खुट्टाहरू जस्तै हुन् । गाउँघरमा अझै पनि चूल्होको रूपमा ओदानको प्रयोग गरिन्छ । त्यसका पनि तीनवटा खुट्टाहरू हुन्छन् । एउटा खुट्टा मात्र कमजोर भयो भने त्यो लड्न सक्छ । विवाहित जोडीले माथिका तीन कुराहरूमध्ये एउटालाई मात्र बेवास्ता गरेमा टुल वा ओदानको एउटा खुट्टा कमजोर भए जस्तै बन्न पुग्छ र कहिले लड्छ सो भन्न सकिन्न ।
आदमर हव्वाले कसलाई छोडे ? परमेश्वरले परिवारको जग बसाल्ना साथ श्रीमान्–श्रीमतीलाई आमा–बाबुलाई छोड्ने आज्ञा दिनुभयो । आमा–बाबुलाई छोड्नु भन्दा कति आमा–बाबुको मनमा चसक्क पर्न सक्छ, चित्त दुख्न सक्छ र दुखित भावना पैदा हुन सक्छ । छोड्नु भनेको आमा–बाबुलाई बिर्सनु वा त्याग्नु भनेको होइन । आमा–बुवालाई आदर गर, आज्ञापालन गर भन्ने कुरालाई धर्मशास्त्रले जोड दिएको छ । छोडनु भनेको सार्वजनिक रूपमा विवाह गर्नु र भावनात्मक रूपले आमा–बुबा, आफन्त, साथीभाइ, ईष्टमित्र सबैलाई छोड्नु हो । विवाहपछि वैवाहिक जीवन बलियो हुँदै जानको निम्ति रूने, कराउने, हाँस्ने, दुःख, सुख बाँड्ने, सफलता, असफलता बाँड्ने पहिलो ठाउँ अब आमा–बुवा वा अरू व्यक्ति नभई श्रीमान्–श्रीमती हुनु पर्दछ । परिवारमा कुनै पनि समस्या आउँदा सबै भन्दा पहिले श्रीमान्–श्रीमती बसेर एकअर्कामा बाँडचुँड गर्नु र एकले अर्कालाई उत्साह दिने, एकले अर्कोको आँसु पुछिदिने, एकले अर्कोको मनोबल बढाउने, एकअर्कामा आनन्द गर्दै वैवाहिक जीवनलाई अघि बढाउनु नै छोड्न हो । यदि श्रीमतीलाई केही पर्‍यो भने माइत वा आफन्त कहाँ दौड्ने वा फोन गर्ने र श्रीमान्लाई केही पर्‍यो भने आफ्नो आमा–बाबु वा अभिभावककहाँ दौडन थाल्यो भने त्यो परिवार कमजोर हुन सक्छ । भावनात्मक रूपमा श्रीमान्–श्रीमती दुवैले परिवारका सदस्य, आफन्त या ईष्टमित्रलाई छोडेका छैनन् भने सात समुद्र पारी गए तापनि बाबु–आमा, अभिभावक वा ईष्टमित्रको कारणले उनीहरूको सम्बन्धमा समस्या आइनैरहन्छ । त्यसकारण विवाह गर्नुअघि भावनात्मक रूपमा परिवारका सदस्यहरू वा साथीसङ्गीहरूलाई छोड्नको निम्ति दुवैजना तयारी हुनुपर्दछ । विवाह बन्धनमा जोडिन इच्छा गर्नेहरूले यो कुरा बुझ्नु अति नै आवश्यक छ ।
श्रीमान्–श्रीमतीले मात्र छोड्ने होइन तर उनीहरूका परिवारका सदस्यहरूले पनि छोडिदिनुपर्छ । कति परिवारमा विवाहपछि उनीहरूको सम्बन्धमा समस्या ल्याउने काम परिवारका सदस्यहरूबाटै हुने गरेको पाइन्छ ।समय छैन भन्ने नै हुन्छ । त्यसरीनै श्रीमान्हरूलाई तपाईंको श्रीमती प्रतिको मुख्य गुनासो के छ भनेर प्रश्न गर्ने हो भने धेरैको जवाफ मेरो श्रीमती अनावश्यक रूपमा कचकच गरिरहन्छिन् । मलाई उनले आदर नै गर्दिनन् । मैले उनीबाट पाउनुपर्ने शारीरिक सन्तुष्टि पाएको छैन भन्ने कुराहरू नै हुन्छन् । त्यसकारण उनीहरू एकअर्काबाट पाउने प्रेम, वास्ता, आदर, सहयोग, सन्तुष्टि आदि सबै कुराहरू अरू व्यक्तिबाट नै खोजिराखेका हुन्छन् जसले गर्दा उनीहरूको वैवाहिक जीवनमा चिसोपना बढेर गइराखेको हुन्छ । यदि यसरी श्रीमान्–श्रीमती जिइराखेका छन् भने उनीहरूको पारिवारिक सम्बन्ध धमिराले भित्रभित्रै खाइराखेको रूखजस्तै भइराखेको हुन्छ किनकि उनीहरू बाइबलले भनेअनुसार एउटै शरीर हुन सकेका छैनन् । श्रीमान्–श्रीमती एउटै शरीर हुन नसक्नुमा श्रीमतीले श्रीमान्को भावना वा सन्तुष्टिलाई बुझ्न नसक्नु र श्रीमान्ले पनि श्रीमतीको भावना,प्रेमर इच्छालाई बुझ्न नसक्नु नै हो । किन यस्तो भएको ? किनकि उनीहरू एउटै शरीर हुन सकेका छैनन् । एउटै शरीर हुनको निम्ति श्रीमान्–श्रीमती बसेर भावनाहरू बाँडचुँड गर्ने, हृदयका कुराहरू बाँड्ने र सुन्ने गर्नुपर्दछ। तब मात्र एउटै शरीरले जस्तै एका अर्काको हाँसो, रोदन, चोट, पीडा, खुशी, आनन्द थाहा गर्न सक्छन् ।
विवाह भएर धेरै वर्ष सँगसँगै जीवन बिताइसक्नुभएका जोडीहरू, भर्खरै वैवाहिक सम्बन्धमा जोडिएकाहरू र भविष्यमा विवाह गर्न चाहनेहरू सबैले बलियो वैवाहिक जीवनको निम्ति सृष्टिकर्ता परमेश्वरले मानव जातिलाई दिनुभएको वैवाहिक जीवनको नक्साः छोड्नु, मिलिरहनु र एउटै शरीर हुनुलाई पक्रिराख्नु पर्दछ । वैवाहिक जीवनमा सामना गरिने आँधी–बेहरी, हुरी बतास र सबै उतार चढावहरूमा पनि मृत्युले अलग नगरेसम्म सँगसँगै परमेश्वरको सेवा र महिमा गर्नु नै परमेश्वरले वैवाहिक जीवनको लागि कोर्नुभएको नक्शाअनुसारको परिवार हुनु हो। हाम्रो वैवाहिक सम्बन्ध कस्तो छ ? शैतानले जोडिएको वैवाहिक सम्बन्धलाई तोड्न चाहन्छ तर परमेश्वरले तोडिएको सम्बन्धलाई जोड्न, कमजोर सम्बन्धलाई बलियो बनाउन र उहाँको महिमा गर्ने परिवार बनाउन चाहनुहुन्छ । “परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ” (भजनसंग्रह १२७ः१) । घराना बनाउने परमेश्वर नै हुनुहुन्छ । उहाँलाई हाम्रो परिवारमा पाहुना होइन प्रभुको स्थानमा राखौं ।

महाभूकम्पको आघातबाट निको हुने सामान्य तरिकाहरू – सिमोन पाठक

June 5, 2015 | Articles  

२०७२ वैशाख १२ गते तदानुसार अप्रिल २५ ता. २०१५ बिहान ११ः५६ मा गएको ७.८ (विदेशी मापन ८.१) रेक्टरको महाभूकम्प र त्यसपछि गएका अनगिन्ती पराकम्पनहरूले मानिसको दिनचर्यामा ठूलो फेरबदल ल्याइदिएको छ । धेरै धनजनको क्षति भयो । आँखाले हेर्दाहेर्दै धेरै घरहरू माटोमा मिल्न पुगे । घरमा पुरिएर र पर्खाल भत्किएर थिचिएकाहरूलाई उद्धार गर्न आर्मी, पुलिस लगायत सर्वसाधारण मानिसहरू आफ्नो बल र क्षमताले भ्याएसम्म लागिपरेका थिए । उद्धार र राहतको कार्यसँगै जनजीवन सामान्य बन्दै गएको थियो । यद्यपि भूगर्भविदहरूले आफ्नो अध्ययनबाट पाएको ज्ञानले पराकम्पनहरू जानु सामान्य हो भन्दै मानिसहरूलाई नअत्तालिन र आफ्नो कार्यमा लाग्नलाई उत्साह दिइराखेका थिए तर अचानक वैशाख २९ गते तदानुसार मे १२ ता. मंगलबार दिउँसो १२ः५० बजे फेरि ७.३ रेक्टर को शक्तिशाली भूकम्प गयो । धेरै घरहरू केही सेकेण्डमै माटोमा मिल्न पुगे । मानिसहरूको हृदयमा मृत्युको डर प्रबल भयो । धेरै मानिसहरूमा अब के गर्ने, कसरी बाँच्ने भन्ने ठूलो प्रश्न चिन्ह खडा भयो । भूगर्भविदहरू पनि अलमलमा पर्न पुगे । उनीहरूको अध्ययनबाट आर्जन गरेको ज्ञान पनि हल्लिन पुग्यो । वैशाख २९ गतेको भूकम्पपछि भूगर्भविदहरू पनि दुई धारमा हुन पुगे । एक थरीले यो पहिले गएको भूकम्पको पराकम्पन नै हो भनी दावी गरे भने अर्को थरिले यो पराकम्पन होइन भनी आफ्नो विश्वसनीय तर्कहरू दिनुमा व्यस्त भए । वैशाख २९ गतेको भूकम्पपछि पनि यो दिन र मितिमा अझैँ ठूलो भूकम्प जानेछ भनी झुटा भविष्यवाणीहरू गरेर जनमानसमा त्रास फैलाएर आफू चर्चित हुन खोज्नेहरू पनि देखा परेका थिए । भूकम्पको विषयमा रमाइला ठट्यौलीहरू फेसबूक र इन्टरनेटहरूमा पोष्ट गरेर मानिसहरूलाई रमाइलो गराएर भूकम्पलाई बिर्साउन खोज्ने मानिसहरूको पनि कमी थिएन ।

भूकम्पबाट शरीरमा चोट लागेका घाइतेहरू औषधि उपचारपछि बिस्तारै निको हुँदैछन् । त्यसरीनै हामीमा भएको डर, त्रास, तनाव वा हृदयको चोट पनि निको हुनु आवश्यक छ । घर र पर्खाल भत्केर चोट लाग्नेहरूको संख्याभन्दा मन, मस्तिष्कमा चोट लाग्नेहरूको संख्या लाखौं छन् ।

महाभूकम्पले हामीमा परेको शारीरिक पीडा र मानसिक आघातबाट निको हुनु आवश्यक छ । यू.एम.एन. का मानसिक स्वास्थ्य सल्लाहकार डा. स्टिफन कोल्टरले आघातको विषयमा दिनुभएको तालीम र सामान्य अध्ययनबाट प्राप्त गरेको ज्ञानको आधारमा मनौवैज्ञानिक आघातको विषयमा मैले यहाँ केही चर्चा गर्ने प्रयास गरेको छु । डा. स्टिफन कोल्टरका अनुसार मनोवैज्ञानिक आघात भनेको मनमा लागेको घाउ हो । शारीरिक घाउ समय बित्दै जाँदा प्राकृतिक रूपमा निको भएजस्तै मनमा लागेको चोट वा घाउ पनि प्राकृतिक प्रक्रियाले समय बित्दै जाँदा क्रमश निको हुँदै जान्छ । उनका अनुसार आघातमापरेका मानिसहरूमा सम्झन नचाहने कुराहरू पनि घरिघरि सम्झनामा आइराख्ने, दुःखलाग्दा सपनाहरू देख्ने, घटेका घटनाहरू सम्झनामा आइराख्ने जुन कुराले उसलाई आघात भएको थियो त्यस्ता वस्तुहरू देख्दा भावनात्मक रूपले संकटमा पर्ने जस्ता लक्षणहरू देखापर्दछन् । आघातको कारण स्नायु प्रणालीमा उच्च उत्तेजना हुन्छ जसले गर्दा झर्को मान्ने वा रिसाउने बानी, अत्यधिक चनाखो रहने, एक्कासी झस्किएर प्रतिक्रिया गर्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, निद्रा नलाग्ने, कतिलाई बढी निद्रा लाग्ने पनि हुनसक्छ ।

भूकम्प जानुअघि हामीले आफैलाई सुरक्षित ठान्थ्यौं तर भूकम्पपछि आफू असुरक्षित भएको महसुस गरिराखेका हुनसक्छौं । भूकम्प गएको चार हप्ता बित्न लागिसक्यो तर हामीमा असुरक्षित भावनाका तरंगहरू दौडिराखेका हुन सक्छन् । पहिला गर्दै आएका कामहरू र रूची लागेका कुराहरू भूकम्पपछि गर्न मन नलागिराखेको होला । भूकम्प जाँदा भएका ठाउँ वा घरहरूमा बस्न मन परेको छैन होला । पहिला खान मन परेका कुराहरू खान रूची नहुने भइराखेको होला । मनमा अनेक किसिमको डरहरू पैदा भइराखेको होला । यदि हामीमा यस्ता कुराहरू भइराखेका छन् भने चिन्तित हुन आवश्यक छैन । भूकम्पको कारण यस्ता कुराहरू हामीमा हुनु मनोचिकित्सा विज्ञानका अनुसार सामान्य हो । भूकम्पको कारण हाम्रो स्नायु प्रणालीमा हामीले लिन सक्ने भन्दा धेरै सूचनाहरू एक्कासी लिनु परेको कारण स्नायु प्रणालीको तह पहिलाको भन्दा धेरै माथि भएको कारण नै यी सबै भएका हुन् । त्यसकारण नै कतिलाई पहिलेको भन्दा बढी झर्को लाग्ने, रीस उठ्ने, मानिसहरूसँग बहस गर्ने, एकाअर्कासँगको सम्बन्धमा समस्या देखिने, परिवारका सदस्यहरूको बीचमा नै मनमुटाव हुने, कोही बोलिराख्यो भने सुन्नलाई झर्को मान्ने, दिक्दारी लाग्ने, जीवन के रहेछ भन्दै जीवनको अर्थबारे प्रश्न गर्ने, उदासिन हुने र कतिचाहिँ परमेश्वरसँग रिसाउने पनि हुन्छन् ।

भूकम्पले हामीमा पुर्‍याएको आघात वा चोटबाट हामी निको हुन समय लाग्छ तर निको हुनु आवश्यक छ । डा. स्टिफनका अनुसार ६ देखि ८ हप्ता बितिसक्दा पनि हाम्रो मस्तिष्कमा परेको आघातबाट हामी निको हुन सकेनौं भने मानसिक उपचारको निम्ति व्यावसायिक परामर्श लिनुपर्दछ । भूकम्पले साना बाल बालिकाहरूमा ठूलो आघात पुर्‍याएको छ । यदि ६ देखि ८ हप्तापछि पनि राती सुत्न नसक्ने, एक्कासी निद्रामा उठेर बरबराउने, ओछ्यानमा पिसाब फेर्ने, पहिलाको भन्दा फरक व्यवहार देखाउने भइराख्यो भने मानसिक चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ । उनीहरूमा देखिने यस्ता व्यवहारहरू आघातको कारणले गर्दा भइराखेको हुन्छ । भूकम्पपछि बाल बालिकाहरू बुबा, आमा वा अभिभावकसँग बढी नजीकमा बस्न चाहन्छन् । बाहिर हिँड्दा खेरि अभिभावकको हात समातेर हिँड्न चाहन्छन् । यो समय बुबा, आमा वा अभिभावकहरूले बढी समय दिनु राम्रो हुन्छ । उनीहरूसँग बसेर कुराकानी गर्ने, खेल खेल्ने, रमाइलो गर्ने, उनीहरूलाई मन परेका कुराहरू गरिदिने, उनीहरूको मनमा खेलिराखेका कुराहरू चित्रद्वारा व्यक्त गर्न लगाउने गर्‍यौं भने भूकम्पले उनीहरूमा पुर्‍याएको आघातबाट चाँडो निको हुन सक्छन् । साना नानीहरू र किशोर किशोरी भएका अभिभावकहरू यो समयमा उनीहरूलाई बुझिदिनु अति आवश्यक छ । मनोचिकित्सा विज्ञानका अनुसार आघात परेको समयमा उनीहरू अहिले जुन उमेरमा छन् त्योभन्दा तीन चार वर्ष अगाडि हुँदाको समयमा भएको आनीबानी, व्यवहार, आचरणहरू अहिले देखाइराखेका हुन्छन् । भूकम्पको कारण उनीहरूमा आघात परेको कारण किशोर अवस्थामा पनि बच्चाको जस्तो व्यवहार देखाइराखेका हुन्छन् । उनीहरूलाई यो समयमा नझर्की र नरिसाइकन व्यवहार गर्‍यौं, दया, प्रेम, वास्ता देखायौं भने उनीहरू मन मस्तिष्कमा परेको चोटहरूबाट चाँडो निको हुनेछन् । तर उनीहरू अनुशासनभन्दा बाहिर जीवन जिउन खोज्छन् भने अभिभावकहरूले उनीहरूलाई अनुशासनमा रहन सिकाउनुपर्दछ । भूकम्पबाट मेरो छोरा बाँच्यो, मेरी छोरी बाँची भनेर चाहिने भन्दा बढी लाड प्यार देखाएर काम बिगार्दा पनि केही भनेनौं भनेत्यसले उनीहरूमा नकारात्मक प्रभाव पर्नसक्छ । मेरो बुबा, आमा वा अभिभावकले मैले काम बिगार्दा पनि केही भन्नु वा गर्नु भएन, मलाई स्वतन्त्र छाडिदिनुभयो भनी उनीहरूले झन् असुरक्षित महसुस गर्न सक्छन् । त्यसकारण साना बालबालिका र किशोर–किशोरी भएका अभिभावकहरूले यो समयमा उनीहरूलाई प्रेम गर्नुका साथै अनुशासनमा हिँड्न सिकाउनु पनि जरूरी छ ।

नेपालमा गएको भूकम्पले बाल, युवा, महिला र पुरुष सबैलाई केही नकेही मनमा घाउ लागेको छ । हामी सबै निको हुनु आवश्यक छ । डा.स्टिफनका अनुसार मानिसहरू निकोहुने फरक तरिकाहरू हुन्छन् । भूकम्प जानुअगाडि बढी कुराकानी गर्ने मानिस भूकम्पपछि चुपचाप बस्न सक्छ । भूकम्प अघि चुपचाप बस्ने मानिस भूकम्पपछि बढी कुराकानी गर्ने हुनसक्छ । कति मानिसहरू रोइरहने हुन सक्छन् । प्रत्येक व्यक्ति आघातबाट निको हुने तरिका फरक–फरक हुन्छ । यो कुरालाई परिवारका सदस्यहरूले, साथीभाइ वा काम गर्ने ठाउँहरूमा भएकाहरूले बुझिदिनु आवश्यक छ । आघातबाट निको हुन हामीले पहिले गर्दै आएका कामहरूमा फर्कनु पर्दछ । हाम्रो मनमा भएका भावनाहरू अरूहरूसँग बसेर बाँडचुँड गर्नुपर्दछ । हामी सानो झुण्डहरूमा वा दुई-तीन जना भेटेर सबैले भूकम्पको कथा सुनाउने र अरूको कथा सुन्ने गर्‍यौं भने भूकम्पले पुर्‍याएको आघातबाट चाँडो निको हुन सक्नेछौं । यसलाई टक थेरापी पनि भनिन्छ । हामी जति बसेर आफ्नो मनभित्रका तनावका भावनाहरूलाई व्यक्त गर्छौं उति नै चाँडो निको हुन सक्छौं । तर कतिलाई भूकम्पको आफ्नो कथा अरूलाई सुनाउन मन नपर्न सक्छ । उसलाई भन्नलाई कर गर्नु हुँदैन । आघातबाट निको हुने उसको फरक तरिका हुनसक्छ । यदि हामीमा भूकम्पले परेको आघात ६ देखि ८ हप्तापछि पनि पहिलेको जस्तो सामान्य अवस्थामा फर्कन सकेनौ भने परामर्शदाता वा मानसिक चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

–    हाम्रो निम्ति आघातबाट निको हुने ठाउँ परमप्रभु परमेश्वरनै हुनुहुन्छ । बाइबलमा लेखिएको छ्, “उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ”(भजनसंग्रह १४७ः३) । हामीलाई आघातबाट चंगाई, छुटकारा, आशा र नयाँ मार्ग दिएर उहाँको महिमाको निम्ति नयाँ काममा चलाउनुहुने परमेश्वर नै हुनुहुन्छ । हाम्रो टुटेका हृदयहरू लिएर परमेश्वरकहाँ जाऔं । किनकि टुक्रिएको हृदयलाई जोड्ने र निको पार्ने उहाँ नै हुनुहुन्छ ।

भूकम्प माथिको परमेश्वरलाई सधैँ हेरौं – सिमोन पाठक

May 7, 2015 | Articles  

नेपालमा भएको महाभूकम्पको तरंग देशभित्र र बाहिर रहेका नेपाली लगायत विश्वमानै गुञ्जिरहेको छ । वि.सं. १९९० सालको भूकम्पको कथा सुन्दै आएका नेपालीहरूको लागि अब सुनाउनको लागि आफ्नै अनुभवको कथा बनेको छ । यो भूकम्पले धेरै नेपालीहरूको ज्यान लियो । तर येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नेहरूको निम्ति मृत्युको खिलछैन । उहाँहरू प्रभु येशूले तयार पार्नुभएको अनन्त राज्यमाप्रवेश गर्नुभयो । प्रभु येशूले विचलित भएका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको ह्दय व्याकुल नहोस् । तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर । मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् । (यूहन्ना १४ः१–२) । भूकम्पको दिनभन्दा अघिका दिनहरू वा वर्षहरूमा प्रभुमा सुत्नेहरू र भूकम्पको प्रकोपमा परेर मृत्यु हुनेहरू सबैजना प्रभु येशूसँग हुनुहुन्छ । सधैँको निम्ति प्रभु येशूको राज्यमा उहाँसँगै हुनपाउनु सौभाग्य हो ।
पावलले प्रभु येशूमा सुत्नेहरूको विषयमा यसरी लेखेका छन्, “तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्नु नपरोस् । किनकि हामी विश्वास गर्छाै, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ । प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छाै, कि हामी, जो जीवितछौं र प्रभुको पुनरागमन सम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं” (१ थेसलोनिकी ४ः१३–१५) । प्रभु येशूमा विश्वास गरेकाहरूको निम्ति मृत्यु उहाँलाई आमने सामने देख्ने ढोका हो । नेपालमा भूकम्पगएको दिन २०७२ वैशाख १२ गते इसाईहरूको निम्ति परमेश्वरको घर मण्डलीमा भेलाभएर आराधना गर्ने दिनथियो । लाखौको संख्यामा प्रभु येशूमा विश्वास गर्नेहरू आराधना गर्दागर्दै कतिजना प्रभुसँग सधैँका लागि हुनलाई जानुभयो । उहाँहरूको निम्ति संसारको दुःख, पीडा, प्राकृतिक प्रकोपको डर अब छैन । उहाँहरू डर, त्रास र मृत्युमाथि सधैँकालागि विजयी हुनुभएको छ । उहाँहरूले पृथ्वीको मिशन पूरा गर्नुभएको छ ।
हामी बाँचेकाहरू के को निम्ति जिउँने ? किन प्रभुले महाभूकम्पबाट बचाउनुभयो ? हामी फेरि पनि हिजोका दिनहरूमा राखेको सोच र लक्ष्यमै सिमितहुने कि फरक किसिमले जीवन जिउने प्रण गर्ने ? हाम्रो जीवनको साँचो हामीसँग छैन भन्ने कुराको सन्देश सयौपटक गएको भूकम्पको झट्काले दिइसकेको छ । भूकम्पगएको दिनदेखि बहत्तर घण्टाको अवधिमा जमीन कम्पनसाथ कतिपटक चिच्यायौं ? किन हामी चिच्याएका होला ? किन हामीले बचाउनुहोस् प्रभु भनेर प्रार्थना गरेका होला ? हामी आफ्नै लागि बाँच्नका लागि चिच्यायौं कि प्रभुको निम्ति केही गर्नु बाँकी नै छ भन्ने सोचले चिच्याएका हौला ? हामीहरू आफ्नो र परिवारको निम्ति बाँच्नपाऊँ भनेर आपद्को घडीमा प्रभुलाई पुकारा गर्नु स्वभाविक हो । तर हामी आफ्नो र परिवारको निम्ति मात्र होइन प्रभुको त्रूmसको प्रेमको सन्देश फैलाउनको निम्ति जिउनु चाहिँ महान उद्देश्य हो । हामीलाई प्रभुले फेरि एकपटक मृत्युको मुखबाट बचाउनुभएको छ । हामीहरूको दिनलाई विचार गरेर महान उद्देश्यको निम्ति बाँकीदिनहरू जीउनलाई योजना बनाउनुपर्दछ । यो पटक भूकम्पको भुमरीमा नपरेकाहरूले भूकम्पमा परेका नेपालीहरूको जीवनद्वारा शिक्षा सिकेर जीवन जिउने तरिकामा फरक ल्याउने समय अहिले नै हो भोली ढिला हुनसक्छ ।
बाइबल अनुसार भूकम्प के को चिन्ह हो ? प्रभु येशूले चेलाहरूलाई अन्त्यका दिनका चिन्हहरूको विषयमा यसरी भन्नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस् । किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन् । तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ । नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन । किनभने जातिको विरूद्धमा जाति, र राज्यको विरूद्धमा राज्य उठ्नेछ, र ठाउँ–ठाउँमा अनिकाल र भूकम्प हुनेछन्” (मत्ती २४ः४–७) । भूकम्पजानु प्रभु येशूको आगमनको धेरैवटा चिन्हहरू मध्येको एउटा हो । उहाँको आगमन हुनु अघि भूकम्पहरू जानेछ भन्ने कुरा प्रभु येशू स्वयंले भन्नुभयो । नेपालमा भूकम्पजाने कुरा अचानक भएको होइन । वर्षाैदेखि भूगर्भविद्हरूले नेपालमा भूकम्प जानेछ त्यसको निम्ति पूर्वतयारी हुनु आवश्यक छ भनेर घरिघरि भन्दै आएका थिए । तर नेपाल सरकार र सारा नेपालीहरूले कानमा तेल हालेर बस्ने काम बाहेक अरू केही भएन । आफ्नै लागि मात्र सोचेर करोडौ रूपिँयाखर्च गरेर घर बनायौं तर भूकम्पबाट बाँच्नको निम्ति टुँडिखेलको खुल्ला आकाश, सडक पेटी र खुल्ला मैदान र मण्डली घरहरूमा तीन रातभन्दा बढी समय बितायौं । के हामीले यस्तो दिनहरू आउनेछ भनेर कल्पना गरेका थियौं त ? हामीले विभिन्न देशहरूमा भूकम्पको समयमा भएको क्षति, पीडा र शरणार्थी जीवनको समाचार पढेका, सुनेका र देखेका मात्र थियौं । नयाँ साल २०७२ को वैशाख १२ गते म पनि एक दिन यस्तै जीवन जीउन पुग्नेछु भनेर पक्कै पनि सोचेका थिएनौं होला ।

प्रभु येशू पृथ्वीमा हुनुहुँदा नै भूकम्प जानेछ भनेर भनी सक्नुभएको छ । भूकम्पजानु प्रभु येशूले भन्नुभएको अन्त्यका दिनचिन्हरू पूरा हुनु हो । एक्काइसौं शताब्दी देखि यता पृथ्वीको विभिन्न भागमा भूकम्पगइ नै रहेको छ । उहाँले मानिसहरूलाई विभिन्न समयमा हल्लाइराख्नुभएको छ । यसपटक नेपालीहरूलाई हल्लाउनु भएको छ ।

नेइम ज्ञानेश्वर मण्डलीको वरपर रहेका छिमेकीहरू मण्डलीमा आऊन् भनेर प्रार्थना गरेको वर्षौ बितिसकेको छ । येशूको पुनरूत्थानको दिनमा जलपान कार्यक्रम गरेर समय–समयमा मण्डलीमा निम्तो दिने काम पनिहुँदै आएको थियो । तर मण्डली वरपर घर भएका छिमेकीहरू न्यून संख्यामा मात्र आउने गर्नुहुन्थ्यो । तर महाभूकम्पको झट्काले उहाँहरूलाई मण्डली भवनमा दौड्नु बाहेकअरू केही उपाय रहेन । तीन रातसम्म मण्डली भवनमा ६ सयभन्दा बढीको संख्यामा मानिसहरू आश्रय लिनआउनुभयो जसमा तीन सयभन्दा बढी मानिसहरू मण्डली वरपरका छिमेकीहरू नै हुनुहुन्थ्यो । मण्डलीप्रति कृतज्ञ हुँदै एकजनाले अन्तिम दिनमा जानु अघि तीनहजारको भेटी पनि मण्डलीको निम्तिभन्दै मेरो हातमा दिनुभयो । यो प्रभुको काम हो । प्रभुले जातिजातिहरूलाई हल्लाउँछु भन्ने वचन पूरा भइराखेको छ । मण्डलीले चढाएको प्रार्थना खेर गएको छैन । उद्धार नपाएका मानिसहरूको मुक्ति र उद्धारको निम्ति प्रार्थना चढाउन नथाकौं । प्रभुको आगमनको निम्ति सुसमाचार प्रचारिनुपर्दछ । “अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ” (मत्ती २४ः१४) । प्रभु येशूको आगमनको अघि झुटा शिक्षक,
झुटा अगमवक्ताहरू ख्रीष्ट विरोधीहरू आउनेछन्, ठाउँ–ठाउँमा अनिकालर भूकम्प हुनेछन् भन्ने वचन पूरा भइराखेको छ । मण्डलीहरूलाई विश्वका विभिन्न देशहरूमा सताउने, मार्ने कामहरू भइराखेका छन्। यी सबै प्रभुले भन्नुभएको अन्त्यका दिनका चिन्हहरू हुन् ।

हाम्रो ह्दयमा डरलाई होइन तर परमेश्वरका प्रतिज्ञाहरूलाई स्थानदिऔं । हामीहरू वर्तमान परिस्थितिहरूलाई देखेर मनमा डरको तरंग फैलाउनेहरू नबनौं । परमेश्वरका प्रतिज्ञाहरूलाई पक्रेर जिउने र प्रभुले दिनुभएको बाँकी जीवनमा उहाँको मिशन पूरा गर्नेहरू बन्नसकौं । “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तलाई डुबाउनेछैन् । तँ आगोबाट हिँडेर जाँदा डढ्ने छैनस् । त्यसको ज्वालाले तँलाई भष्म पार्नेछैन” (यशैया ४३ः२) । “यसैले नडरा, किनकि म तँसित छु । निरूत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्नेछु” (यशैया ४१ः१०) । “…हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” (मत्ती २८ः२० ख) । परमेश्वरले दिनुभएको बाँकी आयुमा उहाँको राज्यको निम्ति अब के गर्ने ?

क्रूस र पुनरुथानमा पाइने क्षमाको अाशिष् — डीकन सिमोन पाठक

April 9, 2015 | Articles  

हामीलाई घरिघरि चोट पुर्‍याउने व्यक्तिहरूलाई कतिपटकसम्म क्षमा दिनुपर्छ ? क्षमाको विषयमा शिक्षा दिन सजिलो छ तर क्षमाको अभ्यास गर्न अति नै गाह्रो छ । क्षमा दिनुपर्छ र लिनुपर्छ भन्ने ज्ञान धेरैलाई छ तर ज्ञान मात्र भएर क्षमा अर्थपूर्ण हुन सक्दैन । संसारमा चित्त नदुखेको, मन नभाँचिएको, चोट नपाएको मानिस विरलै होला । जीवनको कुनै कालखण्डमा हामीले चोट पाएका हुन सक्छौं र हामीले पनि अरू मानिसहरूलाई चोट पुर्‍याएका हुन सक्छौं । हामीहरूमध्ये कतिजना अहिले पनि परिवारका सदस्यहरूबाट, साथीभाइ वा समाजका मानिसहरूबाट चोट पाइराखेको अवस्थामा हुन सक्छौं । नेपालीमा भनाई छ ‘अचानोको चोट खुकुरीलाई के थाहा ?’ चोट पुर्‍याउने व्यक्तिलाई ठूलो कुरा नलागे तापनि चोट पाउनेको निम्ति ठूलो चोट भइराखेको हुन्छ । चोट पाउने व्यक्ति निको हुुनु आवश्यक छ । मानिसको ह्दयको चोट निको पार्ने एउटा विशेष औषधि हो क्षमा दिनु र लिनु ।
एकदिन पत्रुसले प्रभुलाई सोधेका थिए “प्रभु मेरो भाइले कति पल्ट मेरो विरूद्धमा अपराध गर्‍यो भने मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” (मत्ती १८ः२१) । पत्रुसले प्रभुलाई प्रश्न गरिसकेपछि आफै उत्तर पनि दिएका थिए । याकूबको पत्रमा लेखिएको छ, “प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढीलो र रिसाउनमा धीमा हुनुपर्छ” (याकूब १ः१९) । तर पत्रुस ठीक उल्टा थिए । उनी बोल्नमा र रिसाउनमा छिटो तर सुन्नमा ढिलो थिए । उसको हात पनि छिटो चल्दथ्यो । येशू क्रूसमा चढाइनुअघि उहाँको गिरफ्तारीको निम्ति एक ठूलो भीड तरवार र लाठा लिएर येशू भएको ठाउँमा आएका थिए । “सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए” (यूहन्ना १८ः१०) ।
पत्रुसको स्वभाव अरू चेलाहरूको भन्दा फरक किसिमको थियो । भीड देखेपछि तरवार चलाउन साहस गर्ने पत्रुस नै येशूलाई क्रूसमा चढाएको समयमा एउटा नोकर्नी केटीको प्रतिउत्तरमा येशूलाई तीन पटक इन्कार पनि गरेका थिए (लूका २२ः५६–५७) । यही पत्रुस येशू जीवित हुनुभएको दर्शन पाइसकेपछि पनि ‘म माछा मार्न जान्छु’ भन्दै पुरानै पेशामा फर्किएका थिए (यूहन्ना २१ः३) । तर येशूले यही पत्रुसलाई स्वर्ग जानुअघि तीन पटकसम्म उहाँलाई प्रेम गर्ने सम्बन्धमा प्रश्न सोध्नुभयो र मानिसको सेवा गर्ने महान जिम्मेवारी पनि सुम्पनुभएको थियो (यूहन्ना २१ः१५–१७) । उसले आÏनो जीवनकालमा प्रभुले दिनुभएको जिम्मेवारी पूरा पनि गरेका थिए ।
पत्रुसले किन क्षमाको विषयमा प्रभुलाई प्रश्न सोधेका होलान् ? किनकि येशूले चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदा क्षमाको विषयमा यसरी सिकाउनुभएको थियो “हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं” (मत्ती ६ः१२) । पत्रुसले प्रभुले सिकाउनुभएको क्षमाको विषयलाई पालन गरेको हुन सक्छ । त्यसकारण उनले सात पल्टसम्म भन्दै उत्तर पनि दिएको हुन सक्छ ।
बाइबलमा सातौं नम्बरलाई सिद्धताको नम्बर पनि मानिएको छ । परमेश्वरले “सातौं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो ।” “सातौं दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो” (उत्पत्ति २ः२–३) । “सातौंचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ दिन हो” (प्रस्थान २०ः१०) । “सातांै दिनमा तिमीहरूको एउटा पवित्र सभा होस् र तिमीहरूले त्यस दिन कुनै दैनिक काम नगर्नु” (गन्ती २८ः२५) । सात वर्ष सहकाल र सात वर्ष अनिकाल हुनेछ (उत्पत्ति ४१ः२९–३१) । पुरानो करारमा सातौं नम्बरको प्रयोगलाई विभिन्न दृष्टिकोणबाट प्रयोग गरिएको छ । नयाँ करारमा पनि सात मण्डली, सात सामदान, सात तारा, सात आत्मा आदि कुराहरूको वर्णन गर्न सातको प्रयोग गरिएको छ (प्रकाश १ः२०,३ः१) ।
पत्रुसले सात पल्टसम्म क्षमा दिने विषयमा प्रभुलाई सोध्नुको पछाडि सातौं नम्बरलाई उनले विशेष किसिमले हेरेको हुनुपर्छ । उनको विचारमा अपराध गर्ने भाइलाई सातपल्टसम्म क्षमा दिएपछि आफ्नो दायित्व पूरा हुन्छ भन्ने पनि हुन सक्छ । पत्रुसले प्रभुलाई यो प्रश्न सोध्नुअघि उनले कसैलाई सात पल्टसम्म क्षमा दिएको पनि हुन सक्छ । तर प्रभु येशूले पत्रुसलाई तीन छक्क पार्ने उत्तर दिनुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सातपल्ट” (मत्ती १८ः२२) । पत्रुसले अकमक्क पर्दै प्रभु सत्र गुणा सात पल्ट कि … सत्तरी गुणा सात पल्ट भन्दै प्रतिप्रश्न पनि गरेको हुन सक्छ । प्रभुले पत्रुसलाई क्षमाको सिमा नभएको सत्यता सिकाइराख्नुभएको थियो । सत्तरी गुणा सात पल्ट अर्थात् चार सय नब्बे पल्ट एउटा व्यक्तिलाई क्षमा दिनु भनेको उसलाई अब क्षमा दिन कुनै गाह्रो पर्दैन भन्ने पनि हो । उसको निम्ति क्षमा दिनु जीवनशैली नै भइसकेको हुन्छ ।
प्रभु येशूले पत्रुसलाई क्षमाको विषयमा एउटा दृष्टान्त भन्नुभयो । दश हजार सुनको सिक्काको ऋणको माफी पाएको नोकरले आफ्नो संगी नोकरले लिएको एक सय चाँदीको सिक्काको ऋण माफी गर्न सकेन । उसलाई घोक्रोमा पक्रेर झ्यालखानमा हालिदियो । दश हजार सुनको सिक्काको ऋण माफी दिने मालिकले यो सुनेपछि उसलाई दुष्टताको संज्ञा दिएर उसले गरेको व्यवहारको प्रतिफल भोग्न दण्ड दिनेहरूका हातमा सुम्पिदिए (मत्ती १८ः२३–३४) । दृष्टान्तपछि येशूले क्षमाको विषयमा यसरी भन्नुभयो “तिमीहरूले आफ्नो भाइलाई आफ्नो ह्दयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ” (मत्ती १८ः३५) ।
हामीलाई चोट पुर्‍याउने मानिसहरूलाई क्षमा दिनसक्ने हुनको निम्ति येशूले हामीलाई दिनुभएको क्षमालाई बुझ्नु आवश्यक छ । हामीआफ्नै बलमा मानिसहरूलाई क्षमा दिन सक्दैनौं । हामी क्षमा दिने स्तरमा तब पुग्छौं जब हामी येशूले हामीलाई दिनुभएको क्षमालाई अनुभव गर्छाैं । उहाँलाई चिन्नुअघि र उहाँलाई चिनिसकेपछि पनि हामीले अनगिन्ती गल्तीहरू गरिसकेका छौं । दृष्टान्तमा बताएको दश हजार सुनको सिक्काको ऋण माफी गरिदिने मालिक परमेश्वर स्वयं हुनुहुन्छ । हामीले जीवनभर धर्मकर्म, दान–दक्षिणा, तीर्थव्रत गरेर तिर्न नसक्ने ऋण येशूले क्रूसमा तिरिसक्नुभएको छ । हाम्रो परमेश्वरको ह्दय क्षमा र प्रेमले भरिएको छ । उहाँको विरूद्धमा हामीले गरेका दशौं हजार अपराध र गल्तीहरू बिना शर्त क्षमा दिनुभयो । तर हामीचाहिँ एक सय चाँदीको सिक्काको ऋण माफी नगर्ने नोकरझैं सानातिना गल्तीहरूका पनि हिसाब राखिछोडेका हुन्छौं । क्षमाको विषयमा हामीले कतिपटक आफैलाई तल्लो दर्जाको नोकरजस्तै बनाइराखेका हुन्छौं । हामी क्षमा दिने मानिस बन्नको निम्ति क्रूसको प्रेमलाई बुझ्नु आवश्यक छ । हामी जबसम्म क्रूसको प्रेमलाई बुझ्दैनौं र क्रूसको क्षमादानलाई पूरा मात्रामा अनुभव गरेका हुँदैनौं तबसम्म क्षमाको आशिष बगाउन सक्दैनौं ।
येशू ख्रीष्टको क्षमादानलाई शब्दहरूद्वारा वर्णन नै गर्न सकिँदैन । उहाँलाई क्रूसमा चढाउनेहरूलाई क्रूसमा टाँगिराख्नुभएको समयमा उहाँले बोल्नुभएका सात वाणीहरूमध्ये एउटा वाणी यस्तो थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३ः३४) । मानिसहरूले येशूलाई क्रूसमा चढाएका थिए । उनीहरूको मुखबाट अपशब्दहरू निकालेर येशूको विरोध गरिरहेका थिए । उहाँले चाहनुभएको भए स्वर्गबाट स्वर्गदूतहरू झिकाएर सबैलाई एउटै चिहान बनाउन सक्नुहुने थियो । तर उहाँले पिताको इच्छा पूरा गर्न चाहनुभयो । उहाँ क्रूसमा हुनुभएको समयमा रगतको धारा मात्र बगाउनुभएन तर रगतको धारासँगै प्रेम र क्षमाको धारा पनि बगाउनुभयो । उहाँले क्रूसमा भएको समयमा आफूलाई चोट पुर्‍याउनेहरूलाई बदला र घृणाको भावनाले हेर्नुभएन । उहाँले तिनीहरूलाई टिठाउनुभयो । क्रूसमा भएको समयमा पनि उहाँको हेराई सिंहासनमा थियो । गूड फ्राइडे अर्थात असल शुक्रबारचाहिँ पुनरूत्थान र सिंहासनलाई देख्ने दिन पनि हो । यदि येशूले क्षमाको सट्टा बदला लिनुभएको भए इतिहासमा पुनरूत्थानको दिन हुने थिएन । पुनरूत्थान बिना सिंहासनमा बस्नु पनि असम्भव हुने थियो । येशूले क्रूसबाट पुनरूत्थान र सिंहासनलाई देख्नुभयो । हामीलाई चोट पुर्‍याउने क्रूसहरूलाई कसरी हेर्दैछौं ? हामीहरूको ह्दयमा क्षमाको सट्टा बदलाको भावना पो छ कि ?
पावलल कलस्सीको मण्डलीलाई क्षमाको विषयमा यसरी लेखेका छन् । “एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको विरूद्धमा केही दोषको कारण छ भने, एक–अर्कालाई क्षमा गर्ने गर । जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ” (कलस्सी ३ः१३)। हामीलाई चोट पुर्‍याउने मानिसहरूलाई क्षमा गर्नको निम्तिपरमेश्वरको वचनले आज्ञा दिएको छ । हामीले मानिसहरूलाई क्षमा दिनको निम्ति हामीले पाएको क्षमाको महत्वलाई बुझ्नु आवश्यक छ । मूल्य नै तिर्न नसकिने दशौं हजारको अपराध र गल्तीहरूको क्षमादान प्रभुबाट ग्रहण गर्ने अनि अरूलाई सय सिक्का चाँदीको मूल्य बराबर क्षमा दिनु पर्‍यो भने तिलको पहाड बनाउने स्वभावबाट हामी स्वतन्त्र हुन आवश्यक छ ।
हामीलाई चोट पुर्‍याउने मानिसहरूले हामीकहाँ आएर क्षमा नमागे तापनि हामीले आङ्खनो तर्फबाट ह्दयदेखि नै क्षमा दियौं र मनमा कुनैपनि तीतोपना राखेनौं भने हामी आफै निको हुनेछौं र फलवन्त हुँदै जानेछौंं । क्षमा दिने व्यक्तिले नै क्षमाको आशिष् उपभोग गर्नेछ । हामी जब क्षमा दिन्छौं एकअर्काको बीचमा बनाएको तीतो पर्खाल भत्केर जान्छ । परमेश्वरको चंगाई हामीमा बग्न थाल्छ । हाम्रा चोटहरू निको भएर जान्छन् । हामीमा मिलाप र शान्तिको आशिष् बग्न लाग्नेछ । हामी स्वतन्त्र भएर परमेश्वरको आराधना गर्न सक्नेछौं । परमेश्वरको क्षमाको अनुभव गर्दै उहाँको प्रेमले हाम्रो ह्दय भरिएर पोखिनेछ ।
क्रूस र पुनरुत्थानमा पाइने क्षमाको आशिष्को बाँडुचुँड परिवारबाट नै शुरू हुनु आवश्यक छ । हामीलाई कतिपटक परिवारका सदस्यहरूलाई चोट पुर्‍याएको ज्ञान नहुन सक्छ । यदि श्रीमान्–श्रीमती बसेर विगतमा मैले कुनै चोट पुर्‍याएको छु कि भनेर प्रश्न गर्ने हो भने निश्चयनै चोटका भावनाहरू त्यहाँ व्यक्त हुनेछन् । क्षमाको शुरुवात परिवारबाट गर्नको निम्ति श्रीमान्–श्रीमती, बाबु–आमा, छोरा–छोरी, ससुरा, सासु–बुहारी लगायत अन्य जो जति सदस्यहरू छन्, सबैले एकअर्कामा मैले केही चोट पुर्‍याएको छु कि भनेर कुराकानी गर्‍यौं र चोट पुर्‍याएकोमा क्षमा लिनेदिने काम भयो भने परिवारमा ठूलो जय आउनेछ । हाम्रा ह्दयका चोटहरू निको भएर जानेछन् । हाम्रो परिवार प्रभुको महिमा गर्ने परिवार बन्नेछ ।
हामी जब परिवारभित्र क्षमा लिन–दिन सक्छौं तब त्यो क्षमादान मण्डलीमा एकअर्कासँग पनि बगाउन सक्नेछौं । यदि हाम्रो ह्दय मण्डलीका अगुवाहरूको कारणले टुटेको छ वा हामीले मण्डलीका अगुवाहरूलाई चोट पुर्‍याएका छौं भने क्षमा लिने–दिने कुरामा ढिलो नगरौं । किनकि क्रूस र पुनरुत्थानको शक्तिले हामीलाई क्षमा लिन र दिन सक्षम तुल्याउँदछ । जब हामी मण्डलीभित्र क्षमाको आशिष् बगाउँछौं, त्यो आशिष् मण्डलीबाट बाहिर पनि बगाउन सक्नेछौं र धेरैलाई मण्डलीभित्र आउनको लागि बाटो तयार पारेका हुनेछौं । यदि हामीले क्षमा लिन–दिन सकिरहेका छैनौं भने हामी क्रूसमा हेरौं र पवित्र आत्माको सहायता मागौं । पवित्र आत्माले हामीले गर्न नसक्ने कामहरू गर्नलाई शक्ति दिनु हुनेछ । क्रूसकै कारण हामीहरू ख्रीष्टका अनुयायीहरू हुन सकेका छौं । ख्रीष्टियान हुनु भनेको ‘ख्रीष्ट ममा जिउनु हो’ (गलाती २ः२०) । ख्रीष्टमा जिउनेहरू ख्रीष्टको बाटो भएर हिँड्छन् । ख्रीष्टको बाटो क्रूसको बाटो, पुनरूत्थानको बाटो, सिंहासनको बाटो, प्रेम र क्षमाको बाटो हो ।

सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर— डीकन सिमोन पाठक

April 8, 2015 | Articles  

हामी कतिपटक आफैलाई एक्लो भेट्टाउँछौं । मेरो साथमा त कोही पनि छैन भन्दै भावनात्मक रूपमा भित्रभित्रै पिरोलीराखेका हुन्छौं । यद्यपि हामी परिवारमा बस्छौं । बाबु, आमा, छोराछोरी अभिभावकहरू एउटै छानामुनि बस्छौं तर आफैलाई एक्लो भेट्टाउँछौं । हामीहरूका साथीभाइ, इष्टमित्र, आफन्तहरू छन् तर पनि कतिपटक एक्लो भएको महसुस गर्छाैं ।   श्रीमान–श्रीमतीहरू सँगै छन् तर कतिपटक आफैलाई एक्लो पाइराखेका हुन्छौं । मण्डलीमा आयो सयौंको संख्यामा विश्वासीहरूसँग एउटै छानामुनि बसेर आराधना गर्छाैं । तर पनि अप्ठ्यारो परेको समयमा आफैलाई एक्लो भेट्टाउँछौं । हामी कतिपटक यस्तो महसुस गर्न पुग्छौं कि परमेश्वर पनि मसँग हुनुहुन्न । यदि परमेश्वर मसँग हुनुभएको भए यी सबै कुराहरू किन मेरो जीवनमा घटिराखेको छ त ?
परमेश्वर मसँग हुनुभएको भए मेरो परिस्थिति यस्तो नहुनुपर्ने हो भनेर मानवीय सोचले हामी विचार गर्छाैं र आफैलाई एक्लो भेट्टाउँछौं । हाम्रो जीवनमा हामीले सोचेको अनुसार होस् या नहोस् तर परमेश्वरचाहिँ हाम्रो साथमा हुनुहुन्छ । उहाँले हामीलाई कहिल्यै पनि छोड्नुहुन्न अनि त्याग्नु पनि हुन्न । उहाँ सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर हुनुहुन्छ । हामी सफलताको चुचुरोमा पुगेको समयमा पनि र असफलताको मैदानमा रहेर छट्पटाइरहेको समयमा पनि परमप्रभु हाम्रो साथमा हुनुहुन्छ । परमेश्वरले गिदोनलाई भन्नुभयो, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ” (न्यायकर्ता ६ः१२) । तर गिदोनले वर्तमान परिस्थितिको कारणले गर्दा त्यो कुरा विश्वास गर्न सकिराखेको थिएन । हामी पनि कतिपटक वर्तमान परिस्थितिलाई हेरेर गिदोनले जस्तै परमेश्वर साथमा हुनुभएको सत्यतालाई स्वीकार्न सक्दैनौं ।
इस्राएलीहरूले पटक–पटक परमेश्वर उनीहरूको साथमा नहुनुभएको महसुस गरेको कुरा न्यायकर्ताको पुस्तकमा पढ्दा थाहा गर्न सक्छौं । गिदोनले यसरी प्रश्न गरेका थिए– “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको ? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन ?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ ।”
गिदोनले जस्तै हामीले पनि कति पटक यो प्रश्न गर्‍यौं होला र कतिले अहिले पनि गरिराख्नुभएको होला । परमेश्वर मेरो साथमा हुनुभएको भए यी सबै कुरा किन मलाई भएको हो ? किन मेरो परिवारमा भएको हो ? किन हाम्रो मण्डलीमा भएको हो ? हामीमध्ये कतिको जीवनमा किन, किन, किन भन्ने थुप्रै प्रश्नहरू होलान् । हामीमध्ये कतिले विगतमा आफ्ना प्रियजनहरू गुमाएको कारण परमेश्वरप्रति हाम्रो तीतो प्रश्न पनि होला । हाम्रो ह्दयमा भएका कति प्रश्नहरूको उत्तर यस संसारमा भएको समयमा पाउन सक्छौं तर कति प्रश्नको जवाफ हाम्रो निम्ति रहस्य र अनुत्तरित नै हुन्छन् । हाम्रो जीवनमा जे जस्तो घटना घटे तापनि प्रभुचाहिँ हाम्रो साथमा नै हुनुहुन्छ । स्वर्ग उचालिनु अघि येशूले चेलाहरूलाई भन्नुभयो, “हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु” (मत्ती २८ः२०) । गिदोनको लागि परमेश्वरले गर्नुभएका सबै कामहरू एउटा इतिहास भएको छ । उसले वर्तमान परिस्थितिलाई हेरेर निकालेको निचोडचाहिँ हो– परमेश्वरले त्याग्नुभएको छ, छोड्नुभएको छ । हामी पनि कतिपटक हाम्रो वर्तमान परिस्थितिलाई हेरेर गिदोनले जस्तै परमेश्वरले मलाई त्याग्नुभएको छ, छोड्नभएको छ, उहाँ मेरो साथमा हुनुहुन्न, मेरो परिवारमा हुनुहुन्न, मेरो व्यवसायमा हुनुहुन्न, मेरो काममा हुनुहुन्न, मेरो पढाईमा हुनुहुन्न, मेरो भविष्य अन्धकारमय छ, मेरो जीवनको कुनै आशा छैन भन्ने निचोड निकाल्छौं । तर परमेश्वर भन्नुहुन्छ, “म तँसँग छु ।”
हामी सुखको समयमा होस् वा दुःखको समयमा, भोजको समयमा होस् वा शोकको समयमा, सफलताको समयमा होस् वा असफलताको समयमा, आरोग्यताको समयमा होस् वा रोगी भएको समयमा, पैसा प्रशस्त भएको समयमा होस् वा ऋणमा डुबेको समयमा, मानिसहरूले प्रशंसा गरेको समयमा होस् वा मानिसहरूले तिरस्कार गरेको समयमा होस् वा एक्लो भएको समयमा, विवाह बन्धनमा जोडिएको समयमा होस् वा मृत्युले अलग गरेको समयमा, जीवनका सबै अवस्थाहरूमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ । हाम्रो जीवनमा विगतमा के कस्ता घटनाहरू घटे र भविष्यमा कस्ता घटनाहरूको हामीले सामना गर्नुपर्नेछ ती सबै दिनहरूमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ । उहाँले हामीलाई जीवनका सबै अवस्थामा जिउनलाई अनुग्रह दिनुहुन्छ । पावललाई प्रभुले भन्नुभयो “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ” (२ कोरिन्थी १२ः९) । इस्राएलीहरूले परमेश्वरबाट त्यागिएको महसुस गरेका थिए तर वास्तवमा परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभएको थिएन । उनीहरूले परमेश्वरलाई त्यागेका थिए (न्यायकर्ता २ः११–१३, ३ः७, १२, ४ः१, ६ः१, १०ः६, १३ः१) ।    उहा“ले तिनीहरूलाई त्याग्नुभएको भए तिनीहरूले पुकारा गर्दा उहाँले तिनीहरूको पुकारा सुन्नुहुने थिएन (न्यायकर्ता १०ः१०–१२) । तिनीहरूलाई अनुशासन गर्नको निम्ति मात्र उहाँले तिनीहरूलाई तिनीहरूको शत्रुको हातमा सुम्पिदिनुभएको थियो ताकि तिनीहरूले आफ्नो पाप थाहा गरेर परमेश्वरतर्फ फर्कून् । उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो । त्यसकारण उहाँले तिनीहरूको पुकारा सुन्नुभयो । यदि उहाँले तिनीहरूलाई प्रेम नगर्नुभएको भए उनीहरूले पुकारा गर्दा उहाँले सुन्नुहुने थिएन र उहाँले तिनीहरूलाई उद्धार गर्नुहुने थिएन । उहाँको ह्दयमा तिनीहरूको निम्ति सधैँ प्रेम थियो ।
उडन्ता पुत्रले बाबुलाई त्यागेर गयो । तर बाबुको ह्दयमा ऊप्रति सधैँ प्रेम थियो । उसको निम्ति बाबुको अँगालो सधैँ खुल्ला थियो । हामी कतिपटक परमेश्वरबाट टाढा हुन्छौं । कतिले त विश्वास नै त्याग गर्छन् । इस्राएलीहरूले परमेश्वरलाई विश्वास त्याग गरेर पूरै इन्कार गरेर संसारमा फर्केका थिए । तर परमेश्वरले तिनीहरूलाई विभिन्न परिस्थितिहरू चलाएर फेरि पनि फर्कने मौका दिनुभयो । परमेश्वर धीरजी हुनुहुन्छ । उहाँले सधैँ मानिसहरूलाई फर्केर आउने मौका दिन चाहनुहुन्छ । हामीले परमेश्वरलाई छोडेता पनि उहाँले हामीलाई छोड्नुहुन्न, त्याग्नुहुन्न । उहाँले हामीलाई आफ्नो हत्केलामा खोपेर राख्नुभएको छ (यशैया ४९ः१६) ।
परमेश्वर हाम्रो जीवनको सबै परिस्थितिमा हाम्रो नजीक हुनुहुन्छ । दुःख, कष्ट, संकष्ट, परीक्षा र परिस्थितिहरू खराब भएर गएको समयमा उहाँ झनै नजीक हुनुहुन्छ । किसानले रूखको हाँगाहरूलाई छिँवल्दा दुख्छ तर त्यो बेला किसान बोटको सबैभन्दा नजीक भएको हुन्छ । किसानले किन छिँवल्छ ? त्यस रूखमा झन् बढी फल फलोस् भनेर छिँवल्छ । योसेफ मिश्रको प्रधानमन्त्री हुनुअघि उनले धेरै वटा जाँचहरू पास गर्नुपर्‍यो। १७ वर्षको उमेरमा आÏनै दाजुभाइहरूले मिद्यानीहरूको हातमा बेचिदिए । मिद्यानीहरूले पोतीफरको हातमा बेचिदिए । पोतीफरको श्रीमतीले नराम्रो आरोप लगाएको कारण पोतीफरले उनलाई झ्यालखानमा हालिदिए । योसेफले १३ वर्षसम्म कष्टका धेरैवटा जाँचहरू सामना गर्नुप¥यो । उनी ३० वर्षको उमेरमा मिश्रको प्रधानमन्त्री बन्न पुगे (उत्पत्ति ४१ः४६) । योसेफले १३ वर्षसम्म भोगेको दुःख कष्टलाई सम्झियौं भने कहालीलाग्दो छ । तर उनले परमेश्वरलाई कहिले पनि छोडेनन् । उनी परमेश्वर सँगसँगै हिँडिरहे । योसेफको सफलताको रहस्य के थियो ? उनको सफलताको रहस्य नै परमप्रभु उनको साथमा हुनुहुन्थ्यो (उत्पत्ति ४९ः२१,२३)। परमेश्वर साथमा हुनुभएकाहरूको जीवनमा दुःख, कष्ट, समस्या, संकष्ट, शोक आउँदैन भनेर परमेश्वरको वचनमा लेखिएको छैन । हामी संसारमा छौं । संसारमा छउञ्जेल यस्ता कुराहरूको सामना हामीले घरिघरि गरि नै राख्नुपर्छ । हामीमध्ये कसैको जीवनमा धेरै होला कसैको जीवनमा थोरै होला तर सबैले जीवनको कुनै न कुनै क्षेत्रमा चुनौती र संघर्षको सामना गरिराखेका हुन्छौं । संसारको कुनैपनि कुनामा गए तापनि चुनौती र संघर्षले हामीलाई छोड्दैन । हामी अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, मलेशिया, अरब मुलुकहरू वा संसारको कुनैपनि मुलुकमा हुनेहरूलाई एक किसिमको चुनौती र संघर्षहरू छन् भने नेपालमा हुनेहरूलाई अर्को किसिमको चुनौती र संघर्षहरू छन् । तर जतिले प्रभु येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका छन् उनीहरूको साथमा येशू ख्रीष्ट हुनुहुन्छ । उहा“ले हामीलाई कहिले पनि नछोड्ने प्रतिज्ञा गर्नुभएको छ (हिब्रू १३ः५) ।
दाऊद इस्राएलको राजा हुनुअघि उनले पनि दुःख, कष्टका धेरैवटा जाँचहरू पास गर्नुपर्‍यो । उनी दाजुभाइहरूमध्ये सबैभन्दा कान्छो र हेला गरिएको व्यक्ति थियो । उनी परिवारबाट खसालिएको, नगनिएको, एक्लो भएर जिउनुपरेको थियो । उनी सानो छँदा एक्लै भेडाहरू चराउने गर्थे । उनले आफ्नो जीवन बचाउनको निम्ति शाऊल राजाबाट सधैँ भाग्नुपर्‍यो । पलिश्तीहरूको देश सिक्लगमा १६ महिना शरणार्थी भएर बस्नुपर्‍यो
(१ शमूएल २७ः६–७) । यद्यपि शमूएल अगमवक्ताले दाऊदलाई राजा हुनको निम्ति उनी १५ वर्ष हुँदा राजा अभिषेक गरेका थिए । तर बाँकी १५ वर्षसम्म उनले धेरै कुराहरूको सामना गर्नुपर्‍यो । उनी राजा हुनको निम्ति अभिषेक गरिसकेपछि पनि बाँकी १५ वर्षसम्म विभिन्न कुराहरूको सामना गर्दै जिउनुपर्‍यो । त्यसपछि मात्र उनी यहूदा र इस्राएलको राजा भए (१ शमूएल १६ः१३, २ शमूएल ५ः३–४) । दाऊदले इस्राएलको राजा हुनुअघि १५ वर्षसम्म दुःख, कष्टका विभिन्न जा“चहरू पास गर्नुपर्‍यो ।

दाऊदको सफलताको रहस्य के थियो ? उनको सफलताको रहस्य “सर्वशक्तिमान परमप्रभु तिनीसँग हुनुहुन्थ्यो” (२ शमूएल ५ः१०) । शमूएल अगमवक्ताले अभिषेक गरेको दिनदेखि नै परमप्रभुको आत्मा दाऊदस“ग रहनुभएको थियो (१ शमूएल १६ः१३) । उनले जीवनमा धेरै चुनौती, परीक्षा र संघर्षहरूको सामना गर्नुपर्‍यो । तर परमप्रभु दाऊदको साथमा हुनुभएको कारण उनले जीवनका सबै अवस्थाहरूलाई कुल्चँदै अघि बढ्न सके र परमेश्वरले उनलाई जुन उद्देश्यको लागि अभिषेक गर्नुभएको थियो त्यो उनको जीवनमा पूरा भयो । दानिएल सिंहको खोरमा हुँदा पनि परमेश्वर साथमा रहनुभयो । शद्रक, मेशक, अबेद्नगो आगोको भट्टीमा फालिएको समयमा पनि परमप्रभु साथमा रहनुभयो । “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन” (यशैया ४३ः२) । हामी जुनसुकै परिस्थिति भएर जाँदा पनि परमप्रभु हामीसँग हुनुहुन्छ भन्ने सत्यता धर्मशास्त्रमा थाहा गर्नसक्छौं । परमेश्वरले डराइरहेका इस्राएलीहरूलाई भन्नुभयो “नडरा, किनकि म तँसित छु । निरूत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म त“लाई समाल्नेछु” यशैया ४१ः१० ।    परमेश्वर सबै परिस्थितिहरूमा हामीसँग हुनुहुन्छ । तर प्रश्नचाहिँ यो छ कि, के हामीचाहिँ सबै परिस्थितिहरूमा उहाँसँगै हिँड्दैछौ ? कि त किन, किन, किन प्रश्न सोधेर उहाँसँग मन दुखाएर टाढा टाढा टाढा हुँदैछौं । जीवनको खराब परिस्थितिमा यूसुफ, दाऊद, दानिएल, शद्रक, मेशक, अबेद्नगो परमेश्वरबाट टाढा भएनन् । उनीहरू सबै परिस्थितिमा परमेश्वरमा नै भर पर्दै उहाँको साथमा उहाँ सँगसँगै हिँडेको कारण उनीहरूको जीवनमा परमेश्वरको योजना प्रबल भयो ।
एक हातले ताली बज्दैन । परमेश्वर मात्र हामीसँग हिँड्न चाहेर हुँदैन । हामी पनि उहा“स“ग दिनदिनै हिँड्नुपर्दछ । हामीलाई परमेश्वरसँग हिँड्न नदिने धेरै कुराहरू हुन सक्छन् । परमेश्वरसँग हिँड्नलाई बाधा दिने एउटा मुख्य कुराचाहिँ अविश्वास हो । गिदोनलाई स्वर्गदूतले परमप्रभु तँसँग हुनुहुन्छ भन्ने समाचार दिँदा उनले अविश्वासको प्रश्न गरेका थिए (न्यायकर्ता ६ः१३) । उनको अविश्वासले गर्दा उनले परमेश्वरसँग तीनवटा चिन्हहरू मागेका थिए (न्यायकर्ता ६ः१७,१८,३६–३८, ३९–४०) ।

गिदोनले शुरूमा परमेश्वरमा अविश्वास गरे तापनि परमेश्वर उनीप्रति विश्वासयोग्य हुनुभयो । हामी पनि कतिपटक हाम्रो अविश्वासको कारणले गर्दा घरि घरि परमेश्वरलाई जाँच गर्छाैं । तर आफ्नो प्रतिज्ञाअनुसार परमेश्वर सधैँ हाम्रो साथमा नै हुनुहुन्छ ।

हामीमध्ये कतिले यो कथा सुनेका होऔंला– एकदिन एउटा मान्छेले सपना देखेछ । त्यो सपनामा ऊ परमेश्वरस“ग समुद्रको किनारमा एक्लै हिँडिराखेको थियो । हिँडिराखेको एउटा पाइला उसको थियो भने अर्को पाइला परमेश्वरको थियो । तर उसको जीवनमा आएका समस्या, दुःख, कष्ट, पिडाको समयमा चाहिँ उसले एउटा मात्रै पाइला देखेछ । यसले उसलाई धेरै चिन्तित बनायो अनि उसले परमेश्वरलाई सोधेछ । प्रभु तपाईंले भन्नुभयो जब म तपाईंलाई पछ्याउन निर्णय गरेर हिँडछु तपाईं सबै अवस्थामा म सँगै हिँड्नुहुनेछ । तर प्रभु मेरो जीवनको एकदमै दुःखको समयमा, संघर्षको समयमा मैले एउटै मात्र पाइला देखें । किन प्रभु तपाईंले यस्तो समयमाचाहिँ मलाई एक्लै छोडिदिनुभयो ? तर प्रभुले भन्नुभएछ, मेरो प्यारो छोरा, म तिमीलाई प्रेम गर्छु । तिम्रो जीवनको सबै दुःख, कष्ट र जाँचहरूमा म तिमीलाई कहिल्यै पनि छोडनेछैन, कहिल्यै पनि त्याग्नेछैन । जब तिमीले एउटै मात्र पाइला देख्यौ त्यो पाइलाचाहिँ मेरो थियो । किनकि तिमी त्यो समयमा हिँड्न नसक्ने भएका थियौ र त्यो समयमा मैले तिमीलाई आफ्नो काँधमा बोकेर हिँडेको थिएँ । हाम्रो परमेश्वर हामी हिँड्न नसक्दा बोक्ने परमेश्वर हुनुहुुन्छ । हामीलाई बोकेर हिँड्नुहुने परमेश्वरलाई आफूले भनेको जस्तो नहुँदा गनगन गर्ने, अविश्वास गर्ने र उहाँलाई छोडेर अर्कै बाटो हिँड्ने नबनौं । हामी जुन बोलावटमा छौं, त्यो बोलावटमा रहिरहौं र आफ्नो दौडा पूरा गरेर परमेश्वरलाई महिमा दिनेहरू बनौं । हामी सफलताको चुचुरोमा पुगेको समयमा पनि र असफलताको मैदानमा रहेर छट्पटाइरहेको समयमा पनि, सबै अवस्थामा हाम्रो साथमा रहनुहुने परमेश्वर हुनुहुन्छ । यस्तो परमेश्वरलाई छोडेर हामी कहाँ जान सक्छौं ?

‘ख्रीष्टिय जीवनको दौड’ – पाष्टर रोबर्ट कार्थक

January 2, 2015 | Articles  

बाइबलमा ख्रीष्टिय जीवनको तुलना एउटा यात्रासँग गरिएको छ । हामी ख्रीष्टका अनुयायीहरू सबै स्वर्गतिर जाँदैछौं । हामी स्वर्गका यात्रीहरू हौं । स्वर्ग हाम्रो गन्तव्य, हाम्रो पुग्नुपर्ने ठाउँ, हाम्रो घर हो । पावलले ख्रीष्टिय जीवनको तुलना एउटा दौडसँग पनि गरेका छन् । यात्रामा हामी भ्याएसम्म आफ्नो सुविधाअनुसार जति पनि समय बिताउन सक्छौं तर दौडमा हामीहरूले छोटोभन्दा छोटो समयसम्ममा निशानासम्म पुग्ने कोशिष गर्नुपर्छ । दौडमा जहिले पनि हतार हुन्छ । सुस्तसँग दौड दौड्न सकिन्न । फिलिप्पी ३ः१२–१४ मा पावल तिनको जीवनको दौडबारे लेख्छन् । ८ पदमा तिनी लेख्छन्, ‘ख्रीष्टलाई प्राप्त गर्न सकुँ भनेर मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर–मैलातुल्य म गन्दछु ।’ यो लेख्नभन्दा प्राय तीस वर्ष अघि नै तिनले दमिशकको बाटोमा ख्रीष्ट प्रभुको दर्शन पाएर उहाँलाई चिनिसकेका थिए । उहाँलाई चिनेको भए तापनि अझ राम्ररी चिन्ने र उहाँजस्तै बन्ने तिनको उत्कट इच्छाको बारेमा तिनी १० पदमा लेख्छन् । ख्रीष्टिय जीवनको यात्राको लक्ष्य स्वर्ग हो भने ख्रीष्टिय दौडको निशानाचाहिँ ख्रीष्ट हुनुहुन्छ । हिब्रूको पत्र लेख्नेले पनि हिब्रू १२ः१–२ मा यसरी नै लेखेका छन् । तिनी भन्छन्, ‘हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं ।’ फिलिप्पी ३ः१३ मा पावल लेख्छन्, ‘भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै … निशानातिर म जोडसँग अघि बढ्दछु ।’ दौडमा सबैलाई उछिनेर पहिलो बन्न चाहने धावकले पछि छोडिराखेका कुराहरूलाई बिर्सेर जोडसँग अघिल्तिर लम्कनु पर्दछ । हामी पनि पावलझै हाम्रो सामुन्ने राखिएको दौड दौडिरहेका छौं । कति त निकै अगि पुगिसकेका छन्, कति अझै पनि पछाडि नै छन् । ख्रीष्टसम्म पुग्ने र उहाँजस्तै बन्ने हामी सबैको चाहना हो । यसैले यो दौड जित्नलाई हामी आफ्नो भएभरको ताकत बटुलेर जोडसँग लम्कँदै अगाडि बढ्नुपर्छ ।

१० पदमा पावल लेख्छन्, ‘… पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै … निशानातिर म जोडसँग अगि बढ्दछु ।’ दौडमा दौडने धावकहरूले पछाडितिर फर्केर हेर्दैनन् । दौड नसिध्याएसम्म उनीहरू अघिल्तिर रहेको निशानातिर मात्र हेरेर दौडन्छन् । चारैतिर रहेका दर्शकहरूलाई पनि तिनीहरू हेर्दैनन् । तिनीहरूका उत्साहका शब्दहरू तथा तिनीहरूले बकेका कठोर गालीहरूतर्फ पनि तिनीहरूले ध्यान दिँदैनन् ।

प्रतिस्पर्धाका लागि उत्रेका अरू सबैलाई उछिनेर म कसरी सबभन्दा पहिले निशानामा पुग्न सकुँ ? यही हरेकको एउटै विचार हुन्छ । पछाडिका साथै वरिपरिका कुराहरूले तिनीहरूलाई अल्मल्याउँदछन्, तिनीहरूको ध्यान अरू कुराहरूतिर खिच्छन् । यसैले एकाग्रचित्त भएर तिनी अरू कुराहरूतिर ध्यानै नदिई द्रूत–गतिले अगाडि दौडन्छन् । हामीले तिनीहरूबाट सिक्नुपर्ने यो एउटा मुख्य कुरा हो । अहिलेसम्मको हाम्रो दौडमा हामीले पाएको सफलता वा भोगेको असफलताले पनि हामीलाई अल्मल्याउन सक्छ । सफलताको कुराले हामीलाई अभिमानी, घमण्डी बनाउन सक्छ भने असफलताको कुराले हामीलाई निराश, हतोत्साह गराउन सक्छ ।  यस्ता कुराहरू सोच्न थाल्यौं भने हाम्रो दौडमा हामी विजयी बन्न सक्तैनौं । यसर्थ पछाडिका र वरिपरिका कुराहरूलाई बिर्सेर खाली अगाडिका कुरातिर मात्र आफ्नो ध्यान केन्द्रित गरेर हामी अगाडि लम्कनुपर्छ ।

१ कोरिन्थी ९ः२४ मा पावल लेख्तछन्, ‘के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दौडन्छन् तर इनामचाहिँ एउटैले मात्र पाउँछ । तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड ।’ दौडमा भाग लिने सबैलाई इनाम दिईंदैन । इनाम पाउनको निम्ति दौड्ने खेलाडीले अरू सबैलाई जित्नुपर्छ । यसैकारण दौडमा भाग लिने खेलाडीहरूले धेरै समय अघिदेखि नै कठोर परिश्रम गर्छन् । तिनीहरूले आफ्ना शरीरलाई राम्ररी सधाउँछन् । तिनीहरू सबै कुरामा अत्यन्तै आत्मसंयमी हुन्छन् । खाने–पिउने कुराहरूमा तिनीहरू एकदमै होशियारी गर्छन् । जाँड–रक्सी, चुरोट–तम्बाकु जस्ता स्वास्थ्यलाई हानी पुर्‍याउने कुराहरूबाट तिनीहरू टाढै रहन्छन् । जे जस्तो पायो जहिले पनि जथाभावी खाँदैनन् । शरीरलाई स्वस्थ राख्नलाई ठीक ठीक चाहिए जति मात्र ठीक समयमा ठीक प्रकारले खान्छन् । सुत्ने–उठ्ने कुराहरूमा पनि तिनीहरू लापरवाही गर्दैनन् । तिनीहरू आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछन् र वशमा राख्छन् । यो तिनीहरूको दिन दिनको अभ्यास हुनुपर्छ । १ कोरिन्थी ९ः२४–२७ मा पावलले यो कुरो राम्ररी बताएका छन् । तिनले यो पत्र लेखेको समयमा खेलमा विजयी हुने विजेताहरूलाई इनामस्वरूप एउटा लहराले गुँथेको मुकुट दिने चलन थियो । २५ पदमा तिनी लेख्तछन्, ‘… तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं ।’ तिनको जीवनकालका आखिरी दिनहरूमा तिनले २ तिमोथी ४ः७–८ मा यसो भन्छन्, ‘… मैले दौड सिध्याएको छु । अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ जो धार्मिकताका न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ ।’

प्रभुले दिनुहुने यो मुकुट ओइलाएर नाश हुने मुकुट होइन । योचाहिँ सधैँसम्म रहिरहने मुकुट हो । पावलले भन्न चाहेको कुरोचाहिँ यदि चाँडै नै ओइलाएर जाने लहराको मुकुट पाउनलाई ती खेलाडीहरूले त्यस्तो कठोर परिश्रम गर्थे, त्यस्तो ठूलो त्याग अपनाउँथे भने प्रभुबाट प्राप्त गरिने त्यो अविनाशी धार्मिकताको मुकुटको निम्ति हामी अझ कति बढी तयार हुनुपर्ने हो । यसैले हामीले शरीरका कुरामा भन्दा आत्माका कुरामा बढी ध्यान दिनुपर्छ । बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रभुसँग समय बिताउने, विश्वासीहरूको संगतिमा जाने इत्यादि कुराहरूको अभ्यासमा हामीले विशेष समय बिताउनुपर्छ । खाने–पिउने, रमाइलो गर्ने, ख्याल ठट्टा गर्ने जस्ता मनोरञ्जनका कुराहरूमा धेरै समय फाल्नु हुँदैन । यस्तो बानी बसाल्यौ भने पावलले
झैँ हामी पनि सफलतापूर्वक आफ्नो दौड सिध्याउन सक्नेछौं र धार्मिकताको मुकुटको इनाम प्राप्त गर्न सक्नेछौं ।

फिलिप्पी ३ मा पावल लेख्छन्, ‘ख्रीष्टलाई प्राप्त गर्न सकुँ भनेर’ ‘ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अगि बढ्दछु । हिब्रूको पत्र लेख्नेले पनि
हिब्रू १२ मा लेखेका छन्, ‘… हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेर्दै हाम्रा सामुन्ने राखिदिएको दौड धैयसँग दौडौं ।

१ कोरिन्थी ९ः२६ मा पावल भन्छन्, “लक्ष्य नराखी म दगुर्दिन । ख्रीष्टिय दौडको लक्ष्य नै ख्रीष्ट हुनुहुन्छ । कसरत गर्नेहरूले आफ्नो शरीरलाई सधाउनलाई दौडने मेशिन (Tread mill) मा दौडे जस्तो होइन । त्यसमा गतिचाहिँ हुन्छ तर प्रगति हुँदैन । जत्तिकै तेजसँग दौडे पनि कहीँ नपुग्ने, सधैँ एउटै ठाउँमा रहिरहने, त्यस्तो दौड हामी ख्रीष्टियानहरूका निम्ति होइन । सोच्नुहोस्, ख्रीष्टमा तपाईं कहाँसम्म पुग्नुभएको छ ?

यशैया ४०ः३१ मा लेखिएको छ, “परमेश्वरको बाटो हेर्नेहरूले नवीन सामथ्र्य पाउनेछन् … दगुरेर पनि तिनीहरू थाक्ने छैनन् ।” परमेश्वरमा भरोसा राखेर दौडनेहरूलाई उहाँले पवित्र आत्माको सासको ताजा भरपूरी दिइराख्नुहुन्छ र तिनीहरू लामो समयसम्म पनि नथाकेर दौडिरहन सक्छन् ।

२० ता.अक्टोबर १९६८ को कुरो हो । मेक्सिको सिटी ओलम्पिक रंगशालामा त्यही दिन म्याराथोन दौड राखिएको थियो । कति देशका धावकहरूले २६ माइल ३८५ गज लामो दौड दौडेका थिए । त्यो दौडमा एथियोपियाका म्यामो वोल्डेले प्रथम स्थान प्राप्त गरेर स्वर्ण पदक हात पारेका थिए । त्यस दिनका सबै खेलहरू सिद्धिएपछि दर्शकहरू घर फर्कने तर्खरमा थिए । कति त अघि नै गइसकेका थिए । बेलुकी ७ बजेतिर अकस्मात् मूल ढोकाबाट साईरन र सिटीको आवाज आयो । सबैको दृष्टि त्यतैतिर गयो । घुँडामा र कुर्कुच्चामा पट्टी बाँधेको एकजना खेलाडी आफ्नो खुट्टा घिस्याउँदै बिस्तार–बिस्तार दौड्ँदै भित्र आयो । टुङ्गोसम्म पुग्नलाई उसलाई मूल ढोकाबाट प्राय ४०० मिटर दौडनुपर्ने थियो ।    अफ्रिकाको तान्जिनिया देशको ३६ नम्बर भेस्ट लगाएको म्याराथोन दौडको    एउटा धावक रहेछ । तिनको नाउँ जाँन स्टिभन आख्वारी । मुश्किलसँग निशानामा पुगेपछि तिनी टक्क अडिए । सबै मानिसहरू छक्क परे । सबैले तारीफ गरे । कति कराए, चिच्याए, ताली बजाए । दौड त अघि नै सिद्धिसकेको थियो । पुरस्कार वितरण पनि भइसकेको थियो । त्यस्तो चोट लागेको त्यो धावकले दौड छोडिदिएको भएपनि कसैले केही भन्ने थिएन । ‘तिनी किन दौडिरहे होलान् ?’ सबैको मनमा त्यही एउटै प्रश्न थियो । एकजना प्रेस रिपोर्टरले तिनलाई सोधे, ‘तपाईंले किन त्यत्रो दुःख गर्नुभयो ? यस्तो अशक्त अवस्थामा तपाईं दौड छोडेर बाहिर निस्कनुभएको भएपनि तपाईंलाई कसैले केही भन्ने थिएन त ?’ आख्वारीले भने, “मेरो राष्ट्र तान्जिनियाले मलाई ७००० माइल टाढो मेक्सिको सिटी ओलम्पिक स्टेडियममा दौड शुरू गर्नलाई मात्र पठाएको होइन तर दौड सिध्याउनलाई पठाएको हो ।”

परमप्रभु परमेश्वरले तपाईंलाई ख्रीष्टिय दौड शुरू गर्नलाई मात्र होइन दौड सिध्याउनलाई पठाउनुभएको हो । तपाईं लोट्नुभएको छ ? आफ्नो भाग्यलाई कोस्दै धुलोमा बसिरहनुभएको छ ? अब दुखेको ठाउँ सुम्सुम्याउँदै नबस्नुहोस् । उठ्नुहोस् । धुलो टकटकाउनुहोस् र फेरि दौड्नुहोस् । तपाईंले आफ्नो दौड धैर्यसाथ दौडनु नै पर्छ ।
पावलले भनेथे, “मैले दौड सिध्याएको छु ।”
तपाईं पनि भन्नुहोस् “प्रभुको अनुग्रहले म पनि आफ्नो दौड सिध्याउने नै छु ।”
तपाईंको नयाँ वर्षको दौड आशिषमयी होस् ।

ख्रीष्टस आयो ! – पाष्टर डा. राजेन्द्र रोगोंग

December 8, 2014 | Articles  

ख्रीष्टमस(बडादिन)को महिना सुरू भयो । ख्रीष्टयनहरूको चाड । साना केटाकेटीदेखि बुढापाकाहरूको हृदयमा एक प्रकारको उमंगको लहर सुरू हुन्छ । नयाँ लुगाफाटा लगाउने, घर सफासुग्घर गर्ने वा रङरोगन गर्ने अथवाझिलीमिली गर्ने र केही मीठा मसिना खाई रमाइलो गर्ने रहर हुन्छ । वर्तमान संसार विशेषतः विकसित मुलुकहरूमा यसको प्रतिक्षा गरिन्छ तर यसको मूल उद्देश्य व्यापारमा केन्द्रित रहेको पाइन्छ ।

ख्रीष्टमस इसाईहको चाड हो । प्रभु येशू ख्रीष्टको जन्मोत्सवको उपलक्ष्यमा यो चाड मनाइन्छ । यस्ता चाडहरू मनाउँदा अक्सर चाड मनाउने कुरातिर हाम्रो ध्यान जान्छ र कसको जन्मोत्सव र किनखुशियाली भन्ने कुरातिर हामी त्यति सोच्दैनौं ।

प्रभु येशू ख्रीष्टको जन्म हामी सामान्य मानिसको जस्तो आकस्मिक रूपमाभएको होइन । उहाँको जन्महुँदा स्वर्गदुतद्वारा यस्तो घोषणा भएको थियो, “… नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु,जो सबै मानिसहरूको निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्मभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ” (लूका २ः१०–११) ।

उहाँ मानिसहरूको मुक्तिदाता र प्रभुको रूपमा जन्मनुभएको छ । बाइबल धर्मशास्त्र अनुसार परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो पहिलो मानिस र उनकी श्रीमती परमेश्वरकै स्वरूपमा पाप रहित थिए । तर यो अवस्था धेरै दिनसम्म रहन सकेन । उनीहरू बस्ने गरेको बगैंचा हरियाली र सुन्दर थियो जहाँ परमेश्वर स्वयं ती मानिसहरू, आदम र हव्वासँग बेलुकीपख समय बिताउन आउनुहुन्थ्यो । परमेश्वरले उनीहरूलाई निर्णय गर्ने स्वतन्त्रता ९ँचभभमयm या ऋजयष्अभ० दिनुभएको थियो । बगैंचामा उनीहरू सबै कुरा गर्न सक्थे केवल एउटै मात्र निषेधित आज्ञा थियो, “… बगैंचाका सबै रूखको फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानू, किनभने जुनदिन तैंले त्यो खान्छस् तँ निश्चय मर्नेछस्” (उत्पत्ति २ः१६–१७) । परमेश्वरको विरोधी शैतानले छल गरी सर्पको रूपमा आएर हव्वालाई निषेधित फल खान उक्सायो । उसको तर्क थियो ‘तिमीहरूले यो फल खायौ भने तिमीहरू परमेश्वरसरह हुनेछौ ।’ फल हेर्नमा राम्रो र त्यसबाट फाइदा हुने देखिएकोले पहिले हव्वाले र पछि आदमले खाए । उनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरे ।

परमेश्वरले यो कुरा थाहापाउनुभयो र आदम, हव्वालाई त्यो सुन्दर बगैंचाबाट निकालिदिनुभयो । आदम र हव्वा परमेश्वरको उपस्थितिबाट बाहिर निकालिए । अर्थात् उनीहरूको मृत्यु भयो । शारीरिक रूपले मरेनन् तर आत्मिकी रूपमा मरे । परमेश्वरको आज्ञा उल्लङ्घन गरेको नतिजा उनीहरूको मृत्यु भयो साथै परमेश्वरले उनीहरूलाई सृष्टि (संसार) माथि दिनुभएको अधिकार शैतानले खोसेर लग्यो । उनीहरू शैतानको प्रभावमुनिजिउनु पर्‍यो । तर परमेश्वरले मानिसहरूलाई त्यत्तिकै छोडनुभएन । एउटा
अचम्मको प्रतिज्ञा दिनुभयो । श्रापदिने क्रममा परमेश्वरले शैतानलाई भन्नुभयो, “तेरो र स्त्रीको सन्तानको बीच दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्याउनेछ, तैंले त्यसको कुर्कुच्चा डस्नेछस्”
(उत्पत्ति ३ः१५) ।

स्त्रीको उनै सन्तान प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । येशू ख्रीष्ट परमेश्वरको उद्देश्य पूरा गर्न संसारमामानिसको रूप लिई आउनुभयो ।

पुरानो करारमा इस्राएलीहरूको इतिहासका घटना क्रमहरूको वर्णन गरिएको छ । योसेफको कारण उनीहरू मिश्र देशमा बस्न थाले । सुरुमा सत्तरी जना गएका थिए र चार सय वर्षभन्दा धेरै त्यहाँ बसे । त्यहाँ नै उनीहरूको सानो परिवार एउटा जाति बन्नपुग्यो । योसेफ इतिहास भैसकेका थिए यसकारण त्यहाँ शासकहरूले इस्राएलीहरूलाई मिश्रमा दास बनाएर राखे । छुटकाराको निम्ति चढाइएको प्रार्थना परमेश्वरले सुन्नुभयो, मोशा र हारूनलाई मिश्रमा पठाउनुभयो, परमेश्वरले उनीहरूलाई चलाउनुभयो र अनेकौं आश्चार्यकर्मद्वारा इस्राएलीहरूलाई मिश्रीहरूको बन्धुवाइबाट छुट्कारा दिनुभयो । मिश्रबाट निस्कने रात परमेश्वरले इस्राएलीहरूको निमित्त एउटा चाडको स्थापनागर्नुभयो । यो चाड निस्तार चाड थियो । त्यो चाड मनाउन प्रत्येक परिवारले भेंडा वाबाख्राको पाठो मारी त्यसको रगत ढोकाको चौकोस र माथिल्लो भागमा लगाउनु पथ्र्यो । मारेको पाठोको मासु पोलेर, खमिर नहालेको रोटी र तिते सागका साथ खानु पथ्र्यो
(प्रस्थान १२ अध्याय)। त्यो रात परमेश्वर मिश्रबाट जानुहुने थियो । रगत लगाएको घरलाई नाघेर जानुहुने र रगत नलगाएको घर-परिवारका मानिस र पशुहरूको जेठोलाई मार्ने कुरा परमेश्वरले बताउनुभयोे । रगत पापकोे क्षमाको लागि सट्टा बलिको संकेत थियो ।

मिश्रबाट निस्केपछि परमेश्वरले मोशाद्वारा व्यवस्था दिनुभयो । पापक्षमाको निमित्त पशुहरूको बलि साथै अन्नबलि र विभिन्न आज्ञाहरू दिनुभयो (प्रस्थान १९ अध्याय देखि व्यवस्था सम्म) । परमेश्वरले इस्राएलीहरू सित पाप क्षमाको करार बाँध्नुभयो र यसलाई पक्कागर्न पशुहरूको रगत बगाउनु पर्ने भयो । यसलाई मोशाको व्यवस्था वा व्यवस्था भनिन्छ ।

तर यो व्यवस्थाले परमेश्वरले इच्छा गर्नुभएको कुरा पूरा भएन । पुरानो वा पहिलो आज्ञा कमजोर र बेकामको भयो । “किनकि व्यवस्थाले केही कुरा सिद्ध भएन” (हिब्रू ७ः१८–१९) ।

परमेश्वरले मानिसहरूलाई त्यसै छोड्नु भएन । उहाँले उनीहरूलाई प्यार गरिरहनुभयो, यसैले उहाँले आफ्नो एक्लो छोरो येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो (यूहन्ना ३ः१६) । “… पापै नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५ः२१) । ख्रीष्ट येशू पवित्र आत्माद्वारा मरियम देखि जन्मनुभयो । उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो । उहाँ साधारण मानिस झैँ जिउनुभयो, हामी सबै कुरामा परीक्षित हुनुभयो तर पनि निष्कलङ्क रहनुभयो (हिब्रु ४ः१५) । प्रभु येशू ख्रीष्ट मात्र मानिसको पापको प्रायश्चितको निम्ति उचित मानव हुनुहुन्थ्यो ।

यद्यपि यहूदाको धोखा, धर्मगुरुको शत्रुता, पिलातसका अन्यायद्वारा ख्रीष्टलाई क्रूसमा चढाइयो र वास्तवमा यसको पछि शैतानको हात थियो । उसले “स्त्रीको सन्तानको कुर्कुच्चा” डस्यो तर परमेश्वरले यो सबै हुन दिनुभयो । उहाँँले निस्तार चाडको आधारमा बनेको नयाँ करारलाई आफ्नो पुत्रको रगतद्वारा नयाँ करार स्थापना गर्नुभयो । येशूले पुरानो करार वाव्यवस्थालाई आफूमा लिई परमेश्वरको नियम पापको ज्याला मृत्यु पूरा गर्नुभयो । तर उहाँ मृत्युमै रहनुभएन । मृत्युलाई पातालमै छोडी उहाँ विजय साथ पुनरुत्थान हुनुभयो ।

यर्मिया ३१ः३१ मा भएको प्रतिज्ञा परमेश्वरले येशू ख्रीष्टद्वारा पूरा गर्नु भयो, “… किनकि म तिनीहरूका अपराधहरू क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झने छैन ।” यसै कुरालाई हिब्रूका लेखकले पनि समर्थन गरेका छन् (हिब्रू ८ः१२) ।

उहाँ हाम्रा पाप क्षमा गर्न मात्र होइन तर हाम्रा प्रभु बन्न समेत आउनुभयो त्यसैले हामी उहाँलाई मुक्तिदाता मात् रहोइन तर प्रभु भनी स्वीकार गर्छौं र घोषणा गर्दछौं ।

« Previous PageNext Page »